← Back to Kurakani

कस्टममा सुकुटी भेट्दा महिलाको भिसा रद्द

Original Post

मासु बोकेर सिड्नी विमानस्थल पुगेकी महिलाको भिसा रद्द मासु बोकेर अष्ट्रेलियाको सिड्नी विमानस्थल पुगेकी एक महिलाको भिसा रद्द भएको छ । अक्टोबरको दोस्रो साता मासुसहित अन्य खाद्यान्न बोकेर सिड्नी पुगेकी एक भियतनामी महिलाको भिसा रद्द भएको हो । भिसा रद्द भएपछि उनलाई सिड्नीको अध्यागमनले आफ्नो देश फिर्ता समेत गरेको थियो । ४५ वर्षीय भियतनामी महिला १० किलो स्क्विड, बट्ट्याईं र करिब साढे ४ किलो सुँगुरको मासु तथा केही अण्डा लिएर सिड्नी पुगेकी थिइन् । सिड्नीमै बस्दै आएकी महिलाले आफूले ल्याएको सामनको बारेमा जानकारी नै नगराउँदा उनको भिसा रद्द भएको हो । अष्ट्रेलियाको सङ्घीय कृषि मन्त्री ब्रिजेट मकेञ्जीले यस कुराको खुलासा गरेकी हुन् । कृषि मन्त्रालयले स्वाइन फिभर फैलाउनसक्ने भन्दै उनको सामान जफत गरेर आफ्नै देश फर्काएको हो । उनले ल्याएको सुँगुरको मासुले फिबर ल्याउन सक्ने आंकलन गर्दै अध्यागमनका कर्मचारीले उक्त निर्णय लिएको मन्त्री मकेञ्जीले बताएकी थिइन् । उनका अनुसार आगामी दिनमा मन्त्रालय यस्तो कुरामा थप कडाइ गर्ने बताएको छ । मन्त्रालयले यस्तो खानेकुरा आफ्नो नबोक्न समेत भनेको छ । यस्तो खानेकुरामाथि जैविक सुरक्षा सम्बन्धी कानुन लाग्ने व्यवस्था अष्ट्रेलियामा छ । http://www.nepalipatra.com/new...

ktmpost
Dec 3, 2019 12:00 PM · 18,775 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant