← Back to Kurakani

पिशाबले मुख धुँदा सुन्दरता बढ्ने

Original Post

युरिन फेसियलः सुन्दर बन्ने ध्याउन्नमा अनुहारमा पिसाब सुन्दरताका लागि मानिसले के सम्म गर्दैन । हुँदा हुँदा मानिसले अनुहार सुन्दर बनाउने ध्याउन्नमा पिसाबले मुख धुन थालेको छ । अहिले एउटा यस्तो ब्यूटी ट्रेण्ड दखा परेको छ, जहाँ मानिसहरु पिसाबले मुख धोइरहेका छन् । यसलाई युरो थेरापी अर्थात् पी फेसियल पनि भनिन्छ । घरमै गर्न सकिने यो फेसियलमा मानिसहरुले आफ्नो पिसाब भाँडोमा जम्मा गरेर कपडा वा कपासमा चोपी आफ्नो अनुहारमा दल्छन् । यसरी अनुहारमा पिसाब दलिसकेपछि केहीबेर सुक्नका लागि छाडिन्छ अनि केहीबेरपछि अनुहार पानीले धोइन्छ । पिसाबको फेसियल गर्नेहरुले यो निकै उत्कृष्ट भएको भन्दै यसले छालामा चमक ल्याएको, छाला चिलाउने, कडा तथा सुख्खा हुने समस्या हटेको र दागधब्बा पनि हटेको दाबी गरेका छन् । अझ बिहान फेरेको पिसाब फेसियलका लागि सबैभन्दा उत्तम हुने अनुभव उनीहरुको छ । पिसाब फेसियलका पारखीहरुका अनुसार पिसाबले मुख धुनाले पिसाबमा भएका युरिया तथा युरिक एसिडले छालालाई सुुन्दर तथा किटाणु रहित बनाउने र पिसाबसँगै नष्ट हुने पोषक तत्वहरु सरीरले सोेसेर लिन्छ । तर विज्ञहरु भने यसमा सहमत छैनन् । अमेरिकी छाला विज्ञ सेजल शाहका अनुसार यसरी अनुहारमा पिसाबले धुँदा संक्रमण लगायतका जोखिम हुने बताछिन् । पिसाबमा युरिया तथा अन्य छालाको स्याहारका लागि आवश्यक पर्ने तत्व निकै कम हुने र छालालाई हानी गर्ने तत्व रहन सक्ने उनको चेतावनी छ । त्यस्तै कतिपय प्रयोगकर्ताले पिसाब थेरापीले उल्टै अनुहारको छाला चिलाउने तथा फोका उठ्ने जस्ता समस्या देखिएको गुनासो गरेका छन् । http://www.onlinekhabar.com/20...

ktmpost
Oct 31, 2016 11:08 AM · 7,839 views
4 Replies
magorkhe1 Nov 1, 2016 8:30 PM
Something wrong with the picture and I could not believe it. The person giving message must be using his/her own urine because he/she is not using gloves.
magorkhe1 Nov 4, 2016 11:40 AM
भारतीय प्र म देसाइले आफनै मुत फिल्टर गरेर पिउछु भन्थ्यो | जे जे ले धुन मन छ धौ | तर नपचेको कुरा चै त्यो मसाज गर्नेले आफ्नो पेसाबले गरिदिएकी हो ? किनकी अरुको पेसाब छुदा हातमा ग्लोब लगाउनु पर्ने हैन ?
magorkhe1 Nov 4, 2016 12:59 PM
भारतीय प्र म देसाइले आफनै मुत फिल्टर गरेर पिउछु भन्थ्यो | जे जे ले धुन मन छ धौ | तर नपचेको कुरा चै त्यो मसाज गर्नेले आफ्नो पेसाबले गरिदिएकी हो ? किनकी अरुको पेसाब छुदा हातमा ग्लोब लगाउनु पर्ने हैन ?
urban khasi Nov 5, 2016 6:18 AM
आफ्नै मुत्रपान गरे भेजा नि बढ्ने होला कि? आफ्नै आची हसुरे six प्याक नै आउने होला कि? यो मुजी scientist हरुको नि कैलेकाही त गेडा सरौतोमा राखेर झिरिप्प पार्दिउ जस्तो लाग्छ
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant