जय Facebook!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मैले आज गएर एअरपोर्टको एउटा ठुलो hangar रेन्ट नगरी भा छैन। "किन?" भन्ने लागिरा होला। यो वीकेन्ड facebook मा १७ वटा घर जाने प्लेन उपहार आको रैछ । अब उपहार जस्तो कुरो फाल्न नि भएन (फाले नि का फाल्ने?), राख्नलाई public storage मानि नअट्ने। अनी चाहिएन त hangar? अहिले facebook लाई जती दसैं खाध्य सँस्थानलाई पनि लागेको छैन होला। खाध्य सँस्थानले त खसी, बोका, चामल इत्यादी को मात्र ब्यबस्ता गर्छ नि, facebook ले त के के को मात्र ब्यबस्ता गरेको छैन-- जमरा देखी केटालाई नयाँ लुगा, केटीलाई नयाँलुगा, लाम्काने खसी, सेकुवा, भगवान थान, तास, पिङ ......you name it! मलाई त "बिज्ञाने बिदुरे भवतु भवताम किर्तिस्च नरायणे" लाई पनि चेन्ज गरेर " बिज्ञाने न्युटने भवतु भवताम किर्तिस्च फेसबुके" गर्न मन छ। हुन त म यती सार्हो जान्ने हुनु नहुने हो। मैले यो श्लोक शुद्ध भन्न जानेको धेरै भाको छैन। पैले पैले म "बिज्ञाने बिदुरे भवतु भवताम सिकिस्त नरायणे" भन्थें--- बिचरा नारायण! जस्तो लाग्छ अचेल। हुन त facebook लाई दसैं मात्र लागेको हैन। २,४ हप्ता अगी तिज पनि गतिलै लागेको थ्यो। facebook मा म्यासेज हेर्दै थिएँ, एउटा यस्तो रैछ "if fasting is your cup of tea then go for it gal, if not then don't try to be SATISABITRI" रे। "AMENNNN"......भन्यो मनले तर त्यो म्यासेज सुझाब, चेतावनी, शुभकामना मध्धे के थियो बुझ्न सकिन। निक्कै बेर घोरिए पछी मलाई त्योम्यासेज मोनालिसाको मुस्कान जस्तो लाग्यो। मैले अहिले सम्म मोनालिसाको मुस्कान किन त्यती प्रसिध्द भाको भन्ने बुझ्या छैन। उसो त मैले बुझेका भन्दा नबुझेका कुरा धेरै छन, त्यसमा यि दुइटा थपिएर के फरक पर्यो र ? इन्फिनिटी मा दुई जोडे पनि इन्फिनिटी नै हो भन्ने गणितिय अक्कल लगार "happy teej" लेखेर पठाइदें। ए साँच्ची शुक्रबारको कुरा- कामबाट घर पुगेर भारी बिसाको मात्र के थें फोन आयो। "ओइ के गर्दै छस?" "के गर्नु? भर्खर कामबाट आको" मेरी भुतपुर्व रुम पार्टनरले गरेकी "शुक्रबार पनि यती बेला सम्म काम गर्छ कोही? म त ४ बजे नै हिन्दें" "तेरै छ मोज" "अस्ती long weekend मा कहीं गैनस?" "गैन काइ--अस्ती भर्खर त्यत्रो घुमेर आको--घरै बसें। तिमीहरु त घुम्न गका रइछौ--फोटोहेर्या थें मैले facebook मा" "फोटो हेरिस तैले--कैले हेरेको?" "खै monday हो कि tuesday" "मैले आइपुग्ने बित्तिकै upload गरेको--- किन comment नगरेकी त?" "अब के comment गर्नु--घुम्न गएछौ--रमाइलो भएछ भन्ठाने" "मलाई कस्तो देख्या छ त्यो हल्टर लाउदा?" "राम्रो देख्या छ तर तँ अस्तिनै भन्दा अली मोटाइ छस" "ला हो र! धेरै मोटी देख्खेको छ हो?" "हैन हैन मलाई त्यस्तो लाग्या मात्र होला" "मोटाइछस भनेर comment नगर है फेरी, तेरो त केही भरोसा छैन" facebook ‍ "अनी भर्खर गर भन्या हैन त ?" "comment त राम्रो राम्रो पो गर्नु पर्छ, अरुले notice गरेका रैन रैछन् भने पनि गर्छन् " "हरे!" "अनी तिमीहरु अस्तीनै घुम्न गको फोटोहरु किन नराखेकी त?" "कती धेरै फोटो छ यार--- मसँग त्यो फोटो छानेर facebook मा upload गर्ने जाँगर छैन ---बरुतलाई ईमेलमा attach गरेर पठाइ दिउँला २,४ वटा" "कस्ती रैछे---राख न--म comment गर्छु नि" "अब ईमेलमै comment गरेर पठा न" "ह्या ईमेलमा comment गर्न मजा आउँदैन क्या" "हे छोड् दे यो फोटो सोटोको कुरा--यो weekend के छ तिमीहरुको plan? सौरभको  के छ हालखबर? " "उस्को सब ठीक छ--आज उस्को आन्टिको छोराको birthday छ--त्यहीँ जान लाको हामी" "लौ लौ have fun" "ल ल म फोटो रख्छु नि facebook मा--हेर न" "हाहाहा---ल ल" "ल त तँ पनि भुजा सुजा पकार खा अब--फेरी त्यतिकै काउचमै निदाउने हैन" "हस हजुर हस---" हाम्रो  वार्तालाप सकियो। फोन राखी सके पछी सबै कुरा एक चोटि remind गरें। हामीले गरेका कुरा मध्ये ९५% भन्दा बढी facebook सँग सम्बन्धित थिए। तेस्को कुरा सुनेर " how come everybody in facebook look so cute?" भनेर जीरा दाई (दाइ भन्देछी आफ्नो उमेरको पीर गरीराख्नु परेन नि) ले यही साझामा लेख्नु भाको सम्झे। हो दाई हो, सोर्है आना सही--अब त्यस्तो warning आए पछी सबै जना cute हुने नै भए । यस्तै positive comment सबैले सबैलाई गर्ने भए संसारमा कसैलाई depression ले छुने थिएन। Birthday पार्टीमा जाने भन्दा याद आयो- facebook को अर्को महत्व पूर्ण event "Happy Birthday"--अब टाढा भका अथवा सधैं संपर्क नहुने साथीभाइ, नातागोता लाई birhtday को दिनमार्फत "Happy Birthday" भन्दा मेरो केही गुनासो छैन तर एउटै घरमा बस्नेश्रीमान/श्रीमती, प्रेमी/प्रेमिकाले "Happy birthday baby....you are my sweetheart"--- "Happy birthday baba....I love you" लेख्या देखेर चै अचम्म लाग्छ भन्या। "कृतिम माया प्रदर्शन" भन्छ त्यती बेला मेरो मनले। no offense है फेरी। अब facebook मा आफुलाई मन लागेको कुरा लेख्नपाउनु तपाईंहरुको अधिकार --याँ मैले गफ लाइरा बेला मलाई लागेको कुरा लेख्न पाउनु मेरो अधिकार। चित्त नबुझेको खण्डमा लास्टाँ comment गर्न पाउने तपाईंहरुको अधिकार सुरक्षित छँदैछ। ए त्यो "what's on you mind?" को कुरा पनि गरौं न अब सुरु गरे पछी। कस्तो खतरा खतरा कुरा आउने बाबै सबको दिमाख मा? एक जनाले यस्तो लेख्या रइछन "The perfection of wisdom, and the end of true philosophy is to proportion our wants to our possessions, our ambitions to our capacities, we will then be a happy and a virtuous people"--फस चोटि पढे पछी अहा! हो त नि हैजस्तो भा थ्यो, दोस्रो चोटि पढ्दा अली अलमलिएँ, तेस्रो चोटि पढ्दा त ठ्याम्मै केही बुझ्याहैन। मेरो मात्र दिमाख किन यस्तो खाली हो? आफ्नो त अङ्रेजी पनि better game परेको बेला एउटा पनि sequence नमिलेको तास जस्तो छ। भगवानले पनि किन सौताको छो-छोरी लाई जस्तो व्यबहार गरेका होलान भन्ने सोचले बिरक्तिएर ceiling तिर हेर्दै थिए, झ्वास्स एउटा idea आयो। "why I am blank?" लेख्दें मैले पनि। मलाई facebook का केहि कुरा मन नपरे पनि सबै कुरा मन नपर्ने चैं हैन नि फेरी। उहिले उहिले जामा लाएर सँगै स्कुल जाने साथीहरुको अहिले जामा लाउने भुन्टिहरु देख्दा रमाइलो लाग्छ। अनीपहिले प्रेम पत्र दिन आउने अनी आफुलाई पनि दिउँ दिउँ लागेका लिखुरे केटाहरु अहिले डम्म भुँडी लाएर बुढीलाई अँगालो मारेर खिचेको फोटो हेर्न पनि खुब रमाइलो लाग्छ। आफ्नो राम्रोफोटो profile picture बनाउन पनि जाँगर चल्छ। अब के गर्नु त? समाचार उही हो- ओबामाको health care reform,माइकल ज्याक्सनको सम्पत्ती कस्ले कती पाउने, स्वाइन फ्लु कता सर्यो, जोन र केटले के के गरे, परमानन्द झाले किन नेपालीमा सपथ लिएनन, बाढि पैरोले कतीजना मरे-- कती सुन्नु? बरु laptop समात्यो अनी सुरु गर्‍यो--जय Facebook! Last edited: 22-Sep-09 11:31 AM

nakkali keti · Sep 21, 2009 12:14 PM · 49,829 views

29 Replies · Showing 21 - 29
Page 2 of 2

नक्कली केटी सँग एही दशै मा म्यारिज खेल्नु पर्‍यो जस्तो छ सबै better गमे गरेर खेल्ने है आउँदा ग्वाम्मै आउने जाँदा पनि त्यस्तै जाने के बिचार  छ त - पोइन्ट को कती ले खेल्ने -

serial · Sep 23, 2009 4:07 PM

serial, mero english testo bhayo bhandaima taas nai naparne chai haina ni.....dashain mero paisaale manaula bhanne bichhar garyaa hola? be careful.....

nakkali keti · Sep 23, 2009 4:15 PM

आशै आश मा दशै बित्ने भो बिचार  त नेक नै थियो मेरो -

serial · Sep 23, 2009 4:25 PM

लेख भन्दा कमेन्ट झन  राम्रो झन हसाँउने  --यस्तो थाहा पाएको भए म पढेर चुपचाप बस्दिनथे हे हे हे  !  

miss_ me · Sep 23, 2009 4:46 PM

Dherai pachi Sajha ma refreshing guff/kura padhna paiyo. ThaqDhaneebaad!

kancho · Sep 24, 2009 12:48 AM

malai ta yo page lai nai  facebook ma link dina man lagyo... 

bhariya · Sep 24, 2009 1:57 AM

Serial Normal 0 false false false MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} त्यसरी आशै आशमा दशैं खेर नफालौ । बरु जो जो भेटिन्छ बाँड्दै गरौ, म आम्दै गर्छु .... miss_me के छ हालखबर ? पढेर कमेन्ट नगर्ने भन्या त दशैमा टिका लाईदेर दक्षिणा नदिने जस्तै हो नि। टिका थाप्ने मान्छेलाई त जती धेरै दक्षिणा भयो त्यती रमाइलो नि है ? thanks for reading.... kanchho refreshing लाग्यो ? मैले mint पनि हालेको थिएँ अलिकती ......refresh गर्न सकेकोमा खुशी लाग्यो ..... एउटा भाषाले मार्न लाग्या थियो फेरी यो  के भाषाको शब्द होला नि ? bhariya नाम पनि भरिया अनि यताको सामान उता सार्न मन पनि लागी हाल्ने रैछ फेरी....thanks for reading

nakkali keti · Sep 24, 2009 3:47 PM

शब्दहरु सही छनौट गर्न जानेएउ नक्कली सबैका माया पायौ अङाली मान्छे हो तिमी सकली या नक्कली ? कुरो छ है रमाइलो  मानी नेपाली 

subrath · Sep 24, 2009 5:13 PM

  म लाई अक्सर साझा मा  नेपाली  मा लेखेको आर्टिकल अथवा कथा हरु पढ्न एक्दुम्मै अल्छि लाग्छ तर तपाईं ले लेखेको को यो satirical आर्टिकल रिड गरेर मुख मा हासो अनी नेपाली फन्ट मै कमेन्ट गर्ने जागर आयो। नाइस वेरी नाइस।

theBatMAN · Sep 24, 2009 6:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion