[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Travel Refresh page to view new replies
 नारायणगोपालको प्रजग कोरिया भ्रमण- १
[VIEWED 9351 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-18 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आज २०३५ साल असारको दसौं दिन तद्नुसार १९७८, जून २४ । प्रजातान्त्रिक गणतन्त्र कोरिया सरकारको निम्तामा कोरियामा प्रदर्शनार्थ हामी साठी जवानको सांस्कृतिक टोली त्यसतर्फ जानका लागि त्रिभुवन विमानस्थलमा भेला भएका छौं । आज यहाँ निकै ठूलो भीड छ । विमान सेवाका कर्मचारीहरू औधी व्यस्त छन् । यात्रुहरूको सामान भित्र्याउनमा कुल्लीहरू तँछाडमछाड गर्दैछन् । हामीलाई पु¥याउन आउने साथीहरू, शुभचिन्तकहरू र आफन्तहरू जताततै छरिएर बसेका छन्, अन्य यात्रीहरू हतासिएका देखिन्छन् ।
सबैले बोर्डिङ पास पाइसकेका छन् । लगेज ट्याङ्कहरू इन्द्रनारायणले राखेको छ । टोली नेताज्यूले यसप्रकारको जम्मै कामका लागि उसलाई नै सुम्पेको हो क्यारे । सबै आआफ्ना मानिसहरूसित बिदा माग्छन् । म पेमुसित हात मिलाउँछु, हामी केही बोल्दैनौँ । यस किसिमको बिदाइ हाम्रो धेरैपटक भइसकेको छ । हामी एक अर्कालाई सम्झाउँछौं एकअर्काका आँखाभित्र हराउँछौ–यो हाम्रो गुप्ती भाषा ।
पासपोर्ट, लगेज चेकिङ र अन्य काम सकेर विश्राम कक्षसँगै थापेको नेसनल ट्रेनिङको ड्युटी फ्री सपमा पुग्छु । हेग, रथम्यान र ब्लाय्क एन्ड ह्वाइट मनी बटुलेर हयान्ड ब्यागमा कोच्छु । एकै छिनमा त्यहाँ भीड लाग्छ । ड्युटीमा बसेका ती दुई सेल्स गर्लहरूको पसिना छुट्न थाल्छ । बसुन्धारा एक कुनामा बसेर मरीमरी हाँसिरहेछ, उतातिर पुष्प आफ्नो गर्धन मल्दैछ । नाति दाइले पनि ह्वीस्की किनेछ, अरुहरूले पनि किन्दैछन् । टोली नेताज्यू कुन्नि के किन्न लाग्नुभयो । उहाँ आज ज्यादै थकित देख्दै हुनुहुन्छ । दुईचार दिन यताको दौडधूप र अति व्यस्तताले गर्दा पो त्यस्तो देखिनुभएको हो कि । फिर्जलाल र इन्द्रलाल त्यहाँ पुग्छन् । शान्ता दिदी त अघिदेखि नै त्यहीँ हुनुहुन्थ्यो । ऊ काइँ भाइ र शिवशङ्कर पनि उतैतिर बढ्दै छन्, चन्द्रराज र लोहनी पनि अघि बढ्छन्, होशियार ए, त्यो स्ट्राइप बुसर्ट लाने पुड्को मान्छे को हँ ? उसले बडो फूर्तिसाथ यासिका क्यामेरा पनि भिरिराखेको छ । चस्मा पनि कस्तो झिल्के, हेर न । ओहो ¤ रुबिजी रहेछ । मान्छे अत्यन्तै चङ्खे छ, प्याच्च केही नभनिहाल्नुहोला, मुखभरिको जवाफ पाउनुहुन्छ । हँसाउनमा माहिर, काइँ भाइको जन्मजात बैरी छेडखानीमा ।
किनमेल सक्यो । सबै विश्रामकक्षमा जम्मा भएका छन् । चुरोटको धुवाँले कोठै धमिलो भइसक्यो तर बोल्ने को ? बोल्यो कि छुरा प्रहार गर्ला भन्ने डर । हल्लाको फोहरा लगातार बगिरहेको छ । यदि यस हल्लालाई ट्रकमा लादेर मेचीतिर ढुवानी गर्ने हो भने त्यहाँका जनता र प्रशासनलाई तेहोरो फाइदा हुने म प्रस्ट देख्दैछु । ती हुन्, सांस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन, जङ्गली हात्तीको बिगबिगीबाट मुक्ति र राष्ट्रिय स्तरका पत्रकारहरूद्वारा उपयुक्त दुवै कुराको सम्पादकीय, लेखरचना आदिको प्रकाशन । दुर्भाग्यवश अहिले हामी त्रि.विमानस्थलमा छौं जहाँ यसको कुनै आवश्यकता छैन ।
अकस्मात् विमानतिर प्रस्थान गर्नका लागि घोषणा गरेको आवाजले एकैछिन सबैलाई शान्त पार्छ । अनि विमानतिर अघि बढ्छन् सबै । विमानभित्र प्रवेश गरेर आआफ्नो सीटमा बस्छन् र पेटी बाँध्न थाल्छन् । विमान परिचारिकाले जहाज उडाउनेबारे घोषणा गर्छिन् । ३ः५० मा जहाज बिस्तारै हिँड्न थाल्छ । ३ः५३ मा रन वे लाइनको साङ्केतिक रेखानिर पुगेर जहाज एकैछिन रुक्छ । अब जहाज उड्नै लाग्यो ।
३ः५५ मा हाम्रो जहाजले जमीन छोडेर आकासिन थाल्छ । विमानस्थल, हरियो खेत, बागमती, ठिमी अनि ससाना डाँडाहरूलाई नाघ्दै जहाज अघि बढिरहेको छ । बादलका पोकापोकी यत्रतत्र छरिएर बसेका छन् । एकैछिनमा विमान निकै माथि पुगिसकेको छ । तल, धेरै तल अब ठूल्ठूला पहाडहरू देख्न थालिसकेका छन् । गोरेटाहरू, खोलानाला, ससाना गाउँघरबाहेक अब अरु केही देखिँदैन । कोरिया पुग्ने निश्चित भयो ।
कलकत्ता पुग्न अब धेरै समय लाग्नेछैन । त्यतिञ्जेलसम्मका लागि यस टोलीमा म र मेरा केही साथीहरू कसरी सम्मिलित हुन पुग्यौं भन्नेबारे एउटा घतलाग्दो सत्य कथा सुनाउँछु । यो कथा मैले सुनाइनँ भने यात्रा संस्मरणको यो लेख खल्लो हुनेछ ।
२०३४ सालमा उत्तर कोरियाली सांस्कृतिक टोलीले राजकीय प्रज्ञाप्रतिष्ठानमा सांस्कृतिक कार्यक्रम देखाएर स्वदेश फर्केको बेलादेखि नै राष्ट्रिय नाचघरमा एउटा के कुराको हल्ला चलेको रहेछ भने निकट भविष्यमै नेपाली सांस्कृतिक टोली उत्तर कोरिया जाने, नाचघरमा विदेश जाने कुराको खुब हल्ला हुन्छ । कहिले जापान त कहिले चीन अनि कहिले सोभियत सङ्घ त कहिले अमेरिका । त्यसैले यस विषयमा मैले खास रुचि देखाइनँ । तर २०३५ सालको नयाँ पात्रोसँगसँगै उत्तर कोरिया जाने कुरा प्रायः निश्चित भयो ।
२०३५ सालको जेठ २ गते मेरा पिताज्यूको स्वर्गारोहण भयो । त्यसको केही दिनपछि म नाचघरमा हाजिर हुन गएँ । त्यतिबेला कोरिया जाने मानिसहरूको टुङ्गोसमेत लागिसकेको रहेछ । यो कुरा मैले पछि मात्र थाहा पाएँ । यसलाई लिएर सांस्कृतिक संस्थानका गङ्गा राणा र महाप्रबन्धकज्यू पेपर वेटले तालुमा हिर्कायो भन्ने झूटो हल्ला राजधानीमा सर्वत्र फैलियो । कलाकारहरूको छनोटबारे भयानक पक्षपात भएको रहेछ ।
यसैबीच निश्चित प्रायः भइसकेको कोरिया जाने सांस्कृतिक टोलीको मिति करिब एक हप्ताका लागि पछि स¥यो । कारण जेसुकै भए तापनि यसको पृष्ठभूमिमा कोरियाली दूतावासका गोविन्द श्रेष्ठ भन्ने एकजना ड्राइभरलाई टोलीमा सम्मिलित नगरेबाट भएको भन्ने गाइँगुइँ सुनियो । भनिन्छ, निजलाई पहिले पठाउने कुरा भएको थियो तर पछि जान पाउनेहरूको लिस्टमा उनको नाम नदेख्दा राजदूत महोदय निकै पड्कनुभएको थियो रे ।
उता संस्थानका पुराना, अनुभवी तथा बाहिरी जिल्लामा उपेक्षित कलाकारहरूको एउटा शिष्टमण्डल प्रधानमन्त्री श्री कीर्तिनिधि विष्टज्यूको निवासस्थानमा पुगे । फलतः अरु आठजना कलाकारहरू पनि कोरिया जान पाउने भए ।
यसरी अरु आठजना कलाकारहरू थपिएपछि संस्थानका महाप्रबन्धक एवम् टोली नेताज्यूलगायत उहाँका केही कृपापात्रहरूसमेत खिन्न भएका थिए । महाप्रबन्धकज्यूको छ वर्षको कार्यकालमा यो उहाँको सबैभन्दा ठूलो नैतिक हार भएको सिद्ध भयो । (तरै पनि पछि थपिएका ती आठजना कलाकारहरूलाई कतै फ्याँकिन सकिन्छ भनी) तरै पनि सास छउञ्जेल आस भनेझैँ पछि थपिएका ती आठजना कलाकारहरूलाई कतै फ्याँकिन सकिन्छ कि भन्ने आसमा महाप्रबन्धकज्यूले खुब साइकल कुदाउनुभएको थियो रे । यदि यी सबै सत्य हुन् भने ६ वर्षको कार्यकालमा उहाँको यो अत्यन्तै अपमानजनक नैतिक हार भएको मान्नुपर्छ अनि तपाईंलाई आश्चर्य लाग्छ होला पछि थपिएका ती आठजना कलाकारहरूमध्ये एकजना म स्वयम् परेको छु । कुरा अरु पनि धेरै छन् तर भइहाल्यो, हाम्रो यात्रा लामो छ ।
चार बजेर सन्ताउन्न मिनेटमा हाम्रो विमानले कलकत्ताको भुइँ छुन्छ । यहाँ विमानमा तेल भर्ने कामधाम सिध्याई ५ः३९ मा फेरि उड्यो । ७ः१५ मा रङ्गुनको मिंगलडन विमानस्थमा उत्रन्छौं । आज यहीं बास बस्ने रे । मिंगलडन विमानस्थलमा निकै झैझमेला हुँदोरहेछ । हाम्रो शाही नेपाली राजदूतावासका श्री शिवराम र अर्को एकजना साथीले हामीलाई यसबेला मद्दत पु¥याउनुभयो नत्र कति दुःख पाइने हो भन्न सकिन्न । जे होस् बेलुकी ९ः१५ सम्ममा रङ्गुनको सबैभन्दा राम्रो होटेल इन्यालेकमा पुग्छौं । रुम पार्टनरका रुपमा मैले काइँभाइलाई पाउँछु । हाम्रो कोठा नं.४२९ ।
दिनभरिको थकाइ अनि रातिको खाना पनि खाइसकेको, त्यसमाथि काठमाडौँमा किनेका स्कचको सिल पनि तोडिसकेको हुनाले एकैछिनमा भुसुक्क निदाएछु ।
घरदेखि टाढा भएपछि मन एक प्रकारको हुँदोरहेछ । बिहान पाँच बजे नै बिउँझें । पेमुलाई सम्झें, आमा अनि स्व.बुबालाई सम्झें, नाचघर र साथीहरू सबै एकचोटि सम्झें । काइँभाइ अझै घुरिरहेको छ । नमज्जा लाग्यो । कोठाको बार्दलीमा गएर बिहानको रमाइलो दृश्य हेर्छु । होटल अगाडि सानो पार्क छ, रुखहरू लगाइएका छन् । बिहानै गर्मी छ । कागहरू थुप्रै छन् र जताततै काका गरिरहेछन् । भित्र कोठामा काइँ भाइको घुराइको आवाज झन्झन् चर्को हुँदै गइरहेछ ।
आज दृश्यावलोकनको कार्यक्रम छ । बे्रकफास्ट लिन होटेलकै रेष्टुरेन्टमा बिहान आठ बजे पुग्छु । एउटा लामो टेबुलमा टोस्ट, ज्याम, बटर, काँटा–चम्चा आदि सजाएर राखिएका छन् । वेटरहरू आएर अरु खानेकुराहरू राखिदिन्छन् । एउटा नयाँ कुरा यहाँ देख्न पाइयो । हिजो रातिका चहकिला र चिल्ला अनुहारहरूमा आज कुन्नि केके पोतेको देख्दछु । सायद त्यो श्रीखण्डको चन्दन हो । हो, त्यो त्यही रहेछ । क्या गजब तर कुरो सत्य हो ।
दुईवटा बसले हामीलाई लिएर रङ्गुनको ठूला र फराकिला सडकहरूमा कुदिरहेका छन् । मानिसहरूको त्यति धेरै भीड देखिँदैन, ट्राफिक पनि ठीकैको छ । सडक दायाँबायाँका घरहरू पुराना र थोेत्रा देखिन्छन् । मानौं अङ्ग्रेजहरूले छाडेर गएको अवेशषजस्तो मात्र । आवश्यक मर्मत र लिपपोत पनि गरिएको देखिन्न । मानिसहरू लुङ्गी, कमिज र चप्पल लगाउँदै रहेछन् । बाटामा पनि लुङ्गी खोल्दै लगाउँदै गर्दा रहेछन्, केटाहरूमात्र हैन केटीहरूले पनि त्यस्तै गर्दारहेछन् । एकजना लायकको मान्छेलाई कारको स्टियरिङ् समातेको देख्छु । उसको जिउको माथिल्लो भाग अर्थात् छातीदेखिको माथिको भागमात्र देख्छु । उसले सेतो कमिज लगाएको छ । सोचेको थिएँ तल पैन्ट लगाएको होला भनी तर हैन रहेछ । ऊ कारबाट बाहिर निस्कियो अनि बसभित्रका हामी नहाँसी बस्नै सकेनौं । उसले पनि अरुले जस्तै लुङ्गी लगाएको रहेछ ।
होटलदेखि करिब आधा घण्टाजति बस चढेपछि एक ठाउँमा पुगेर त्यो रोकिन्छ । हामी विश्वप्रसिद्ध स्वदेगँ स्तुपमा पुगेका रहेछौं । यहाँ जान जुत्ता खोलेर जानुपर्छ । स्वयम्भूमा जस्तै तर सानो ढुङ्गाको सिँढी चढेर जानुपर्छ, दायाँबायाँ पसलहरू थापिएका छन् ।
यो साँच्चै विशाल स्तुप हो । यसको गजुरमा करोडौं बहुमूल्य रत्नहरू जडित छन् रे । यसको चारैतिर अन्य ससाना बौद्ध मूर्तिहरू पनि स्थापित छन् अनि भनिन्छ यहाँ दसौं हजार भक्तजनहरूले एकैपटक प्रार्थना वा पूजाआजा गर्नसक्छन् । यस्तो ठाउँको सम्झनास्वरुप हामी धेरै ग्रुप फोटोहरू लिन्छौं ।
क्रमश:

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Love trumps Hate
Example of how media controls the sheeps
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Michael Kobold's expose on Nimsdai Purja
Democrats cannot think for themselves
The delusion created by mainstream media is creating fake reality for biden supporters
Supporting issues on principle instead of blind brainwashed support
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters