सानो गाउ जस्तोमा बसाइ गरेको १०-११ बर्स भयो | भएका नेपाली जन्तु पनि बाहिरीका थिए अनि बेला मौकामा नजिकको सानो पसलमा Australian Goat को मासु पाईन्थ्यो, किनिन्थ्यो | अनि दशैँ तिहारमा खसी खोज्न र साझामा छाप्न पर्दैन थियो | ए गाठे यो फूलपातीको दिन बेलुका खसी मासु किन्न गएको त " हे सिन्योर लट अफ पिपुल कम फर क्याब्रिटो , डिड यु रेफर ? दे लुक लाईक यु म्यान " पो भन्छ | ए ग्याठे अब त बेलामा खसीको मासु पनि खान नपाइने गरि गोर्खाली बढेछन यो सानो गाउमा | मुला काम भनेको केहि पाउने हैन एक घण्टा लगाएर नजिकको सहर धाउनु पर्छ | का बाट खनिए गोर्खाली ? खसी मासु छानी छानी लिएर आउथे अबत ढिलो र पछि परिए फिला मात्रै बोकेर आउने गरेको तन्द्र्यांग तुन्ग्रुंग मै दशैँ मनाईएला जस्तो छ | अब कलिलो राँगा तिर लाग्नु पर्ला जस्तो छ | मरमसला हाले पछि त तेस्को स्वाद मुला अस्ट्रेलियन खसी भन्दा मिठै होलाकी ? लौ साथि हो कहा पाइन्छ कलिलो राँगा को मासु ? छाला भएको भए झनै बेस | लौ यहा लेखन मन नलागे Inbox समाचार छोड्नु भए आभारी हुने थिए Last edited: 05-Oct-16 06:49 AM
magorkhe1 · Oct 3, 2016 4:56 PM · 36,311 views
खसि नपाए कुखुरो लाई सेकुवा बनाएर खाउ ब्रो। अम्रिका मा रांगो त कता भेट्ला र? कि Bison ले नि चल्छ?
Bhaley · Oct 3, 2016 5:43 PM
बसाई कता हो ब्रो को?
urban khasi · Oct 3, 2016 7:15 PM
bhutani refugee brothers with food stamps with you tax dollars bro.. i see them buy food like it's free swiping their plastic... keep working bro..pick up a shift maybe at the same grocery store, you need to pay for their stamps and then buy something for you with what is left in your pocket.
sidaNepali · Oct 3, 2016 8:00 PM
दशैँ भनेको हामि नेपालीको महान चाड, मनाइदै आईयो | बिदेस पुगे पछि पनि दशैँ मनाउने क्रम जारि नै राखेका छौ | यो जारि राख्ने क्रम मा बाउले बिरालो बाधेर श्राद्द गरेको देखेका हामि पुरोहित र श्राद्द सामग्री को जोगाड भन्दा बिरालो खोज्ने कामले प्रथम प्राथमिकता पाइए झैँ हार्मो लागि जमारा राख्ने र खसी खोज्ने काम सबै भन्दा प्रमुख कुरा हुन् पुगे | छाया देख्दा पनि माइग्रेन हुने साझामा देखिएका छन् अहिले ठाउ नै बताई दिए पछि के होला ? तेसैले बसाइ कता हो तिर नलागौ होला | खसी सिद्दिएको झोकमा रान्गाकै भए पनि काम चलाउला भनेर सोधेको हु | बाइसन को मम खाने बिचार अझै सम्म बिचार मै सिमित रहेको छ | नजिकको मिट मार्केट मा गएर सोध्नु पर्ला |
magorkhe1 · Oct 3, 2016 8:49 PM
http://www.liveleak.com/view?i... Last edited: 04-Oct-16 08:32 AM
business5 · Oct 4, 2016 8:29 AM
६-७ वर्ष अघि इण्टर्न्शिपको क्रममा मिसिसिपिको एउटा सानो टाउन पुगिएको थियो. एउटा रातो घांटीले ५० मा बोका दिन्थ्यो, अर्को अमिगोले २० डलरमा काटेर तयार गर्थ्यो. पोहर दशैंतिरको विकेण्डमा फेरी साउथ पुगियो अनि Hattiesburg तिरको साथीहरूलाई सोधेको १५० सम्ममा बल्ल पाठो जत्रो बोका पाइन्छ रे, जय गोर्खाली.
lamjung · Oct 4, 2016 9:28 AM
Last edited: 06-Jan-17 09:12 PM
Chipre Mama · Oct 4, 2016 10:40 AM
Red Meat ले cholesterol बडाउछ भन्छन अनि मुला काचो खसीको मासुको Smell ले बच्चा हरु घर छिर्न मान्दैनन | हुन् पनि आफुलाइ पनि मन नपर्ने भएछ | आज गएर पसलेलाई खसीको मासु आउना साथ् फोन गर भन्छु र एउटा सिंगो साप्रो लिने बिचार गएको छु | त्यो पनि नभए Costco गएर हड्डी नभएको खसी मासु पाइन्छ तेसैमा सन्तोस गर्नु पर्ला | I would not prefer fresh and whole goat. आज घर कुरा गरेको त " निर्मल काकाको बाउ स्वर्गबास भयो " टिका लगाई हुदैन पो भन्छन | अब आफै नया नियम बनाउनु पर्ला : रेलागाडिमा छुवा छूत नहुने नियम बनाए जस्तै ७ समुन्द्र पार गएकालाई " घरकै"बाहेक हरेक ५ पुस्ता नाघेका लाइ बार्न पर्दैन, मनाए हुन्छ दशैँ भनि मनाए के होला ? के भन्नु हुन्छ साझाका विद्वान बर्ग ? Last edited: 05-Oct-16 09:01 AM
MaGorkhe1 · Oct 4, 2016 11:14 AM
नुहाएर एक ब्रेकफास्ट (छाक) छोडिदिने, लन्च चोखो (veg) खाएपछि डिनरदेखि सबैथोक जो फुकाउँदा हुन्छ भन्ने तर्क दिईयो केरे विद्वान नभए पनि तर गाँठी कुरो, खसीको भाउ चाहिं छोइनसक्नु भा छ त्यसैले खसी भन्दा खसीको मासु तिर लागिएला जस्तो छ
lamjung · Oct 4, 2016 11:33 AM
जाठो फार्म को नम्बर मा फोन मारेको ७.९९ प्रति पाउण्ड | यो नजिकैको पसलमा ४.९९ मा बेच्दै थियो | काम बाट एक फोन मारेको आज डेलिभरी गरेको छ भनेको सुन्ना साथ् हानीए मासु पसल | लौ जा भनेर दुईटा साप्रो काटन लागाएर लिएर आए |जो हात सो साथ् , सुरक्षित गरियो दशैँ | आर्को गुलेलाई टेक्स्ट गरेको मुला जबाफ पनि छैन | Last edited: 04-Oct-16 03:26 PM
MaGorkhe1 · Oct 4, 2016 11:43 AM
मैले खुट्टिको सुप पनि बनाएर पिउन भ्याई सके | सुरुवा बनाउदा बेसार , लसुन , अदुवा र जिरा मात्रै हालेको देखेको थिए तेसैले तेही अनुसार बनाए | स्वाद ठिकैथियो, आमा हरुले बनाएको जस्तो त का बाट हुनु ? Last edited: 06-Oct-16 10:02 AM
MaGorkhe1 · Oct 4, 2016 6:04 PM
Magorkhe bro, I thought I could be help finding a place to shop goat bhannera matrai sodhya ho.. Anyways, Restaurant Depot usually sells Australian Goat or Halal goat as well. Meat is really good. But one needs to be member(a food related establishment I believe) to buy anything from there. They usually have 1-2 lbs or min 15 lbs boxes. I do know a trick of shopping there so if anyone needs access..let me know That Khasi looks good:))
urban khasi · Oct 4, 2016 6:50 PM
How much it cost per lb?
magorkhe1 · Oct 8, 2016 8:09 PM
बसोबास कता हो गुर्खे बोरो ? नजिकै हो भने त आउनु पर्ला जस्तो छ । मेरो मा त मैले चिकेन नि बना छैन । चामल को भात , खसिको मासु नखा धेरै पो भो त !
atomic · Oct 8, 2016 8:28 PM
It's around $4 per lbs.
urban khasi · Oct 9, 2016 5:54 AM
That is a great price. Question is How a general public will get access of Restaurant Depo?Thanks Last edited: 09-Oct-16 08:36 AM
magorkhe1 · Oct 9, 2016 6:17 AM
नाम गॊप्य , ठाम गोप्य l तेसैले fb पनि खोल्या छैन मैले l Traders joe बाट रेडिमेड किनेर ल्याउने माइक्रो वेब गर्ने , भात र मासु दुबैको स्वाद पाईन्छ! पकवान शास्त्र एक कला हो , चाख मात्र चाहिन्छा ! माफगर्नु होला गोप्यता राख्नु पर्ने भएकाले निमन्त्रणा गर्न असमर्थता को जानकारी दिन चाहन्छु atomic ब्रो !
magorkhe1 · Oct 11, 2016 8:18 PM
अब म क्यानडा मा बस्ने लाई अमेरिकि निमन्त्रणा कथम कदाचित आई हालेता पनि अाउन गारह्रै पर्ला । हिजो ब्राउन राईस र खसि को मासु नि दन्काईयो पनि , छिमेकी पर्ने को घर मा । Neighbour's House अन्यथा नसोचौं होला । 😇
atomic · Oct 11, 2016 8:49 PM
गोर्खे ब्रो नी अच्चम्म को कुरा गर्छन बा । न ठाउ भंने न स्टेट अनि कलिलो रांगा को मासु कहा पाईंछ रे । टेकु को ह्युमट टोल मा , जाऊ लिन ।
instagram · Oct 11, 2016 10:58 PM
मिट स्टोरमा पाइञ्छ कि भन्ने आसय बाट सोधेको थिए | ठाम चै न बताऔ होला साझामा घन ठोक्ने हरु घर घेराउ गर्न आए भने के होला ?
magorkhe1 · Oct 12, 2016 9:36 AM
तिम्लाई कल्ले सहर स्ट्रीट को नाम घर नंबर अपार्टमेंट नंबर भन भन्या छ र । सहर को नाम ले चै कल्ले पत्ता लाउन सक्छ ?? त्यों माथि साझा का दादा हरु साझा कै मात्र पहलमान हुन जो कुट्छु मार्छु भनेर यहां मात्र उफरिन्छन ।
instagram · Oct 12, 2016 7:45 PM
UK ब्रो: हजुरको त भोजनालय नै छ जस्तो छ तेसैले पकवानको कुरा गर्नु भनेको सुर्यलाइ बत्ति देखाउनु सरह हो ? भेट्न आउला ! हिजो हिउ परेर बुढा बुढी घरै बस्यौ | नजिकको ग्रोसरी स्टोरमा अस्ट्रेलियन बोकाको मासु (boneless with preservative) सेलमा रहेछ पाउन्डको २.९९ मात्रै | एसो सम्झीए यो त सुन लाइ चादीको भाउमा बेचे जस्तो , मैले पनि एउटा उठाए | बोसो फ्यालेर आफैले किमा बनाएर आधीको मोमो बनाइयो अनि आधि मोलेर deep fridge मा राखे, चिसो कम भएको दिन BBQ गरेर खानु पर्ला ? सिंगो खसी काटेर ल्याएको बेला डेरा सबै काचो मासु को बास्नाले भरिएको थियो भने यो बोको को भने Flat छ भने मोमो को बासना आउनु पर्ने त्यो पनि छैन | आधा दिमाग खाच्की सक्यो अनि मम खादा खसीको मम खाए जस्तो महसुस भएन जाठो अचारकै अमिलो र पिरोको स्वाद मात्रै जिब्रोले पायो | पूर्वाग्रही दिमागको खेल होला ? एस्तो मासु चै फेरी किनदिन ! Canadian मित्र हरु अमेरिका छिर्नु अघि खबर गर्नुस : Cornish hen, पिडालु हालेको कालोदाल , साग सब्जी, झानेको काक्राको अचार , सल ल बग्ने भात खुवाएर पठाउला | कुनै दिन तेता छिरिएछ भने पाकसास्त्र को छोटो पाठ सिकाई दिउला | सित्तैमा बस्नलाई राम्रो बहाना खोजेको नठान्नु होला ? त्यता साकी महगो पर्छ रे खाली हात न आउँला ? Last edited: 10-Feb-17 11:19 AM
maGorkhe1 · Feb 10, 2017 10:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion