Cultural & Literary - Cultural , Literary & talk programme - Boston , MA
 
Date: Monday, Jan 15, 2007
   
EVENT INFO:


बोष्टनमा साहित्य सरगम तथा छलफल कार्यक्रम

बोष्टन वरपर असंगठीत अवस्थामा छरिएर रहेका साहित्य, कला र संगीत प्रेमी नेपालीहरुलाई संगठीत गर्ने र नेपाली भाषा, साहित्य, कला र गीतसंगीतका बारेमा एउटै थलोमा बसेर छलफल गर्ने उद्धेश्यले बोष्टनमा पहिलो पटक यस प्रकारको छलफल एवं साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुदैछ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू इङ्ग्याण्ड च्याप्टर/बोष्टन र यहाँ स्थित नेपालीहरुको साझा संस्था ग्रेटर बोष्टन नेपाली समाजको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा नेपाली भाषा, साहित्य कला र संस्कृतिका बारेमा बिभिन्न नेपाली विद्वानहरुसंग अन्तरकि्रया गरिने छ भने ग्रेटर बोष्टन नेपाली समाजका विविध पक्ष एवं भावी कार्यक्रमका बारेमा जानकारी तथा छलफल पनि हुनेछ ।
साहित्यिक र सांगीतिक कार्यक्रम समेत भएको यो "बोष्टन साहित्य सरगम" कार्यक्रममा उपस्थित भई आ–आफ्ना सल्लाह र सुझाव दिन हुन यस क्षेत्रमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक आमन्त्रण गरिन्छ । यसका साथै छलफल तथा साहित्यिक एवं सांगीतिक विधामा भाग लिन चाहने प्रतिभाहरुलाई हार्दिक स्वागत पनि गरिन्छ । यसका लागि निम्न इमेलमा सम्पर्क गर्न हुन अनुरोध छ । धन्यवाद !

भारती गौतम (अध्यक्ष-अनेसास बोष्टन) sibha001@yahoo.com
विनोद ओली (अध्यक्ष-ग्रेबोनेस GBNC) binodoli2005@hotmail.com
दीपेश श्रेष्ठ (कोषाध्यक्ष-ग्रेबोनेस GBNC) dilish@msn.com
शिव प्रकाश (महासचिव – अनेसास तथा सदस्य GBNC) sprakshp@hotmail.com

कार्यक्रम : साहित्य सगरम तथा छलफल
मिित : जनवरी १५ तारिक २००७ सोमवार (मार्टिन लुथर किंग डे)
समय : अपरान्ह २.00 बजे
स्थान : 8 Upper Campus Road
Medford , MA 02155
Tufts University, Brakaer Hall - Room No 01, Floor - B

http://www.tufts.edu/home/maps/medford/?p=overview&fid=m007&bg=park
http://www.tufts.edu/home/maps/medford/?p=overview&fid=m007&bg=mbta
http://inside.tufts.edu/compass/?p=b&b=m007

 

Venue:
Viewed 2497 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters