Convention - नेजस, वोस्टनको अधिवेशन
 
Date: Sunday, Apr 27, 2014
   
EVENT INFO:


नेजस, वोस्टनको अधिवेशन
अप्रिल २७ तारिखमा हुने
कृष्णराज खनाल

वोस्टन, जुलाई २४ । नेपाली जनसम्पर्क समिति, न्यूइंगल्याण्ड च्याप्टरको दोस्रो अधिवेशन अप्रिल २७ तारिख आइतवार वोस्टनमा हुने भएको छ ।
समितिको बैठकले गत वर्ष अगष्ट ११ मा अधिवेशन आव्हान गरे पनि केन्द्रीय समितिले केही समय च्याप्टर गठन नगर्न गरेको अनुरोधलाई स्वीकार गर्दै  स्थगित अधिवेशन सेडर स्ट्रिट क्याम्ब्रिजमा हुने निर्णय गरेको च्याप्टरका अध्यक्ष विष्णु कार्कीले जानकारी दिनुभयो । २०१० को जनवरी १० मा गठित च्याप्टरमा १३ सदस्यीय कार्य समिति रहेको छ । सोही कार्यसमितिले सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन सम्पन्न गर्नेछ ।

अध्यक्ष कार्कीका अनुसार, त्यसै दिन सदस्यता नवीकरण तथा वितरण गरी निर्वाचनको कार्यक्रम  सम्पन्न हुनेछ । अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा केन्द्रीय विवाद तथा अन्य विविध कारणले उल्लेख्य काम गर्न नसकेको भए पनि आगामी कार्यसमितिले केन्द्रको मुख नताकी स्वतन्त्र रुपले कार्यक्रम गर्ने आशा एवं विश्वास गर्नुभयो । उहाँले सबल र सक्षम नेतृत्व चयन गरेर प्रजातन्त्रप्रति प्रतिवद्ध साथीहरुलाई समेटेर लैजानुपर्ने सुझाव पनि दिनुभयो ।
 

Venue: Cedar Street Cambridge MA
Viewed 2480 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters