continued from above......
अमेरिकीहरूलाई दिएका छन् ।
'शाही सेना भ्रष्ट’
मार्च २००६ मा नेपाल आएका अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री डोनाल्ड क्याम्पले मार्च ८ मा तत्कालीन सेना प्रमुख प्यारजंग थापालाई भेट्दा थापाले सेनासँग हतियारको अवस्था कमजोर भएको र त्यसले संकट हुन लागेको गुनासो गरेका थिए । भोलिपल्ट भारतीय र बेलायती राजदूतहरूसँगको संयुक्त भेटमा क्याम्पले नेपालका सेना प्रमुख त त्यस्तो भन्छन् नि भन्दा मुखर्जीले नेपाली सेनामा हतियारको कमीभन्दा पनि नेतृत्व, आत्मबल र वरिष्ठ अधिकारीहरूमा भ्रष्ट मनोवृत्ति मुख्य समस्या रहेको बताएका थिए ।
'हतियारको संकटबारेको शाही नेपाली सेनाको मूल्याङ्कनको भारतीय राजदूतले प्रतिवाद गरे' भन्ने उपशीर्षकमा मोरियार्टीले वासिङ्टनलाई मार्च १५ मा लेखेको पत्रमा भनिएको छ, 'शाही सेनासँग आधुनिक राइफल निकै कम भएको र हेलिकप्टरबाट हानिने रकेट लगभग नभएको अवस्थाबारे खासै जानकारी नपाएका बेलायती राजदूतले त्यो कुरा सुनेपछि चासो व्यक्त गर्नुभयो । मुखर्जीले 'संकट' भएको भन्ने कुराको प्रतिवाद गर्नुभयो ।'
मुखर्जीले सेनासँग तालिमका लागि चाहिँ निकै कम हाततियार रहेको र कतिपय युनिटमा त भारतले दिएका एसएलआर राइफलका म्यागेजिनमा ३५ स्लटको ठाउँमा आठ राउन्ड गोली मात्रै राखेर तालिम दिइराखिएको बताएका थिए ।
'त्यो (कमी) देख्न सजिलो छ, मुखर्जीले थप्नुभयो, किनकि एसएलआर म्यागेजिनहरू पारदर्शी हुन्छन्,' अमेरिकी राजदूतले लेखका छन्, 'तैपनि शाही सेनाका कुनै पनि फिल्ड कमान्डरले त्यतिन्जेलसम्म हतियारको कमी भएकोमा गुनासो नगरेको जानकारी आफूलाई दूतावासका रक्षा सहचारीले दिएको भारतीय राजदूतले बताउनुभयो ।'
शाही सेनाको माथिल्लो तहमा 'भ्रष्टाचार उच्च रहेकैले' भारत, बेलायत र अमेरिकाले हतियार कटौती गर्दा पनि शाही सेनाले चासो नदिएको मुखर्जीले दाबी गरेका थिए । ती तीन देशले सरकार-सरकारबीचको सम्पर्कबाट हतियार दिने हुँदा तिनमा मूल्य घटबढ (र कमिसन) को खेल हुन नसक्ने भएकाले सेनाका वरिष्ठ अधिकारीहरूले नाफा कमाउन कालो या ग्रे बजारबाट हतियार किनेर सन्तुष्ट लिएको पनि मुखर्जीले बताएको अमेरिकी पत्राचारमा उल्लेख छ ।
भारतीय राजदूतले दिएको त्यही सूचनाका आधारमा अमेरिकाले आफ्नो नीति बनाएको त कतै देखिँदैन तर भारतीय कूटनीतिज्ञका ती कुरालाई गम्भीरतापूर्वक सुनेको आकलनचाहिँ ती कुरालाई पत्राचारमा सूक्ष्म ढंगमा उल्लेख गरिएबाट आकलन गर्न सकिन्छ ।
'हामीलाई माओवादी लाएको ?’
कहिलेकाहीं नेपाललाई लिएर भारत र अमेरिकाबीच चिसोपना आउने गरेको तर त्यो आपसी गफगाफबाट टुङ्गिने गरेको पनि अमेरिकी पत्राचारहरूमार्फत देख्न सकिन्छ । जस्तो- अमेरिकी दूतावासका कर्मचारीहरूलाई माओवादीले आक्रमण गरेपछि अमेरिकाले कतै भारतले नेपालमा अमेरिकीहरूलाई आक्रमण गर्न माओवादीलाई उक्साएको त होइन भन्ने शंका भारतीय राजदूतसमक्ष गरेको थियो । २००३ अगस्ट ४ मा मोरियार्टीले तत्कालीन भारतीय राजदूत श्याम शरणसँग त्यस्तो शंका गरेका थिए । त्यसको तीन दिनपछि शरणले मोरियार्टीलाई भेटेर त्यस्तो नीति भारतको हुँदै नभएको भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्राले आफूलाई बताएको जानकारी दिएका थिए ।
नेपालमा विभिन्न भारतीय संस्थाका 'परस्पर विरोधी एजेन्डाबाट तोडमरोड नभएको आधिकारिक भारतीय नीति उच्च निकायबाट बुझ्न' आफूले सोझै मिश्रालाई फोन गरेको पनि शरणले मोरियार्टीलाई बताएका थिए । नेपालमा अमेरिकी स्वार्थलाई हानि पुर्याउन नेपालका माओवादीलाई उक्साउन कुनै पनि भारतीय संस्थालाई अधिकार नदिइएको मिश्राले आफूलाई बताएको शरणले मोरियार्टीलाई सुनाएका थिए । नेपालमा माओवादीका सन्दर्भमा भारत र अमेरिकाको नीतिगत मतभेद भएको आफूलाई कहिल्यै नलागेको पनि मिश्राले शरणलाई बताएका थिए । त्यही कुरा आफूले तत्कालीन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार कन्डोलिज्जा राइससँग पनि राख्ने गरेको मिश्राले शरणलाई बताएका थिए । त्यो सन्देश मिश्राको तर्फबाट भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान हेर्ने सहसचिव रञ्जित रायले दिल्लीस्थित अमेरिकी दूतावासलाई पनि दिने शरणले मोरियार्टीलाई बताएका थिए ।
शरणबाट पाएका सबै विवरण उल्लेख गर्दै पत्रको अन्त्यमा मोरियार्टीले'टिप्पणी' उपशीर्षकमा सन्तुष्टि व्यक्त गर्दै नेपाल हेर्ने अमेरिका र भारतको प्रयासले लामो यात्रा गरेको उल्लेख गरेका छन् । 'तीन दिनअघि मात्रै राखेको हाम्रो चासोलाई सम्बोधन गर्ने राजदूत शरणको द्रुत प्रतिक्रियाले लगनशील र सहयोगी मित्रका रूपमा उहाँप्रतिको हाम्रो सम्मानलाई दरिलो पारेको छ,' मोरियार्टी लेख्छन्, 'नेपाल र माओवादीबारेका नीतिमा भारत सरकार अमेरिकासँग संयोजन गर्न चाहन्छ भन्ने मिश्राको प्रस्ट धारणा आउनु राम्रो हो । त्यत्तिकै राम्रो भारतले माओवादीलाई अमेरिकी स्वार्थहरूमा आक्रमण गर्न उक्साएको छैन भन्ने वक्तव्य पनि हो । तैपनि (भारतीय जासुसी संस्था) रिसर्च एन्ड एनालिसिस विङ्गका तल्लो तहका अधिकारीहरूले आफूभन्दा माथिल्ला तहका कर्मचारीहरूलाई थाहै नदिई माओवादीहरूलाई नेपालमा अमेरिकी गतिविधि र प्रभावको विरोध गर्न उक्साएको चाहिँ हुनसक्छ । यो सबै कुराले नेपालबारे भारतीयहरूसँगको हाम्रो सिर्जनात्मक छलफल कहाँसम्म आइपुग्यो र उनीहरूको पूर्ण सहयोग लिन अझै कति टाढा जानुपर्छ भन्ने प्रस्ट पारेको छ ।'
'सब्स्टिच्युट' खेलाडी
अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा पनि नगण्य महत्त्व भएको नेपाल विश्वको एकै मात्र महाशक्ति अमेरिकाको विशेष ध्यानमा कहिल्यै पर्ने गरेको छैन । त्यो किन पनि भने नेपालले अमेरिकाको मुख्य रुचिमा पुग्ने खालको कूटनीतिक र रणनीतिक हैसियत राख्दैन । चीन र भारतबीच भएकाले अमेरिकाका लागि नेपाल महत्त्वपूर्ण भन्ने हामीलाई लाग्न सक्छ जो केही हदसम्म सही पनि हो तर त्यति महत्त्वपूर्ण पनि होइन कि अमेरिकालाई नेपालकै बारेमा भनी छुट्टै नीति बनाउनुपरोस् । यस्तो लाग्छ, अमेरिकाका लागि नेपाल निकै सानो खेलमैदान हो जहाँ ऊ भारतलाई पूर्णकालीन र आफू सब्स्टिच्युट खेलाडीकै भूमिकामा रहेको देख्न चाहन्छ ।
'संरचनागत नीतिहरू जे-जे छन् त्योभन्दा विशेष अमेरिकाको नेपालका लागि केही हुँदैन,' प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विदेश सल्लाहकार रहेका आदित्य बरालले भने, 'भारत क्षेत्रीय शक्तिका रूपमा उदाइरहेको छ र दुवै विश्वका ठूला र पुराना लोकतन्त्र हुन् । त्यसैले मुख्यतः लोकतान्त्रिक मूल्य/मान्यताका सन्दर्भमा उनीहरू एक ठाउँमा आउनु अस्वाभाविक होइन । विशेष ध्यान आकषिर्त गर्न नेपाल अमेरिकाका लागि (इरान या उत्तर कोरियाजस्तो) सम्भावित खतरा पनि होइन ।'
२००३ को सेप्टेम्बरताका दसैंको मौकामा युद्धविराम गर्ने सम्भावित माओवादी संकेतप्रति भारत नकारात्मक थियो । ऊ ठान्थ्यो, माओवादी गम्भीर छैनन्, पर्वमा युद्ध रोकेर शक्ति सञ्चय मात्रै गर्छन् । राजदूत शरणले त्यही कुरा सेप्टेम्बर १९ मा तत्कालीन अमेरिकी राजदूत माइकल इ मालिनोस्कीलाई बताए । अनि मालिनोस्कीले वासिङ्टनलाई सेप्टेम्बर २४ मा यस्तो लेखे, 'बिदाको मौकामा गरिने अस्थायी युद्धविरामले नेपाल सरकारको स्वार्थ पूरा गर्दैन भन्ने शरणको धारणासँग हामी सहमत छौं किनकि माओवादीहरूले त्यो मौकालाई पुनर्संगठित हुन र सहरहरूमा गएर पैसा जम्मा गर्न प्रयोग गर्ने अपेक्षा गरिएको छ ।'
बहुपक्षीयमा भारत तर्किन्छ
नेपालका सन्दर्भमा भारत र अमेरिकाका कुरा मिल्दै नमिल्ने या मिल्न गाह्रो पर्ने चाहिँ त्यो बेला हो जब नेपालको मामिलालाई बहुपक्षीयरूपमा हेरिन्छ । नेपालका हरेक विषयमा भारत द्विपक्षीय र सकेसम्म आफ्नै नेतृत्वमा कुरा गर्न र लाद्न खोज्छ । तर व्यापक विदेशी सहभागिताको प्रसंग आउँदा भारत तर्किएको देखिन्छ । जस्तै, एकपटक युरोपेली र अमेरिकी दाताहरूले युद्धमा रहेको नेपाललाई सघाउन 'फ्रेन्ड्स अफ नेपाल' समूह खोलेर भारत/चीन सबैलाई राख्ने इच्छा देखाए । तर भारतीय राजदूतले त्यसले 'अहिल्यै जारी प्रयासमा त्यसले कुनै भ्याल्यू नथप्नेView/Share this post only