पाँच करोड रुपैयाँमा नेपालबाटै सपरिवारलाई अमेरिकी ग्रीनकार्ड र स्थापित व्यापार तेस्रो विश्वका लागि शताब्दीकै सपनाको देश हो संयुक्त राज्य अमेरिका । विश्व राजनीतिमा सर्वशक्तिमान अमेरिका हरेक दिन कुनै न कुनै रुपमा चासोको समाचार बनिरहन्छ । ५३ हजार ४१ अमेरिकी डलर प्रतिव्यक्ति आय अनि १६ दशमलव ७७ ट्रिलियन कुल ग्राहस्थ उत्पादन भएको अमेरिकाको गत जुनको तथ्याङ्कअनुसार ४ दशमलव ९ प्रतिशत बेरोजगारी दर छ । विश्व बैंकको सन् २०१३ को रिपोर्टअनुसार १६ दशमलव ९९ ट्रिलियन अमेरिकी डलर कुल राष्ट्रिय आम्दानी भएको अमेरिकाले देशको अर्थतन्त्र, बेरोजगारी दरजस्ता गहन विषयलाई मध्यनजर राख्दै समय–समयमा अध्यागमनसम्बन्धी कानूनहरुमा परिमार्जन गर्ने गरेको छ । सन् १९९० मा कंग्रेसले अमेरिकी अर्थतन्त्र र रोजगारीमा सकारात्मक प्रभाव पर्नेगरी ‘इबी ५’ नामक अध्यागमनसम्बन्धी महत्वपूर्ण कानून पास ग¥यो । जुनअन्तर्गत वार्षिक १० हजार अर्का देशका नागरिकले अमेरिकामा व्यापारका लागि लगानी गर्दै परिवारसहित ग्रीनकार्ड लिएर बसाइँ सर्न सक्ने भए । पाँच वा दश लाख अमेरिकी डलर व्यापारका लागि लगानी गर्दै परिवारसहित ग्रीनकार्ड लिएर बसाइँ सर्ने ‘इबी ५’ कार्यक्रम अमेरिकामा पछिल्ला वर्षहरुमा निकै लोकप्रिय हुँदै गएको छ । न्यूयोर्क म्यानहाटनस्थित हड्सन यार्ड प्रोजेक्टले १ सय २० जना चाइनिज लगानीकर्ताबाट ‘इबी ५’ कार्यक्रमअन्तर्गत ८ सय मिलियन डलर संकलन गर्दै विशाल प्रोजेक्ट निर्माण गरिरहेको छ । जुन अमेरिकाभरिकै हाल सञ्चालनमा रहेका प्रोजेक्टमध्ये ठूलो हो । प्यासिफिक पार्क न्यूयोर्क, फोर सिजन होटल न्यूयोर्क, हन्टर्स प्वाइन्ट्स सिप यार्ड सन फ्रानसिस्को, ७०१ सेभेन्थ एभिन्यु न्यूयोर्क, सिटी प्वाइन्ट न्यूयोर्क, वान पार्क लेन न्यूयोर्क आदि हाल इबी फाइभको लगानीमा सञ्चालित ठूला प्रोजेक्ट हुन् । अमेरिकामा व्यापारमा लगानी गर्दै परिवारसहित बसाइँसराइ गर्न सकिने इबी ५ का लागि नजिकबाट काम गरिरहेका न्यूयोर्कस्थित नेपालीभाषी कानून व्यवसायी हुन्, गिरिजा गौतम । उनले नेपाललगायत अन्य मुलुकबाट इबी ५ अन्तर्गत परिवारसहित ग्रीनकार्ड लिएर अमेरिकामा व्यापार गर्दै कसरी बसाइँ सर्न सकिन्छ भनेर सहज तरिकाले बताएका छन् । इबी ५ अन्तर्गत हालसम्म ५ जना नेपालीभाषीको लगानीले सफलतापूर्वक काम गरिसकेको उनले बताएका छन् । न्यूयोर्कस्थित तिनै कानून व्यवसायी गौतमसँग विजय पौडेलले गरेको कुराकानीः नेपालबाट कोही नेपाली अमेरिका आउन चाहे भने के–के प्रक्रियाहरु छन् ? साधारणतया अमेरिकाको अध्यागमन कानूनअनुसार ३ वटा ट्र्याक छन् । पहिलो हो, फेमिली ट्र्याक । जुनअन्तर्गत आफ्ना नजिकका नातेदार अमेरिकामा छन् भने उनीहरुले नेपालमा रहेका आफ्नो श्रीमती वा श्रीमान्, छोराछोरी अनि यदि अमेरिकी नागरिक कोही छन् भने उनका बाबुआमालाई समेत स्पोन्सर गरेर ल्याउने चलन छ । दोस्रो, इम्प्लोइमेन्ट ट्र्याक । अमेरिकाबाट कुनै कम्पनीले कामदारका लागि जागिर दिन्छ भने उसका लागि पेटिसन फाइल गरेर केस एप्रुभ भएपछि अमेरिका आएर काम गर्न पाउने गरी आउन सक्छन् । जसअन्तर्गत जागिर दिने कम्पनी चाहियो, जब अफर चाहियो । तेस्रो ट्र्याकचाहिं इन्भेष्टमेन्ट ट्र्याक हो । इन्भेष्टमेन्ट ट्र्याकअन्तर्गत पहिलो चाहिँ नेपालमा स्थापित कम्पनी सञ्चालित छ, साथै त्यो कम्पनीमा कामदारहरु पनि थुप्रै छन्, कारोबार पनि राम्रै छ भने त्यस्ता कम्पनीले अमेरिकामा शाखा खोलेर नेपालमा काम गरिरहेका कामदारलाई अमेरिकामा काम गर्नेगरी एल १ भिसाअन्तर्गत आउन सक्छन् । अर्कोचाहिं लगानी नै गरेर इबी ५ अन्तर्गत अमेरिका आउन सक्छन् । ‘इबी ५’ के हो ? इबी ५ अन्तर्गत दुई वटा प्रोभिजन छन् । पहिलोचाहिं साधारणतया १ मिलियन डलर लगानी गर्नुपर्ने भन्ने छ । तर, बेरोजगार दर उच्च भएको अमेरिकाकै अलि दुर्गम क्षेत्रमा लगानी ग¥यो भने ५ लाख अमेरिकी डलर लगानी गरे पुग्छ । तर, जस्ता ठूला शहरमा लगानी गर्ने हो भने १ मिलियन डलर लगानी गर्नुपर्छ । ५ र १० लाख डलर लगानीबारे अलि प्रष्ट्याइदिनुहुन्छ कि ? ‘इबी ५’को केसमा यहाँको नियमचाहिं साधारणतया १० लाख डलर लगानी गर्नुपर्ने भन्ने हो । तर, यदि त्यो लगानी गर्न लागेको प्रोजेक्टको ठाउँचाहिं राष्ट्रिय बेरोजगार दरको औसत १५० प्रतिशतभन्दा माथि छ भने त्यो ठाउँको प्रोजेक्टका लागि ५ लाख अमेरिकी डलर मात्र लगानी गरे पुग्छ । साथै, जुन ठाउँमा लगानी गर्ने हो, त्यो ठाउँको जनघनत्व २० हजारभन्दा कम व्यक्ति बसोबास गरेको छ भने त्यो ठाउँको प्रोजेक्टका लागि पनि ५ लाख डलर मात्र लगानी गरे पुग्छ । लगानी गर्ने प्रोजेक्ट कसरी छनोट गरिन्छ ? लगानीका लागि प्राथमिकतामा परेको र धेरैले रुचाइएको कम झन्झटिलो तरिका भनेको युनाइटेड स्टेट्स सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिस (युएससीआईएस)ले रिजनल सेन्टर भनेर वर्गीकरण गरेका प्रोजेक्टहरु छन् । जुन प्रोजेक्टमा समूहगत लगानी हुन्छ । रिजनल सेन्टरमा लगानी गरेर इबी ५ अन्तर्गत परिवारसहित ग्रीनकार्ड लिएर अमेरिकामा बसाइँ सर्न सकिन्छ । अर्को आफैंले प्रोजेक्ट छनोट गरेर ‘डाइरेक्ट इन्भेष्टमेन्ट’ गरेर पनि इबी ५ अगाडि बढाउन सकिन्छ । रिजनल सेन्टर भनेको चाहिं के हो ? यो एउटा प्राइभेट कम्पनी हो । यस्ता सेन्टरहरु अमेरिकामा ३ हजारभन्दा बढी छन् । प्राइभेट कम्पनीले आफूलाई रिजनल सेन्टरका रुपमा वर्गीकरण गराउनका लागि इमिग्रेसनमा दर्खास्त दिनुपर्छ । युएससीआईएसले मान्यता दिएपछि मात्र रिजनल सेन्टर हुन्छ । यो ‘फरेन इन्भेष्टमेन्ट’ आकर्षित गर्ने उद्देश्यले डिजाइन गरिएको प्रोजेक्ट हो । जस्तो कि साधारणतया ठूलो प्रोजेक्ट शुरु गर्दा थोरै लगानी आफू गरेर काम शुरु गर्ने, त्यसपछि बैंकबाट ऋण लिने, शेयरहोल्डर नयाँ भित्र्याउने व्यापारको विश्वव्यापी चलन हो । तर, रिजनल सेन्टरको हकमा बैंक ऋणको सट्टा इबी ५ मार्फत अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याएर प्रोजेक्टलाई अगाडि बढाउने हो । कति वटा जति रिजनल सेन्टर भरपर्दा छन्, जसमा लगानी गर्न ढुक्क हुने अवस्था छ ? थुप्रै रिजनल सेन्टरको पृष्ठभूमि राम्रो छैन । ट्र्याक रेकर्ड छैन, तर तीमध्ये अमेरिकामा १० वटा जति रिजनल सेन्टर छन्, जुन चाहिं लामो समयदेखि काम गरिरहेका भरपर्दा छन् । ती प्रोजेक्टमा थुप्रै लगानीकर्ताले लगानी गरेर इबी ५ मार्फत आफू र आफ्नो परिवार ग्रीनकार्डसहित अमेरिका आएर व्यापार गरेर ढुक्क बसेका छन् । ती रिजनल सेन्टरहरुले सधैंभरि नै अन्तर्राष्ट्रिय लगानीकर्ता स्वीकार गर्छन् कि प्रोजेक्टको चुक्ता पूँजी पूरा भएपछि लिंदैनन् ? उनीहरुसँग प्रायः सधैं पाइपलाइनमा नयाँ प्रोजेक्ट हुन्छ । उनीहरुलाई एउटै प्रोजेक्टका लागि ३० देखि डेढ सय, दुई सयसम्म लगानीकर्ता आवश्यक हुन्छ । रिजनल सेन्टरमा लगानी गर्दा र आफैं प्रोजेक्ट छनोट गरेर लगानी गर्दाका चुनौती के छ ? आफैं प्रोजेक्ट छनोट गरेर लगानी गर्दाको चुनौती धेरै छन् । विदेशमा बस्ने मान्छेले आफैं प्रोजेक्ट छनोट गरेर यहाँ आई नयाँ व्यापार शुरु गरेर काम गर्दा निश्चय नै केही अप्ठेरो परिहाल्छ । त्यसको अलावा त्यही लगानी गरेको व्यापारअन्तर्गत १० जना अमेरिकनलाई दुई वर्षभित्र फूलटाइम जागिर दिनै पर्ने बाध्यकारी व्यवस्था छ । त्यो पनि आफ्नो परिवारका मान्छेलाई जागिर दिएर हुँदैन । आफैंले प्रोजेक्ट छानेर लगानी गर्दा यो १० जनालाई जागिर दिने काम चुनौतीपूर्ण छ । तर, रिजनल सेन्टरको लगानीमा भने यस्ता झन्झट हुँदैन । किनकि रिजनल सेन्टरले प्रोजेक्ट गर्दा यहाँको कानून, रिक्वायरमेन्ट सबै बुझेका हुन्छन् । त्यो सबै प्रक्रिया मिलाउने काम सेन्टरले गरिसकेको हुँदा अन्तर्राष्ट्रिय लगानीकर्तालाई त्यो कुनै चुनौती सामना गर्नुपर्दैन । व्यक्तिले सिधा आफैंले प्रोजेक्ट छनोट गरेर लगानी गर्दा दुर्गम ठाउँमा लगानी गर्न गाह्रो मान्छन्, त्यहाँ व्यापार नचल्ने डर पनि हुन्छ । व्यापार नचल्ने भयले ठूला शहरमा लगानी गर्न जाँदा १ मिलियन डलर लगानी गर्नुपर्ने व्यवस्था छ । तर, रिजनल सेन्टरले ठूल्ठूला प्रोजेक्ट गर्ने हुँदा उनीहरुलाई स्थानले त्यति प्रभाव पार्दैन । त्यहाँ लगानी गर्दा पाँच लाख डलर मात्र लगानी गर्छु भने पनि हुन्छ । नेपालबाट लगानी गर्न इच्छुक व्यक्तिले कसरी शुरु गर्ने ? जसलाई अमेरिकामा इबी ५ इन्भेष्टमा इच्छा छ, उसले पहिलो इन्भेष्ट कहाँ गर्ने प्रोजेक्ट छनोट गर्नुप¥यो । अमेरिकामा भएका रिजनल सेन्टरहरुमध्ये सबैभन्दा राम्रा, भरपर्दा रिजनल सेन्टर खोज्नुप¥यो । इतिहास राम्रा भएका, ट्र्याक रेकर्ड राम्रा भएका प्रोजेक्ट ‘पिक’ गर्नुप¥यो । दोस्रो कुरा, त्यो लगानी गर्ने व्यक्तिले ५ लाख डलर होस् वा १० लाख त्यो पैसा कसरी कमाएको हो, त्यसको आधिकारिक स्रोत देखाउनुपर्ने हुन्छ । यदि कसैको पैत्रिक सम्पत्ति बेचेर जम्मा गरेको पैसा छ भने ती सबै कानूनसम्मत ठहरिन्छन् । ५ लाख वा १० लाख जति लगानी गरे पनि रिजनल सेन्टरहरुले लगानीबाहेक एक पटक लगभग ४० हजार अमेरिकी डलर जति प्रशासनिक खर्च पनि लिन्छ । त्यो प्रशासनिक खर्चवापत लिएको रकम लगानीमा गणना हुँदैन । प्रोजेक्टमा लगानीपछि इबी ५ मार्फत लगानी गर्नेलाई शेयर दिने व्यवस्था के हुन्छ ? प्रोजेक्टको कुल लगानीमा व्यक्तिले गरेको लगानी कति हुन जान्छ, त्यति प्रतिशत शेयर अन्तर्राष्ट्रिय लगानीकर्ताले पाउँछ । लगानी डुब्ने सम्भावना कतिको हुन्छ ? अमेरिकाको कानूनले लगानीकर्ताको लगानी डुब्दैन, सबै फिर्ता आउँछ भनेर कहीँकतै लेखेको छैन । यो ग्यारेन्टी गर्न पनि पाइँदैन । तर, गुडफेथ इस्टिमेटअनुसार प्रायजसो रिजनल सेन्टरले पाँच वर्षमा पैसा फर्काउने प्रावधान छन् । कति समय लाग्छ, इबी ५ मार्फत अमेरिका आउन ? पहिलो स्टेपका लागि १५ महिना लाग्छ । त्यसपछि भिसा लिन अर्को ६ महिना लाग्छ । प्रोजेक्ट छनोट गर्नुप¥यो भने तपाईंले मद्दत गर्न सक्नुहुन्छ ? इनफर्मल इनफर्मेसन शेयर गर्न सक्छौं । त्यसका लागि इबी ५ काम गर्ने वकिल छनोट गर्नुप¥यो, त्यहींबाट यो काम शुरु हुन्छ । जस्तो म स्वयम् इबी ५ लयरको हैसियतमा भन्छु– लगानी गर्ने पैसा कानूनीरुपमा कमाएको हो कि होइन, त्यसलाई पुष्टि गर्ने सूचना माग्छु । यदि लगानी गर्ने सम्पत्तिको कानूनी स्रोत ठीक छ भने प्रक्रिया शुरु हुन्छ । लगानी गर्नका लागि प्रोजेक्टको छनोट कसरी गर्ने र कहाँबाट गर्ने भन्नेबारेमा विस्तृत छलफल आवश्यक हुन्छ । त्यसका लागि कुन प्रक्रियामा जाने र कसरी शुरु गर्ने भन्ने म उचित परामर्श दिन तयार छु । (गिरिजाप्रसाद गौतम न्यूयोर्कस्थित अनुभवी इमिग्रेसन एटर्नी हुन् । उनी इबी ५ सम्बन्धी कामहरु गर्छन् । उनको ल फर्मले इमिग्रेसनसम्बन्धी विभिन्न विषयमा प्रतिनिधित्व गर्ने गरेको छ । इन्भेष्टमेन्टसम्बन्धी इमिग्रेसन कानूनको विषयमा उनलाई विशेष रुची भएको उनीसँगको कुराकानीमा बताएका छन्) http://vishwanews.com/2016/12/... Last edited: 10-Jan-17 10:45 AM
ktmpost · Jan 10, 2017 10:39 AM · 26,392 views
This guy is openly encouraging money laundering. We need to find another attorney to sue the crap out of this.
KaliKoPoi · Jan 10, 2017 11:16 AM
Simple question-Do you guys come to US if you have 5 Crore in Nepal ?
neerman · Jan 10, 2017 12:39 PM
हां हां अहिले नेपालमा ५ करोड़ नहुने कमै होला | गाउ घर देखि शहर भित्र रुपैया पैसाको कुरा सुन्दा चिया पिउन मात्र कुरा हुन्छ हजारको | लाखका कुरा तरकारी र ठेला गाडा हरुले मात्र गर्छन बाकी सबै करोड़का कुरा मात्र सुनिन्छ | एहि हिसाबले त नेपाल बाटै लाखौको संख्यामा नेपाली ईबी ५ माँ आउन पाउने रहेछन भने बिस्व कै हिसाब गर्ने हो भने १०-१२ मिलियन भन्दा काम नहोलांन | लौ भ्रस्टाचारी हो कालो धन्दालाई सेतो बनाएर अमेरिका छीर | अनी दुबै हातमा लड्डू लिएर हिड | यिनी हरुको डाहामा मारीच चाउरिए झै चाउरिन पुग्ने को होला ? त्यों डिभी र सरणार्थी भिसा पाउने प्रति रिस र डाहा गर्ने पहिलेनै चाउरी सके अब फेरी यी ईबी ५ भिसा पाउने संग डाहा गर्ने झनै चाउरिने भए नि ? हरिबंस र मदन कृष्णको दोहोरिमा :उखु सुके पछि के के भयो भनी प्रयोग गरेका शब्द हरु नरकट , झरकट, करकट थिए | भाषा सास्त्री : डाहा माथि थप डाहा अर्थात महा डाहा के भन्ने ? It may be legit: Who can afford and who will be benefited?Only corrupt employee , politicians and businessmen can apply it. जय होस् डिभी तिम्रै कारण हजारौ नेपाली अमेरिका आउन सके | Last edited: 12-Jan-17 08:54 AM
magorkhe1 · Jan 10, 2017 1:15 PM
this definitely sounds spooky. But even before researching further, I had a per-requisite question. Does anyone know if the Govt of Nepal allows outward (and legal) remittance of USD 500,000? Say if someone wanted to sell their Jagga Jamin next to that sink hole in Naxal :)
kalidasbhaisaab · Jan 10, 2017 1:19 PM
गोर्खे ब्रो, नेपाल का धेरै जनता लाइ ५ करोड़ भनेको धेरै नै हो !! काठमांडू का रैथाने , गाउ का जमींदार , NRN का संतान र भ्रस्टाचारी का संतान लाइ बाहेक अरु लाइ त्यों रकम आकास को फल नै हो ! काठमांडू को रैथाने किन भनेको भने , काठमांडू मा सानो जग्गा को नि आइल लाखौ पर्छ ! अणि त्यों बेचेर महंगो गाडी चढ़ने , मौज गर्ने पनि धेरै देखियो ! अरु को त तिमि लाइ थाहा नै छ !
instagram · Jan 10, 2017 8:17 PM
This guy is talking legit. Why none of you guys bothered to look up on USCIS site? Thousands of Chinese and some dhotis have got Green card through EB5.Even some European countries have same schemes for wealthy foreigners. alikati Ramro information kasaile lekhyo ki [Disallowed String for - bad words] haru ko tauko dukhi halcha
urban khasi · Jan 11, 2017 7:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion