मृत्युपछि के हुन्छ ? - भगवान बुद्धको जवाफ यस्तो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शान्तिदूत भगवान गौतम बुद्धसँग उनका चेलाले विभिन्न प्रश्न सोधिरहेका थिए । यही क्रममा चेलाले सोधे – गुरु हामीले तपाईंबाट धेरै कुरा सिक्ने अवसर पायौं । यसका लागि हामी धन्य छौं । तर तपाईंले मृत्युपछि मानिस के हुन्छ भन्ने कुरा बताउनु भएको छैन । यो कुरा पनि जान्न पाए थप धन्य हुने थियौं । भगवान गौतम बुद्धले मुस्कुराउँदै भने–हो मैले यो बारे बताएको छैन । आज बताउँछु तर त्यो अघि एउटा प्रश्न सोध्छु त्यसको जवाफ देउ है त ? चेलाले भने आज्ञा होस् गुरु । बुद्धले प्रश्न गरे – एकजना मानिस सुनसान जंगलको बाटो हिँडिरहेका बेला एक्कासी कतैबाट आएर एउटा विषालु वाण उसको शरीरमा घुस्यो । यो अवस्थामा त्यो व्यक्तिले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको वाण हटाउनु ठीक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो भनेर पत्ता लगाउनु उचित हुन्छ ? चेलाले जवाफ दिए – सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नु उचित हुन्छ गुरु । चेलाको जवाफ सुनेपछि बुद्धले भने– हो तिमीले एकदमै ठीक जवाफ दियौ । अब म तिमीलाई अर्को प्रश्न सोध्छु त्यसको पनि जवाफ देउ ? हामीले सबैभन्दा पहिले यो जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक ? बुद्धको प्रश्न सुनेपछि चेला शान्त बने । हो, अनावश्यक कुरामा टाउको दुखाउनु ठिक हुँदैन https://www.khabarhub.com/2019...

ktmpost · Jun 6, 2019 9:56 AM · 4,900 views

5 Replies

भगवान बुद्ध बज्राचार्य को कुरा मान्नु पर्छ.

dhoti_prasad · Jun 6, 2019 10:02 AM

Bhagwan lai curiosity matra ho vanne ni. Without which aja manche haru yaha samma pugdaina thiyo hola. Sayad vaneko vai answer taha hunthyo.

itahariko · Jun 6, 2019 10:43 AM

Tesko answer Buddha Lai tha nabhayeko ho...Tara malai tha Cha answer : mare pachi punya garne swarga janchan paap garne narka !! Paap punya duitai garne chai 6 mahina swarga, 6 mahina narka 😁

khaikhok · Jun 6, 2019 1:40 PM

Last edited: 06-Jun-19 11:12 PM

ujl · Jun 6, 2019 3:22 PM

Nothing. All of piece of shitz will die.

cp21 · Jun 6, 2019 5:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion