पूर्वयुवराज पारस शाहलाई major हृदयघात,बाच्ने सम्भावना भगवान भरोसा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्वयुवराज पारस शाहलाई हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार अपरान्ह सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनलाई मेजर हार्टअट्याक भएको हो। उनलाई आइसियुमा राखेर उपचार गरिँदै छ। उनको स्वास्थ्य अवस्थाबारे अहिलेनै केही भन्ने स्थिति नरहेको अस्पतालले जनाएको छ। केही वर्षअगाडि पनि उनलाई हृदयघात भएर नर्भिक अस्पतालमै उपचार गरिएको थियो। आजै मात्र उनले ललितपुर मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका थिए। उनले मन्दिर परिसरमा करिब डेढ घण्टा बिताएका थिए। श्रीमतीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेका थिए।

kale dai · Jan 28, 2019 6:56 AM · 3,271 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion