ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 नेवार समुदायकाे लुकाइएको इतिहास - अहिले आएर पर्दाफास
[VIEWED 7480 TIMES]
SAVE! for ease of future access.
Posted on 05-05-17 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नेवार समुदायकाे लुकाइएको इतिहास

प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भ हरु हरेक नेवारले पढनै पर्दछ । कृपया एक पल्ट पढ्नु होला ।

राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ । तर वास्तविक इतिहास लुकाइएको छ ।यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ । पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहा म प्रस्तुत गर्दै छु । वास्तविकता थाहा पाएपछी निश्चित रुपमा पृथ्वी नारायण शाहका अन्ध भक्त हरु मर्माहत हुने छन् । त्यसैले अन्धभक्त हरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु ।

सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी)मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो । नेपाल (हाल काठमाडौँ पाटन भक्तपुर)का राजाहरु चांदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए । उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले ।

शक्तिशाली रजौटासित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटालाई कज्याउने राजनीति पछ्याउदै  सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे तर उनि सफल भएनन् । अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे । सम्बत १७३२मा उनले आफ्नो छोरा पृथ्वी नारायणलाइ भक्तपुरको राजासित बस्न पठाए ।

त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेको थिए तर उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो । छोरा नेपाल दर्बार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो ।

(अन्य स्रोत बात जानकारी बटुलेर थपेको) : हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटन को राजालाई पनि पठाएका थिए । तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरुम्ला भनि मौखिक जवाफ दिएर पठाए । न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे । काठमाडौँ र पाटनको राजाहरुको एस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे । तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमंत्रना दिइ शिक्षा दिक्षा दिन स्विकार गरे ।

(फेरी मूल पुस्तक बाटै):
भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउदै बालक पृथ्वी नारायण शाहलाई दरबारमा पाहुनाको रुपमा स्वीकारे । उनलाई दरवारको सबै कुना कुना देखाए । उनका राजकुमार राजकुमारीहरुलाइ पृथ्वी नारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे | धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृस्ट शिक्षा दिक्षा दिएर राखे । यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन ।

पृथ्वी नारायण शाह स्मरण शक्तिमा तेज थिए । एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सने । उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए । पाँच वर्ष पछी उनि आफ्नो गृह नगर गोरखा फर्किए । उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए । मल्ल खानदान भित्रका कलहलाइ नजीकबाट नियालेका थिए । के कुरामा तिनीहरु मिल्छन, के कुरामा झगडा गर्छन, के कुरामा इर्श्या गर्छन, के कुरामा रीस गर्छन, ती सबै कुरो बुझेका थिए । त्यस्तै गरि कति सेना छन्, कति हतियार छन् र सामरीक महत्वका ठाउँहरु कता कता छन त्यो जानकारी पनि बटुलेका थिए ।

फर्केर गएपछि पृथ्वी नारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए । काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले । तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे ।

त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे । गोरखाली आक्रमण संधैजसो मनसुन सिजन पश्चात हुन्थ्यो । मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो । त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ । तर यो आक्रमण कहिलेपनि सफल भएको देखिन्न । यस्तो लुटमार गर्ने उद्देस्स्यले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो ।

तत्पश्चात पृथ्वी नारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए । अन्त्यहीन जस्तो बार्षिक लडाई र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए । त्यो भन्दा पनि एस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तररास्ट्रिय बन्दब्यापार (तिब्बत भारत तिरको ब्यापार)लाइ नोक्सान पुगी राखेको थियो । मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए ।

तर पृथ्वी नारायणको प्रस्ताव बास्तवमा एउटा चलाखी मात्र थियो । उनले वास्तविक शान्ति चाहेका थिएनन । जव गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले । साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए ।  मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए । लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्लराजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखा बाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुदै थियो भन्ने सोचेर चकित परेका थिए ।

गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो । तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ । यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पानी लण्डनमा सुरक्षित छ । इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो छ ।

मैले उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ । जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो । यो त्यहि ब्यापारिक मार्ग हो जहाँ बाट हालको भारत र चीन बीच नेपाल भै ब्यापार चलेको थियो ।

भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउदै थिए । बेलायतको अनुमानमा झन्डै ३०% मुगल सम्पत्तिको मुख्य श्रोत नै उत्तरसित रहेको यो व्यापार थियो । त्यसैले बेलायतिहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे ।

लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८०० वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे । सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुर कठिन युद्द गरि जिते | कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदा पानी उच्चस्तरीय हतियार सामु टिक्न सकेनन । त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए ।

हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे । आजसम्म पानी त्यो ठाउ "नाक नभएको मान्छेको गाँउ" भनेर परिचित छ । यो घटना घटिसकेपछी बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए ।

जय प्रकाश मल्ल, काठमाडौँका राजा, एक विद्वान शासक थिए । उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे। इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य  टुकडी क्याप्टेन किनलोक (Kinloch)को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए । यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए ।

क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जव काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाइमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे । गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे । यो घटना "म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर" भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ । यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे ।

बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले । एक जोतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए । राज्य बचाउने आशमा सम्बत १७६८मा उनले कुमारी माताको भब्य पुजा गर्दै  इन्द्र जात्रा धुमधाम मनाए । त्यो बर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए ।

जात्रामा मस्त राजा र जनताले गोरखा सेनाले  चारैतिरबाट शहर घेरेको चालै पाएनन् । जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन । रथमा सवार जयप्रकाश रथबाटै हाम फाले | उनका दुइ श्रीमती पनि उनकै पछी पछी लागे र पाटन तिर सकुशल भागे ।

अशान्त भीडका बीचबाट पृथ्वी नारायण शाह अगाडी बढे र चिच्चाए – "म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु" ।

मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए । हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए | कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए । निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन ।

त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे | ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन । त्यहाबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए | भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो । तत्पश्चात बेलायति सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो ।

तीन बर्षको नाकाबन्दी पछी भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो । अभाव सितै त्यहाँ दर्बार भित्र बेचैनी पनि बढ्दै थियो । त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने धोकाको चुकुल खोलिदिए | गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके । जय प्रकाश मल्लले आत्म हत्या गरे । उनि प्रति उदारता देखाउदै पृथ्वी नारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यबस्था मिलाई दिए।

भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वी नारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे । उनि मारिएनन तर उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो । ललितपुरका राजा तेज नरसिंग मल्ल पृथ्वी नारायण शाह सित कुनै शब्द बोल्न चाहदैन थिए र मौन मात्रै बसी रहे । तेज नरसिंगलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो – त्यहाँ सानो प्वाल थियो, जहा बाट दिनको एक कटौरा भात छिराउथ्यो । केहि दिन पछी त्यो कतौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो।

पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे । उनले पृथ्वी नारायणलाई भनेका थिए – "नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन । त्यसैले तिनीहरु एकदम खतरनाक छन् । तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ | उनीहरुलाई अबको कयौं  शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन । शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ । यस्तो गर्न  कडा नियम र तरवार (हत्या हिँसा)को साथ लिनै पर्छ ।"

तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्न बाट बन्चित गरियो । नया निर्माण कार्य गर्न रोक लगाइयो । भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनि रोक लगाइयो । व्यापार ब्यबसायमा नियन्त्रण गरियो । सम्बत १७६७को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन । स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो ।सम्बत १७७० मा मात्रै पनि २५०० नेवारहरु संजायको नाममा  मारियो । यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले । दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो । तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाकि रहेनन् र ती कुराहरु बिर्सन थाले ।

पृथ्वी नारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो । श्रीजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो । तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाचो पर्यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि ती शहरहरुको जीवन्तता फेरी कहिलेइ फर्किएन ।

बेलायतीहरुको हिंश्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे । सम्बत १७७८ मा मुगल साम्राज्य टाट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे । यसको असर समग्र मध्य एशियामा पर्यो । पृथ्वी नारायणलाइ हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो।

यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो । फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु पर्यो जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो ।यस्तो नकारात्मक असर तिब्बत मात्र हैन उत्तरी चीन सम्म पनि बिस्तृत भएको थियो ।

पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् । गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो । उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए । त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले । त्यस्तै आफुले जितेका क्षेत्रलाइ "निषेधित इलाका" मा परिणत गर्दै गए । उनीहरुको पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले।

बेलायतका जनरल अक्टरलोनीले लेखेका छन् – "हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस ।"

लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन् – "नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा ।"

यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो । गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार)लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो ।

गोर्खाली जवानहरु देश छोडदै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलात्मक रुपमा शान्ति देखिन थालियो । तर दरबार भित्र भने शान्ति आएन । शाहहरु एक आपसमा भिड्न थाले । उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए । तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए ।

यस्तै घटनाक्रम संगै कोट पर्व भयो । यस पछाडी जंग बहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए ।

यस्पछादी के भयो आफै किताब खोजेर पढ्नु होला । Nepal: Geschenk der Götter (Nepal Gifts of the Gods), by Hans-Georg Behr  

http://namsadhim.com/%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%B0-%E0%A4%B8%E0%A4%AE%E0%A5%81%E0%A4%A6%E0%A4%BE%E0%A4%AF%E0%A4%B2%E0%A5%87-%E0%A4%AA%E0%A4%A2%E0%A5%8D%E0%A4%A8%E0%A5%88-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D/

 
Posted on 05-05-17 8:42 AM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ खा , लफडा भो नि त्यसो भए.

 
Posted on 05-05-17 5:26 PM     [Snapshot: 395]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

मेडिसिन पढेर , प्रायाक्तिस मा सफल हुन नसकेपछि , पत्रपत्रिका मा सानो सानो लेख लेख्ने गढ़त्यो यो मान्छे , त्यहाँ बाट पनि खास केहि हुन नसकेपछि बचेको पैसा लियेर सबै भन्दा सस्तो र सुरक्छित देश खोज्दै हिड्दा नेपाल पायो, दिन का दिन गाजा खान पर्ने, नेपाल त राम्रै भो उसलाई , फेरी दोस्रो बिस्वो युध्हा मा हिटलर ले नेपाल को पनि साथ खोजे को थ्यो नेपाल ले इंगलैंड लाइ सहयोग नगर्ने, र नेपाल ले भारत मा आक्रमण गर्ने योजना थ्यो हिटलर को

नेपाल ले मान्छे सहयोग नगरेको भए र त्यो बेला नेपाल ले भारत मा आक्रमण गरेको भए साएद दोस्रो बिस्व युध्हा को नतिजा नै अर्कै हुन्थ्यो कि ?

यदि भारत को स्वतान्त्रता संग्राम मा नेपाल ले साथ् दिएर भारत मा आक्रमण गरेको भए इंगलैंड ले नेपाल र भारत बाट सिपाही र पैसा को सहयोग पौदैना थ्यो , नेपाली र भारतीय सिपाही युरोप अफ्रीका सम्म गएर लडेका छन् , त्यो नाबह्येको भए के हुन्थ्यो , साहा, राना हरुले सहयोग नगरेको हुनाले यो गजडी ले नेपाल को एक जाति संग अर्को जाति लाई फुटाएर मन को सान्ति खोजेको मात्र हो

गाजा खान लाई त पैसा चाहियो अनी एस्तो उत्तेजक अराजक किताब त धेरै बिक्छ नि, आफ्नो गाजा खर्च उठाउन
जनता जनता बीच दुस्मनी सिर्जना गर्न बाहेक केहि छैन तेस्को किताब मा

अनी नेपाली पनि काग ले तेरो कान लग्यो कसैले भन्यो भने पहिले आफ्नो कान छाम्ने कि, तेस्तो मान्छे को बिस्वास गरेर काग को पछाडी दौडने ?

यो लेख को एउटा प्याराग्राफ ले येही लेख को अर्को प्याराग्राफ को कुरा काट्छ, यो गजडी गफ हो 

British Library in England has manuskript written by captain Kinloch himself, in which he describes the bad weather, difficult terrain and bad logistic support was the main cause of the loosing battle


कुमार बिचित्र

Last edited: 05-May-17 05:40 PM

 
Posted on 05-06-17 1:15 PM     [Snapshot: 646]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

भावनामा दूबेय्रा पदियो भनी विश्वास गर्लान मंचेय्हरुले नत्र अलिकति पनि दिमाग लगाउने हो भनी यो कतै बाट पनि विश्वास गर्न लायाक लेख होइन
 
Posted on 05-07-17 10:35 AM     [Snapshot: 895]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

Guys, i have read the book from HG Behr in german some years back. you can get the book in amazon for 1 euro, https://www.amazon.de/Nepal-Geschenk-G%C3%B6tter-Begegnungen-erstaunlichsten/dp/3430112648/ref=sr_1_1?s=books&ie=UTF8&qid=1494170425&sr=1-1&keywords=nepal+geschenk+der+goetter . you can guess the stuff written inside from the price. I will write everything wrong with the post and the book pointwise-

1. There is no one called Professor dr. HG Behr. The guy who wrote the book 'Nepal Geschenk der goetter' is a austrian journalist who , after dropping out from his university studies ,wrote fiction books about drugs, organised crime and history and worked in few german newspapers.
2.Nepali history was written a lot earlier than mahendra. In fact there are a lot of documents, journals, reports and books from jesuit missionaries, british officials, tibetan lamas, officials of awadh and bengal court etc etc. Also many nepalis ,indians, englishmen and other foreigners who are proper historians have written about nepali history in recent times.
3. HG behr did not do any king of research . This guy came to nepal and india as a tourist in the 70s and was a reknowned hippie. He was also noe of the first journalist for legal ganja consumption in europe . he wrote few books in nepal and india while roaming around as a hippie and later published them. Even in the books he mentions that these are not to be taken as history but stories based on historical characters.
4.narabhupal shah sat on a wooden gaddi, not a mud one. It is still there in gorkha.that means the dude didnot even go to gorkha while he was in nepal.
5.Nowhere is it written that nepal mandal kings used to sit in silver throne, it coud have been gold or wood too. Narbhupal had miteri saino with the king of bhaktapur Ranajit malla,so there is no question about 'having heard of silver throne'. usle pakkai afai pani dekhyo hola ni.
6.it was not impossible to sit on a silver throne in those days. kings were absolute rulers and to make a silver throne, the only thing thed needed to do was to tax the people higher. gorkha was relatively poorer,but it doesnt mean they were beggers i guess.
7.every king married more than 1 wife in those days, and the ain purpose of marriage was forging political alliances . thats standard for all hill kings. PN shah stayed in bhaktapur and learnt about the city and its people . He also had a miteri saino with the son of ranajit malla. Malla kings also used to take help from Gorkha and Julma king at times of conflicts among themselves in the valley. Ram shah and later on narabhupal shah helped bhaktapur in its wars against kantipur.
8. Narabhupal could have also sent his son to palpa which was much more powerful than the mallas. even after winning over mallas and halp of nepal ,the gorkhalis couldnot win palpa and had to do a treaty . And it was not hard to know the internal matters of kathmandu kings since they were quarelling the whole time. also a lot of khas and magars from gandaki region were there in malla durbars as army generals and administrators. jayanta rana, parsuram thapa, gangaram thapa etc. among others.
9. how does anyone know how PNS was treated in bhaktapur ? there is nothing as such in the book as far as i remember. PNS was a illiterate guy, you must have known it.
10. from kashmir to bhutan, the time after monsoon till winter was known as the time of war. even the valley kings fought in this time. almost all battles in nepal history took during this few months.
11.PN shah never actually had moderner weapons than malla kings . thats why he never won any full-contact pitched battles. his tactics was more based on surprise or siege breaking. In fact after taking nuwakot, pn shah did treaty with jayprakash that the profit from tibet trade will be share among them. this is the point where he went to benaras and brought in 2 kaligarh for gun making.
12. Gorkhalis helped by british government???LOOOLLL, the biggest joke ever. There was no british government in india at that time. british governmnet came after 1857 mutiny ie, 100 years after that. ther was east india company which was a private company and had good relations with malla kings. they even sent ambassadors and jesuit priests to kathmandu. there are reports from these priest still now.
13. there is no such treaty in britian!! what rubbish. a country who even publicised affairs of kings and royal scandals after some decades is still hiding a treaty don with some poor hill nations of north india so than after 300 years the nepali wouldnot know it ??? WHAT BULLOCKS!!!!Who is captain ceane btw?? and why did he want to destroy the tibet nepal trade? and why did the same people want to capture nepal to get hold of THE SAME TIBET NEPAL TRADE ROUTE? that is utter nonsense.
14.the trade between ktm and tibet was a minor trade route. it was mostly between bengal, ktm and tibet. no china and mughals were included. the mughals traded with the chinese empire through ships in large vessels. the nepal tibet route was half pony trail and half trail for humans with sacks. also by the time of PN shah, there was no mughal empire, the marathas had won over them. totally devoid of ground reality.
15.can some one show me the document of PN shah getting 800 guns and british smiths? why di he always run away from pitched battles then, if he had superior technology and technicians?
16. kirtipur was won by laying a longstanding siege and betrayel from inside ,not a battle dumbos!! now i am getting impatient with the ignorance in thi piece of Sh#t article.
17.Do you know how many people a Captain commanded n those days? So more than half of kinlochs troops were killed due to acting ,right??and the EIC betrayed an longtime ally ktm to side for a unknown hill ragtag army , right?
18. why is there no mention of the naga sadhu army in jayaprakash's help which was also killed and destroyed by gorkhalis? because that is against the propaganda of shah being a hindu zealot who forced hinduism on the newars, right??
19. till the indrajatra on that night, the bhardars and pradhans of kathmandu had all deserted or taken gorkhali side. so instead of going to kumari chowk ,jayaprakash ran away with his nagarkoti(garhwali) bodyguards to patan. pn shah came to kathmandu and sat on the throne without a fight. the only person killed was a pandey who died pursuing jayprakash malla. kathmandu had a population of more than 40,000 at that time. had they wished to resist, they could easily resisted since ktm was a walled city with strategic bahals which are very great for a defensive battle.
20. there was no nakabandi in bhaktapur , it was a battle within a year after wining over patan. but this was a bloody battle and gorkhalis are recorded to have done war atrocities.
21. jayaprakash did not commit suicide. he was injured in battle and lived hi life to death in pashupati. guthi sansthan even today does the yearly shraddha of jaya prakash, this is done since the time of PN shah.
22. Ranajit malla wished to go to kashi and PN shah fulfilled his desire since he was his mit ba.
23. why does captain ceane come everytime when there is no captain ceane in history??
24. if PN shah banned education in newars, why were there newar businessmen , generals and officials in his court? why was newari used in all administrative records till rana period in kathmanduß why di nepal durbar do treaties with tibet in newari? why was kaji tribhuwan pradhan one of the most influential pradhans in durbar?
25.Newar highcastes were in good relations with the gorkhali highcastes and low castes of both groups were discriminated . that was the same even before shahs, you can read the law of jayasthiti malla to know the details of how low caste newars were treated.
26.tibet was never a rich country, in fact tibet was a poor chinese province ruled in effect by the ambans of the chinese emperor. dalai lamas were the nominal heads.
27. nepal government did not get a single penny till the time of bir sumsher. till that time, youths were smuggled by senior officers from western villages of nepal. only during the great wars did nepal got money for the recruits since it allowed the brits to go to villages and select recruits.
OH MYAN, I COULD GO ON AND ON FOR THE UTTER SHIT THAT IS WRITTNE HERE. I SAW SIMILAR ARTICLE EARLIER BUT REMAINED QUIET THINKING THE IDENTITY POLITICS LUNATICS ARE SO DESPERATE AND POST STUFFS WITHOUT EVEN READING AND THINKNIG. BUT ABA TA HAD BHAYO HAU YESTO BS CHAPNU LAI


9.
 
Posted on 05-08-17 8:10 AM     [Snapshot: 1138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sajha is not like ratopati or kalopati ( online blogs where people post anything to manipulate the minority's emotions) where people read the articles with a pre-occupied mind and believe whatever is written in an article.
 
Posted on 05-09-17 3:17 PM     [Snapshot: 1362]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

tei ta bro, ka bata NGO fundedjatibadi site bata copy garya link raicha yo.

 
Posted on 05-11-17 10:38 AM     [Snapshot: 1543]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आज भोलि डा झुण्ड्याका मानिस छयास छयास ति पाइन्छन भने पैसामा बिक्ने को संख्या को कुनै कमि छैन र यो पनि तेही बर्गमा नपर्ला र ???
 
Posted on 05-12-17 1:08 AM     [Snapshot: 1719]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

khai, serious discussion hola bhanera comment garya, mula kata bhagyo kata
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
which stock to buy
tesla stock OMG !!
ट्रंप २०२०
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
❤️ चिक्नी चमेली ❤️
I m offered a Job in Bank in Nepal, should i go back ?
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
हाकिमनी संग- आज सुक्रबार -३
##केटा हो ,*Monthly* कती *SAVE* हुन्छ ? ##
Warning: Market Crash - most likely end of Sept
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
नो ट्रम्प २०२०
TPS to change of status denied ..Need help
दलित जगारण मोर्चा
1 Dollar= Rs 60 soon?
आयाहूआस्का
Nepalese for JOE BIDEN
Sajha user you want to meet in person !!
यसरी मेरो कुमारत्व गुमेको थियो
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters