धार्मिक भएर ज्यान गयो कि अन्धविश्वास को कारणले ज्यान गयो? सचिव पत्निको हत्या घटनाको सम्पुर्ण विवरण :
https://www.youtube.com/watch?v=xmRjvbSCl5M
पूर्वसचिव अर्जुन कार्कीकी ४९ वर्षीया श्रीमती मुना कार्कीकाे रहस्यमय मृत्यु । बच्चै बेला देखि पालेको २२ बर्षको नोकर माथि दोष । पूर्वसचिव अर्जुन कार्कीकी वर्षीया श्रीमती मुना कार्कीलाइ गम्भिएर घाइते अबस्थामा सानेपामा रहेको स्टार अस्पतालमा पुर्याइएको थियो। अस्पताल पुग्दा अचेत अवस्थामा अस्पताल रहेकि मुनाकाे उपचारको क्रममा मृत्यु भएको छ ।
ललितपुर महानगर वडा नं. २ सानेपामा सोमबार बिहान पूर्वसचिव कार्कीको घरमा कामदार विजय चौधरी झुण्डिएर मृत अबस्थामा फेला परेका थिए भने मुना अचेत अबस्थामा फेला परेकि थिइन ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार 'घरमा चाैधरीकाे झुण्डिएर मृत्यु भएकाे देखिन्छ, अस्पताल पुर्याइएकी मुना कार्कीलाई डाक्टरले मृत घाेषणा गरे।'
पुर्व सचिव अर्जुन कार्की बिहानै पशुपति दर्शन गर्न गएका थिए । उनि दुइ घण्टा पुजाआजा गरेर घर फर्किएपछि उक्त विभत्स दृश्य देखेका थिए।