GME ले दिएको खुसि !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मूजि ५ ६ वर्ष भयो स्टक किन बेच गरेको ,सधै लाटो हिसाबले किन बेच गरियो । ठिकै थियो तर चमत्कार केहि भएन । warren buffet बन्ने सपनामा उबेलाँ options trading मा लागेको झन्डै johney lever बनियो । अप्रिल २५ २०१५ नेपालाँ भुइचालो गाको ,मेरो भुइचालो चै अप्रिल २२ मै गयो, options trading मा 26k डुब्यो एक शटाँ । मूजि कमाईको हिसाबले 5 महिनाको स्यालरी थियो तर बचतको हिसाबले २ वर्षको पुंजी । मेरो saving खाताले 10K माथि खासै देख्दैन, देख्योकि लोदर लाग्छ । उबेला नि तेस्तै भयो,महिनौ या भनौ बर्सौ बाद 20 K माथि saving भाको थियो, options ले 2K मा झार्यो । त्यो बेला देखि मूजि options रिस्क लिन सकेको छैन , त्यो बेलाँ थोरै सोचेर धेरै लगानी गर्न्दा चुर्लुम्मै डुबियो, ऐले धेरै सोचेर थोरै लगानी गर्दा एक्कै चोटी माथि पुगियो । मेरो एकजना भेले साथी छ ( options pro ), उबेलाँ मलाई डुबाउने नि उही ऐले अनेपेछित खुसि दिने नि उही । २ ४ दिन देखि म त ज्यादै खुसि छु, त्यो भेलेले त ठुलै सफलता हात पार्यो मेरो तुलनामा, जाठोले अब १२ वर्ष कामै नगरे नि हुन्छ मेरो बिचारां। उता reddit तिर एउटा डे - trader ले ५० के बाटै 11 million बनाएछ १ महिना मा GME बाट । येसरी अरु संग तुलना गर्ने हो भने त आफ्नो खुसि गौर्ण छ तैपनि मूजि कोहि संग तुलना नगरी हेर्ने हो भने आफ्नो खुसि पनि चानचुने होइन । मूजि 2 वर्ष काम गरे बराबरको भन्दा बढी मुनाफा आको छ एक शटाँ। हिम्मत हुनेको लागि चै गज्जब हो यो options trading । आफु परियो गोबर गरेश एउटा असफलताले म मूजि ५ वर्ष भागे options call बाट, येही डरले आज म त्यो भेले भन्दा १५ वर्ष पछाडी छु । तर मुजी केहि छैन सबैको आफ्नै आफ्नै गति हुन्छ । त्यो भेले भन्दा ३० ओटी बढी तरुनीको गाला मैले चिमोटेको छु । ( मन बुझाउने बाटो ) साझां नि एक हप्ता कोइ संग कहाँ सुनी नगर्ने सोचेको छु आजो चौथो दिन ।

logankobaje · Jan 27, 2021 8:02 AM · 16,125 views

6 Replies

लौ बधाई छ लोगन को बाजे ! GME ले धेरै को भाग्य बदलियोदियो ! अरु कुरा तेस्तै हो लेखाइ चाइ हाम्रो अन्डर 'बियर' ब्रो जस्तो लाग्यो :D

makar rashi · Jan 27, 2021 8:21 AM

हजुरको बुद्दि देखा सिखी गर्ने मात्रै देखिन्छ, लागानी देखि साझामा राख्ने नाम पनि देखासिखी नै छ | बिल्लियन कम्बिनेशन मा साझाको एउटा नाम बाट बाजे , बाउ विनाजु थपेर नया खाता खोलि बस्नेले कति माथि पुग्नु होला ?

Magorkhe1 · Jan 27, 2021 11:01 AM

गोर्खे ब्रो , कित आफु लिडर बन्न सक्नु पर्छ कित अरु लाई लिडर मानेर उनीहरुको देखा सिकी गर्ने हो , म चै आफु केहि गर्न नसक्ने भएर अरुको देखा सिकी गरेर अघि बढी राखेको छु । लोगने ब्रो को "साझा क्रेज " देखेर उसकै जस्तो नाम राखेको आज उसको भन्दा मेरो बढी चर्चा छ साझां । मलाई पेंनी स्टकको तेती जानकारी छैन अस्ति मूजि नासे दाई को देखा सिकी गरेर SOS १ ९४ मा किनेको आज २ ६८ मा बेचेर ठाउँ को ठाउँ लगभग १२०० नाफा खाए । एउटा भेले भैयाको देखा सिकी गरेर GME मा सबसे बढी नाफा मारियो । हेर्नुस सर दुस्मनी गर्दा पनि अलि अक्कल वाला संग गर्नु पर्ने रैछ, धेरै फाइदा हुदो रैछ । अब मूजि एउटा options trading गर्ने दुस्मन खोजि रा छु साझा तेस्कोनि केहि देखा सिकी गरेरे आघि बढ्नु छ । म मूजि अनपढ पर्खाले अमेरिकन, मलाई यो मूजि मार्केट research , analysis गर्न अल्छि लाग्छ । यी मूजि नासे , फासे , ब्रोहरु छन् , यिनीहरु research गर्छन , यहाँ पोस्ट गर्छन, म यिनीहरुको move अर्को एउटा भेले बाट verify गर्छु अनि आफ्नो अलि अलि लगानी गर्छु । तपाइको " डर लाग्न थालेको छु " बाट नि ज्यादै प्रभावित छि । अनि "नाम haijack ' गर्यो भन्नेमा तपाइको ज्यादै दूखेसो सुने, येस्ता सान्तिनो कुरामा चित्त नदुखाउनुस , फराकिलो मन गर्नुस । जसको नाम छ उसकै चोरी हुने हो , हामी जस्ताको त कसले चोर्छ र !

logankobaje · Jan 27, 2021 1:53 PM

Malai khusi lagyo, dui barsa ko talab barabar kamai bhayechha. Malai chahin testo idea thiyo a.Dui char mahina Pahilenai kineko GME stock bechera 20 k faida. Mero lagi chahin yo record break nai ho tesaile khusi lageko chha. Sabaiko ramro hos

chicagoan · Jan 27, 2021 5:24 PM

Nas bro I made good profit from express some one post couples days ago in Twitter and same day I bought 2k . I sold little early but I am happy. Toady is my day off I Watched GAME ,Koss and express stocks. I feel like is that real money. ❤️Nas bro aba kun stock fly huncha hola hajur ko bichar ma? Thank you

Fuchhey · Jan 27, 2021 6:39 PM

फुच्चे ब्रो ! मैले अहिले अरु कुनै हेरेको छुइन दुइ वोटा मात्र होल्ड गरेको अब जस्ट पेसेंटली वेट गर्ने मात्र ! अलिक स्टक गेममा लागेर उता घण्टा हान्ने गेम खत्तम पारेकोले अब उता फोकस ! मेन प्रायोरिटी त् घन्टे नै हो ! मे बि हाल्फ़ मिलियेंन अब को केहि बर्षमा बनाए भने रिटाएर भएर नेपाल जाने अनि उता बाट ट्रेड गर्दै बस्ने ! मेरो एक भाइ आज मात्र नेपाल गयो ! घण्टा देखि वाक्क भएर ! नेपाल बाट ट्रेड गर्दै बस्ने रे !  हाम्रो उता धागोमा द्रोग्बा ब्रोले एक्टिभलि ३५ वोटा ट्रेड सेट अप गर्न भाको छ ! उन्हाको कल सहि छ ! ध्यान दिनुस ल द्रोग्बा ब्रोलाइ ! २०२१ मा एक मिलियेंन बनाउने प्लान उन्हाको !  Last edited: 27-Jan-21 08:01 PM

Nas · Jan 27, 2021 7:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion