← Back to Archives

अनभिज्ञ तिमी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सिरानीले मुख छोपी रुँदा थाहा पायौ कि नाई ।। तिम्रो चिनो आँशुले धुँदा थाहा पायौ कि नाई ।। जहाँकही तिम्रो अस्थित्व मात्र भाग्य अपवाद भो यही पिरमा मा पागल हुँदा थाहा पायौ कि नाई ।। आँखा अघि नपाउदाँ भौतरिन्थे, तर अचेल तिमी भेट्न आफ्नै मन छुँदा थाहा पायौ कि नाई ।। शर्त राख्यौ टाढिने निँहुमा, चुँकौला मा कतै भनी पुरा गँरे शर्तका ती बुँदा थाहा पायौ कि नाई ।। मान्छे आफ्नै थिए तिम्रा, भगवान आफ्नै बनाएछौ मेरा कुरा सुन्दैनन खुदा थाहा पायौ कि नाई ।।

Mrigtrishna · Sep 30, 2016 8:11 AM · 16,817 views

6 Replies

राम्रो लाग्यो मृगतृष्णा जी .

ThahaChaena · Sep 30, 2016 10:17 AM

माया त सहन्छु नास जी दया नजागोस् | :) धन्यबाद thahachaena जी. :)

Mrigtrishna · Oct 1, 2016 12:40 AM

राम्रो । बन्धु लै कसैले प्रेम मा धोखा दिये जस्तो छ।

robwin · Oct 1, 2016 3:08 AM

यो कथा हो तृष्णा मेरो मुटुको पाना भरि , भरि लेखेको... सम्झाउँदै छु तिमि लाई.... 😳

atomic · Oct 1, 2016 1:03 PM

सबै प्रेम ग्रहण गर्न मिल्ने हुँदैनन शायद । कहिले काही अभिशाप् बनिदिन्छ अनि सहनु पर्ने हुन्छ । धेरै धेरै धन्यवाद स्नेह को लागि । :)

Mrigtrishna · Oct 1, 2016 1:46 PM

कोशिश गर्नेछु नास जी. ढिलो चाडो होला .. त्यस्को लागि माफी चाहन्छु |

Mrigtrishna · Oct 3, 2016 12:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant