[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

ramromanchey

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 बिर्सिन नसकिने क्षण
[VIEWED 5176 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-17 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथि हरुको न्यु योर्क जाने योजनामा आफु पनि थपीइयो |यात्री संख्या ३ बाट ४ हुन् पुगियो | एक इन्टरनेट / गूगल को माहिरले लन्च को लागि बिच बाटामा कतै बफे तिर छिराए |
बफे भन्नु हाम्रो भोज भतेर खान गए जस्तो हो | लन्च मा गैएको हो भने डिनर समेतलाई पुग्ने गरि खाने भन्दा पनि परिकार एक एक गरेर चाख्दा चाख्दै डबल खाई हालिने | अगाडि बस्ने चनाखा हुनै पर्यो भने पछाडि बस्ने उङ्ग्दै थिए | हामि हाइवे ८१ नर्थ मा थियौ अचानक पछाडि बस्नेले झ्याल खोले पछि अर्कोले झ्याल किन खोलिस, जाडो भयो भन्छ | तिमि पछाडी बस अनि थाहा पाउथ्यौ, बफे खाएको बाफ बनेर निकाल्दै छौ , नजिक कतै ग्यास स्टेसन भए रोक यो बफेको ग्यास उतार्न लगाउनु पर्छ | ल ल अहिले झ्याल स्याल अलि अलि खोलेर बस , सबै भन्दा नजिक जे आउछ तेही रोकौला भन्छ चालक चाही |
अर्को ७-८ मिनेट पछि भन्छ ए दाइ यही बाटोमा कतै मिल्छ भने रोकीदेउ , यो मुजिको खुट्टा गनाएको रहेछ | ए ई भातमारा कति दिन लागाईस एउतै मोजा ? अझै फेरेर लागाउने बानि लागेको छैन? बजियाको खुट्टा पनि सिनु भन्दा चर्को गनाउने ? रोक्न लायक ठाऊमा रोके पछी एउटाले पुलओवर बाट नया मोजा झिकेर लागाउछ भने अर्कोले आफ्नो कोलोन दिदै जुत्ता भित्र छर्किन लगाउछ | एस पछि कुनै कम्प्लेन आएन |
न्यु योर्कमा डुल डाल गरेर राति होटेल फर्किने बेलामा एउटा भन्छ ए दाइ ल ग्रान्ड सेन्ट्रल जाउ ५ ब्लक मात्रै छ | होटेल गएर सुत्ने मात्र त हो नि आएको बेला छुटाउनु हुन्न | अर्को आधा घण्टा तेता बिताए पछि फर्किदै थियौ रक्सि पसल देखे पछि एउटा भन्छ दाइ बियर किनेर लैजाउ एक एक दिए पछि मिठो सुताई हुन्छ | एति हिडियो पिडुला गलेको कुरा के सुनाउनु  निन्द्रा लाग्न पिउनुनै नपर्ने भएको थियो |  सानो भिनाजुलाई २ दिनमा साह्रा न्यु योर्क सहर घुमाइ दिएको कुरा सम्झे | बिचरालाई खुट्टामा ठेउला मात्र आएको होइन ज्वरो  समेत आएको थियो रे ? मुजी छोरो भनाउदो ले पनि वाल्किंग shoe किनिदिनु पर्छ नि ? 
बियर पिउने एक जना मात्र पर्यो बाकि ले साकी पिउने भयौ | अर्को २०-२५ मिनेट मा होटेल पुगियो | प्लास्टिक् ब्यागमा बोकिएको बियर को क्यान के खोलेको थियो ज्वालामुखी छुटे झैँ भयो | एउटा टावेल लिन टोइलेट छिर्यो अर्को ट्र्यास बिन तेर्स्याउछ , बियर खोल्ने चै सकेको पिउन खोज्दै थियो | कल्पना गर्नुस् त्यो दर्शक तपाईं नै हुनु हुन्थ्यो | यो थियो मेरो बिर्सन नस्किने क्षण |

Biological Clock is altered

This is New York City - The City That Never Sleeps. 

This pigeon is trolling for food at 11 pm , it's biological clock is messed up.

 
Last edited: 01-Mar-17 08:02 AM

 
Posted on 02-28-17 7:37 PM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो भयेछ त न्यु योर्क को घुमाइ ! पढेर मलाइ पनि रमाइलो लाग्यो /
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Business Ideas in Nepal?
legal Query for married nepali girl now have taken US citizenship
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters