[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 208686 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-12-10 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे मान के छ हौ


खै पुरे ले कुरा खुलस्त पर्ला जस्तो छैन


अनी अघिन सोधेको कुरा है - हिजो देखी चिच्याउने बाकस बहिस्कार -


चिच्याउने बाकस मुर्दाबाद मुर्दाबाद लौ जा त -


 
Posted on 01-12-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha laharepo raicha bichra pure lai fasauna khojne
 
Posted on 01-12-10 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


मुर्दार जिम्बाल मलाई फसाउने खोज्ने तिमी - मेरो नाम किन ल्या हँ


किच्कन्नी आयो भनेर तर्सेर भागने आफु - त्यही भएर गोठ पूजा गर्न ला होइन तिम्ले


 
Posted on 01-12-10 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaal baa jindaabaad.. jindaabaad.. ho bajey tei bajye ho... daakaa.. gaaunko bhaye bhar ko keti lai mohani laaya cha.. daakaa.... kulangaar lahare

bajye suntali sanga 1 maina ko laagi bepattaa huni gaai gui suneko thiyen maile.. yei aaune arko haptaa bhaagne plan gareko cha murdaar le.. aba kaan bhaagna laa bhane chaai tei murdaar lai sodhnu.. garnu hune nahune kaam gareko recha.. aba mukh lukaayera bhaagne bho asatti.. bujye murdaar lahare..  kaile saanu thulu, aile jaad rausi bhanera pachi laagni.. aile goth ma suntali lai.. ram ram ram ram .. khai ke bhannu ra.... dhut!!!!! besaram.. behayaa.. labastaro... feri byaa chaaine arko sanga garni re.. cheeeee.. Dil Chahta Hai ma sament saif ali khan samet etti ko thena holaa la... dhikkaarai bho lahare timi ta..
 
Posted on 01-12-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<किच्कन्नी आयो भनेर तर्सेर भागने आफु - त्यही भएर गोठ पूजा गर्न ला होइन तिम्ले>>>

bhaagya thaha recha murdaar lai.. bhanechi goth ma yei murdaar thyo.. hence proved.

ma sojho saajho baalakha lai fasaauna khojyaa recha.. hera.. asattti daakaa.. sakuni murdaar...


aba dudh ko dudh.. malai ko malai yaai bata bho ni...

 
Posted on 01-12-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...माथिबाट क्रमश...


दौडँदा दौडँदै लहरे तल्लो पाटोमा पुग्यो र एकपटक माथि जिम्मालको गोठतिर हेर्दै भित्ताको अडेस लाएर उभियो र लामो लामो सास फेर्न थाल्यो।
"न मलाई चिने कि बुढाले?"
लहरेले सशंकित हुँदै आफैँलाई प्रश्न गर्यो।
"हरे! के चिन्थे बुढाले, साँझ पर्न पा हुन्न बुढाको फुलो पर्या आँखाले आफ्नै जिम्मालनि त चिन्दैनन, तेसमाथि राति हुँदो के चिन्थे मलाई!"
आफ्नै कुराले लहरे अलि आश्वस्तव देखियो।
"अबुई! चिनेका भए त बित्याँस नै पर्छ नि!"
लहरे फेरि आत्तियो र केहि सोच्न थाल्यो।
" चिने पनि म हैन भनम्ला तेस्ता नलिखुट्टे बुढालाई घुमाउन के नसकौँला र मइँले!"
लहरेले आफैँलाई चित्त बुझायो।
लहरेको सास सामान्य भैसकेको थियो। बल्ल उसले सुन्तलीलाई सम्झियो!
ऊ फेरि आत्तिएको जस्तो देखियो।
"पुरेले थाहा पायो भने मलाई भुत्ते खुकुरिले छ्याक्क पार्छ!"
लहरेले मनमनै भन्यो।
"हेरम्ला हामि नि खुकुरिले छ्याक्क पारेको। मइँले केइ गर्या छ र,यसो जिस्किँदा लुसुक्क आउने तेइ सुन्तलीले गर्दा त हो नि!मया गरेसि मयाँले बाँधेर राख्न नि सक्न पर्छ मर्द भएसि!"
लहरेले फेरि मन बुझायो।
"घाट लाने बेला भा बुढोलाई क्यार्न राति हुँदो बाहिर निस्कन पर्या होला नि?"
लहरेले सुन्तलीसितको अघिको प्रणयमा बुढाले झाँजो हालेकोमा रिस प्रकट गर्यो!
" तर जे भयो ठिकै भयो, झण्डै पाप नै गर्न लागेछु, बिचरो पुरेको आत्माले नि सराप्थ्यो मलाई नत्र!"
मनमनै बोल्दै लहरेले आफैँलाई अँध्यारोमा नियाल्यो।
गोबरको तिव्र गन्ध असहनिय थियो।
उसका दुबै खुट्टा हातका कुहिनु र कपडामा जताततै गोबर लागेको थियो।
"कसैले देख्यो भने के भन्ला!पँधेरा गएर पखालेर घर जानु पर्यो! बरु राति हुँदो अँध्यारोमा बिचरी सुन्तली गोबर लाग्या लुगा लिएर कता जालि!"
उसको मनमा सुन्तलीप्रती सहानुभुति पलायो!"
मनमा कुरा खेलाउँदै लहरे पँधेरातिर लाग्यो।


...बाँकि पछि...


 
Posted on 01-12-10 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल !


लोल लहरे लोल !


कुरा चाँही केही बुझ्या भये मरिजाम ! सबैले लोल गर्या देखेर हास्नी त होला नि भनेर लोल ठोक्द्या मैले नि !


मान्य गन्य सबैलाई जदौ


 
Posted on 01-12-10 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


हैन यो बुढा किन जान्ने भा भन्या - सबै डेटेल मा किन भन्नु पर्‍यो - बुढा को काम नै के छ र -


के गर्ने मैले अब - खै के खै के


 
Posted on 01-12-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हैन यो बुढा किन जान्ने भा भन्या - सबै डेटेल मा किन भन्नु पर्‍यो - बुढा को काम नै के छ र ->>>



bhanechi sab kuro thik raicha.. daakaaaa asaatiii paapi lahare.. huna ta suntali mera koi parinan.. tei bhayera tauko dukhaauna ra parena maile.. tara bajye. bhauju bhauju bhandai aghi pachi laagni.. ani tei kuiyaa thutuno le.. chya chya chyaa chyaaa... dhikkaar lahare.. dhikkaaar.. aba timi sanu thuli lai ke anmaar dekhaaunchau....?? jaad rausi lai ke bhanera kura garchau? maaita gaaki lai ke bhanchau eh kulangaaar.... narka ma taato tel ma jhosna parni ellai

jimaal baa.. ekdam thik.. satya tathya agadi nalyaaye elle ma jasto sojho saajho lai kwappai khaancha... dhanna yo kaljug ma.. thuldaai jasto komal hridaya bhaa ra jimaal baa jasto satya tathyaa lekhni ra ma jasto gyaani guni manchey chan ra po ta.. natra yo lahare jasto hundo ho ta sab patan bhai sakthyo... yo duniyaa haami jasta ko bhar ma chaliraacha.. natra yo lahare jasto hundo ho ta.. khai ke bhannu ra....

la aba chaahi ma laagen.. jimmaal baako kuro saarhai chitta bujhera aako ma ta.. padhdai chaai garumlaa.. lekhna chaai ali nabhyaaiyela ki bhanne maanyaa chu

 
Posted on 01-12-10 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको सम्चार


गत हप्ता मदनवा को श्वास्थ चौकी मा बिर्खे जिम्बाल को आँखा को अप्रेसन गरेको थियो। यो कुरा जिम्बाल र मदनवा बाहेक अर्को तेस्रो ब्यक्ती लाई थाहा थिएन। विश्वस्त ब्यक्ती बाट थाहा भएको जिम्बाल को दुबै आँखामा गरेको अप्रेसन्बाट जिम्बाल अर्को हप्ता सम्म केही देखिन नसक्ने पनि जनाइएको छ। त्यही हुनाले जिम्बाल कालो ठुलो चस्मा लागएर बसेको र गत हप्ता देखी गाउ डुल्न नि नआएको हो। अर्को हप्ता मात्र बिस्तारै अली अली देख्न सक्ने कुरा को पनि रहस्य उदघाटन भएको छ। अहिले लाई एती नै फेरी भेटौँला धन्यबाद।


 
Posted on 01-12-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो देसी मदन्वे बाटाँ भेट के रे हिजो। सँधै , चैनी , जिस्काम्नी मुर्दार हिजो त "पुनटे दाजुको हमी सलाम करेछु" भुनेर, चैनी, छोरी माग्न आ झैँ अरी , चैनी, मस्का लाम्छ गाँठे! छोरी त के हुन्थो र मेरो, चैनी, पाम्न अघी नै तो धोबिनी पोइला गाकी हो के रे। भाको, चैनी, प्यारी बुइनी खुशी छे के रे। देसी बज्जेले आँखा गाधेको नि देखेकै हो। बुइनीको फुटा, चैनी, कोटको भित्त्री खल्तिआँ लुकार , चैनी, के ब्।यान ब्यानै रऔसी को हाँडिआँ मुन्टो गाढेर , चैनी मुन्टिस कि के हो, बज्जे? चैनी केलाई मस्का लाम्छस? सोधेको

अर बेलाँ , चैनी, खिसी उडाम्नि मेरो भुँडी, आज त उस्को "खाइलाग्दो साहुजि" जस्तो भो उल्लाई। खप्पर नि चैनी सुम्सुमाउँदै, "हजाम से भि पेसा बचेँछ हुजुर्को" रे!

"चोतारी लोगन हामीको बहुत टेन्स्नवा दिएछ हुजुर! पाइखाना बसुम ढक् ढक, अनी सोस्थानी लेखुम बक बक करीलियो। कथि को भियावने हमी? ढक् ढक् र हुजुर बक बक ले वाक वाक आएछ। गोरा शाहीब मालिक हुजुर्को काम करे छेन तो फिर पेट भरेछेन।" भुनेर चैनी बिलाप्न थालो बज्जे त।

काम पाइनस ब्वारि भईँसीको कन्नो क्न्या भने झैँ अरी चैनी सोस्थानी को आर्को अध्हे हाम्ले लेख्दिनु परो रे। के था चैनी कुन दिन फिरी जवाइँ नै बन्ने पो हो कि? लेख्दिनै परो ....

 
Posted on 01-12-10 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको सम्चार


बिर्खे जिम्बाल को गोठ मा हिजो राती भएको के त - ल आउनुस् यो कुरालाई क्लियर पारम। अहिले हामी माझ हुनु हुन्छ माइली बुढी मुर्कट्टा


लहरे : भएको के त हिजो राती


माइली बुढी : के हुनु नि बाबु, कस्तो कस्तो आवाज आएको थियो - गाई भैंसी कराको कराइ - किच्कन्डी नै आएको हो बाबु यो त, आज चाँही पूजा पाठ नगरि भएन,


लहरे : गएर हेर्नु भएन त के भएको रैछ भनेर


माइली बुढी : के कुरा गर्छु यो असत्ती लहरे, एस्तो ज्यान छ - केही गर्न सक्नी होइन, किच्कन्डी ले एकै छ्याक मा च्याट्ट पार्दैन मलाई, तेरिमा मलाई मर्न जा पो भन्दो रैछ


लहरे : त्यसो भन्या हैन बजै - कुरै नबुझी बजै पनि


माइली बुढी : अनी के भन्या त त्यो तिम्रो थुतुनो चलाएर


लहरे : जिम्बाल छ नि जिम्बाल - जिम्बाल गएन हेर्न


माइली बुढी : कोही नगएर त्यो बुढा जान्छ भन्ठान्या तिमीले, कस्तो पोइ पाइयो भन्देखिन हेsss भगवान, अर्को जन्ममा अली बहादुर हिसी पर्या बुढा पाम,


लहरे : जिम्बाल गएन - फेरी जिम्बाल गाउ भरी आँफै गएर हेरेको भनेर कुरा लाउदैछ त, के कुरा हो बजै प्रस्ट पार्दिनुपर्‍यो


माइली बुढी : त्यस्ता बुढा को कुरा सुनेर नि हुन्छ, आवाज आउन साथै थुर थुर कामेर बुढा, जाउ हेरेर आउ बुढा भन्दा तेरो चुरा फुटाउन मन भए मलाई पठा नत्र नकरा भनेर भन्नै लाज हुने गरी डस्ना नै भिजाइदियो नि - उ त्यही डस्ना सुकाउम्न लाग्या मैले - जल मात्र होइन मल पनि हाल्द्या छ र पो - कसरी धुने होला हरे शिव - जे गरे पनि मै बुढी लाई दु:ख हरे शरणम


लहरे : ल दर्शक ब्रिन्द राती के भारैछ यहाँ हरु ले माइली बुढी कै मुख बाट सुनी हाल्नु भो - कुरा क्लियर कट भइहाल्यो केरे - अहिले लाई एती बाँकी पछी फेरी भेटौँला नमस्कार।।।।।।।।।।।।।।।।।।।।।।।।। 

Last edited: 12-Jan-10 12:53 PM

 
Posted on 01-12-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..माथिबाट क्रमश...


पुरेले फेरि कोल्टो फेर्यो। उसलाई अझै सजिलो भएन।
रातको ११ भन्दा बढि बजिसकेको थियो तर निद्रा पुरेका आँखा बाट कोशौँ टाढा थिए। उसको र सुन्तलीको घरको आँगन एउटै भए पनि आज बेलुकि देखि नै पुरेले सुन्तलीलाई देखेको थिएन। बेलुका साँझ पर्ने बेलातिर उसले सुन्तलीकी आमा, सुन्तलीको बाबु र भाई सबैलाई देखेको थियो तर सुन्तलीको पत्तो थिएन। साँझ देखि नै उसको छटपटि बढेको थियो। दिनहुँ पटक पटक आँखा जुधाउनु, मुसुक्क हाँस्नु, सुन्तलीका हरेक चालहरु नियाल्नु उसकोलागि कुनै अम्मल जस्तै भैसकेका थिए। उसलाई सुन्तलीको एक एक जोर लुगाहरुका रंग र किसिम कण्ठ थिए भने सुन्तली कतिबेला के गर्छे पनि सबै उसलाई थाहा भैसकेको थियो। प्रत्यक्षत:उनिहरु त्यति बोलेका कहिले पनि थिएनन तर मनमनै कयौँ पटक पुरेले सुन्तलीलाई सहयात्री मानेको थियो। पुरेले जीवनको जुनसुकै कुरा कल्पना गर्दा पनि अन्त्यमा सुन्तलीमा पुगेर टुङ्गिन्थ्यो। उसले सुन्तलीलाई हेर्दा ऊ बोलिदिए हुन्थ्यो भन्ने सुन्तलीको आशय कयौँ पटक पुरेले बुझेको थियो तर उसले न हिच्किचाई बोल्न कहिले पनि सकेको थिएन, तर पनि ऊ ढुक्क थियो किन भने सुन्तलीको आँखामा ऊ प्रतीको प्रेम उसले देखेको थियो र ऊ शायद आफू बोल्न सक्ने नभए सम्म कुर्नको लागि तयार देखिन्थ्यो। एक किसिमले भन्ने हो भने पुरेको आन्तरिक मन शायद अलिकता त्रसित थियो र ऊ पहिलो पहल सुन्तलीबाट होस भन्ने चाहन्थ्यो। उसको नजर जुधाई र मुस्कानको प्रेममा ऊ कुनै चलचित्रको दर्शक जस्तो थियो जो आरामदायी कुर्सिमा बसेर आफूअगाडिको दृष्यमा आफूलाई देख्दथ्यो। उसको अगाडि भर्खरै पस्किएको भात थियो जुन उसले कुनै पनि समयमा लिएर खान सक्दथ्यो तर ऊ कसैले कोखाई कोखाई गरेर खुवाउने पर्खाईमा थियो शायद!
"कता गई होलि?"
कोल्टे फेर्दै उसले सुन्तलीलाई सम्झियो।
"न कुनै झिल्केले हरेर लग्यो कि?"
कल्पनाले उसको छातिमा कतै तातो र अमिलो दुखाई जन्मायो।
"ह्या हैन,कतै गईहोलिन मामाघर सामाघरतिर नत्र त तेसका आमा बाउ छटपटिएर खोज्न गइआल्थे नि!"
पुरेले मन बुझायो।
" जो सित नि मस्केर बोल्छे फेरि!"
पुरेको छाति फेरि पोल्न थाल्यो। अस्ति उसको आँखा अगाडि सुन्तलीकै घरको आँगनमा लहरे सुन्तलीसित जिस्किएको उसले आफ्नो घरको बार्दलीबाट हेरेको थियो। लहरेले केहि भनेको सुनेर सुन्तली खुलेर हाँसेको थिइन र लहरेको हातमा प्याट्ट पिटेकि थिइन्। यो दृष्यले उसको मुटु उफारेको थियो र ऊ बार्दलीको ढोकामा छेकिएर बाहिर आँगनको दृष्य हेरिरहेको थियो। तत्कालै लहरेले सुन्तलीलाई कतै चिमोटिदिएको थियो र सुन्तलीको मुखबाट निस्किएको रिसमिश्रित चिच्याईसंगै पुरेको छातिमा तातो लहर कतै घुम्दै उसको मुटु जोडजोडले धडकिएको थियो, उसका खुट्टा हलुंगा कतै उडेको जस्तो उसले अनुभव गरेको थियो। त्यसपछि तुरन्तै केहि भनेर हाँस्दै लहरे त्यहाँबाट हिँडेपछि बल्ल ऊ बार्दलीमा देखिएको थियो।
"त्यो मुरदारलाई त तेसको जुल्फि समातेर खोलाको ढुङ्गामा पछार्छु म!" यति भन्दै सुन्तलीले पुरेलाई मायाले हेर्दै घरभित्र छिरेपछि बल्ल पुरेको मुटु ठेगानमा आएको थियो।
"जिस्किने ठिटाहरुसित त बिचरी रिसाउँछे नि!"
पुरेले फेरि कोल्टे फर्कँदै मन बुझायो।
" तर लहरे बजियाले चिमोट्यो!"
पुरेले फेरि लहरेले सुन्तलीलाई चिमोटेको सम्झियो, उसको छाति पोल्यो!अहँ उसलाई सजिलो भएन।
ऊ उठ्यो र भान्सामा गएर गाग्रिबाट पानी सारेर एक अम्खोरा पानी घुटुघुटु पियो र अर्को अम्खोरा पानी लिएर बाहिर आँगनमा आएर मुख धुन थाल्यो।
मुख दोएर एकछिन त्यत्तिकै टोलाएर उभिइरह्यो।
खुल्ला आकाश थियो र चन्द्रमा आफ्नो आधा उज्यालो पोख्दै आकाशको सुन्दरतामा आफ्नै चाँदनी भएकोमा गर्व गर्दै थियो। तारा हरु आकाशभरि छरपस्ट चमचमाउँदै थिए र  झ्याउँकिरि र राति कराऊने किराहरुको आवाज ले रातको निस्तब्धता चिर्दै थिए। उसलाई बाहिरको वातावरणले हल्का महशुस भयो।
कुन्नि के ले गर्दा हो पुरेको नजर आँगनको डिलतिर गयो।
एउटा छायाँ डिलबाट सुन्तलीको घरतिर जाँदै थियो। उसले छायाँले नै सुन्तलीलाई चिन्यो।
सुन्तली भुइँ हेर्दै फटाफट घरतिर जाँदै थिइन्।
सुन्तलीले ढोका उघारीन र भित्र पसेर ढोका लगाऊने बेलामा उनले पुरे आफ्नो घरअगाडि उभिएको चाल पाउँदा ढोका लागिसकेको थियो।
गोबरको तीव्र गन्ध पुरेको नाकमा पस्यो।
अवाक् पुरे, सुन्तलीको घरको बन्द ढोका क्वार्क्वार्ती हेर्न थाल्यो!


केहि बेर पुरे सुन्तलीको ढोका हेरेर बस्यो र निकै बेर झ्याल वा ढोका कुनै खुलेर सुन्तलीको दर्शन पाऊने आशामा बस्यो।
रात उस्तै निस्तब्ध रह्यो तर ढोका वा झ्याल केहि खुलेनन्।
पुरेको छटपटि बढ्यो। उसका मनमा कयौँ प्रश्नहरु उब्जिए। कयौँ प्रश्नका उत्तरहरु उसको आफ्नै मनले दिए भने कयौँ प्रश्नहरु अनुत्तरित रहे।
पुरेलाई धेरै नरमाईलो लाग्यो। उसलाई भित्र गएर सुत्न मन लागेन, ढोका ढप्क्याएर ऊ एकातिर लाग्यो।
उसको घरबाट तेर्सो गएपछि बाटो ओरालो बाटोसित मिसिन्थ्यो। ओरालो झरेपछि केहि तल पँधेरा थियो भने माथि गए गाउँको पुर्वि भाग भेटिन्थ्यो जहाँ जिम्माल बुढाको घर थियो।
पुरे दोबाटोमा पुग्यो। ऊ त्यहाँ पुग्दा पुग्दै उसले एउटा मानिसको छायाँ माथिबाट दौडँदै ओरालो झर्दै गरेको देख्यो।
पुरे डरायो।
छायाँ पुरे भन्दा अलिकता परबाट दौडँदै ओरालो झर्यो।
जुन त्यति उज्यायो नभएता पनि ओरालो झर्ने क्रममा छायाँको अनुहार अलिकता टल्कियो।
पुरेले अँध्यारैमा भए पनि लहरेलाई चिन्यो। उ चकित भयो।
यहाँ पनि उसको नाकले गोबरको तीव्र गन्ध महशुस गर्यो।
पुरेको मुटु जोडजोडले धड्किन थाल्यो।
उसले धेरै कुरा बुझ्यो!


...बाँकि पछि...


 
Posted on 01-12-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


लोल लोल लोल
कती छिटो लेख्न भ्याएको भने, आफुलाई पढ्न सकस।


अर्को चौतारी बनाउने हैन ??


 
Posted on 01-12-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


त सुसरा पिलानके मुताबिक सवसथानिके आइजको अधेय पुनटे बुह्रो बकने वाला छ।


छि छि छि लहरे दाजु कथि करिहाल्नु भएको तपाइँले? हमि सोचे थिएन कि तपाइँभि ऐसन कर्छ!


जे राम जि कि।


 
Posted on 01-12-10 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल - अन्त पुरे ले के बुझ्या हाँई



छि छि रे मदनवा - अहिले कालो मुख लाई रातो बनाइदिन्छु अहिले थाहा पाउछ


तिम्ले केटी पाएन भनेर म पनि केटी नपाम


तिम्ले केटी लाई जिस्काउन पाएन, चिमोट्न पाएन भनेर म पनि हात बाँधेर बसम


अब गोँठ को कुरा के भनाइ भो र -


 
Posted on 01-12-10 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरी सोस्थानी बरत कथा -- अद्धे चैनी कती पो हो कुन्नी?

कुमारे ले अग्ग्या गरेछ , चैनी, हे अगस्तमुनी ! पुन्टे मार्सापलाई पो जिम्मा सुम्पेर, चैनी, सुइँकुचा ठोकेछ तो देसी? मदनेको चैनी यो जिम्मा सुम्पिनु को रहस्से चैनी म सुनाम्छु तिमीलाई, दत्त र चैनी एक चित्त ला'र चैनी धेन ले सुन।

हजार जिब्रा भे का तो चैनी सेस नाग्ले त चैनी बयान अर्न कठिन मानेका हाम्रा जिजु दाजु पुन्टे लाई चैनी जिम्मा सुम्पेर मदने चैनी बजारतिर ला'छन। पुरब जूनी देखुन चैनी अईमईको फरिया पनि सुँघ्न नपा'का ब्वासो धसेका भङ्गेरी चैनी मदने ले चैनी हिजो रातमा बडेमान् को चैनी चानस पाएछ गाँथे! अन्खेरुन, भेट्न, ख्वाम्न, पिलाम्न, चैनी अन्खेरुन चानस पाये बिहे अर्न भनी सोस्थनी लेख्न छोडेर चैनी लागेछन नेपाल खाल्डाँ र्'को चिअनी रिमी झिमी टोल् ठमेल तिर। भेट भ'छ के रे। अर्बेलाँ लड्डु हुसुर्ने तो देसी चैनी तो बेलाँ भाङ को डल्लो हुसुर्दा भया। अनी चैनी अर्बेलाँ दुध मत्त्र पिम्नी देसी तो बेलाँ छ्याङ पिम्दा भया।

लग्भग तीन पुस्ता मक्कर कसी धाएका देसी को सपना कि परी पनि कहती रे भन्देखुन, हेर्दा आँखै गुलाब बन्नी। छाम्दा आफ्नै ज्यान पग्लिनी, सलक्क कपाल भाकी, मसक्क हाँस्दा लाल्टिन् नै बल्नी, चुम्दा स्वर्गइ पुग्नी। फरेन भेस अप्ना'र चैनी मात्तिएनी नाइ। सारी ला'र आकी। नाइटो चैनी देखाकी। बुलोच चेतिएला झैँ फुल्लेकी।

तेहाँ उपरान्त चैनी मदने मक्ख। क्यारी चैनी पट्टो, किन चैनी पट्टो, उस्को धेनाँ अाइनच के रे। खुवएछ , पिलाएछ, चौतारी बासिलाई भोली पल्ट चैनी देखाम्छु भन्नि सपना ले चैनी, रेस्तुराँ को ओवेन मा चैनी सात फेरा लाचन। तरुनी ले'र। पिरेक्टिसवा जो करेने को परेछ, सादी को टेम् मा लोगन के साम्ने शरम हो ने को छेन भुनेछ के रे।

रातको चैनी दो पहर हुँदी, चैनी, घर जाम भुन्दा चैनी, सुन्दरी ले चैनी होटेल जाम भन्दा हुँदी। अर्बेलाँ दुनियाँको साम्ने सोझो के रे, रात्को अँधेराँ चिअनी कोल्ले पो देख्लान र भन्ने पापिस्ट मदनेको मनँ छ्वास्स पर्दा हुँदी। खप्न नसकेक, अनी मात लागेका मदनेले चैनी हुतेल सम्मा नि क्यार्न चैनी कुर्नी? अँधेराँ कोल्लले पो देख्लान भुन्दै चैनी ति परस्तरी माथि चैनी झम्टिँदा भया। एकै मट्याङ्रा, एकै चरी जस्ताइ सिधै मुखाँ मुख जोडी चैनी बातावरण चुम्बनिय भया।

छनिक आनन्द पछी चैनी मदनेलाई कसो कसो भया। तो मैया को जिब्रा सारो सारो लाग्दा भया, यस्ता कि मदनेको मुखाँ ढिँडो ओडाल्दा जस्ता। चैनी पाखुरा सुम्सुम्याउँदा डाँडा काँडा, भञ्ज्याङ जस्ता भया। गाला सुम्सुम्याउँदा चिअनी खाक्सी जस्ताइ लाग्दा भया। बातावरण चैणी जटी जटी चुम्बणिय हुँदी, मदनेको आँखा उती उती बल्देङ्रा भया, मानोउँ चैनी त्यहीँ कतै उन्ले भुत देख्दा सातो जाँदा हुँदी।

रात भर चैनी बोली नफुटाकी ति "कोमल सुसिल" स्वबाभ को भरम मा पारेकी "सुन्दरी" ले चुम्बण पस्चात् "ओ मदनवा! अइ लोप यु!" बोल्दा आकासे चैनी गर्जन सुन्दा, मदने थु थु अर्दै चैनी त्याँसी भागदा भया। "अरे बापरे! हामी तपेस्सा ज्यादा करेछु, लर्की खोजेछु त लर्का मिलेछ, हँ?" भन्दा भया!

त्यसैले, दाजु भाई दिदी बहिनी हरु, कुनै चै कुरो को लालच त लोभ लाई त्यागी सिरी सोस्थनी को कथाको करम नपन्छाये टाईमरु भर भुरी को चैनी सिरी भगवान शिवले चिअनी कल्याण गर्दा हुन। हाम्रा ज्यस्थ दाजु ठुल्दै को भाकाँ भन्नु पर्दा चैनी, सोस्थनी को जिम्मा अरुलाई, बित्यास परो गोरुलाई। जिम्मा पुन्टेलाई सुम्पी बिग्रेथे, काखमा परो भुस्तिघ्रे!

इती सिरी एेस्कन्दे माघ महात्मे
सिरी सोस्थनी बारात कथाये नमह!

 
Posted on 01-12-10 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को प्रश्न -


 



1- गोबर को गन्धले कुन चाँही सोबर को पिनास ठीक भयो ??


2- लिपिस्टिकको दाग बारे काग लाई थाहा हुनु र आग झै फैलिनु मा कस्को हात छ ??


 
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल पुन्टे दाई महा लोल


भनेछी


छि छि छि मदनवा कथि करिहाल्नु भएको तिमीले? हमि सोचे थिएन कि तिमीभि ऐसन कर्छ!


केटी पाएन भनेर सिधै केटा लाई छि छि छि

Last edited: 12-Jan-10 01:49 PM

 
Posted on 01-12-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


ऊ पुनटे बुह्रोके बातपे गियो लहरे दाजु तपाइँ, ऊ बात वैसन छेन, बात अथि छ कि पुनटे बुह्रो अफ्नो आपबिति बोलेछ, पर शरमके मारे हमरो नाम बिचमे लियाएछ।


गावँलेलोगन हमि सिधा देहारि एक्टा चोतारी बनाएछ पेलिबार, उधरको चइलके पवितर बनाइदिनुहोस चोतारीको!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters