आदरणीय नेपाली भाषा, साहित्य, कला र संस्कृति प्रेमी महानुभावहरु,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले १९९ औं भानु
जयन्ती कार्यक्रम यही जुलाई २७ तारिखका दिन निम्न स्थान र समयमा आयोजना
गर्न लागेको हुँदा उक्त कार्यक्रममा सहभागी हुनको लागि हार्दिक अनुरोध गर्दछौ
। उक्त अवसरमा नियमित कविता पाठको अतिरिक्त अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज, कोलोराडो च्याप्टरको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन
पेश गर्ने; अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको
बिधान लागू गर्ने तथा अन्य विविध कार्यक्रमहरु पनि रहेको जानकारी गराउँछौ ।
नेपाली भाषा र साहित्यलाई अगाडि बढाउने यो हाम्रो सानो प्रयासमा यहाँहरु
सबै उपस्थित भएर प्रोत्सहान गर्नुहुनेछ भन्ने आशा गर्दछौ ।
कार्यक्रम हुने स्थान New Life Community Church (Room 118) 17690 E. Iliff Avenue Aurora, CO 80013
कार्यक्रम हुने मिति र समय 27 July 2012, Friday 4:00 pm - 7:00 pm