फेरी चुरोट को धूवाँ रुमलियो कोठामा । मलाई त्यो मन पर्दैन । तर एउटा मात्रै मन नपर्ने कुरा उसको !! मैले छेवैको झ्याल खोलेँ । हावा धेरै नै उग्र भएर बग्ने हुनाले मैले बन्द गरेको । पौषको महिना को चिसो हावाको उग्र रुप म सहन सक्दिन । साना तिना ज्याकेट हरु छेडेर छिर्छ । म उसलाइ गाली गर्न सक्दिन तर , अनुहार सुख्खा मायालाग्दो छ , त्यतिसाह्रो बोल्दैन उ , उसलाई चुरोट छोड भन्न पनि सक्दिन दिनका चौध पन्ध्र वटा फुक्नेलाई म कसरी छुटाउन सकुँला र !!! “दाइ म पहिला चुरोट खान्नथेँ !” उसले आजको तेस्रो चुरोट मा सँधै जसो भन्ने वाक्य दोहोर्यायो । मैले झ्याल खोलेको देख्यो शायद । उसलाई गलत गरिरहेको छु जस्तो पनि लाग्छ तर छोड्न नसकेको बाध्यता बताउँछ उ !!! ठूलो कुरा हैन सामान्यतय मान्छे नशामा बाध्य नै हुन्छ । आज पिउँदिन भन्छ , फेरि भोलि देखि छोड्छु भन्छ यसो सोच्दा जीवन पनि त नशा हो , जिउँदिन भन्ने धेरै मान्छे भेटिन्छन् , तर पनि मान्छे जीउन बाध्य छ । प्रतिक भन्छ नाम आफ्नो उ , घर कहाँ हो ठेगाना के हो चाहिने भए म काम गर्न सक्दिन भनेर भनेको थियो । पहाडको सानो बजारमा मेरो मोबायल मेन्टेनेन्सको सानो पसल मलाई किन चाहियो उसको घर ,ठेगाना , तर कुरा विश्वासको पनि त आउँछ , मैले थोरै हिच्किचाएर मात्रै हुन्छ भनेको थिएँ । तर आफ्नो काम मा विश्वासिलो छ उ , साथै दक्ष पनि ! म धेरै पैसा चाहिने भए सक्दिन मैले उसलाई भेट्ने बित्तिकै भनेको थीएँ ।चुरोट र खाना , कोठालाई पुग्ने भए पुग्छ उसले सँधै जस्तै रुखो स्वरमा भनेको थियो ।मलाइ थाहा थिएन उसको चुरोट को खर्च उसको खानाको भन्दा धेर हुन्छ । तर उसलाइ पुगेको छ , प्रतिकले कहिल्यै गुनासो गरेको छैन उसको तलबको बारेमा ! प्रतिक सामान्यतय दाह्री काट्दैनथ्यो पन्ध्र बाइस दिन मा काटेको बेला मलाई अचम्म लाग्दो लाग्छ उसको अनुहार , कपाल कोर्दैनथ्यो कपाल काटेको त मलाई सम्झना समेत छैन , उसले एउटा मात्र झोला बोकेर आएको थियो त्यति खेर । उसको जिन्स मैलो भए पनि महँगो जस्तो लाग्यो ।त्यो ब्राण्ड मैले काठमाण्डौ जाँदा देखेको जस्तो छ , ठूला बडाका छोराहरुले लगाएको जस्तो छ । झोलामा एउटा डियोड्रेन्ट ,अरु दुइ तिनवटा जिन्स र टिशर्ट रहेछन् अनि उसले लगाएको ज्याकेट !!!कपडाहरु मैलो भए पनि प्रतिक गन्हाएको भने थिएन । “केहि चोरी सोरी गरेर भागेको त हैन ?” मैले उसलाई नियाल्दै सोधेको थिएँ पहिला उ आएको बेला । आजकलको यो भिँडमा चिनेका मान्छेमा त उसको विश्वासको संकट छ झन उसलाइ त मैले पहिलो चोटी देखेको मात्र !तिँ माथि ठेगाना सोध्ने भए काम गर्दिन भन्छ । “तँपाईलाई म सँग शंका छ भने मैले हैन भन्नुको के अर्थ र ?” उसको रुखो आवाज एक दम नै गहिरो थियो त्यतिखेरको । मैले सोचे आखिर म दिन भर उ सँगै हुन्छु राती चाबी म सँगै हुन्छ उ मात्र काम गर्नेछ , काम आउँछ नै भने मैले अरू कुरा जान्नु को औचित्य छैन ! ठिकै भन्छ उ , प्रोफेसनल कुरा प्रोफेसनल नै हो ,पर्सनल कुरा पर्सनल नै मेरो दोकान सानो भएता पनि !!! “ अहिले चाहिँ किन फुकेको फुक्यै गरेको चुरोट त ?” म सोध्न पनि सक्दिन , मलाई थाहा छ प्रतिक ले उत्तर दिने छैन । मलाई केटो सोझो पढेको लाग्छ । उ कम्प्युटर राम्रो चलाउँछ । तर उ किन यहाँ आयो यहाँ आएर के गर्न चाहन्छ मलाई थाहा छैन । मैले उत्तर खोजेको प्रश्न , मैले सोध्न नसकेको प्रश्न !! उसलाई कोठा पनि मैले मिलाइदिए । यो बजार सानो छ मेरो पसल जस्तै । मैले सबैजसो घरहरु चिनेको छु । म यो सानो कुवाको ठूलै भ्यागुतो हुँ भनौँ न !राम्रै चलेको छ मेरो कारोवार , नेपाल मा मोबायल चाहिँ गाउँ गाउँ मा फैलिएर होला !!!इन्टरमेडियट पढेपछि मैले सजिलो स्वरोजगार रोजेँ एक्लै चलाउन गाह्रो गाह्रो थियो त्यति नै खेर प्रतिक हो आएको ! मैले हुन्छ भनेँ !!!! प्रतिक आजकल मलाइ दाइ भन्थ्यो , मलाई पनि विश्वास लाग्छ उसको !!! उसको मोबायल मा फोन आउँदैन । उसको मोबायलमा सिम थीएन जब उ यहाँ थियो । आएकै दिन उ टेलेकम अफिस गएर नयाँ नम्बर लियो । मोबायललाई उसले गित सुन्ने भाँडो बनाएको छ , फोन आओस् पनि कसको , दोकानमा उ अघि नै आएर चियापसलमा चिया खाएर बसिराखेको हुन्छ म आइपुग्दा । मलाई चिया पसलेले भन्छ यति कम बोल्ने मान्छे मैले देखेको थिइन , “चिनी कम हाल्दिनु “ भन्छ रे प्रतिक कहिले काहिँ त्यो बाहेको अहिले सम्म प्रतिकले दोकानेलाइ अरु कुरा भनेको समेत याद छैन रे !! कहिले काहिँ उ पत्रिका हेर्छ रे दोकानमा तर अनुहारमा परिवर्तन नदेखेपछि म छुट्याउन सक्दिन उ राम्रो समाचार पढ्दैछ कि नराम्रो !!! बाटोमा उ इयरफोन लगाएर हिँड्छ , यताउताका मान्छे संग बोल्न मन नलागेर होला । प्रतिकको एकान्तको साथी उ स्वयं आँफै होला । मान्छेको सबैभन्दा ठूलो सफलता हो ,आफु भित्रको आफुलाइ साथि बनाउन सक्नु यसले घात हुने सम्भावना शुन्य हुन्छ आफ्नो एकान्त भोग गर्न सक्नु त्यसले मान्छेले भिँड खोज्दैनन् शहरको , अनि आफू भित्रको धुन गुनगुनाएर आफ्नो जीवनलाई एउटा गित जस्तो गाइरहन सक्नु प्रतिक ति थोरै मान्छे मध्येको एक होला !!!! .............................. ...................... .......................... ............................... ............................. ... “ प्रतिक चुरोट मात्रै पिउँछौ कि अरु पनि ?” एक दिन मैले उसलाई काम गर्दा गर्दै सोधेँ !त्यो दिन अघिल्लो दिन हामीले अलि ठूलै ब्यापार गरेका थियौँ । दोकान को साइज बढ्दै थियो भनौँ !!! मलाई उ सँग सेलेब्रेट गर्न मन थियो ! उ हाँस्यो मात्र ! अनि मलाइ हेर्दै भन्यो ! “ के फरक पर्छ र दाइ त्यसले मैले पिए पनि भोलि सुर्य उदाउनेछ , नपिए पनि !” हामीले पिउनु र सुर्य उदाउन मा म केहि सम्बन्ध देख्दिन । हुन त उसले पनि देखेको छैन तर पनि उ जोडिदिन्छ । प्रतिकलाइ जब जब हेर्छु मलाई कहिले काहिँ चिसो कराइ मा हालेको तातो तेल मा पानी छुट्टिएर बसेको याद आउँछ उ सुक्न तयार छ तर घुल्न तैयार छैन !!! “मलाई बेलुकालाई साथि चाहिएको !” उसले मलाई हेर्यो । उसलाइ थाहा छ बेलुका म छेउछाउका भट्टिहरुमा कहिलेकाहिँ छिर्ने गरेको अनि रातभरको नशाले बिहान बिग्रेको अनुहार लिएर दोकान खोल्ने गरेको !!! सानो त बजार छ बेलुका मैले गरेको हल्ला पनि सुनेको छ होला !!! “ मलाइ चुरोट नै ठिक छ दाइ !” उ फेरि आफ्नो काममा ब्यस्त हुन चाह्यो ! “ दाइ ले भनेको कहिले काहिँ मानी दिए नै पनि त के नै जान्छ र !” “मलाइ भिँड मन पर्दैन दाइ , तिँ माथि त्यो नचाहिने गफ हुने ठाउँ !!!” उसको कारण ठिक थियो हो उसलाई भिँड मन पर्दैन हो त्यो नचाहिने गफ हुने ठाउँ पनि हो !!! “मैले खड्कालाई उसैको कोठामा सर्भ गरिदे भनेको छु हुन्छ भनेको छ !” प्रतिक ले मलाइ हेर्यो ।अनि चुरोट झिक्यो । उसलाई खासै मन थिएन जस्तो छ । आज तर उसले मैले भनेको मानेको छ । क्रमश:
fucheketo · Mar 13, 2010 9:32 AM · 57,230 views
nice going.....
password · Mar 13, 2010 12:58 PM
thanx password........... दोश्रो भाग- करिव साढे छ बजे हामीले दोकान बन्द गर्यौँ , काठका दुइ खापामा भोटेताल्चा लगाएर हामी उकालो लाग्यौँ , लोडसेडिंगले होला बजारमा टुकि बाहेक ठूलो उज्यालो थिएन तर पनि चन्द्रमा रुपवान थियो आज , मुस्कुराइरहेको थियो । बाटो भरी उसको प्रकाश पोखिएर बाटो नै नुहाए जस्तो थियो ।खड्काको दोकान मेरो बाट करिव पाँच मिनट जति टाढा पर्छ । खड्काले बाहिरै हामीलाई देख्यो , अनि कटेरो तिर इशारा गर्यो । वाँसको कटेरो दुइटा लालटिन झुण्ड्याएको ! मैले पहिले पनि यहाँ बसेर खाएको छु , दुइ तिन चोटी जव मलाई खाएर हल्ला गर्न मन हुँदैन । त्यसमाथि यहाँ खड्काकी छोरीले सर्भ गर्छे । बिहान हेर्दा स्कुल जाँदै गरेको बेला पनि देख्छु म संगितालाइ त्यतिखेर फुच्चि जस्तो लाग्छ तर सर्भ गर्ने बेलामा बिछट्टै राम्री देखिन्छे मोरी ! त्यति काले बाउकी छोरी गोरी न गोरी छे , म उसँग इत्तरिन्छु , उ प्रायश: “छ्या दाजु पनि” भन्छे ! मलाइ दाजु शब्द च्वास्स बिझ्छ । हुन त मैले दुइ तिन जना स्कुले केटासँगको गाइँगुइँ हल्ला पनि सुनेको छु उ सँगको ,छेवैको जंगलमा घाँस काट्न जाने आइमाइले देखेका रे जंगल छेवैको खोला नजिक ! जब जब उ मलाई दाजु भन्छे म “ तेरो मोबायलमा जंगल तिर पनि टावर टिप्छ !” भनेर सोध्छु । उ चुप लाग्छे । उसलाइ थाहा छ मलाइ उसको धेरै कुरा थाहा छ । उ उसको कुरा बाउ सँग भन्देला भनेर डराउँछे । तर म पत्ता लाउन खोज्छु आखिर उसको बाउ मलाइ सर्भ गर्न आफ्नि छोरी किन पठाउँछ । मेरो दिमाग मा नशा चढेपछि मलाइ आ यी वाहियात कुरा जस्तो लाग्छ अनि म सोच्न छोडिदिन्छु उसको बारेमा , जंगलको बारेमा ,खड्काको बारेमा , मोबायलको टावरको बारेमा ! आज म प्रतिक सँग छु , मलाइ संगिता सँग खुल्न अफ्ठ्यारो छ ।तर केहि छैन भोलि अथवा अरु नै कुनै दिन फेरि पनि त एक्ला दिन हरु आउनेछन् प्रतिक बाँसको कटेरो मा छिर्ने बित्तिकै चुरोट जलायो । उसको नियमित प्रकृया हो यो । उसको पर्यायवाची हो त्यो चुरोट मलाइ लाग्छ उ कतै कतै चुरोट नै जस्तो छ जलिरहने जलिरहने अनि सिध्दिने खरानी भएर , उसको अर्को दिन एउटा नयाँ चुरोट भएर जन्मिन्छ होला शायद !!! “ के खाने ?” “ जे खुबाउनु हुन्छ दाइ !” प्रतिकले धुवाँ छोड्दै उत्तर फर्कायो । उसका संक्षिप्त र लिबरल उत्तरहरुको म वानि परेको छु ! “ संगिता !” मैले आवाज लगाएँ ! उ ढोका मा टुप्लुक्क देखा परी , लालटिन को पहेँलो प्रकाशमा मलाई उ अझ पहेँली लाग्छे । छोटो टिशर्ट अनि जिन्स ! जब उ गिलास उठाउने बेला मा टिशर्ट तान्छे उ केहि देखाउनलाई तान्छे कि केहि लुकाउनलाई तान्छे म छुट्याउन सक्दिन । बिहान को सेतो शर्ट र निलो फ्रक म फेरि सम्झिन्छु , “ के उ बिहान स्कुल हिँड्दै गरेकी फुच्ची नै हो त !” मन निर्लज्ज हुँदै हास्छ अनि जानी जानी झुट बोल्छ “ के को हुन्थ्यो ! “ ओठ छेउको खत पहिले थिएन उसको !करिव दुइ तिन महिना अघि देखेको मैले त्यो तर हराएको छैन !बनाइदियो होला कुन चाहिँ स्कुले सुकुलगुण्डोले , मैले शुरुमा सोधेको पनि थिएँ उसलाई “ उसले मौरिले टोक्यो भन्दी !” मैले “ फुल जस्तै लाग्यो होला नि त !” भनेर जिस्क्याएँ ! “ रोयलस्ट्याग एक हाफ , अनि दुइ प्लेट भुटन !” संगिता वाहिर निस्किई ! प्रतिक को चुरोट सिध्दिएको थिएन , उसलाई संगिता सँग पनि मतलव थिएन शायद उ लालटिन हेर्दै धुवाँ बाहिर फ्याल्दै थियो । शायद उ लालटिन सँग प्रतिस्पर्धा गर्न चाहन्छ । “खुशियाली बिजनेश बढेकै हो त दाइ ?” प्रतिक ले मौनता चिर्यो ! “ मलाइ तिमीसँग बस्न मन लागेको हो खास !” मैले उसलाई ढाँटिन ! “मेरो अहोभाग्य दाइ !” मलाइ थाहा छ उसले विहान को रुखोपन लुकाउन भनेको हो । भित्रि मन थिएन उसको आउने ! यो प्रतिकलाई कहिलेकाहिँ उत्तर दिन नसक्ने प्रश्नहरुको सुचीमा राख्न मन लाग्छ मलाई । खोस्रिन खोज्यो झन कडा , घोल्न खोज्यो झन ठोस , अनि तैरिन खोज्यो झन गहिरो भएर निस्किदिन्छ उ ! मलाई उ राम्रो काम गर्छ वाहेक के नै थाहा छ र उसको बारेमा ! “ आज साथि लिएर पनि यो कटेरोमा !” संगितालाइ प्रतिकको बारेमा बुझ्न मन लागे जस्तो थियो । उसले दाह्री काटेको थिएन ।तर कपाल लामो राम्रो जिउडाल अनि चौडा छाती सानै उमेरमा धेरै ग्यान भएकी संगिताले प्रतिकलाई जिस्क्याउनुपर्ने वर्गमा राखी क्यारे ! “ किन म एक्लै आइन भनेर तँलाई पिर लागेको ?” “ छ्या हैन है त्यस्तो पनि , केहि चाहियो भने भन्नु है म वाहिर छु !” संगिता बाहिर निस्किइ ! “ ल दाइको आगामी जीवनको पनि सफलताको कामना गर्दै !” उसले गिलास उठायो ! मैले पनि गिलास ठोक्काइदिएँ । मलाई थाहा छैन यो गिलास गिलास किन ठोक्काउँछन् तर मैले पिउन सिके देखि ठोक्काउन पनि सिकेको छु । “राम्रि छे है !” मैले प्रतिक लाई मौका पारेर जिस्क्याएँ ! “को !” प्रतिकले बुझेन , वा भनौँ उ बुझ्न चाहँदैन ! “ संगिता ! “ “ए अँ राम्री छे !” उ आफ्नो गिलासमैँ ब्यस्त भयो मैले पुरुष आवाजमा नारी आकृतीको यति रुखो तारिफ कहिल्यै सुनेको थिइन ! रातको गहिराहि बढ्दै गयो हामी दुवै मात्र पिइ रह्यौँ खासै गफ भएन । लालटिन धमिलो हुँदै गए पछि मैले फेरि संगितालाइ बोलाएँ ! “ किन दाजु ?” “ लालटिन निभ्न आँट्यो त !” “ दश मिनट अघि बत्ति आइसक्यो !” उसले छेवैको स्विच थिची । उ अझ राम्री देखिइ । कानको ठूलो हरियो प्लाष्टिकको इयररिंग उसको गाला सँग जिस्किइ नै रह्यो । मलाइ थाहा छ अब मलाइ चढ्दै छ । सामान्यतय यस्तै हुन्छ । म जति रात गहिँरिँदै जान्छ त्यति संगिता लाई राम्रि देख्छु ! उ फेरी बाहिरिई ! “दाइको गहिरो छ जस्तो छ नी !” यसपालि भने प्रतिकले चुस्की लिँदै सोध्यो ! मैले उसलाइ नियाँले । उसको अनुहारमा भाव परिवर्तन थिएन । उ जिस्केको हैन , फगत प्राथमिकता होला , वा हुन सक्छ मेरो संगिता प्रति रुचि छैन धन्यवाद भनेर मलाई जनाउने शब्दहरु ! “ छैन त्यस्तो साह्रो पनि ! यसका धेरै छन् दोस्तीहरु !” “एउटै मान्छेको धेरै ठाउँ माया बस्न सक्दैन र दाइ ?” “सक्छ र , मलाइ त त्यस्तो लाग्दैन !” “किन तँपाइ भाउजुलाई माया गर्नुहुन्न र ?” मैले प्रतिक पहिलो चोटी हाँसेको देखेँ । शायद उसलाइ पनि नशा चढ्दै छ । “ अरु कसलाई गर्छु त म माया ?” “ संगिता के त ?” उसले मेरो अनुहार पढ्न खोज्यो ! “यस्तो पनि हुन्छ त माया ? ” “खोइ दाइ कस्तो हुन्छ कस्तो हुन्छ , म त नबुझ्ने मध्येको पर्छु !” उसले फेरि चुरोट सल्कायो ! “ हैन भन न तै पनि तिम्रो विचारमा ! “ “ यत्रो दिन देखि म तँपाइ सँग छु तँपाइलाई यो मान्छेको पास्ट कस्तो होला जस्तो लाग्छ कि लाग्दैन दाई ?” उसले मलाई नियाल्दै सोध्यो । किन नहुनु मलाइ तर नसोध्नु भनेपछि म घरी घरी किन त्यहि कुरा दोहोर्याउँ ? “ माया र तिम्रो पास्ट को के सम्बन्ध र ?” “ छ दाइ एउटा कथा सुनाउँछु , निर्णय गर्ने जिम्मा तँपाइको है !” उस्ले सल्केको चुरोट एशट्रेमा ठोस्यो । आज अर्को एउटा चुरोट जलेर सिध्दिएको छ । क्रमश:
fucheketo · Mar 15, 2010 5:58 AM
वोव, कस्तो दामी न्यारेसन। एकै साँसमा दुई भाग पढेँ, ल म पनि सुन्दै छु कथा, छिटो पस्किम है।
perfectionist · Mar 15, 2010 8:51 AM
फुच्चे ब्रो, लेखाईको प्रबाह त्यो बतास जस्तो छ जुन चलेको त हुन्छ तर अनुभव हुन्न-- गज्जब! जावोस -- अरु जावोस--बेलारा बाट मुलघाट आईपुग्दाको जस्तै सरर जावोस---धेरै नरोकी --
Deep · Mar 15, 2010 9:53 AM
ओ perfectionist जी हजुरलाई मैले जे लेख्न खोजेको थिए त्यही लेख्नु पर्ने!! ;-) दामी छ Fucheketoजी कीप गोइङ्ग :)
polly · Mar 15, 2010 10:02 AM
movie here jastai lagyo.. kyaa daami chha. more .. more..
ANS · Mar 15, 2010 10:13 AM
Dammi chha. Please chito chito post garum hai sabai.
kukhura chor · Mar 15, 2010 10:15 AM
Cant wait to read the next part!!
perika · Mar 15, 2010 12:29 PM
fuchhe bro, la arko part chito hai...waitin for that...first reader le bhanya kura chadai nai manna parcha...
password · Mar 15, 2010 12:42 PM
daami cha sathi.
1987AD · Mar 15, 2010 2:51 PM
perfectionist..poly .thanx............!!! (दुवै जनाले एउटै कुरा भन्न खोजेको भनेको हो है मलाई ??) deep प्रभो यो धनकुटा छेउ छाउका स्टेशन हरु त डाँफे भन्दा धेर थाहा छ जस्तो छ नि !!! ans ,kukhurachor ,perika ,1987ad thanx...........अर्को भाग सकेसम्म चाँडो राख्छु है ! password how can i forget u being the LUCKY CHARM....in this story...........
fucheketo · Mar 16, 2010 9:33 AM
तेश्रो भाग- बाहिर आकाशमा जुन टल्किरहेकै होला । आज आकाशमा बादल थिएन ।ताराहरु पनि बिस्कुन सुकाए जस्तै छरिरहेकै होलान । मैले प्रतिकलाइ हेरिरहेँ । प्रतिक पनि त खुल्दै थियो।वास्तवमा मान्छेका धेरै बोक्राहरु हुन्छन् बन्दाकोपि जस्तो कुन वास्तविक उ हो पत्ता लगाउनै गाह्रो ! हरेक पत्रमा वास्तविकता भेटे जस्तो लाग्छ त्यो पत्र नउक्कुन्जेलसम्म !!!उसले एक घुट्को लगाएर शुरु गर्यो । “ खुशी ,एउटा यस्तो नाम दाइ जुन नाम मेरो जीवन हो भन्नको लागि पर्याप्त थियो !” उसले अघि कुरा गरेको माया को नाम खुशि रहेछ मैले त्यसैबाट लख काटेँ । “ कस्को नाम हो त खुशी ?” मैले प्रष्ट हुन फेरी सोधेँ । फेरि मेरो जीवनको हो दाइ भन्देला भन्ने पिर !!! “बिहा हुन आँटेको थियो मेरो , मेरो कलेजको साथी पनि !” उ आफुले भख्खर रित्याएको गिलास हेर्दै चुप भयो ! “संगिता ! एक क्वार्टर अरु , अनि मुला ,गाँजर प्लेटमा !!” म फेरि कराएँ । म उसका शब्दहरुमा बिराम चाहन्न । “ ठूला आँखाहरु थिए उसका , एकै चोटिमा धेरै कुरा देख्थे जस्तो लाग्ने , म सँधै उसकै आँखामा अटाइरहन्छु लाग्ने , सामान्यतय कुर्ता लगाउँथी तर भिन्नै भिन्नै रंगका धेरै कुर्ताहरु थिए उ सँग ! मलाई लाग्थ्यो त्यो दिनको मेरो लक्कि कलर त्यहि नै हो ! म उसलाई देखेर ठोकेर भन्न सक्थेँ राम्रो मान्छेलाई श्रींगार चाहिन्न !” हामीले गिलासमा फेरि थप्यौँ । संगिता अडिई एक छिन । शायद उ चाहन्छे म प्रतिकलाई प्रतिकको कोठामा पुर्याएर फेरि फर्किउँ ।तर मैले संगिताको आग्रहलाई ध्यान दिइन आज , अरु दिन भएको भए उसलाइ सर्भ गर्दा गर्दै चिमोट्न भ्याइसकेको हुन्थेँ , उ थोरै रिसाए जस्तो गरेर आग्रही आँखाले मलाइ हेर्थी तर आज म चुप नै बसेँ । संगिता बाहिर निस्किइ बिस्तारै म उसका शब्दहरुमा बाँध बाँध्न चाहन्न । “ उ सँधै छ बजेर पन्ध्र मिनट जाँदा चोकमा निस्किन्थी म दश मिनट अघि त्यहाँ पुगेर पर्खिरहेको हुन्थेँ । हुन त मेरो घरबाट कलेज नजिकै छ तर पनि म पर्खिन्थेँ मलाई त्यो क्लासरुम पुग्नु अघिको सय पाइला सँगै हिँडेको रमाइलो लाग्थ्यो !” प्रतिक बगिरह्यो ! उसको आजको बगाइ अनौठो थियो मलाइ लाग्यो । मानौँ मेरा कृयाकलाप हरु कसिंगर हुन् उसको निम्ति । उ आज यसरि बग्नेँछ कि सबै कसिंगरलाई समेत बगाएर लानेछ उसको आत्माको समुन्द्रमा ! “ म उसलाई टोलाएर हेरिरहन्थेँ , उ जवाफ मुस्कानले दिन्थी । मलाई संसार भरिका शब्दहरु बेक्कार लागेर आउँथे । यहाँ सम्म कि मैले भन्न जरुरी पनि ठानिन म तिमीलाई माया गर्छु भनेर ! अचम्मको थियो दाइ त्यो सम्बन्ध !” “ के थाहा थियो त खुशिलाई तिम्रा भावनाहरुको बारेमा ?” यसपालि मेरो मनमाँ शंका पलायो ! उसले अन्त्य सम्म भनेन उसको मनको कुरा खुशिलाई । यसलाई बोलाउनलाई त पियाउनु पर्दो रहेछ ! केटीको जात न हो अरु नै कोहि खोजीहोली । कसरी बुझोस् मौनता खुशीले । कतोन्जेल पर्खियोस् मौनता खुशीले ? प्रतिक एक छिन चुप भयो । म अब कसरी बुझौँ उसको मौनता म त खुशी हैन। अनि उसले फेरि गिलास रित्यायो । मैले उसको किलकिलो तल माथी भएको नियाँले । मान्छेलाइ शब्द ओकल्न साँच्चै धेरै समय चाहिन्छ , अनि बल पनि ! आज बल तरल बनेर उ भित्र छिर्दैछ । अनि शब्दहरु निक्लदैँछन् बाहिर बिस्तारै बिस्तारै ! “ थाहा थियो दाइ , सोह्रै आना थाहा थियो । उ जिस्क्याउँथी मलाई कहिलेकाहिँ शब्द प्रयोग गरेको , मलाइ राम्री भनेको पनि राम्रो भनेर ! म सोच्थेँ म किन भनुँ राम्री उसलाई ? म किन दाँजु उसलाई , किन परिभाषा दिउँ उसको सौन्दर्यलाई अनि भनिदिन्थे मलाइ थाहा छ तिमी मेरो मौनता बुझ्छ्यौ , म किन प्रयोग गरौँ यी सुका मोहर दामका शब्दहरु ?” हो उ किन प्रयोग गरोस् सुका मोहर दामका शब्दहरु !उसले शुरुमैँ चिनाउँदा खुशि सँग उसको विहा हुन आँटेको थिय पो भनेको थियो त । बिर्से होला , अहिले मलाइ संगिता कस्ती छे भनेर सोध्यो भने पनि भन्न सक्दिन नि ! हो बिर्सिनु मेरो त्यति ठुलो दोष हैन । मैले आफुलाइ सान्त्वना दिएँ ! “तातो पानी सिद्दिएछ संगिता !” मैले फेरि आवाज लगाएँ “ भैगो छोडीदिनु कति दुख दिनुहुन्छ त्यसलाई! अब निट खाउँ !” प्रतिकले मलाई हेर्दै भन्यो ! “ म तिमी जस्तो आँटी कहाँ छु र राजा !” मैले प्रतिकलाई जिस्क्याएँ “ आँटी..... !” उ हाँस्यो अनि एकछिन मौन रह्यो ! संगिताले पर्दा उघारेर हेरी पानी वास्तवमै चाहिने हो कि नचाहिने भनेर ।वा भनौँ मेरो मन पग्लिएर उसलाई हेर्नलाई मात्र बोलाएको हो कि भन्ने आशमा ! “साँच्चैको पानी भनेको !” मैले पानीमा नै जोड दिएँ । उ जग लिएर बाहिर निस्किइ पानी तताएर ल्याउनु पर्ने होला करिव साढे दश बजेको थियो होला त्यतिखेर रात छिप्पिदै थियो । जुन उत्कर्शमा होला यति खेर आकाशमा ! बाटोमा कुकुर भुकेको मात्रै सुनिन्थ्यो । गस्तीमा परिनेहो कि भन्ने बाहेक कोठामा जान अरु डर छैन यो सानो बजारमा ! प्रतिक हाँस्यो !!!!!!!!!!!!!! “किन तिमी आँटी छैनौ र ?” “आफ्नो परिचयसँग भाग्ने मान्छेलाई आँटी कसरी भन्नु दाइ !” “केहि विवशता थियो होला ! “ मैले पनि आफ्नो घुट्को छिराएँ घाँटीमा । केहि कुरा हरु तिता छन् भन्ने थाहा हुँदा हुँदै पिउँ पिउँ घाँटी बाट उतारुँ उतारुँ जस्तो हुन्छ । यो रक्सी र उसको कथा त्यस्तै होला । मलाइ शंका छ यो कथाको अन्त्य सुखद छैन तर नशा जत्तिकै छ प्रतिकको कथा , मलाइ उसले कथा विचमै रोक्ला भन्ने पिर थियो म फेरि पनि कथामैँ फर्कन चाहन्थेँ । “विवशता शब्दनै कायरहरुको हो दाइ !” “ अनि अरु भनन खुशीको बारेमा !” “ कलेजमा ठूलै गाइँगुइँ थियो हामी दुइको बारेमा ! मलाइ त्यो सँग खासै मतलब थिएन र खुशि त्यो कुरामा रमाइलो मानिदिन्थी ! मेरा साथीहरु बेला बेलामा मलाइ जिस्क्याउँथे खुशि सँग भएको बेला । खुशि यो उनिहरुको तिमी प्रति दर्शाएको आत्मियता हो भन्थी केटाहरु गइसकेपछि । मलाइ पनि होला जस्तो लाग्थ्यो । मलाइ खुशिका शब्द शब्द साँचा लाग्थे ! मलाइ लाग्थ्यो कतै शब्दहरु जम्मा गरेर फेरि सुन्न पाउने भए कति रमाइलो हुन्थ्यो होला !!!!” के भयो त खुशीलाइ यो अझै प्रश्न नै थियो । प्रतिकले यति धेरै खुशिको तारिफ गरीसकेको थियो कि मैले पनि बिस्तारै मनैँमा खुशिको आकृती कोरेँ मलाइ मेरो मन भित्रको कल्पना पनि बिछट्टै राम्री लागि ! “ फाइनल यियरमा थिएँ म मैले घरमा आखिर कुरा गरेँ यस्ती यस्ती केटी छे म मन पराउँछु उ पनि चार वर्ष भयो हामीले एक अर्कालाइ चिनेको भनेर !” “अनि ?” “घरबाट तँ सिध्याउँदै गर न पढाइ पहिला त्यसपछि तेरो बिहेको बारेमा सोचौँला अनि जहिले सोचौँला तहिले तँ सँग पनि सोधौँला भनेर लिवरल एन्सर नै आयो दाइ ! म घर तिरबाट लगभग लगभग पार भएँ दाइ !” उसले चुस्कि लियो । अनि गोजीमा हात हाल्यो । मलाइ थाहा छ उसले चुरोट खोजेको हो अब । धेरै बेर भएको थियो चुरोट नसल्काएको । क्रमश:
fucheketo · Mar 16, 2010 9:53 AM
lau bejod cha yo pani..
ANS · Mar 16, 2010 10:03 AM
<<<खुशी ,एउटा यस्तो नाम दाइ जुन नाम मेरो जीवन हो भन्नको लागि पर्याप्त थियो>> आयो खुशी कैले आउला, कैले आउला भनेर कुरेर बसेको थेँ, फुच्चेले जे होस् आज चाँही बाचा पुरा गर्यो, खुशी अब उफ्रिँदै आउनी होली, तर खै याँ त खुशी तिरबाटै केइ भा जस्तो छ है। ल है खुशीचा मैले नि तिम्रो आकृती कोरेँ कल्पना मै भे पनि। कस्तो बबाल फुच्चे ज्यु, लेखेरै visualize गराउन सक्नी बै। AWESOME!!! फेरी prolly ले ठ्याक्कै तेइ लेख्न ला थेँ भन्दै आउनी होला। लु है, तेइ भेर मैले नै पैले लेख्दी हाल्या, किन कष्ट दिनु भनेर लेख्दी हाल्या। ल यो भाग पनि गज्जबक भयो, अर्को झन गज्जब हुन्छ भन्ने विश्वाश छ हाम्लाई
perfectionist · Mar 16, 2010 10:08 AM
kathaa nasaki kehi bhanna sakdina ma... teso bhadaimaa chito sakaau bhaneko chahi haina hai.
crazy_love · Mar 16, 2010 10:08 AM
you are grabbing tighter and tighter.crafty narration and setting. keep flowing. -somewhereondearth
somewhereondearth · Mar 16, 2010 12:27 PM
फुच्चे ब्रो, ल ल अरु थपम प्रभो--अलि अलि त मलाई त्यो चाक्सीबोटे बाट उत्तर् पुर्ब तिर हाँनिदै उकालो लागेर सिनाम हुँदै लिम्बुदिन तिर पुग्या कुरो नी थाह् छ -- यो चार आलीबाट बुधबारे तिर लागेर ईलाम तिर उक्लिदाको बस सम्झ्याउने गरी हैन, नारानघाटबाट कावासोती तिर हुईँकिदाको जसरी लेखम न प्रभो --- ल त --
Deep · Mar 16, 2010 1:13 PM
Oh my (insert duita hatle mukh chhopera hasera khushi bhaeko khushii ko pic here :D) k bhanu aba? I have lost words due to the excitement. Thank You Fuchche Jyu. :) Awesome!
kHusHii · Mar 16, 2010 3:41 PM
ani oi purecha timi kina excited ni?
kHusHii · Mar 16, 2010 3:43 PM
मेरो साथी हेर्दा हेर्दाइ हिरोनी भाको देखेर excited भा नि। किन र नपाई?
perfectionist · Mar 16, 2010 3:46 PM
गहिरो लेखाइ साह्रै गहिरो, नाम मात्रै फुच्चे लेखाइ त अग्ले छनी होउ, कुदाउ है कुदाउ कथालाई अझै अगाडि कुदाउ ।
Harka_Bahadur · Mar 16, 2010 8:47 PM
kramasha le po tension diyo ta yaar. nasha nai lagyo ta, k bho hola bhanera. usually ta problem family huncha, yahaan family bata ni clear bho. kasto lastai daami narration bro.
1987AD · Mar 17, 2010 4:17 AM
thanks to u all..........for such a lovely response............... भाग-४ उ चुरोटमा भुलीरहेको बेला मैले सोचेँ प्रतिक खुशीलाइ मन पराउँथ्यो , खुशी पनि प्रतिकलाइ प्रतिक को घर बाट विरोध थिएन खासै कहाँ छ त यो कथामा दुर्घटना ? उसले भन्नेछ शायद अहिले। छेवैको झ्यालको खापा एउटा वेगले खोलेर आवाज सहित फेरि बन्द गर्यो । बाहिर जोड बतास चलिरहेको छ , मलाइ थाहा छ त्यसमाथी त्यो झ्याल भएको पाटो खुल्ला छ । हावाले मनपरी गर्ने , मडारिने ठाउँ पाएको छ त्यता ! त्यति भएर होला हावा आवेग पोखिरहन्छ त्यो झ्यालमा । झ्याल छटपटिन्छ तर झ्यालको नियति उ त्यहि कटेरोमा जोडिएको छ । वर्षौँदेखी त्यो खापा मा चुकुल छैन मलाइ थाहा छ । त्यो क्रम भंग गर्ने एउटा साधन बनेको छ यो बाँसको कटेरोमा ! हुन त त्यो झ्यालको पछाडी पहरा मात्रै छ , धेरै पर त्यहि पनि ! तर पनि त्यो कोठामा अचानक छिर्ने बाहिरको उज्यालोले कसै कसैले मलाइ चिहाइरहे जस्तो लाग्छ । संगितासँग भुलीरहँदा जब जब त्यो झ्याल खुल्छ म मेरी श्रीमति सम्झिन्छु एक चोटी झस्किन्छु संगिता उठ्छे ।सकपकाउँदै , आफ्ना लुगाहरु मिलाउँदै अनि झ्याल लगाउँछे । उसलाइ पनि त्यति बेलाको उज्यालो मन पर्दैन ! म एक छिन संगितामा केन्द्रित हुन सक्दिन मेरो मन बाँडिन्छ त्यति खेर तर विस्तारै बिस्तारै तान्ने कला संगिता सँग छ । उ बिस्तारै बिस्तारै मेरो तन मन लाइ म तिर डोर्याउँछे । झ्याल को खापा पुरा बन्द भइसकेको जस्तो लाग्छ मलाइ त्यतिखेर !!! प्रतिकले चुरोट सिध्यायो एष्ट्रे मा अर्को एउटा जलेको ठूटो थपियो ! “ अनि !” मलाइ प्रतिक अझै धेरैबेर रोकिएला भन्ने पिर थियो ! “ तँ आटी छैनस् ! “ एक दिन खुशी बाट छुट्टिने बित्तिकै मेरो मिल्ने साथीले नै मलाइ प्याच्च भन्यो ! म आज सम्म पनि केलाइरहन्छु कसरी मौनता र कायरता पर्याय हुन्छन् “ किन ? “ मैले पनि उ सँग उत्तर मागेँ ! “त्यत्ति राम्री गर्लफ्रेण्ड तर पनि ................ “ मैले उसलाइ विचमैँ रोके ! उ झगडा हुने डरले चुप भयो । हरेक केटो भित्र एउटा अचम्मको मान्छे लुकेको हुन्छ दाइ जसले नाता बुझ्दैन जसले स्त्री सँगको सम्बन्धको सामिप्यता के हो बुझ्दैन जसले केवल भौतिकता बुझ्छ ,शरीरको आवश्यकता बुझ्छ , एकान्तमा पुरा नहुने इच्छाहरुको पोको बुझ्छ हो जीवनमा त्यो पनि अपरिहार्य होला दाइ शायद त्यसैलाइ हामी पुरुषत्व भन्छौँ , उसले मलाइ बुझ्ने भाषामा होस् नबुझ्ने भाषामा होस् नामर्द भन्यो ! जसको कारण खुशी सँगको सम्बन्ध थियो । उसलाइ मैले त्यो दिन सम्मका खुशीसँग बिताएका पलहरुको बारेमा बताएको थिएँ ! खुशी सँग साटेका शब्दहरुको बारेमा बताएको थिएँ अनि खुशी सँग साट्न नसकेका शब्दहरुको बारेमा बताएको थिएँ !त्यो दिन उसले मैले गरेका कुराहरुको आधारमा मलाइ नामर्द भन्यो !” उसको कथाले अचानक एउटा प्रश्नचिन्ह खडा गर्यो । के उसले खुशीसँग............. ! उसले त चार वर्ष अघि देखिको सम्बन्ध भन्छ ,कसरी ? अघि वानी परेको भए पनि त उसलाइ सजिलो हुन्थ्यो होला उसको भनाइ अनुसारको मेरो पुरुष मनले मलाइ सुझाव दियो । मलाइ थाहा छ न म न मेरो पुरुष मन नै उसलाई यो सुझाव दिन सक्छ । म मात्र सोच्न सक्छु यस्तो भइदिएको भए ठिक हुन्थ्यो प्रतिकलाइ भनेर सम्म ! अहिलेसम्म त शब्द पनि साट्न नसकेका कुराहरु गर्दैछ !अरु कुरा साटोस् कसरी ! आखिर प्रतिक म पनि त होइन , जसले एउटा स्कुले केटीमा समेत यौवन देख्छ ।बिहान देख्दै गरेकी फुच्चे केटीलाइ अचानक राती राम्री वैँशालु देख्छ । अनि विहान फेरि उसको फुच्चे अनुहार हेर्नुपर्ला भनेर झिसमिसेमा हराउँछ उसको जीवनवाट ! “ तर उसका शब्दहरु मेरो मुटुमा गाडिए दाइ ! म राती पल्टिएर धेरै बेर सोचेँ ।त्यो दिन मलाइ लाग्यो मेरो मुटुमा आज एउटा धरहरा गाडीएको छ जसलाइ म पल प्रतिपल उखालेर फ्याल्न खोज्दैछु । म बिर्सिन्छु त्यो धरहरा हो जसको अघि म स्वयं को एउटा विन्दु वरावरको अस्तित्व छैन तै पनि उखाल्न खोज्छु प्रयासरत भएर !” उसका शब्दहरु म बाट गुज्रिरहे ! बाहिरको रात आज जुनेली देखिएको मात्र हैन रात त आज निख्खर कालो छ । “ भोलिपल्ट त्यो साथी भेटिँदा मैले टाउको बटारेँ , उ नजिकै आएर माफि माग्यो ! उसलाइ कुन आधारमा म माफ गर्न सक्छु मलाइ थाहा थिएन । मलाइ थाहा छैन उसको दोष के हो ? मलाई थाहा छैन स्वयं म दोषी हुँ की हैन । मलाइ थाहा छैन मायाका आवश्यकताहरु के के हुन् ! उसका शब्दहरुले एउटा छुट्टै अस्तित्व बनाएर गए मेरो जीवनमा । उ मलाइ पर्खाल ठानेर पुछ्न खोज्छ । म भित्र उ छिरेर कसरी पुछोस् दाइ । कसरी उखालोस् त्यो धरहरालाई जसको लागि मै असिनपसिन भएको छु ! तै पनि मैले उसलाइ माफि दिएँ । ” प्रतिक खिसिक्क हाँस्यो ! “अनि खुशीलाई थाहा भयो यो कुरा !” मैले कथावाट निष्कर्ष निकालेँ ! “ कथा सिद्दिएको छैन दाइ !” मेरो निष्कर्ष प्रति प्रतिकले आपत्ति जनायो ! उ झ्यालको छेवैमा गयो अनि अघि बन्द गरेको झ्याल बिस्तारै खोल्यो । बाहिर आकाशमा तारा हरु थिए । चन्द्रमा सम्पुर्ण उपस्थिति जनाउन चाहन्थ्यो ! तर आजको रात निख्खर कालो छ । दिउँसो को निलो आकाश अँध्यारोले पोतेको छ । तारा हरु त्यो अँध्यारोमा लागेको दाग जस्तो । हावा सुसाइरह्यो , मानौँ उ झ्याल छेउमा गएको प्रतिकलाइ आफ्नो कथा सुनाउन चाहन्छ । प्रतिक बिस्तारी नै भए पनि हावालाइ पनि चुरोटपान गराइरह्यो ! “ बिस्तारै बिस्तारै म भित्रको पुरुष उसका शब्दहरु सहि सावित गर्न तिर लागे ! मैले एक दिन दुइ दिन गर्दै आफु भित्र युद्द छेडिएको थाहा पाइन ! उ म सँग माफि माग्दै थियो । अब मैँ सँगको युद्द तै पनि एकै कारणमा घरी म को सँग माफि माँगुम थाहा हुँदैनथ्यो । म भित्रको पुरुष सोच्थ्यो त्यो मायाको आवश्यकता हो । जब दुवै जना आत्माले एक अर्कालाई आफ्नो मानिसकेका छन् भने शरीर के हो र ? साटासाटै त हो !” म मनमनै मख्ख परेँ । अब उ मलाई सहि सावित गर्दै थियो ! आखिर सत्य त त्यहि नै त रहेछ । उ पुरुषको नाम देओस् जे भनोस् । उसले अघि भनेका मायाका कुरा सबै बेक्कारनै त हुन् ! माया को प्रमाण भोगाइ हो मेरो विचारमा ! नभोगेका , नदेखेका ,नबोलेका कुराहरुको पनि संसार हुन्छ काहिँ । मान्छे कहिल्यै कल्पनामा बाँच्न सक्दैन । म घरमा हुँदा होली मेरी श्रीमती सर्वेसर्वा तर यहाँ संगिता वास्तविकता हो !!! “ अनि !” “ त्यसपछिका खुशिसँगका भेटहरुको बारेमा मैले कसैलाई केहि भनिन ! त्यो साथीलाई पनि ! खुशीलाइ मैले सुनाएँ हाम्रो कुरा मैले घरमा गरीसकेको छु भनेर ! अनि घरमा पारित पनि भयो भनेर ! तर त्यो खबर मैले उसलाई अब छुट छ भनेर बुझाउनलाई मात्र भनेको थिएँ होला जस्तो लाग्छ अहिले ! उ कुराहरु बुझ्दिन थीइ , मख्ख पर्थी ! म विवाह अघि तिमीसँग यो चाहन्छु भनेर भन्न सक्दिनथेँ , उसले त्यसपालीको मेरो मौनता बुझिन दाइ !” मान्छे कहिलेकाहिँ कति निरिह हुन्छ । तर त्यो उसको मुर्खताको कारणले त हो ! हो उ खुलेर कुरा गर्न सक्दैन । जावो केटीलाइ रमाइलो गरौँ भन्न नसक्ने लाछि मोरो ! मलाइ मन मनै प्रतिकलाई यहि भन्न मन लाग्यो ! हिजो सम्म देखेको उसको शालिन अनुहार मलाइ कायर लाग्यो ! यो केटो भिँड सँग जुध्न नसकेर यहाँ आएको हो ! सामर्थ्यहिन यसको लक्षहिन जीवन त्यहि भएर यहाँ हल्लिरहेको छ । तर जब यसले संसार बुझ्नेछ ढिलो भइसकेको हुनेछ । अपशोच म उसलाइ बुझाउन पनि त सक्दिन ! उसले अघिको साथी जस्तै अहिले अधुरो रहेको कथा आधा मैँ छोड्यो भने ! उसको पुरा कथा सुन्नु मेरो लागी अत्यावश्यक छ ! “ टाढैबाट पनि उसलाइ महसुस गर्ने मनले पहिलो चोटी उसको स्पर्श चाह्यो दाइ ! मन त्यति तल झर्यो ! म उसको नजिक जान्थे उसका कपाल हरु सुम्सुम्याउँथे उसलाइ आपत्तिजनक नलागुन्जेल उ पनि प्रतिकृया देखाउदिनथीई ! तर जव उसलाई आपत्ति हुन्थ्यो उ मेरो आँखामा हेरिदिन्थी ! म उसलाइ त्यो अनजानमा भएको भनेर देखाउनलाई एउटा अबोध बालक जस्तो केहि थाहा नपाएको जस्तो वनीदिन्थे , उ सँग देखेका रातका सपनाहरु पनि स्वरुप बदलेर आउन थाले त्यतिबेला ! उ शालिन बाट मादक देखिइन थाली मेरा सपनाहरुमा पनि ! सपनामा जस्तै मेरो जीवनमा पनि त जोर थिएन यसपाली मेरो !” हो ,पक्का हो उसको मुटु जलेको छ !मैले एशट्रे हेरिरहेँ ! त्यहाँ उसले फ्यालेका ठूटाहरु मात्र हैन शायद उ पनि खरानी भएको छ ! क्रमश:
fucheketo · Mar 17, 2010 8:06 AM
Awesome फुच्चे ।
ramronepal · Mar 17, 2010 10:56 AM
एक रात दुई कथा -- Exactly, I am reading two stories. Loved this part.Following lines are awesome. । हरेक केटो भित्र एउटा अचम्मको मान्छे लुकेको हुन्छ दाइ जसले नाता बुझ्दैन जसले स्त्री सँगको सम्बन्धको सामिप्यता के हो बुझ्दैन जसले केवल भौतिकता बुझ्छ ,शरीरको आवश्यकता बुझ्छ , एकान्तमा पुरा नहुने इच्छाहरुको पोको बुझ्छ हो जीवनमा त्यो पनि अपरिहार्य होला दाइ शायद त्यसैलाइ हामी पुरुषत्व भन्छौँ -somewhereondearth
somewhereondearth · Mar 17, 2010 12:36 PM
no words...waitin for next part.....
password · Mar 17, 2010 3:41 PM
great. I dont know how you can imagine such environments, everything looks so real.. more.. more.. more..
ANS · Mar 17, 2010 9:19 PM
कथा ले मलाई एक्छिन रिङ्गायो , पछी कथाको टाइटलले ए होत है दुइटा कथा छनी त भन्ने भएसी बल्ल , "i was able to figure out whats going on in the story" . कुदाउ कुदाउ , मराडोनाले बल कुदाको झै गरी कुदाउनु परो कथा लाई , है त ।
Harka_Bahadur · Mar 17, 2010 9:27 PM
Ramro nepal thank u.........! Dai I m still waiting for the week to end...n hoping ur promise comes true !!! Password...कहिलेकाहिँ मौनताले शब्दभन्दा धेर बोल्छ ,thank u... Ans thank u......... Harka bahadur jee.... हो त दुइटा कथा छ नि... न रिंगिनु है अब !!!
fucheketo · Mar 18, 2010 9:46 AM
दुइटा कथा त छ तर संगिताको तर्फबाट पनि कसैले लेखे हुने जस्तो लाग्यो मलाई, बिचरी स्कुले बच्चिको खेल्ने खाने उमेरमा चाहेरै त्यस्तो पेशा अपनाएकी त पक्कै होइन होला, के गर्नु आफुलाई मनभरी छ तर शब्दमा उतार्न सगरमाथा चढ्नभन्दा नि गार्हो छ। Fuchche Jyu, I'm eagerly waiting for another part.
kHusHii · Mar 18, 2010 9:51 AM
साथीहरुलाइ विशेष धन्यवाद दिँदै भाग-५ “ मान्छे , उही मान्छे थिएँ म ! तर एउटा भयले भरिएको निर्लज्जता थपिएको , उसँगका आग्रहहरु म तँपाइ लाइ कसरी भनौँ दाइ , अचम्म मलाइ अहिले लाग्छ जव म खुशीको कपाल बाट गाला सुम्सुम्याउँदै उसका अंगहरुमा खेल्न चाहन्थे खुशीको एक आँखाको अविश्वासी इशाराले समग्र मलाइ रोक्दथे लाग्थ्यो मलाइ मेरा अंग प्रत्यंगका , मेरा सलबलाउन खोज्ने मनका , मनको इच्छा मा हल्लिन खोज्ने चिप्लिन खोज्ने हातका , अनि कता कता काउँकुति लागे जस्तो हुने मेरो शरीरकै स्वामीनी उसका आँखाहरु हुन । ति आँखाहरु एउटा रिमोट हुन , जसले अचानक मलाइ “स्ट्याचु” भनेर कराउँदैछन अनि म नतमस्तक भएर हार्छु कि भन्ने डरले हल्लिन्न ! हिजो भन्दा त आज खुशी शक्तिशालि छे नी आखिर मेरो जीवनमा !!! के त्यो मेरो कायरता थियो जसले मलाइ रोकेको थियो ? त्यहि मैले भन्ने गरेको पुरुषत्वको अभाव थियो वा खुशि प्रतिकोको मेरो मायाको शुद्दता थियो जसमा जव सम्म खुशिका आँखामा समर्पण आउँदैनन् प्रश्नहरुको सट्टा अहँ हुन्न भनेर म भित्रबाट चिच्याइरहन्थ्यो !!!! मन भित्रको घाउ गुम्सेर पाकेको देख्नु भएको छ दाइ ?” मैले अहँ भनेर टाउको हल्लाइदिएँ ! शोधकर्ताहरुको शोधको विषय हुन सक्छ मेरो मन छ कि छैन भनेर !!!! “एक दिन विवश भएर मलाइ नामर्द भन्ने साथीलाइ मैले मेरो हालत वताएँ !!!!”प्रतिकले कथा रोकेको थिएन !!! मेरो मनमा फेरि उथलपुथल मच्चियो कथाको नयाँ मोडले । कथाको सफलता त्यो हो जसले श्रोतालाइ , पाठकलाइ भविष्य सोच्न वाध्य तुल्याउँछ । कथा अधुरै भएता पनि श्रोताहरु अन्त्य चाहन्छन् । प्रतिकको कथा जति मलाइ बाँध्न सक्ने केहि छैन । यसले त चुलबुले , लाडिइने मेरो छातीमा एउटा न्यानोपन भर्ने संगितालाइ पनि एक दिनलाइ म बाट टाढा तुल्याएको छ । कथाको गर्भमा अझै धेरै कुराहरु थिए ,के प्रतिकले हल्लाको बिउ रोपेको थियो त आफ्नो साथीलाइ त्यो कुरा सुनाएर ! मलाइ चिसो भएर आयो अब प्रतिक नामर्द भएको कुरा आउँछ त्यो कथामा ! समाज हल्लामा विश्वास गर्छ अनि भिँड पनि , खुशि त्यो भिडमा छ छैन ??? “ उसले टुलुटुलु मेरो आँखामा हेरिरह्यो केहि नबुझेजस्तो गरेर , मलाइ थाहा छ उसको लागि स्त्री एउटा देह हो कला हो जसलाइ हेरिनु पर्छ आँखाले भ्याउन्जेल हरेक इन्द्रियहरुमा उ संचार भर्छे , तर त्यो क्षितिजमा गएर उसको परिभाषा समाप्त हुन्छ अनि त्यसपारिको उत्तर म माग्दैछु ! उसको लागि अन्सल्भेबल !!!!!“ह्या त्यस्तो पनि हुन्छ र !” मलाइ थाहा छ उसले सुनीसक्ने वित्तिकै यस्तै आश्चर्य प्रकट गरेको थियो !“ अनि ?” मैले उसलाइ विश्वास दिलाउन चाहेँ मलाइ थाहा छ मैले उसलाइ विश्वास दिलाउनु र नदिलाउनुले मेरो मनोभावमा केहि परिवर्तन आउँदैन । तर पनि त्यो निरर्थक कोशिश भयो म बाट !“खुशीलाइ तेरो कुरा थाहा छ बुझिस् !”“कुरा भन्नाले ?”“ तँ खुशीसँग के चाहन्छस् भन्ने कुरा ! उसले मात्र बुझ पचाएकी हो ! पुरुषका आग्रह हरु नारीले सवै आँखाबाट बुझ्छे केहि थाहा नहुने जस्तो लागेपनि ! त्यो दैवको त्यस्तो संरचनाहो जसले पुरुषलाइ आग्रहि , नारीलाइ जिद्दि , पुरुषलाइ मुर्ख र नारीलाइ चतुर बनाएको छ ! त्यो मायामा शुद्दता , विकार भन्ने कुरा केहि हुँदैन हेर ! आत्मा मिलेपछि शरीरलाइ के को टण्टा तँ बाट जोड नपुगेको हो वा जोड गर्ने तरिका नमिलेको होला कुरा त्यत्ति हो !” उसले व्याख्या गर्यो !मैले सोचिरहेँ दाइ , कसरी भनौँ म खुशीले बुझ पचाउँछे , पक्कै मेरो आग्रहको दोष होला !!!! केहि मेरा गुण ,लक्षणहरु मिलेनन् होला !!!! उ वत्तिस लक्षणले युक्त भएकीमा म एक लक्षणनै कम भए पनि त उसले दाज्नेछे ! थोरै शालिन बार्गेनिंग गर्नेछे ! “ “ खोइ के के कुरा हो के के !” यसपाली मैले प्रतिकलाइ विचमैँ रोकेँ ! “किन र दाइ ?” “तिमीले मलाइ मायाकै परिभाषा नबुझ्ने बनायौ !” “ कसैले बुझेको छु भन्छ भने मुर्ख हुन्छ दाइ !” प्रतिक हाँस्यो ! उसको हाँसो गहिरो थियो ! मुस्कानमा केहि रंगहरु घोले जस्तो गाढा , अँध्यारा रंगहरु जुन पोतिएर क्यान्भाषमा रात बनाइन्छ होला त्यस्तै त्यस्तै ! “ उसको भनाइमा खुशी बार्गेनिंग गर्दै थिइ । प्रत्येक नारीमा प्राकृतिक समर्पण लुकेको हुन्छ जसलाइ उ सकेसम्म लुकाउन चाहन्छे । जसलाइ यो लुकाउन आउँदैन उनीहरु बेचिन जान्दैनन् ! त्यो समर्पणको मुल्य नै त हो समाजले तोक्ने ! समाज ब्यापारी हो अरे दाइ !” मैले झट्ट संगितालाइ सम्झेँ ! उ हाँसेको सम्झे खिसिक्क ! मिलेको दाँत रातो ओठ , तल कसैले खत बनाइदिसकेको छ तर पनि त्यो ओठमा एउटा निश्छल मुस्कान छैन ! उसलाइ निर्लज्ज भएर जिस्क्याइको शुरुवात गर्न आउँदैन तर उसको कमजोरी उ बुझ पचाउन जान्दिन आफुतिर बढेका बाढीहरुलाइ अन्त तर्काएर वाढीलाइ नै मुर्ख बनाइदिन उ जान्दिन ! भनौँ आफ्नो मुल्य तोक्न उ जान्दिन ! उसले आफ्नो समर्पणको मुल्य बुझकी रहिनछे ! उ म सामु आउँदा उ आफू मुल्यवान बस्तु नसम्झी मलाइ पारखि भएकाले मुल्यवान हो यो भन्ने भ्रम मा आउँछे संगितालाइ थाहा छैन सबै ठाउँमा एक्सपेरियन्स चल्दैन ! “खुशी सँगको मेरो व्यवहार प्रष्ट नभएर ममा कम्प्लिकेसन आएको हुने सम्भावना कति छ !” एक दिन मैले त्यहि साथीलाइ सोधेँ !” त्यो सोध्न जरुरी कुरा हुँदै हैन ! त्यो स्वयं सिद्द थियो कुरा !तर यो त उ आफुले आफैलाइ सोध्नु पर्ने कुरा हो मैले मनमनै सोचेँ । “ उसले हो तेरो व्यवहार प्रष्ट नभएर नै हो ! भनेर भन्यो !” मैले खुशीको बारेमा सोचे उसलाइ थाहा छैन उसको आफ्नो भनाउँदो उ बाट के चाहन्छ । उ चाहन्छे दुइ जनाको सम्बन्धको विचमा सामाजीक मुल्य मान्यता कसैका हल्लाहरु तगारा नबनुन । उनीहरु सँग सिंगो भविष्य थियो त उसले त्यो कुरा गलत सोची भनेर पनि कसरी भनौँ । यो प्रतिक आफु भित्रै अल्झिएको छ यसरी कि उसले खुशीको बारेमा सोच्ने फुर्सद सम्म पाएन ! कस्तो स्वार्थी मान्छे फेरि अचानक मेरै मनको अर्को कुनाले हाँस्दै प्रश्न गर्यो ! तँलाइ तेरो स्वास्नीको रातको प्रहारका एक्ला सुस्केराहरुको बारेमा थाहा छ कुनै अबोध तर चंचल देहसँग खेल्दै गरेको बेला ! तँ पनि त स्वार्थि होस् त्यसो भए ! त्यसपछि हारेर कायर भएर म मेरो दायरामा आउँदै सोचे ,,, होस् प्रतिककै कथा सुन्छु सोच्दिन म खुशीका कुराहरु !!!!!!!!!!!!!!” “ मैले उसलाइ हेरेँ उ प्रष्ट छ , उसका विचारहरु प्रष्ट छन् त्यसको अघि एउटा आफै मा अन्तर्द्वन्द मा घेरिएको एउटा अस्तित्व छ जो हुनु नहुनुको धेरैलाइ मतलव छैन ! म आफुमा भाँसिदै भाँसिदै आफ्नो टेक्ने धरातल खोज्दै पाताल पुग्न आँटेको बेला छ ! मैले उसको प्रष्टताको खुलेर उसको सामु तारिफ गरेँ ! उसको पुरुषत्वको तारिफ गरेँ , अनि उसले प्रतिपादन गरेका सवै नारिवादी चिन्तनहरु सहि छन् भनेर स्विकारीदिएँ !!! मलाइ थाहा थियो उसको कमजोरि ! उ प्रशंसा पचाउन सक्दैन थ्यो ! उ फुल्दै जान्थ्यो जव म उसमा प्रशंसाका शब्दहरु पठाउँथे ! मलाइ कहिले काहिँ लाग्थ्यो मेरो प्रशंसा वजन बनेर किलो किलोका दरले उ भित्र छिरिरहेका हुन्छन् !” प्रतिक धेरै बेर चुप भयो ! “ अनि अनि के भयो त ?” मेरो ब्यग्रताले सिमा नाघेपछि मैले बुझ्न चाहेँ के का लागि थियो त यति धेरै प्रशंसा उसको ? “ अनि अन्त्यमा मैले उ सँग सोधी छाडेँ , मलाइ ति सबै कुरा सिक्न मन छ जुन मैले अहिले सम्म भोगेको छैन ! माया नमिसिएको भोगाइबाट केहि सिकेर त्यसमा मैले माया मिसाएर खुशीलाइ दिन सकेँ भने शायद !!!!!!!!!!!!!!!!!!!!!!!!!!!! खुशीले नबुझेकी होला वा उ जिद्दि होला त्यो आफ्नो ठाउँमा छ तर म मेरो प्रस्तावको भाषा परिवर्तन गर्न चाहन्छु ! एउटा सिकारुले आग्रह गरेको भन्दा कुशल भएर प्रदर्शित हुन चाहन्छु खुशिको सामु !!!!!!!!!!!!” क्रमश:
fucheketo · Mar 19, 2010 5:46 AM
jau jau ajai agadi badau katha....bich bich ma break le pani hairan pari sakyo....
password · Mar 19, 2010 10:58 AM
tyahi ta can't wait to read more.
kHusHii · Mar 19, 2010 11:08 AM
Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} ……….हरेक केटो भित्र एउटा अचम्मको मान्छे लुकेको हुन्छ दाइ जसले नाता बुझ्दैन जसले स्त्री सँगको सम्बन्धको सामिप्यता के हो बुझ्दैन जसले केवल भौतिकता बुझ्छ ,शरीरको आवश्यकता बुझ्छ , एकान्तमा पुरा नहुने इच्छाहरुको पोको बुझ्छ हो जीवनमा त्यो पनि<span style="font-size: 12pt; font-f
ma tamarchu ki kyaho · Mar 19, 2010 1:22 PM
भने पछि अनुभव बटुलना ठीक ठाउमा आये जस्तो छ, फुच्चे भाई संग. संगीताले सिकैदेलिनी| हैन त फुच्चे जी? कथा धेरैनै गहिरो ताल को छ. मैले भर्खर भर्खर मात्र शीर्षक र कथाको सम्बन्ध बुझ्दै छू. धेरै नारोकौ है फुच्चे भाई कथालाई|
Jhapali_Thito · Mar 19, 2010 1:37 PM
Password , khushi , ma ta marchhu ki kya ho , Jhapali thito thanx for the responses............... अन्य यो थ्रेड पढ्नु भएका साथीहरुलाइ पनि आभार प्रकट गर्दै भाग-६ शब्दहरु फननन मेरो टाउको भरी घुमे !!! मान्छे परिवर्तन हुन समय चाहिँदैन । परिवर्तन र समय बिलकुलै भिन्न पाटा रहेछन् । परिवर्तन को अघि समय निरिह हुँदो रहेछ । त्यो कत्रो परिवर्तन थियो प्रतिकको मैले दाँज्न सकिन । कहिले काहिँ दाँज्नका लागि सारा परामिति हरु साना हुन्छन् । प्रश्न सोध्न खोज्दा आफुले ठड्याएको प्रश्नवाचक चिन्ह नै लिलिपुटको साम्राज्यको नागरिक जस्तो वाउन्ने लागेर आउँछ !!!! ......................... ............. ........................ .................... ..................... .......... “सन्ध्या.................... मेरो जीवनको लागि त्यो नाम मेरो जीवनको प्रहर जस्तै थियो उज्यालो छरिएको मेरो जीवनमा पनि त रात पर्न पर्न लागेको थियो !” प्रतिकले रात भने पछि मात्र मेरो ध्यान रात तिर गयो ।रातको करिव एक बजे जस्तो छ ! अब तारा हरु झर्न थाल्नेछन् एकैछीन मा ! मैले झरेका ताराहरुलाई जमिनमा भोलिपल्ट भेट्टाएको छैन त्यहि भएर तारा झर्छन् भन्ने कुरामा नै मलाइ विश्वास लाग्दैन ! तारा झरेको हामीले खुल्ला आँखाले देखेको भ्रम हो जस्तो लाग्छ ।मलाइ आज घडि हेर्न पनि मन छैन ।हुन त मैले घडि नहेर्नाले नै रात त रोकिन्न तर पनि म रात रोकिएको भ्रम पार्न चाहन्छु । संगिता दिक्क लागेर सुतिसकेको पनि धेरै भइसक्यो तर प्रतिक भने वहन छोडेको छैन आज !!!!मलाइ लाग्छ यो रात प्रतिकलाइ बहनलाइ नै बनेको हो ! सकियो कि सकियो कि जस्तो लागेको थियो मलाइ अर्को कथा तर उसले अब अर्को अध्याय प्रारम्भ गरेको थियो ! ति अन्तर्निहित दुइ अध्यायहरु कहिले जोडिने हुन् मैले त्यो खुट्याउन सकिन तर उसको कथामा उसको अन्तर्द्वन्दले अर्को पात्र छिरी सन्ध्या ! सन्ध्याको आगमन प्रतिकलाइ कुशल.... उसको शब्दमा ........... बनाउनलाइ भएको भनेर त भनि नै सकेको थियो !!!! अब उ र म विचमा धेरै समानता देख्न थाले मैले उसले जे कारण देखाओस् उ एउटा पेशाले शरीरकि व्यापारीको मा धाउन तैयार भएको थियो कथा त्यो मोडमा आएपुग्दा मैले त्यो रातमा प्रतिकको कथा भित्र प्रतिकको धेरै रुपहरु देखेँ यो अन्तिम रुप करिव म सँग मेल खाने लाग्यो मलाइ ! अचानक प्रतिकको यो अवतार प्रति माया पनि जागेर आयो ! हो उसले ठिकै गर्यो तर अव उसले खुशीलाइ भन्नु हुँदैन उ स्वच्छन्द छ जव सम्म खुशी खुशी नै रहन्छे । भ्रम ,सत्य नैतिक अनैतिक सवै वाहियात कुरा हरु हुन् झुटको खेति हुन् ! मानिस नैतिक भन्दा पनि आनन्दित सन्तुष्ट हुनुपर्छ । .................................. ................................. ............................ ................ “ मेरो विवशता थियो भन्न म सक्दिन , मेरो मुर्खता थियो भन्ने मलाइ आँट छैन ,खुशीको लागि ल्याइएकी थीइ भनेर म कसरी भनुँ ! जे होस् सन्ध्याको उपस्थिति हजारौँ सम्भावनाको विचमा मेरो जीवनमा भयो.................... सन्ध्यालाइ पेशेवर भन्न मलाइ मन लाग्दैन ! खोइ उसको कोठामा आइरहने दुइ तिन जनाहरुलाइ ग्राहकनै भनौँ की के भनौँ । उसको भनाइ अनुसार उसलाइ भावनाहरु साट्न न आवश्यकता छ न रहर तर उसँगको सम्बन्धको पहिलो शर्त चाहिँ लोग्नेमान्छे भावनात्मक हुनु पर्छ रे !उसको भनाइ अनुसार जव सम्म लोग्नेमान्छेमा भावना हुन्न त्यो साँढे हो अरे अनि रातो वर्णकि उ लाइ देखेर गतिशिल भएर आउने साँढे थाम्न उसलाइ मन छैन रे ! डेलिकेट लोग्नेमान्छेहरु मात्र मन पर्छन् मलाइ भन्थी उ !!!! उ सँग शर्तको थुप्रो थियो । मानौँ हामी सन्धि गर्नलाई त्यहाँ पुगेको थियौँ ! चुरोट उसको सबैभन्दा ठूलो साथी थियो ! मेरो साथिले उसको कोठामा पुर्यायो मलाइ त्यो दिन ! गुलावि रंगको पर्दा हालेको , उसको कोठा अनि छेवैमा सटेको किचन ,कोठामैँ जोडिएको बाथरुम ! सन्ध्या शानका साथ बसेकी थिइ !!!!मेरो साथी भन्थ्यो सन्ध्याको आवश्यकता र सन्ध्याको महत्वाकांक्षाले पुर्याएको हो त्यो ठाउँमा सन्ध्यालाई !!! उ मान्छेहरुको भिँड रुचाउदिन थिइ ! दुइ चार जना थीए उसको आवश्यकता पुर्णकर्ता अनि ति पुर्णकर्ताहरुको लागि सन्ध्या नाम मात्र थिइन सबै थिइ भनौँ ! जानु भन्दा अघि म र साथी विच यो यात्राको गोप्यता र खुशी सम्म पुग्न सक्ने हल्लाहरुको कटौतिको बारेमा लामो छलफल भएको थियो !!!!” प्रतिक चुप भयो । उसको कथामा विश्राम आएको छ अनि कोठामा धुवाँ !!!! पहेँलो वत्तिको प्रकाशमा धुवाँ तुवाँलो झै भएर फैलिन्छ । प्रतिकले अघि हामीले रित्याएको गिलास हेर्यो ! “जीवन यस्तै रित्तो भए कति रमाइलो हुन्थ्यो है दाइ ?” “भन्नाले !” म कहिलेकाहिँ प्रतिकका कुराहरु बुझ्दिन उ यसरी शब्दलाइ रहस्य सँग रहस्यलाइ नाता सँग जोड्छ म चक्कराउँछु !कथा सरल छ उ सन्ध्या सँग रात विताउन चाहन्छ खुशी सँग दिन । मैले बुझेको त्यत्ति हो अचानक जीवन कसरी रित्तो भयो यो या त प्रतिकलाइ नै थाहा होला अथवा बोल्न र बुझाउन सक्ने भए त्यहि रित्तो गिलासलाई !!! “ रिक्तता हुन्थ्यो अघाउन्जेल को रिक्तता न सम्वन्ध बन्थे , न सम्वन्ध टुक्रन्थे हामी रिक्तता नै भोग्थ्यौँ । रिक्तता को वजन हुँदैन नि दाइ , वजन नभएको कुरा कसैमाथी भार पनि त बन्दैन !!!” उसले फेरि मैले नबुझ्ने कुरा गर्यो !!!मलाइ कथा सँग मतलव हुनाले मैले ते पनि आज उसका सारा शर्तहरु मानेको छु !!! “ सन्ध्याको कोठामा म हुँदा म खुम्चिएको थिएँ , म बाँडिएको थिएँ टुक्राटुक्रामा एक भागमा मेरो पुरुषत्वको आधिपत्य थियो !एउटा भागमा खुशिको ! तेस्रो भाग अलि पृथक थियो उ सहि गलत छुट्याउनमा ब्यस्त थियो !” “ अनि ?” “ उ खुशि सँग दाँजिन लायक त थिइन सौन्दर्यको मामला मा तर आकर्षक बनौट ,रातो वर्णको छाला बाहेक केहि कुराले सन्ध्यालाइ अरु भन्दा भिन्न बनाउथ्यो भनेर कसैले भन्छ भने त्यो पक्कै सन्ध्याका आँखाहरु थिए !!!! सन्ध्याका आँखाहरु गहिरा थिए कुनै पनि पुरुषको एक्सरे गरिदिन सक्ने । मलाइ लाग्छ उसले चाहेको खन्डमा जुन सुकै पुरुषलाइ पनि जुन सुकै रुपमा उभ्याउन सक्थी !” मैले झल्यास्स सुतिसकेकी संगितालाइ सम्झेँ ! अघि मैले सोचेको मुल्यको कुरा सम्झे !!! परिभाषाहरु बदलिदै थिए के त्यो उसको विशेषता हो त त्यसो भए ??? “ उसले मलाइ धेरै बेर हेरेर मेरो साथिलाइ हेर्दै प्रश्न राखेकी थिइ उ यहाँ रहरले आएको कि तिमीले झुक्याएर लिएर आएको भनेर !” झन्न मेरी संगिता त्यस्तो सोच्दिन मैले मनमनै सोचेँ । उ झुक्याएर आओस् रहरले आओस् मेरो विचारमा उ सशरिर त्यहाँ थियो त्यो रातको अन्तिम सत्य त्यहि थियो !!! “त्यो तिमी उसलाइ नै सोध , म हिँडे भन्दै मेरो साथी वाहिर निस्कियो ! मलाइ अचानक निस्सासिए जस्तो भयो त्यहाँ !!! चिया खान्छौ भनेर सन्ध्याले सोधेको त्यो वातावरणलाइ हलुका बनाउन खोजेको होला शायद । मैले टाउको हल्लाएँ , मलाइ एकछिन भए पनि सम्हालिनलाइ समय मिल्नेछ भनेर !!! उ आफुमा बुझिनसक्नुकी थिइ , उसका शब्दहरु सँधै नै अचम्मलाग्दा हुन्थे !!!! मलाइ अझै याद छ धेरै बेर नियालेर उसले भनेकी थिइ म भाग्यमानी छु ,,, मान्छे कुमारत्व हार्न म सँग जुवा खेल्छन् !!! मलाइ अझै थाहा छैन उसले के नियालेर उसले मेरो कुमारत्वको बारेमा पत्ता लगाइ !! मेरो साथीले भनेको होइन त्यसमा मलाइ विश्वास छ !!! उसको सामु म आए उसले केहि भोगि मैले केहि पाएँ यसमा म कसरी हारेँ त ????यहाँ त हारजित काहिँ थिएन तर खुशि लागेको पनि थियो मलाइ मेरो रुपलाइ म नामर्द को प्रतिमा बनाउन खोजिरहेको थिएँ त्यो कुमारत्व रहेछ सन्ध्याको परिभाषामा !!!!!” “त्यो रात म पग्लेको रात गोधुली साँझ छरिएको रात सन्ध्या सन्ध्या केवल सन्ध्या भएको रात बन्यो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!” प्रतिकले रात वर्णन गरिसकेको थियो । कुर्सीमा कोल्टे फेरे मैले , कथामा प्रतिकले खोजेको अनुभव पनि लियो अब के छ त कथामा ??? सक्किने सक्किने भन्दै रात जस्तै गाढा भइ गुज्रेको छ प्रतिकको कथा बेलाबेलामा प्रतिककै नबुझिने शब्दहरु बाहेक ऐना जस्तो कथा थियो । दुइटा जड्याहा हरु झगडा गरेर वोतल फुटाएर छताछुल्ल भए जस्तो प्रतिक छताछुल्ल भएर पोखोएको थियो कोठामा !!!!!!!!!!!!!!! ................................................ ..................................... .............................................. ......................................... .......................। “ विहानको किरण गुलावीपर्दा बाट सन्ध्याको कोठामा छिर्दै गर्दा मेरो आँखा खुल्यो , सुर्यका किरणहरु अचम्मका हुन्छन् जुन माध्यमबाट छिर्छन् त्यहि रुप धारण गरिदिन्छन् । मलाइ त्यो बिहान सुर्यका किरणहरु पनि गुलाबी लागेर आए !!! शायद म पनि त्यो किरणहरु जस्तै बन्दैछु सन्ध्याको एक रातले नै मेरो स्वरुप बदल्न खोजेको थियो !!! एउटा अनुभवको लागि आएको म फगत अनुभवको लागि सन्ध्या बनेकी हैन भन्ने लाग्यो !!! उ फरक छे , सुल्झेकी केटी मान्छेहरु मा चाहिने भन्दा बढि स्पष्ट , उ बजार मा बसेर पनि मुल्यवान लाग्थी , एउटा अनौठो आकर्षण बोकेकी थिइ भनौँ , अनि अचम्मको बौद्दिकता जसको अगाडी सबै भुइँ मै छरिए जस्तो लाग्ने अनि उसको अचम्म को पेशा जसले प्रश्नवाचक चिन्ह बोकेर हिँड्छ सँधै !!! किन भइ त सन्ध्या त्यस्ती !!! सोध्ने आँट म मा छैन किनकी सन्ध्याका शब्दहरु मलाइ घोचिरहन्थे उ भावनामा विश्वास गर्दिन रे !!! त्यस दिन मेरो खोजको अन्त्यकर्ता , मेरो बोधिसत्वको सुत्रधार निर्वष्त्र तर पनि निष्फिकृ मेरो छातिमा हात राखेर सुतिरहेकी थिइ !मानौँ मेरो छाति एउटा पर्खाल हो जसभन्दा पारी मात्र दुखको सन्सार छ , कुरा काट्नेहरुको भिँड छ , मैले सबैबाट उसलाइ लुकाएको छु । केटी मान्छेको यो अनौठो गुण हुन्छ उनीहरु जतिखेर विश्वास जताए जस्तो भान मात्र पनि पार्छन् लोग्नेमान्छे हरु मख्ख पर्छन् उनीहरु जस्तो विश्वासिलो कोहि छैन भनेर ! लोग्नेमान्छे भित्र आत्मविश्वास रोप्नलाइ पनि आइमाइ चाहिन्छे अचम्म !!!! मैले धेरै बेर उसलाइ नियाँले ! उसको अघिल्लो रातको कृयाकलापलाइ मान्छे सस्तो भाषामा जे भनुन , उ सँग आउने हरुले जे स्वरुपमा उसलाइ जे देखुन् उसले एउटा अन्तर्चेतना म मा भरिदिएकी थीइ !” त्यस्तो पनि हुन्छ र !!!! मैले सोचेँ म सँग उसको भनाइ अनुसारको अन्तर्चेतनाको थुप्रो किन छैन त्यसो भए ???? .................................. ............................ ........................ .................................. “ भुइँ भरी छरिएका मध्ये आफ्ना कपडाहरु टिपेँ जसलाइ मैले पत्र पत्र उक्काएको थिएँ हिजो !!! खुशीले आफ्नै हातले बुट्टा थपेको रुमाल मेरो पेन्ट खल्तिबाट बाहिर निस्किएको थियो । हिजो को सम्पुर्ण दर्शक थियो त्यो शायद !!! अचानक खुशिका ति लामा औँला बुट्टा बनाउन मा ब्यस्त भएको , उसको आँखा र मनको त्यो रुमालको बुट्टाको लागिको एकाग्रता मैले सम्झेँ । मैले हिजो रात देखी लगभग बिर्सिएकी मेरी जीवनकि असलि नायिका त खुशी पो हो त आखिर अचानक चेतना मा आयो मेरो !!! सन्ध्याको बाथरुम मा मैले आफूलाइ नियाल्दा सन्ध्याका धेरै छाप भेट्टाए !!! अनि बिस्तारै आफ्नो हातले मेट्टाएँ !!! खोइ किन हो किन त्यो बाथरुममा ऐनामा मैले आफ्नो सट्टा खुशीका आँखाहरु देखेँ मैले , आँखा जुधाउन सकिन अनि हत्तपत्त बाहिर निस्किएँ !!!!” उसले फेरि चुरोट झिक्यो , कथामा फेरी बिश्राम आउने बेला भएको रहेछ । उसमा पनि त बिश्राम चाहिएको छ यत्रो भार बिसाउन खोज्दैछ उ । होलान ति उसको जीवनको करिव दुइ तिन महिनामात्र होलान् तर उसको जीवन नै सुनाउँदैछ उ ! “मन का तरेली हरु अचम्मका हुन्छन दाइ , सत्य के हो कहिले काहिँ मनले छुट्याउन सक्दैन , माया के हो धेरै जसो मनले ठम्याउन सक्दैन ,स्पर्श मा थियो अथवा अन्तरंगि थियो माया मैले पनि छुट्याउन सकिन । सन्ध्या सँगको एक रात र खुशी सँगका कैयौँ पललाइ दाँज्नु मात्र पनि खुशीको अपमान होला त्यो !!!!!!!!!!! त्यो दिनको भोलिपल्टको खुशी सँगको भेटले मलाइ के बुझायो मैले खुट्याउन सकिन । त्यो दिन मैले आफुलाइ एउटा जिउमा रग रग हिँड्न चाहने किरा जस्तो पाएँ भने खुशीलाइ कुनै उज्याली अलौकिक परी जसलाइ म सपना मा मात्र कल्पना गर्छु । उसको देह यति कन्चन छ कि मैले छोएँ मात्रै भने पनि दाग लाग्नेछ ।उसको स्पर्श प्राप्त गर्न त मैले नुहाएर आउनु पर्ने छ !!! मैले उसलाइ विश्वासघात नै त गरेको छु नि !!! अनि मेरो साथी मुर्ख हो त्यो जसले मलाइ त्यस्तो सुझाव दियो । जसको तराजुमा शरीर भन्दा धेरे भारको केहि छैन !!!” म जस्तै रहेछ प्रतिकको साथी । प्रतिकले सँधै म जस्तै साथी हरु पाएको रहेछ मैले मनमनै सोचेँ । म मात्रै किन हरेक लोग्नेमान्छेको तराजु त्यस्तै हुन्छ । मलाइ थाहा छ प्रतिक जत्तिनै आफूलाइ अपवाद जनाउन खोजोस् । उसका भावना पनि केहि फरक छैनन् , उसको कथाको अनुवाद उ तिर ढल्केर मात्रै हो नत्र उसको पनि तराजु केहि फरक छैन । उ पनि उहि घेरा भित्रको लोग्नेमान्छे हो पक्कै पनि खुशी यति राम्री थिइ कि उ खुशीको तर्फबाट पनि सोच्न बाध्य थियो , खुशी यति अलौकिक थिइ कि खुशीका आकांक्षाहरु लाइ उसको रुपको ओजस्व मा उसले देख्न सकेन । खुशि टल्किएकि नै हुँदि हो जसले गर्दा प्रतिक ले खुशि भित्रका नबोलिएका आग्रहहरु देख्न सकेन ।अनि देख्दै नदेखेका आग्रहहरु त उ पुर्याओस् पनि कसरी ?............ उसको कथा मात्र त्यत्ति हो । सन्ध्यालाइ जब उसले खुशी सँग बिहान दाँज्न चाह्यो कहाँ त्यो बजारमा शरीर बेचेर बसेकी केटी , कहाँ खुशीको कौमार्य । जसलाइ उसले दैविक भनेको छ त्यो मात्र खुशिको कुमारित्व हो जसको अगाडी उ गलेको छ । मलाइ कथा बुझे जस्तो लाग्यो मन थोरै ढुक्क भएर आयो हो म गलत छैन किनकि म मात्र शरिर भोग्दै छु बिभिन्न पर्दा वाहिर भित्रका प्रतिबिम्बहरु सँग अनि एउटी प्रतिबिम्ब संगिता पनि शरिर भोग्दै छे अनुभवी पुरुषत्व सँग प्रतिक न खुशीको कौमार्य बुझ्दछ , न सन्ध्याको शरिर बाट उ तृप्त छ प्रतिक लाइ सन्तोक गर्न आउँदैन त्यति मात्र हो !!! नत्र त सरल थियो उसको जीवन उसले चाहेको खण्डमा !!!!!!!!!!!!! खुशि पनि थिइ सन्ध्या पनि थिइ उ सँग माया गर्न चाहे माया अनि शरिर लुटपुटाउन चाहेन शरीर !!! मैले आफ्नै तरिकाले प्रतिकको कथामा अर्थ निकालेँ ! बिच्छेद हरु थपेँ त्यान्द्रा त्यान्द्रा रेशा रेशा खोलेर आखिरमा मैले सम्बन्धहरुलाइ सरल बनाएँ । उसले बुनेका शब्दहरु मात्र उसका मनका गाँठाहरु हुन भनेर पत्ता लगाएँ !!! “ मैले बुझ्न सकिन दाइ म आखिर किन यति निच अनुभव गरीरहेछु दाइ आफुलाइ , त्यहि खुशी हो ,त्यहि खुशिकै लागि उठाएको कदम हो अनि त्यहि म हुँ तर मेरो मनमा किन उब्जियो त हिनताबोध , अचानक खुशी किन यति धपक्कै बली ?रापिली भइ कि मलाइ उसलाइ छुन समेत डर लागेर आयो !! टाढाबाट बसेर हेर्दा पनि किन ज्वालामुखि जस्तो देखिरहेको छु उसको मुस्कान जबकी उसको मुस्कान उत्तिकै शालीन छ !!!!!!!!!!!!!!!!” “अनि ?” मैले ब्यग्रता पोखेँ “ अब को छ त मेरो मनको यो अवस्था को बारेमा मलाइ बुझाउन सक्ने ? मेरो साथी भनाउँदो सहि थिएन यो त मलाइ थाहा नै भइसकेको थियो ! अचानक मेरो मनमा एउटा नाम आयो जसले मेरो यो स्थिति बाट मलाइ पार लगाउन सक्छ ! के हो त माया बुझाउन सक्छ , उसको सुल्झाइ मेरो लागि पनि काम लाग्न सक्छ !” “को ?” मेरा निन्द्रा नपुगेका , नशा छोड्दै गरेका राता राता हुँदै गरेका ( यद्दपि मैले ऐना हेर्न पाएको छैन ! मैले मात्र आफ्नो आँखाको राप बाट अनुमान गरेको थिएँ ) उ तिर डोर्याउँदै सोधेँ !!!! “सन्ध्या !!!!” प्रतिक फेरि उहि बजार तिर डोरिएछ । त्यो एउटा नशा हो मलाइ थाहा छ । उसले शब्दका जाल जति बुनोस् !! कथाको सरलता त्यहि हो उ बानि परेको थियो त्यो रातको मादकताको अनि सन्ध्याको शरिरको !!!!!!!!!!!!!! क्रमश:
fucheketo · Mar 22, 2010 10:05 PM
maja aayo padhna...la arko part rakhau chittai...
password · Mar 22, 2010 10:45 PM
Dammi chha. Thank you fucheketo. kata kata dev daas dev daas jasto chha.
kukhura chor · Mar 23, 2010 7:48 AM
Awesome narration!
kHusHii · Mar 23, 2010 9:30 AM
Feel sorry for Khusi
perika · Mar 23, 2010 11:41 AM
हुन त हिजो राती नै पढेको थिए .......... तर निन्द्राले गर्दा तिर्मिर झ्यायी भये को थियो ........ फेरी अहिले पढे ..... अझै पढ्ने रहर पुगेको छैन ..... अर्को भाग राख्दी हाले ..... पढेर मात्रा उठ्ने थिए क्यारे ....
ramronepal · Mar 23, 2010 1:50 PM
सवैलाइ आभार प्रकट गर्दै........... अन्तिम भाग- रात प्रतिकको आँखामा लागेको पट्टि जत्तिकै बाक्लो छ तर अब त हामी तेस्रो प्रहर मा पनि त छौँ अनि मलाइ विश्वास पनि छ भोलि बिहान अवश्य हुनेछ । प्रतिकको अवस्थाले मलाइ पहराको छाति चिरेर झर्ने झरनाको याद आउँछ उ लठारिन्छ कहिले यो पहरामा कहिले त्यो पहरामा निर्लज्ज भएर पहराहरु भिजाउँछ उसको उद्वेग नै उसको शक्ति लाग्छ त्यो झरना तर अन्तिम अवस्थासम्म उसलाइ थाहा हुँदैन उसले भिजाएका पहराहरु अनन्तकालसम्म त्यहिँ रहिरहनेछन् जव कि उ भाँसिदै जानेछ आफ्नै अन्तर्द्वन्दमा उसको भसाइ ति पहराहरु विचको रोजाइको अक्मक्याइ हो !!! प्रतिकलाइ म यो कुरा बुझाउन सक्दिन होला सन्ध्याको स्थान सन्ध्याको ठाउँमा छ उ जत्ति नै बौद्दिक देखोस् सन्ध्यावाट उसलाइ सन्ध्याबाट चाहिएको विचार हैन मात्र उसको भोकको लागि साध्य हो सन्ध्या जो प्रयोगको लागी बनेकी छे । थाहा छैन मलाइ प्रतिकले आफुलाइ कति धुवाँमा उडाएको छ । न उ सकिएको छ न उसका चुरोटका धुवाँ !!!!उसका कणकण हरु पातलिएका छन् यो कथा मलाइ सुनाउने क्रममा !!! मान्छेले आफूलाइ पोख्न सक्नु पनि सफलता हो ! कहिले मान्छेका भावनाहरु गाँठा पर्छन् , कहिले ठोस् हुने अडिग हुने प्रयास मा मान्छे आफै कसैले नदेख्ने डल्लो बन्छ । उसले पोखेको छ आफुलाइ !!!! “ करिव त्यो दिन मैले झुट बोल्न मन नलागे नलागे पनि सतहि कुराहरु बोलेर सन्ध्याको मा करिव तिन बजे तिर पुगेँ !!! सन्ध्याको कोठामा मेरो मुटुमा जस्तै ताला लागेको थियो ! मलाइ थाहा थियो उ पाँच बजे साँझमा मात्र आइपुग्छे तर मलाइ घडी हेर्न मन लागेन !! कहिलेकाहिँ मान्छेले सम्भावना दाँज्दैन , उसलाइ नहुने कुराहरु भइदिए हुन्थ्यो जस्तो लाग्छ ! मान्छेको कमन सेन्सलाइ बाध्यताले जित्छ ब्यग्रताले जित्छ ! म दुइ घण्टा उसको कोठा अघि उभिएँ !!! करिव पाँच बजे , जिन्सको हाफ पाइन्ट जस्का झुत्राहरु उसका शरीर सँग जिस्कँदै थिए र केहि लेखेको आकाशे टिशर्ट , ठूलो झोलासहित उ प्यासेजको अर्को कुनामा देखिइ !!! म मुस्कुराउने प्रयास गरेँ तर मन गह्नुन्गो थियो जसले मुस्कान लाइ निस्सासिने गरी दबाएको थियो !!!” ........................... ............................. ........................ .............................. ............................ .......................... .......................... .........................। “उप्स , खबर गर्नु पर्दैन ?” सन्ध्याले ढोकामा लागेको ताल्चा खोल्न आफ्नो झोला भित्र चाबी खोज्दै भनेकी थिइ । सन्ध्याको झोला भित्र म जस्तै अस्तव्यस्तता थियो कहाँ के छन् , के का लागि छन् अष्पष्ट , अब्यवस्थित !! “ के आजको समय अरु कसैको लागि थियो !” मेरो मनमाँ त्यस्तै शंका पलाएको थियो ! मैले सोधेँ पनी सन्ध्या मुस्कुराइ ! दाइ उ एकदम गहिरो मुस्कुराउँछे ! उसको मुस्कानले रात नै वर्णन गर्न चाहे जस्तो !!! त्यो दिन समय दिएकी रहिनछ !! मैले उसको मुस्कान उधारेर अर्थ निकालेँ !! “ खाजा खान्छौ ?” “ सन्ध्या मलाइ तिमीलाइ एउटा कथा सुनाउनु छ !!!” दाइ मैले तँपाइलाइ सुनाउने जस्तै कथाको शुरुवात गरेँ !!! ............................... ............................ ........................ .......................... ..................... ........................ ................................... ............................... ............................... ....... न म प्रतिकलाइ बुझ्छु अब न प्रतिकको कथालाइ !!! खोइ के हो के हो उसको कथा !!! उ पात्रलाइ नै कथा सुनाउँछ । पात्र त पात्र हो उसलाइ के थाहा कथा कतै बग्दैछ भनेर !! न उसले कथामा आधिपत्य जनाउन सक्छ न कथाका मोड हरुलाइ नियन्त्रणमा लिन सक्छ !! उ मात्र कथा सँग बाँधिन सक्छ कथा सँग बग्न सक्छ । सन्ध्यालाइ कथा सुनाउनुको के अर्थ र !!! “त्यो रात केहि भएन त !” अब मेरो ब्यग्रताले सिमा नाघ्यो ! अघि मैले जुन सम्बन्धलाइ वानी नशा सँग जोडेको थिएँ गलत थियो । प्रतिकले कति चोटी गलत सावित गर्ने हो मलाइ यो कथा भरी न उसलाइ थाहा छ न मलाइ !!! उसले टाउको हल्लायो !! अनि हाँस्यो “ हुन त धेरै भयो दाइ तर तँपाइले भनेको केहि भएन !! मलाइ खुशीको दाँजोमा आफूलाइ उभ्याउनु थियो !!!” “ अनि !” मेरो सोचाइ थकित भइसकेको छ । मैले गलेको मुद्रामा उसलाइ सोधेँ !! सन्ध्याले मलाइ हेरिरही अनि म अझै खुशिको लायक भएको घोषणा गरी अन्त्यमा !!! उसले मेरो टाउको सुम्सुम्याइ आँशु भरीएका आँखाले मलाइ हेरीरही !! म विहानै फर्किएँ !!!!!!!!!!!!! “ अनि ?” मैले आफ्नो नियमित शब्द दोहोर्याएँ ! हफ्ता बिते खोइ कसरी बित्यो भनौँ दाइ ती हफ्ताहरु पनि खुशी उत्तिकै राम्री थिइ , शालिनता यथावत थियो ! एउटा तलाउ जस्तो जस्को शालिनतामा तरंग उत्पन्न गर्न लाइ मेरो मन ढुंगा हुनु पर्नेछ । मलाइ खुशीको लागि ढुंगे बन्न मन लाग्न छोडेको थियो । म पहिलेकै अवस्थामा आएँ !!!! म मात्र खुशीलाइ नियाल्थेँ ।उसका भाका हरु बुझ्ने प्रयत्न गर्थेँ । अनि सन्ध्या जसका गुणहरु अलग थिए !!! भाषा अलग थियो ! उ वाध्यताहरुलाइ पनि बानेर राख्थी !!! लाग्थ्यो सम्पुर्ण विश्वलाइ उसले चाहेको भरमा नचाएकी छे !!! म पनि त्यसै विश्वमा नाच्न चाहन्छु !!! सन्ध्याको बौद्दिकतामा कायल भएर !! तर म दुवै जना सँग जोडिदै गएँ अनौठो रुपमा !!!म खुशी सँग हुँदा मन सन्ध्या संग हुन थाल्यो अनि सन्ध्या सँग हुँदा मन खुशी सँग हुन थाल्यो !!! एक दिन खुशीले मलाइ हेरेर मुस्कुराउँदै आफूले घरमा साहस गरेर भनेको सुनाइ !!! अनि घर जाने कुरा भयो उसको !!!!! मैले बेलुका सन्ध्यालाइ त्यो कुरा सुनाएँ !!! अब सन्ध्याको र मेरो सम्बन्धको अन्त्य भएको सुनाइ सन्ध्याले !!!!!!! मेरो कथामा एउटा अध्याय अन्त्य भयो दाइ अर्को शुरु हुन्छ भन्ने आशमा !!!! ................... ...................... ........................ .............................. ................................ ................... ....................... .......................... .......................... .......................... कथा त सुखद छ अहिले सम्म !!! अब अरु कति ओटा घुम्ति छन् आखिर !!! “ तर दाइ झुटको आधारमा मैले साँचो माया पाउनु न्यायोचित थियो त ?” के खाले प्रश्न हो यो ! मैले देखे अनुसार उसले एउटा गल्ति गर्यो यदि उ खुशिब्रता नै हुन चाहन्थ्यो नै भने पनि ! यो साँचो झुटो मान्छे आफु रमाउनलाइ बनाएको कुरा हो । मान्छे जे मा रमाएको हुन्छ त्यहि सात्विकता हो यो विश्वमा !! “ के तिमीले खुशीलाइ भन्यौ ? तिम्रो लागि म सन्ध्याको मा गएँ भनेर ? ” मेरो मनमाँ शंका पलायो! उसले फेरि टाउको हल्लायो ! “ दाइ सन्ध्या र मेरो सम्बन्धलाइ नाम दिन सक्नुहुन्छ ?” उसले फेरि मेरो आँखामा आँखा जुधाउँदै सोध्यो ! के नाम दिउँ ? म त्यो सम्बन्धलाइ ! मैले अचानक प्रतिकलाइ आफुसँग दाँजे प्रतिक र सन्ध्याको सम्बन्ध लाइ म र संगिता सँग पनि त दाँज्न सक्दिन !!! “ भयो दाइ मैले अहिले सम्म नबुझेको कुरा भयो छोडिदिनुहोस् !! खुशि सँगको त माया नै हो मलाइ अचानक सन्ध्यालाइ छोड्दै गर्दा ग्यान भएर आएको कुरा मलाइ लाग्यो यी दुवै कथाहरु अब बेरिँदैछन् मेरो जीवनमा जसले जब घाँटी समाउनेछ म ति मध्ये एउटा पनि चुट्याउन सक्ने छैन !!!मेरो अन्त्य नजिकिँदै छ । अनि अचानक मैले कलम झिके खुशीलाइ एउटा लामो चिठ्ठि लेखेँ ! चिठ्ठिलाइ लुकाएँ , अनि मोबायल बाट एसएमएस गरेँ खुशिलाइ एउटा चिठ्ठी छ तिम्रो नाममा लुकाएर राखेको भनेर , मोबायल छोडेर !!!!!!!!!!!!! अनि हिँडे एउटा यात्रामा म सँग शब्दहरु थिएनन् उसलाइ दिने ! प्रतिक ठिक भन्थ्यो जीवन रित्तो भए कति रमाइलो हुन्थ्यो सम्बन्ध माथी सम्बन्धका बोझ हुन्नथे !! झ्याल फेरी खुल्यो , पहेँलो प्रकाश छिर्यो कोठामा !!! मैले संगितालाइ बोलाएँ “त्यो तेरो पल्लो गाउँको काले काले केटा सँगको हल्ला साँचो हो ?” उसले मलाइ अचम्म मानेर हेरी !!!! “ चाँडो पढिसकेर बिहे गरीहाल त्यो सँग !!!” मलाइ थाहा छैन मैले त्यस्तो किन भनेँ । प्रतिक ले मलाइ हेरिरह्यो ।मैले प्रतिकलाइ हेर्न सकिन । म उसको लागि भिँड बन्न चाहन्न उ रिक्तता चाहन्छ पुर्ण रिक्तता !!!!!!! समाप्त !!!!!!!!!!!!!!!
fucheketo · Mar 24, 2010 2:30 AM
I have been thinking there are lots of unsaid stuffs compressed with the Pratik and the narrator. Is it me expecting more or the special narration? I can't figure out the reason. Still thinking about the letter which was written by Pratik to khushee. Hope to read that letter sometime in the coming days if not in this story. he he. Thanks Fuche for your awesome writing!
crazy_love · Mar 24, 2010 8:16 AM
समाप्त त लेखिएको देखियो तर क्रेजी पर्मात्माले भन्या जस्तै, त्यो चिट्ठीमा के लेखियाथ्यो ढिलो चाँडो भये पनि हेर्न पाम। धन्यवाद यस्तो राम्रो कथाको लागि! अर्को कथाको प्रतिक्षामा.... ~पुरे~
perfectionist · Mar 24, 2010 10:35 AM
bhayena..kasto thau ma lerayera katha sakayeko?? aba arko katha kaile suru garne ta??crazy le suru gare pani hunthyo naya katha...
password · Mar 24, 2010 12:36 PM
Awesome writing but khusi lie face nai garna nasakere letter lekhera hideko ho pratik?? what was in the letter??
perika · Mar 24, 2010 1:01 PM
Awesome writing but khusi lie face nai garna nasakere letter lekhera hideko ho pratik?? what was in the letter??
perika · Mar 24, 2010 1:01 PM
"उ पात्रलाइ नै कथा सुनाउँछ । पात्र त पात्र हो उसलाइ के थाहा कथा कतै बग्दैछ भनेर !! न उसले कथामा आधिपत्य जनाउन सक्छ न कथाका मोड हरुलाइ नियन्त्रणमा लिन सक्छ !! उ मात्र कथा सँग बाँधिन सक्छ कथा सँग बग्न सक्छ । सन्ध्यालाइ कथा सुनाउनुको के अर्थ र !!!" पात्र मात्र हैन पाठकको पनी टाउको फन फनी घूम्यो भन्या यू फुच्चे को काठ पढ्दा ता. ए हैन कस्तो सम्म लेखन सक्या भन्या? ल है चिठ्ठी माँ के छ मलाई पनी पढ्न मन लाग्या छ.
Jhapali_Thito · Mar 24, 2010 1:45 PM
dherai ramro lagyo katha...
nepwanted · Mar 24, 2010 11:43 PM
के लेखेको होला चिठ्ठीमा पढ्न पाए त ठिकै हुन्थ्यो तर बिचरी खुशी कस्तो भयो होला उसलाई चिठ्ठी पढेर अनी के गरी/सोची होली Thank you very much for writing this story fuche jyu.
kHusHii · Mar 25, 2010 9:43 AM
फुच्चे ज्यु, किन नाम फुच्चे राख्या? हुन त धन बहादुर चै गरीब हुन्छन, शान्ती चै सधैं झगडालु त्यस्तै नाम राख्या होल्ला है? तर mero नाम चै त्यस्तो छैनन नि ........ कसैले एउटा कथा लेख्न सक्या छैन एक रातमा, तपाईं भने एक रातमा २ वटा कथा। राम्रो कथा छ मैले खुसुक्क पहिले नै पढेको थिए तर केही बोलेको थिईन, अहिले त कथाको अन्त्य भै सक्या रहेछ, राम्रो लाग्यो। कुनै नबोल्नी पात्रालाई पनि लोकल झोल पिलाएर बोल्ने बनाउनु लेखकको काइदा हो। अरु कथाहरु पनि जाओस, चिठ्ठी पत्र खोल्ने प्रयास गर्नु होस। कालेदाइ Last edited: 26-Mar-10 08:56 AM
Kaledai · Mar 26, 2010 8:14 AM
Mero pani Thank u hai...........thank you!!!!!!!!..........
STUPIDA · Mar 26, 2010 3:53 PM
thank u all...................त्यो चिठ्ठिको रहस्यमा अरु कुनै कथा नै थप्नुपर्ला जस्तो भयो !!!!
fucheketo · Apr 1, 2010 11:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion