[Show all top banners]

sanas

More by sanas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Laugh Out Loud! गलगाँडतन्त्र आएछ
[VIEWED 2691 TIMES]
SAVE! for ease of future access.
Posted on 12-25-08 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really couldn't stop laughing by just seeing the topic from www.dautari.org. galtantantra. These nerd leaders are just smart ash with bone in the head. I enjoyed shekhar's galganatantra. I hope you will enjoy too.

source: http://dautari.org/2008/12/blog-post_5837.html

गलगाँडतन्त्र आएछ

शेखर ढुंगेल
गणतन्त्र आएपछि गणहरु गणपति हुनेछन् भन्ने जुन भावना जनतामा उर्लिएको थियो माओवादीको असफलता र अन्य राजनीतिक दलहरुको सत्तालिप्सा देखेर गणरुपी जनतामा नैरास्यता छाएको छ । गणपति त गण होइन नेता पो बनेका छन् । यो कस्तो गणतन्त्र हो जसको मालिक नेता बनेका छन् र जनता फेरि दासभन्दा खराब जीवनयापन गर्न बाध्य बनिरहेका छन् । यो त गणतन्त्र होइन गणगाँड पो हुनथाल्यो । जस्ले जे जस्तो तर्क दिए पनि तीतो सत्य के हो भने बोकाले दाईं गरेर हुन्न भन्ने बुढापाकाको कथन नेपालमा सावित भएको छ । ०४६ सालमा पनि महेन्द्रको सालिकअगाडि एमाले कांग्रेस माओवादीभन्दा उग्र भएका थिए । तत्पश्चात भयो के त भने कांग्रेस र एमालको अधिनायकवाद चल्यो । गिरिजा त्यसबेला जंगेजस्तै बनेका थिए । राष्ट्र र जनतालाई ढाँटेर महाकाली सन्धिमात्र गरेनन् चित्त नबुझेका छत्तीसेलाई सत्ताच्युत गर्न जनताको सदन भंग गरिदिए ।
संसदीय ब्यवस्था र प्रजातन्त्रको धज्जी उडाउनेमा माओवादीभन्दा कांग्रेस र एमाले नै अगाडि छन् । समय फेरियो माओवादीको रणनीति सफल भयो । संसदीय प्रजातान्त्रिक पक्षधर अर्थात २०४७ को संविधानले स्थापना गरेको संरचनाको पत्तन भयो । त्यससँगसँगै पुराना सयौं परंपरागत संरचनाहरु कतै जोसमा कतै सडकको दवावमा कतै सत्ताको लालचमा भत्काईंदै गए । यहाँसम्म कि शून्य राजनैतिक संरचनाको अवस्थामा झर् यो । माओवादीको सत्ता आयो शासन आयो नयाँ नेपालको कुरो आएको छ तर प्रस्थान र गन्तब्यको विन्दूको चुरोसम्म पहिल्याउन सत्तासिन र विपक्षी दलहरु असफल भएका छन् ।
संविधानसभाको माध्यमबाट जनताको प्रतिनिधिमार्फत संविधान बनाई नयाँ नेपालको निर्माण गर्ने भन्ने माओवादीको माग र अन्य दलको अभिष्ठ स्वयं उसकै लागि घाँडो किन भयो बुझ्न कठिन हुँदैछ । अनुमान केसम्म गर्न थालिएको छ भने कि त माओवादीलाई ब्यालेट मार्फत सत्तामा पुगिएको नसा उत्रिएको छैन कि त लोकतन्त्रप्रति विश्वास नै छैन । या कहिले काहीं नेता डा। बाबुराम भट्टराईले भन्नुभएकै विहारी शैलीको लोकतन्त्रु नै हो त ।
माओवादीको सत्ता चलेको पनि ४ महिना भइसक्यो । केही उज्यालो सत्ता हात पारेको माओवादीले अन्धकार बनाईदिएको छ । यो अन्धकारशैली नयाँ नेपाल निर्माण गर्ने कुन मोडल हो जनताले बुझ्न सकेका छैनन् । मस्र्याङ्दी उद्घाटन गरेकै भोलीपल्टदेखि ६ घण्टाबाट १० घण्टा पुगेको लोडसेडिङ् अव १८ घण्टा हुन्छ भनेर विद्युत प्राधिकरणकै कर्मचारीहरु भन्न थालेको छन् । यस्ता कालो अँध्यारोमो विद्यार्थीले कसरी पढ्ने उद्योगधन्दा कसरी चलाउने नयाँ नेपाल कसरी बनाउने स्थिति भयावह बन्दै गएको छ ।
हिजो डा।बाबुराम भट्टराईको लेखअनुसार निलम्बित राजालाई सम्झौताको नाममा पुनस्थापना पनि गर्न सकिन्छ भन्ने थियो । त्यो पार्टीका नेता तथा प्रधानमन्त्री प्रचण्ड राष्ट्रवादी र गणतन्त्रवादीको दह्रो मोर्चा बनाउने कुरा गर्न थाल्नु भएको छ । कतै राजालाई पनि त्यही मोर्चामा आउन दरखास्त हालिएको त होइन यता गिरिजाप्रसाद कोइरालाले पूर्वपाचहरुको तीनवटै पार्टी र अन्य प्रजातन्त्रवादीलाई मिलाएर अधिनायकवादलाई परास्त गर्न बृहद प्रजातान्त्रिक मोर्चा गठन गर्ने सुरसार कस्नासाथ प्रचण्डको मोर्चाको कुरा उठ्नुले राजनीतिक क्षेत्रमा तापक्रम एक्कासी बढ्दै गएको छ । दलीय राजनीति तातेको छ ।
यही बेलामा भारतीय राजदूत राकेश सुदले राजालाई सोल्टी होटलको गोप्य कोठामा गोप्य भेटघाट गरेको समाचारले राजनीतिमा ज्वारभाटा ल्याइदिएको छ । किन भेटे सुदले के भने सुदले राजाको प्रतिकृया के थियो अन्दाजका अनेक रिङ्गटालाग्दा कथाको पटाक्षेप हुनेक्रम जारी छ । त्यो पनि एकसेएक लोकतान्त्रिक दलका मुखपत्रहरुबाट । कसै कसैले त यतिसम्म लेखे कि राजाले भारत भ्रमणको व्यवस्था मिलाइदिन आग्रह गरेरे । कसैले सग्लो देश हेरेर मर्ने इच्छा व्यक्त गरेको विषयलाई बढी महत्व दिएर प्रकाशित गरिरहेका छन् ।
आखिर पूर्वराजा पनि यही देशका नागरिक हुन् । हिजो पनि उनले देशको माया गरे आज पनि देशको माया गरिरहेका छन् । यो देश छोडेर कतै जान्न भन्ने पूर्वराजाको अभिव्यक्तिले र यही देशमा चुपचाप बसेका राजाको व्यवहारले पूर्वराजाको लोकपि्रयता र जनताको सहानुभूतिलाई ह्वात्तै बढाइदिएको छ ।
खासगरी प्रचण्ड सरकारको असक्षमता र नालायकीपनका कारणले पूर्वराजातिर फर्केर हेर्न जनता बाध्य भएका छन् । जतिपनि कूसंस्कार र कूलक्ष्यणहरु देखिएका छन् ती सबै राजतन्त्र हटाउनाले हो भन्ने छाप जनताको मनमा परिसकेको छ । हो राजतन्त्रबाट अनेक गल्तीहरु भएका होलान् तिनलाई सच्याएर अखण्ड नेपालको जगेर्ना गर्न सकिन्थ्यो । राजतन्त्र फाल्नेले आफु पनि सच्चिन सकेनन् पवित्र भएनन् राजतन्त्र पनि फालेर देशलाई बर्बादीको भूमरीमा होमिदिएका छन् । यसैका कारणले विदेशीको खेल मैदान बनिसकेको छ नेपाल । राजतन्त्र फालेपछि चमत्कार गर्छु भन्ने प्रचण्डले देशलाई अँध्यारो युगमा धकेलिदिए । यही हो चमत्कार जनता आहत भइरहेका छन् जनताले राहत पाइरहेका छैनन् यही हो चमत्कार असमानता र बिखण्डनका आवाजहरु उठिरहेका छन् यही हो चमत्कार ज्वाला सिंहले टोपी जलाउन थाले मधेसबाट पहाडीया नभागे भौतिक कारवाही गर्ने हुकुम जारी गरिसक्यो अव नेपालको झण्डा जलाउने कार्यक्रम पनि ल्याइसक्यो । हुँदा हुँदा तमलोपाले एक मधेस एक प्रदेश हुँदैन भने एक नेपाल पनि रहँदैन भनिसके । यही हो चमत्कार यदि यस्तै अराजकतालाई चमत्कार भन्ने हो भने नेपालीका लागि प्रचण्ड चमत्कार दुर्भाग्य बाहेक केही हुने लक्ष्यण देखिदैन ।
पूर्वी र पश्चिमी पहाड र तराईतिर अनेक जातजातिहरु स्वशासनका माग गरेर सेना संगठित गर्न थालेका छन् । खासगरी पूर्वी पहाडको लिम्बु र पश्चिम तराईको थरुहठ सेना डरलाग्दो सशस्त्र समूहका रुपमा अगाडि आएको छ । यिनलाई व्यवस्थापन गर्नु चानचुने चुनौति हुनसक्दैन । चुनौति अनेक छन् दलहरुमा मतभेद चुलिदो छ । गणतन्त्र गलगाँड भयो देश र जनताका लागि

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS decision
2020 : Why No Trump !
ICE kidnapping people off the streets over op eds
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
Democrat lies revealed
legal Query for married nepali girl now have taken US citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters