[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकी अध्यागमनमा एसाइलम, भिसा, ग्रिनकार्डमा ८ ठूला परिवर्तनको तयारी
[VIEWED 2874 TIMES]
SAVE! for ease of future access.
Posted on 11-27-19 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकी अध्यागमनमा एसाइलम, भिसा, ग्रिनकार्डमा ८ ठूला परिवर्तनको तयारी

अमेरिकी सरकारले अमेरिकी अध्यागमनमा ८ ठूला परिवर्तनको तयारी गरेको छ । डिपार्टमेन्ट अफ स्टेट र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आगामी परिवर्तनको खाका तयार गरेको हो । त्यस्ता परिवर्तनहरु आगामी केहीमहिनामा गरिनेछन् ।

परिवर्तन नम्बर १

अमेरिकी सरकारले कामदार भिसा एचवान बीका सन्दर्भमा डिसेम्बरमा नयाँ अध्यागमन नीति प्रस्ताव गर्दैछ । जसमा विशेष पेशाको परिभाषा पुन परिभाषित गरिनेछ भने रोजगारदाता र कामदारको सम्बन्धको परिभाषा पनि पुनरावलोकन गरिनेछ । रोजगारदाताले उचित तलब दिएको सुनिश्चित गर्ने मापदण्ड समेत बनाइदैछ ।

रोजगारदाता र कामदारको सम्बन्धको पुनरावलोकन गर्ने नीतिले थर्ड पार्टीको कार्यस्थलमा कामदार राख्न वा आउटसोर्सिंगमा समस्या आउनसक्नेछ । कम्प्युटर प्रोगामर लगायतका केही कामलाई स्वत विशेष पेशाका रुपमा स्वीकारिने छैन । साथै मार्च २०२० मा एचवान बी कामदार भिसाका एच फोर भिसाबाहक दम्पत्तिलाई वर्क परमिट नदिने नीति ल्याइदैछ ।


परिवर्तन नम्बर २

सन् २०२० को सेप्टेम्बरमा अन्तर कम्पनी कामदार एल वान भिसामा तलबको नयाँ मापदण्ड तोक्ने तयारी गरिएको छ । त्यस्तै विषयगत ज्ञानका सन्दर्भमा पनि यो भिसामा कडा गर्ने तयारी गरिएको छ । परिणामस्वरुप अमेरिकामा रहेका कम्पनीहरुले विदेशमा रहेका कम्पनीबाट यो भिसामा कामदार ल्याउन अझ कठिन हुनेछ ।

परिवर्तन नम्बर ३

अमेरिकी सरकारको युएससीआईएसले विभिन्न अध्यागमन शुल्कमा बृद्धि गर्नका लागि प्रस्तावित नियम प्रकाशित गरिसकेको छ । अमेरिकी नागरिकता लगायतका कैयन आवेदनमा शुल्क बढाउने तयारी भइरहेको छ । त्यसैगरी अमेरिकी सरकारको विदेशमन्त्रालयले पनि दूतावास वा कन्सुलरबाट भिसा लिंदा लिइने शुल्क बढाउने तयारी गरेको छ ।

परिवर्तन नम्बर ४

अगस्त २०२० मा विद्यार्थी भिसामा नियममा परिवर्तन ल्याउने तयारी भइरहेको छ । एफ र एम भिसावाहकका लागि उपलब्ध व्यवहारिक प्रशिक्षणका विकल्पबारे पुनरावलोकन गर्ने र विद्यमान कानुनमा सुधार गर्ने आइसले तयारी गरेको छ । नयाँ नियमले विदेशमा जन्मेका विद्यार्थीले अमेरिकामा विद्यार्थी भिसामा आएर अध्ययन गर्नसक्ने समयलाई सिमित गर्नेछ भने भिसामा दिइदै आएको ड्युरेशन अफ स्टेटसलाई हटाएर मिति तय गरिनेछ ।

त्यस्तै सन् २०२० को जुनमा आइसले सेभिज कार्यक्रममार्फत सबै सही तथ्यांकमा पहुचको सुनिश्चित गर्न डीएसओ र आरओहरुको छानविन गर्ने प्रस्ताव गर्नेछ ।

परिवर्तन नम्बर ५

अमेरिकी सरकारले अमेरिकी भिसाको स्पोन्सरका सन्दर्भमा अझ कडाई गर्ने योजना बनाएको छ । स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट भराउनका लागि नयाँ प्रावधानहरु ल्याउने तयारी गरिएको छ ।

परिवर्तन नम्बर ६

एसाइलमलाई कडाई गर्न कैयन नियमहरु प्रस्ताव गरिएको छ भने कतिपय नियम प्रस्तावको तयारी भएको छ । जसमा युएससीआईएसबाट अस्वीकृत एसाइलम आवेदन अध्यागमन अदालतमा स्वत पुनर्विचार गर्ने पुरानो नियमको पुनरावलोकन गर्न खोजिएको छ । साथै एसाइलमका योग्यताबारे अझ कडाई गर्न खोजिएको छ ।

परिवर्तन नम्बर ७

अमेरिकी सरकारले रोजगारमा आधारित श्रेणीका आवेदन आई १४० सँगै ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न नपाउने नियम ल्याउने तयारी गरेको छ । यो नियम आगामी अप्रिलमा प्रकाशित गर्ने सरकारी योजना रहेको छ । यो नियमका कारण प्रायले दूतावासमार्फत आप्रवासी भिसा लिएर आउनुपर्नेछ । आई १४० सँगै आई ४८५ फाइल गरेर वर्क परमिट वा एड्भान्स परोलको सुविधा खारेज हुनेछ ।

परिवर्तन नम्बर ८

लगानीमा आधारित ग्रिनकार्ड ईबी फाइभका सन्दर्भमा पनि केही परिवर्तनको तयारी गरिएको छ । रिजनल सेन्टरका सन्दर्भमा परिवर्तनको प्रस्ताव गरिएपनि यो श्रेणीमा ग्रिनकार्ड आवेदन गर्ने नेपालीहरु उल्लेख्य नभएका कारण यसबाट नेपालीमा भने खासै फरक पर्ने देखिन्न ।

https://www.khasokhas.com/102076


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters