← Back to Kurakani

प्रहरीले च्यात्न थालेपछि निर्मलाको पोस्टर अब ज्याकेट, ब्याग र बाइकमा

Original Post

१६ मंसिर, काठमाडौं । निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ । सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर छ । स्वतन्त्र युवाहरुको समूहले अहिले यही अभियान चलाइरहेको छ र अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान गरेको छ । ‘सबैजनालाई यो पोष्टर आ–आफ्नो सवारीसाधन, ब्याग, ज्याकेट आदिमा लगाएर हिँड्न हामी आह्वान गर्छौं ता कि सरकारलाई दबाव पुगोस्,’ अभियानमा सहभागी एक युवकले भने । यो पनि पढ्नुहोसराष्ट्रपतिका लागि नमूना गाडी तयार, भीख माग्दा कति उठ्यो ?यो समूहले काठमाडौं उपत्यकासहित, कास्कीलगायतका जिल्लाका सार्वजनिक स्थानमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर अंकित पोस्टर टाँसेको थियो । तर, प्रहरीले पोस्टर च्यात्ने र पोस्टर टाँस्नेहरुलाई पक्रिने गर्दै आएको छ । यसअघि यही समूहले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि भन्दै भीख मागेको थियो । भीख मागेर संकलन भएको रकमले भण्डारीका लागि नमूना गाडी बनाएर दिने तयारी समूहको छ । राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको खबर सार्वजनिक भएलगत्तै व्यंग्यात्मक विरोधस्वरुप नमूना गाडी बनाएर दिन लागिएको हो । https://www.onlinekhabar.com/2... Last edited: 05-Dec-18 08:52 AM

ktmpost
Dec 5, 2018 8:51 AM · 4,240 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant