सरस, सुशिल, संयमित, तिम्रा ती आवाजहरु अनमेल, अराजक, अमर्यादित मेरा यी धड्कनहरु ॠतु, समय, सालसङै परिवर्तित मेरा भावनाहरु कोही मेरो, आफ्नो होला कस्तो होला चिन्तनाहरु ? निर्मल, निर्दोष्, निषेधित आकर्षणका ती आव्हानहरु मजबुर, मोहित अनि मुर्छित भद्र, भलादमी, सज्जनहरु