भवन भट्टलाई सिल्क एयरको विमानबाट निकालियो उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ। उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेका थिए। एनआरएन अध्यक्ष भट्टले यसअगाडि पनि पटकपटक विमानमा रक्सी पिएर होहल्ला गर्ने खुलेको छ। करिब ३-४ महिना अगाडि पनि नेपाल एयरलाइन्सको विमान चढेर रक्सी पिएर होहल्ला गर्दै आफूले टिकट नेपाल एयर लाइन्सको काटेको भएपनि ड्रयागनमा उड्ने भन्दै होहल्ला र विवाद गरेका थिए।
itiahariko · Aug 24, 2019 10:23 PM · 6,875 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion