[Show all top banners]

deshbhaktanepali

More by deshbhaktanepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

raju161

Karnali Blues
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकी भिसा, गैरआधिकारिक प्रश्न
[VIEWED 2149 TIMES]
SAVE! for ease of future access.
Posted on 07-12-08 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकी भिसा, गैरआधिकारिक प्रश्न

कृष्णचन्द्रसिंह प्रधान

धेरैजसो शिक्षार्थी, प्रबुर्द्धवर्गको मनमन्दिरमा अब देवता होइन, त्यसको ठाउ“मा युरोप छ । त्यसकै आराधनामा ध्यानमग्न देखिरहेछु ।

मेहनत गरी खाने जवानमा पनि कुवेत, साउदी अरेबिया, जापान, कोरिया, कतार, मलेसियाबाहेक केही देख्दिन । लाग्छ तिनैबाट निर्मित भविष्य हौं हामी । आफ्नो देशको सपना देख्नेहरू त खै को छन् र - यसलाई पनि अमेरिकाले उधिन्दै छ । हाम्रो गन्तव्य भनेकै अमेरिका भइसक्यो । उच्च अध्ययन गर्ने अभिलाषाले जानेहरूको भीड लागेजस्तै भोलिको सुखमय दिन कल्पेर अमेरिका बहिर्गमन गर्ने निम्न मध्यमवर्गी सम्भ्रँन्तहरूको जमात त्यत्तिकै ठूलो छ । हाम्रो भविष्य भनेको अमेरिका हो, त्यही मुक्तिनाथ लाग्न थालिरहेछ । त्यहा“ गएपछि चिताएका सबै पूरा हुन्छ ।

याद गर, त्यहा“ जानेहरू अराष्ट्रवादी भने होइनन् । तर राष्ट्रवादी भएर के गर्नु - न एक छाक खान दिन्छ देशले, न खोजेजस्तो केही गर्न सक्छौं । दस नङ्ग्रा खियाउन चाहन्छौं, काम पाइ“दैन । बुद्धि खर्चेर केही गर्नेलाई अवसर जर्ुदैन । तल ओर्लेर केही गरु“ भने प्रतिष्ठाको प्रश्न छ, इज्जतले दि“दैन । के गर्ने नेपालमा -

सकसमा परेर अनेक धोका स“गालेकाहरू कोही, कोही विवशतावश, कोही दिक्क मानेर भने कोही भोलिको जोहो गर्ने हेतुले अमेरिका प्रस्थान गर्छर्ाा, युरोप लाग्छौं हामी विद्यार्थी, पढेलेखेका, प्रबुद्धजन, साहित्यकार, लेखक, कलाकार, डाक्टर, बहालवाला, ढाक्रे सबै । विपन्न अवस्थाका, बेरोजगारमात्रै होइन, जवानमात्रै पनि होइन, शिक्ष्ँार्थीमात्रै पनि होइन । यसलाई प्रतिष्ठा सम्झने समाज र तिनका सामु सान देखाउनका लागि पनि युरोप, अमेरिका जान्छौं । देख्दैछु अमेरिकामा पनि एउटा अर्काे नेपाल हर्ुक“दै छ † त्यहा“का देशमा हेर- कुवेत, कोरिया, जापान, मलेसियामा पनि एकौटा नेपाल छ । विश्वका थुप्रै देशमा मिनिनेपाल मौलाइरहेछ ।

कहा“ छैनौं हामी -

कसैले भनेका छन्- माग्नेहरू दोषी होइनन्, दोषी त उनीहरूको समाज हो, तिनै देशहरू हुन् जसले माग्नेहरू सृष्टि गर्छन् । आफ्नो देश छाडेर विस्थापित हुन पनि उनीहरूकै देशले सघाइरहेको हुन्छ- त्यहा“को अभाव, बेरोजगारी, भोक, प्रतिकूलता र यी सबैले सिर्जना गर्ने विवशताहरूले । सुधार्न पनि नसक्ने, बाहिर जान पनि नदिने हो भने स्थिति झन् कति डरलाग्दो हुन्छ -

त्यस्तै देशको कुरा गर्दैछु म जहा“का हामी विभिन्न कारणवश विदेशिएका छौं । जहा“ बसे पनि गैरनेपाली नहुनाको मातृभूमि सम्झेर आफ्नो जातीय अस्तित्व र पहिचान बनाइराख्न संगठित हुन्छौं, संस्थामा आवद्ध भएर नेपाल र नेपालीस“ग सांस्कृतिक, साहित्यिक सम्बन्ध राख्छौं र साहचर्यको भूमिका निर्वाह गरिरहन्छौं । बेलायत, अमेरिकामा पनि यस्ता साहित्यिक, सांस्कृतिक संस्था छन् । जस्तो अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज, नेपाली कलाकार संघ, पासापुच भए । तिनै संस्थाले मलाई पनि यसपटक निम्त्याएर अभिनन्दन गर्न खोजे । अनि बर्सेनि दि“दै आएको अस्वीकृत विचार साहित्य पुरस्कार ०६४ प्रदान गर्न प्रमुख अतिथिका रूपमा मलाई आमन्त्रित गर्न खोजेका रहेछन् । स्वीकृतिका लागि र्सवप्रथम कवितारामले मस“ग सर्म्पर्क गरे । मैले अनिच्छा प्रकट गरे“ । उनले पटक-पटक फोन गरिरहे । मैले मानिन र भने“ यो बुढेसकालमा बेलायत, अमेरिका घुम्ने रहर छैन । तर मप्रति दर्शाइएको आदरको सम्मान गर्छु पनि भने“ । उनले फेरि फेरि फोन गरिरहे । अन्ततः हुन्छ नभनी सुख पाइन । निम्तो स्वीकारे । साथै के पनि भने“ भने यो उमेरमा एक्लै यात्रा गर्ने सामर्थ्य अब ममा छैन । यसको व्यवस्था गर्ने वचन दिएपछि नाइ भन्ने ठाउ“ रहेन ।

पछि झट्ट सम्झे“ गोविन्दराज भट्टर्राईलाई । उनले अमेरिका जाने कुरा गर्थे, तर गएका छैनन् । अब जाने हो कि - मैले उनलाई सर्म्पर्क राखे“ ।  भट्टर्राईस“गै जान राजी भए“ । उनले अमेरिकाको भिसा लिइसकेका थिए । चाहिने औपचारिक निमन्त्रणामात्र आएपछि बेलायतको भिसाका लागि आवेदन दियौं । दर्ुइ सातापछि भिसा आयो, अमेरिकाको अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज वासिङ्टन च्यार्प्र्टसको निमन्त्रणाअनुसार कवि गोवर्धन पूजा पनि जाने भएकाले उनी र मैले स“गै भिसाका लागि अमेरिकी राजदूतावासमा आवेदन दियौं । दर्ुभाग्यवश हामी दुवैले भिसा पाएनौं । नमज्जा लाग्ने नै भयो । एक त भिसा पाउनेबित्तिकै हिंड्नर्ुपर्ने भएकाले चाहिने तयारी गरिसकेको थिए“ । अर्काेतिर कवितारामको आग्रह र अनेसासका अध्यक्ष्ँ गोविन्द गिरी प्रेरणाको आतिथ्य स्वीकारेर पनि यात्रा अवरुद्ध हु“दा उनीहरूलाई दुःख लाग्ने नै भयो ।

सा“च्चि भनू“ भने जान नपाएकोमा मलाई दुःख लागेन । पहिले नै मैले अनिच्छा व्यक्त गरेको थिए“ । तयारीपछि जान नपाउ“दाको प्रभाव त पर्नेनै हुन्छ । आर्श्चर्य के लाग्यो भने अमेरिकी दूतावास काठमाडौंका कन्सुलर अधिकृतले भिसा अस्वीकृत गर्नाको जुन कारण उल्लेख गरे त्यो मर्ूखता देखेर दुःख लाग्यो । कन्सुलर अधिकृतले यस्तो पर्ूवाग्रह राखेर बदनामीको चिन्ता नगर्ने व्यवहारले जसलाई पनि उत्तेजित गर्नसक्छ । कन्सुलर अधिकृतको पत्रमा भनिएको छ- 'भिसाका लागि आवेदन दि“दा आवेदकले कन्सुलर अधिकृतलाई चित्तबुझ्नेगरी आफू गैरआप्रवासी हैसियत प्रँप्त गर्न योग्य छु भन्ने स्थापित गर्न नसकुन्जेल प्रत्येक विदेशीलाई अप्रवासी मानिने छ ।'

यसले र्फकनै पर्ने पारिवारिक, सामाजिक, आर्थिक आधार प्रमाणित गर्ने बन्धनहरू के छ जसले गर्दा नेपाल नफर्की हु“दैन भन्ने विश्वास दिलाउने संकेत गर्छ । आवेदनपत्रमै यसको उल्लेख भइदिएको भए प्रमाण प्रस्तुत गथ्यौर्ं होला । अर्काे कुरा आवेदकले प्रस्तुत गरेको प्रमाणहरूको फाइल नै अध्ययन नगर्नेलाई चित्त बुझाउने कसरी -

म केही दिनपछि ८४ वर्षा टेक्दै छु । आवेदनपत्रमा उल्लिखित जन्ममितिबाट यो बुझ्नर्ुपर्ने हो । त्यस्तो बूढो मानिस के भनेर अमेरिका बस्छ - किन र केका निम्ति - मौखिक प्रश्नको उत्तर दि“दा भनेको थिए“ । मेरा छोराछोरी सबै काठमाडौंमा छन्, अमेरिकामा कोही छैनन् । त्यस्तो मान्छे अमेरिकामा कसको आधारमा बस्छ भन्ने एउटा सामान्य स्तरका मानिसले पनि बुझ्न सक्छ । यो थाहा पाएर होला गोवर्धन पूजाले र्फकनै पर्ने भएभरका प्रमाणसहित प्रस्तुत गरेका थिए । त्यसबाट पनि कन्सुलर महोदयलाई विश्वास लाग्नर्ुपर्ने हो । तर फाइल हर्ेदै हेरेनन् अनि अत्तो थापेर चित्त बुझाउन नसकेको बहानामा भिसा दिएनन् ।

विश्वास त एउटा एब्स्ट्रयाक्ट वस्तु हो- भावनासित सम्बद्ध । जसले विश्वासै गर्दैन उसलाई प्रमाणले पनि धोका दि“दोरहेछ भन्ने पर्ूवाग्रहले झन् बढ्ता आशंकित गर्छ । त्यस्तै लाग्यो कन्सुलरको मानसिकता । मेरो हकमा यो एउटा भिसा अस्वीकृत गर्ने सामान्य प्रक्रियामात्र नभई यसले एउटा लेखकको विश्वासमाथि औंला ठड्याउने काम गर्‍यो । अनि अमेरिकाका नेपालीको भावनामाथि चोट पुर्‍याएर यसले तिनीहरूको अपमान गरेको भन्ठान्छु अमेरिकी दूतावासका निम्ति । यसले अलोकतान्त्रिक चरित्र दर्शाउ“छ ।

अर्काेतिर ब्रिटिस दूतावास यही“ छ । त्यसले दिने भिसाका आवेदनपत्र भने दिल्ली अवस्थित ब्रिटिस दूतावासबाट स्वीकृत भई आएपछि नेपालीले भिसा पाउ“दा रहेछन् । यो स्वतन्त्र मुलुकको अधिकारमाथि प्रश्नचिह्न भई किन हामीलाई छु“दैन - किन नेपाल सरकारलाई

दुख्दैन - यस्तै हो भने यहा“ ब्रिटिस दूतावास किन

चाहियो - दिल्लीकै ब्रिटिस दूतावासले सबै काम गरे भइहाल्यो नि । यो नेपालीलाई पर्ने असुविधामात्रै होइन, राष्ट्रको अस्तित्वस“गै गा“सिएको प्रश्न हो ।

कसैको नियतमाथि शंका गर्नु ठीक होइन । मान्छेको व्यवहार, आचरण, विचारको सम्मिश्रति अभिव्यञ्जनबाट यसको अनुभूति गर्छर्ाा । अमेरिका वा अरू मुलुक जानेहरूको आफ्नो विवशता होला, बेग्लै कारण र महत्त्वाकांक्ष्ँा होला । यी इच्छा, आवश्यकता पूरा भयो/भएन, हुन्छ/हु“दैन उनीहरूले सोच्ने विषय हो । जस्तो जान दिने वा नदिने अधिकार भिसा दिने देशको हो । तर यो उनीहरूको नियतस“गै जोडिएको हुन्छ । कन्सुलर अस्वीकृतिको जस्तो । यसकारण कोही जान पाउ“छन्, कोही पाउ“दैन । यसलाई पनि ठूलो कृपा गरेको भनेर भित्र्याउने मुलुक कृतज्ञता खोज्छन् । उनीहरूलाई नचाहिएको भए विदेशीलाई किन हुल्थे आफ्नो देशमा - अनि यही विवशतामाथि टेकेर दया गरेको बहानामा र्सवाधिक फाइदा उठाउ“छन् ।

उसलाई कारिन्दा चाहिएको छ- त्यो काम म गर्दिन । पसलमा काम गर्ने ज्यामी चाहिएको छ, त्यो पनि मबाट हु“दैन । पेट्रोल पम्पमा काम गर्ने श्रमिक चाहिएको छ, त्यो गर्न सक्तिन । अनि पढाउने शिक्ष्ँक, चिहान खन्ने मजदुर, बच्चा खेलाउने धाई, हिसाब गर्ने लेखापाल, दोकान थाप्ने पसलेहरू चाहिएको छ जसलाई, जो मबाट सम्भव छैन । अनि किन भिसा दिने उसले मलाई -

भिसाका लागि फेरि आवेदन गर्न यहा“का साथीले भने । अमेरिकाबाट इमेल आइरह्यो । एकपटक त अपमानित भए“ भए“ अब फेरि लाञ्छित हुन मैले चाहिन । अमेरिकाका मित्रले स्नेह र श्रद्धापर्ूवक मलाई आमन्त्रित गरेकामा सबैप्रति अनुग्रहित छु । अब त अमेरिका गएनौ भने तिमी नर्कमा पर्नेछौ भनी तर्सर्ाा कोही आतंकित गर्छ भने पनि त्यो जोखिम सकार्न म राजी छु तर अमेरिका कहिल्यै जान्न ।

प्रश्नकै सिलसिलामा अमेरिकन अधिकारीले सोधेका थिए- यस्तो कार्यक्रम नेपालमै नगरी किन अमेरिकामा गर्नुपर्‍यो - यही“ गरे भइहाल्छ । मलाई आर्श्चर्य लाग्यो उनको गाउ“ले प्रश्न सुनेर । मैले भने“, यो हामीले गर्ने कार्यक्रम नभई अमेरिकाका नेपालीले आफ्नो बौद्धिक र सिर्जनात्मक क्रियाकलापअर्न्तर्गत निरन्तरता दिने हेतुले अभ्रि्रेरित कार्यक्रम हो । हाम्रो सम्मान गर्ने र सहभागी हुन आमन्त्रित गरेकाले जान लागेका हौं । यो कन्सुलर अधिकृत चाह“दो रहेनछ । उसलाई सबैभन्दा अप्रिय र अनावश्यक यही लाग्यो । के यो भन्ने अधिकार उसलाई छ - त्यसैले अलोकतान्त्रिक चरित्रको भनेको हु“ । सांस्कृतिक, बौद्धिक, सिर्जनात्मक अभिवृद्धिका कार्यविधिको अनुशीलन र त्यसलाई निरन्तरता दिने प्रयास कसैको अहितमा नभएकाले यो अधिकारमाथि प्रश्न गर्नु दुःखद लाग्यो । र लाग्यो एम्बेसीका अधिकृतलाई साहित्य, कला, संस्कृतिबारे केही थाहा छैन, कुनै अर्थ राख्दैन । यो त्यस जाति, देशको सिर्जनात्मक र बौद्धिक पहिचानमात्रै होइन, मानवीय अहम्स“गै गा“सिएको हरेकको अस्मिता, स्वाभिमान, आकांक्ष्ँाहरूसित आवद्ध मानवीय भावनाको संवदेनशील अभिव्यक्ति हो । संस्कारविहीन व्यवहार गर्नेहरूले देशहरूमाझको सम्बन्धलाई के आत्मीयता प्रदान गर्न सक्छ -

 

Courtesy: kantipur


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters