[Show all top banners]

Dinesh Shrestha
Replies to this thread:

More by Dinesh Shrestha
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

grishma
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 गजल
[VIEWED 16316 TIMES]
SAVE! for ease of future access.
Posted on 07-31-09 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                         गजल
दिएको चिनो तस्विर हेरी नसम्झ मलाई
आँसुको थोपा झर्नेछ फेरि नसम्झ मलाई

भावीको लेखा कर्मको फल बोकेर सौगात
दुःखको पला आँउदा खेरि नसम्झ मलाई

छुटेको माया टुटेको मुटु दुखेको बेलामा
लुकेर रुँदै अक्षर केरी नसम्झ मलाई

द्यौराली भाकी मन्दिरभित्र वाचा र कसम
जलेको मन यादले घेरी नसम्झ मलाई

बन र पाखा मेला र पात रमेको क्षणले
खुकुरी धार घाँटीमा सेरी नसम्झ मलाई
 
Posted on 08-13-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल कस्तो लाग्यो ? कमेन्ट छोडिदिनु भए आभारी हुने थिए ।
 
Posted on 08-13-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलको   ज्ञाता त म होइन तर गजल पढ्दाखेरी जहाँ अनुप्रास सुरु हुन्छ त्यहाँ pause गरेर पढ्दा अलिक मज्जा आउँछ| तर यसमा rhyme मिलाउने word पछी pause गर्नु पर्ने जस्तो लाग्यो मैले पढ्दा| हुनत मेरो अल्पज्ञानको कारणले हो कि| कमेन्टको लागि क्षेमा चाहन्छु पहिलेनै किनकी अरुको काममा दोष दिन सजिलो हुन्छ आँफै गर्दा गाह्रो हुन्छ |
तपाईंको यो भन्दा पहिलेको गजल पनि पढेको थिएँ यही साझामा,  राम्रो लेख्नु हुन्छ| अनि मलाई गजलका केही नियमहरु सिकाउन अनुरोध गरेको थिएँ | कुनै book भइदिए यसो नाम दिनुहोल मैले हेर्न चाहन्छु| 


 


 
Posted on 08-13-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनेश जी,
यो भन्दा पहिले को गजल पनि पढेको थिएं, उत्तम गजल थियो। समयभावको कारण टिप्पणी गर्न सकिन। जहाँ सम्म यो गजल को सवाल छ, यो पनि राम्रो सिर्जना मानेको छु ।


त्यसो त म गजलकार होइन, झिना मसिना कबिता-सबिता कोर्छु । मान्छे जस्ताइ गजल पनि स्वतन्त्र हुनु पर्छ भन्ने मान्यता को मान्छे परें। नियममा बाँधिएर भावलाई बन्धक बनाउने हो भने त्यो गजल के गजल ? मान्छे हुने कि मेशिन ? मेरो सवाल त्यति हो ।


 
Posted on 08-13-09 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमेन्टको लागि ग्रिश्मा जी र राहुल जी लाई धन्यवाद । प्रस्तुत गजल "झ्याउरे लय" मा छ । यो पनि बहर नै हो अर्थात गजल को नियम भित्र छ ।  नियम भित्र बसेर रचना लेख्न गाह्रो नै हुन्छ । म पनि स्वत्रन्त्र भएर गजल लेख्न चाहन्छु । हो, गैरबहर मा बढी भन्दा बढी शब्द हरु सङ खेल्न पाईन्छ तर स्वतन्त्रताको नाममा गजलको अस्तित्व नै मेट्नु चाही भएन भन्ने मेरो धारणा छ ।  अन्तिममा, गजल लेख्दा गजल नै बनोस् ,मिठो बनोस्, मन छुने खालको बनोस्, तर त्यसमा खास नियम्(बहर)को जरुरत भने छैन ।

ग्रिश्मा जी,गजलका नियम (जसलाई गजलको भाषामा "बहर" भनिछ । ) सिक्न चाहनु हुन्छ भने अनाममण्डली द्वारा प्रकाशित "बहरमाला" अध्ययन गर्नु भए तपाईलाई प्रभावकारी हुनेछ ।
 
Posted on 08-28-09 3:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Babal chha dai.... keep it up

 
Posted on 08-28-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FYI,


 


उर्दु गजलमा प्रचलित केही बहर (छन्द) हरु:


 


संकेत:


I = ह्रस्व = क, कि, कु


S = दीर्घ = का, की, कू, के, कै, कम्, क:


 


  


(1) मुतकारिब (12 अक्षर)


ISS ISS ISS ISS


 


(2.1) हजज (16 अक्षर)


ISSS ISSS ISSS ISSS


 


(2.2) हजज (अस्तर) (12 अक्षर)


SISS SS SS ISIS


 


(2.3) हजज (मुसम्मन मकबुज) (16 अक्षर)


ISIS ISIS ISIS ISIS


 


(2.4) हजज (भेद) (11 अक्षर)


ISSS ISSS ISS


 


(3) रजज (15 अक्षर)


IISIS IISIS IISIS


 


(4.1) रमल (16 अक्षर)


SISS SISS SISS SISS


 


(4.2) रमल-2 (11 अक्षर)


SISS SISS ISS


 


(4.3) रमल-3 (10 अक्षर)


SISS ISSS SS


 


(4.4) रमल-4 (11 अक्षर)


SISS SISS SIS


 


(4.5) रमल-5 (14 अक्षर)


ISIS IISS ISIS SS


 


(4.6) रमल-6 (14 अक्षर)


SISS IISS IISS SS


 


(5.1) मुतदारिक (12 अक्षर)


SIS SIS SIS SIS


(स्रग्विणी छन्द)


 


(5.2) मुतदारिक-2 (24 अक्षर)


SIS SIS SIS SIS SIS SIS SIS SIS


 


(6) कामिल (15 अक्षर)


IISIS IISIS IISIS


 


(7) वाफिर (20 अक्षर)


ISISS ISISS ISISS ISISS


 


(8) मुज्तस (16 अक्षर)


ISSS IISS ISSS IISS


 


_____________________


 
Posted on 08-28-09 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks for various  BAHAR ko SUTRA.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
ICE kidnapping people off the streets over op eds
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
Democrat lies revealed
legal Query for married nepali girl now have taken US citizenship
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters