म हाँस्छु.....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म हाँस्छु..... बेफिक्री हाँस्छु,  निष्फिक्री हाँस्छु  धेरैबेर हाँस्छु  बेरसबेर हाँस्छु प्रातमा हाँस्छु  रातमा हाँस्छु  मातमा हाँस्छु  घातमा हाँस्छु  पीडामा हाँस्छु  प्रियामा हाँस्छु मोडमा हाँस्छु  बिछोडमा हाँस्छु  कथामा हाँस्छु  व्यथामा हाँस्छु  कवितामा हाँस्छु  रमितामा हाँस्छु प्रहारमा हाँस्छु  प्रकारमा हाँस्छु  मुटुमुटु हाँस्छु  गुटुमुटु हाँस्छु यति धेरै हाँसे पछी  यति धेरै बासे पछी एक मित्रले हास्दै सोधे  तँ हाँस्छस् मात्र कि  रुन्छस् पनि ? मैले हाँस्दै भने  जिन्दगी रोएँ  जिन्दगी भरि रोएँ  यति रोएँ त्यति रोएँ  आँशु रोएँ , पानी रोएँ  मन रोएँ, जवानी रोएँ रुँदा रुँदै रुने सब सके पछी  अहिले आँशु पनि हाँस्न थालेको छु  अहिले आँशु प्रीति गाँस्न थालेको छु | अस्तु ! !

rahulvai · Jan 9, 2017 10:32 AM · 10,986 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion