अमेरिकामा अमेरिकिसंग बिहे गर्ने बित्तिकै तुतुन्तै अमेरिकि नागरिकता पाइन्छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

( थाह नभएर सोधेको ) क्यानडामा चैं 1,095 दिन बस्नु पर्ने रहेछ निबेदन दिन मात्र पनि नेपालमा चैं बिहे गर्ने बित्तिकै नागरिकता पाइंदो रहेछ https://www.youtube.com/watch?...

AnandNepal · Mar 19, 2019 10:28 PM · 7,660 views

4 Replies

अमेरिकामा बिहे गरेर बसेको ३ बर्ष भन्दा अघि नागरिकता नपाइने रहेछ. अनि नेपालमा? बिदेशी नागरिक बेहुलीसित नेपाली बेहुलाले एकाबिहानै बिहे सकेर १० बजे बिहे दर्ता गरेर ११ बजे नागरिकताको निवेदन दिने हो भने बिहे गरेकै दिन बेहुलीले प्रितिभोज अगाडी नेपालको नागरिकता पाउने रहिछिन्. अझ टेक्निकल्ली त्यहि दिन मन्त्रि समेत नियुक्त हुनसक्ने रहिछिन्. संविधानको धारा २९८ अनुसार मन्त्रि त हुन पाइने रहेछ तर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन भने अंगिकृत नागरिकता पाएकी बिदेशी मूलकी नेपाली बुहारीले नपाउने रहिछिन.

_ · Mar 19, 2019 10:50 PM

पाइंदैन , अमेरिकी नागरिक ले विदेशी संग विवाह गरको खण्डमा निजको पति वा पत्नीले हरियो पत्र पाउनलाइ मात्रै सरदर १ वर्ष लाग्छ। त्यसो त द्रुत सेवा अन्तरगत पासपोर्ट लिन अमेरिकामा कम्तिमा १ महिना लाग्छ भने नेपालमा १ दिनमा नै बन्छ। द्रुत सेवा दिनु राम्रै हो। सुधार हुनुपर्ने चाहिं कहांनेर हो भने यदि नेपाली केटीले विदेशी केटा संग बिहे गरेको खन्डमा विदेशी केटालाइ नेपाली नागरिकता पाउन लाइ प्रक्रिया अलि झंझटिलो छ। छानविनमा कडाइ गरिनुपर्छ , घुसपैठ , नक्कली विवाह अादी मा संलग्न लाइ हदै सम्म सजायं गरिनुपर्छ, तर अधिकार महिला पुरुष बिच समान हुनुपर्छ।

soaltee · Mar 20, 2019 12:00 AM

Thank you. UK: You have to stay in UK for three continuous years before they can make application, after that it could take upto 6 months on verification before approval. https://www.gov.uk/apply-citiz...

AnandNepal · Mar 21, 2019 2:11 PM

Thank you.... Here is the updated video https://www.youtube.com/watch?...

AnandNepal · Mar 21, 2019 9:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion