full_maya
Replies to this thread:

More by full_maya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 jhandai kutakut
[VIEWED 10921 TIMES]
SAVE! for ease of future access.
Posted on 10-15-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँग्रेसमा झण्डै कुटाकुट

Filed under: समाचार/विचार — admin @ 11:09 am

गिरिजापुत्री सुजातालाई उपप्रधानमन्त्री बनाएपछि काँग्रेसमा झण्डै कुटाकुट कै स्थिति आएको छ। हिजो केन्द्रीय कार्यसमितिको बैठकमा कुटाकुट नै त भएन, तर वाकयुद्ध भने चर्कै भएछ। एकले अर्कालाई शब्दवाण फ्याँकेछन्। नरोकेको भए त कुटाकुट नै हुनेसम्मको स्थिति आउँथ्यो रे। आज प्रकाशित सबै पत्रिकामा यही खबर छ। त्यो दृश्य हेर्न पाएको भए त नेपाली जनतालाई निःशुल्क मनोरन्जन हुने रहेछ। तर पत्रकारको प्रवेश निषेध गरिएका कारण कसैले त्यो दृश्य खिच्न पाएनन्।

अरु बेला भए बैठक सैठकको त्यति वास्ता नगर्ने सुजाता हिजोको बैठकमा भने विरोधी सबलाई ठिक पार्छु भन्दै सुरिएर आएकी रहिछिन्।


सबभन्दा बढी बाझाबाझ चाहिँ संसदीय दलका नेता रामचन्द्र पौडेल र सुजाता कोइरालाबीच भएको रहेछ। पौडेलले बोल्न खोज्दा सुजाताले रोक्न खोजेछन्। मलाई रोक्ने तपाईँ को भनेर पौडेलले भनेका रहेछन्। सुजाताले पनि मेरो नियुक्तिमा प्रश्न उठाउने तपाईँ को भनेर आक्रमण गरिछिन्। टेबल ठोकाठोक निकै भएछ। कुट्न खोजौँला झैँ गरेर सुजाता सुरिएर अघि बढेपछि स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले रोकेका रहेछन्।

पार्टीको सामूहिक निर्णयको सट्टा सभापतिले एक्लै निर्णय गरेको भनी सदस्यहरुले आपत्ति जनाएका थिए। यही विषयमा छलफल गर्न बैठक बसेको थियो। त्यसो त सुजाताको नेतृत्वमा सरकारमा जाने निर्णय पनि पार्टीले नभई गिरिजा एक्लैले गरेका थिए। त्यस विषयमा पनि काँग्रेस नेताहरुमा असन्तुष्टि थियो।

गिरिजालाई भने पर्नु आपत परिरहेको छ। तनावका कारण हिजो विराटनगरमा पुगेका उनले कार्यकर्ताले दिएको फूलमाला समेत स्वीकार गरेनन् रे। पत्रकारहरुसँग पनि बोलेनन् रे। अस्ति भर्खर केन्द्रीय कार्यसमितिले सभापतिले नगर भन्दाभन्दै महासमितिको बैठक गर्ने निर्णय गरेका थिए। भन्नेले त त्यसैको साटो फेर्न छोरीलाई तुरुन्तै उपप्रधानमन्त्री बनाएको पनि भन्दा रहेछन्। उपप्रधानमन्त्री बनाएको खबरपछि पौडेलले सरकारलाई समर्थन फिर्ता लिनेसम्मको धम्की दिएको खबर पनि आयो।

हिजोको बैठकले सभापति कोइरालालाई नै अगाडि राखेर छलफल गर्ने निर्णय गरेछ। त्यो बैठकमा कोइरालाले के भन्ने होलान् ? किन त्यस्तो गर्नुभयो भनेर सोध्ने आँट राख्लान् त यी नेताहरुले कोइरालालाई ? खै शंका नै लाग्छ।

आइन्दा संस्थागत पद्धति बिना यसरी व्यक्तिगत निर्णय नलिइदिनुहोस् है भनेर आग्रह गरिने होला। सरकारबाट समर्थन फिर्ता लिने जस्ता कुरा चाहिँ आवेशका कुरा मात्र हुन्। त्यो हावा कुरा मात्र हो। गिरिजा जस्ता देश खाएर शेष भइसकेका नेताले यो कुरा नबुझेका हुन् र। त्यत्तिकै उनले यस्तो निर्णय गर्छन्। कि कसो, के लाग्छ तपाईँहरुलाई ?


 
Posted on 10-15-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fool माया जि,
तपाईंले समाचारको श्रोत खुलाउन बिर्सनु  भएछ कि त्यो समाचार आफैले लेख्या हो ? 

 
Posted on 10-15-09 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

full maya ho ki fool maya? khulaunu paryo samachar ko source!
 
Posted on 10-15-09 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

www.mysansar.com

sorry guys

 
Posted on 10-15-09 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saale Poudel.. ke ko kich kich... simply he should ask for one thok from Sujata.... then have fun... ha ha 

 
Posted on 10-15-09 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ms. FOOL maya,


Never ever trust mysansar.com. That web site is the most pessimistic and distrustful in the world. They are also against dual citizenship.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
अब के हाेला त?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters