[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

mno

ramromanchey
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 का बाट खनिएको यो जनसंख्या ? खसिनै साप पार्ने गरि |

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 23640 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-03-16 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो गाउ जस्तोमा बसाइ गरेको १०-११ बर्स भयो | भएका नेपाली जन्तु पनि बाहिरीका थिए अनि बेला मौकामा नजिकको सानो पसलमा Australian Goat को मासु पाईन्थ्यो, किनिन्थ्यो  | अनि दशैँ तिहारमा खसी खोज्न र साझामा छाप्न पर्दैन थियो | ए गाठे यो फूलपातीको दिन  बेलुका खसी मासु किन्न गएको त " हे सिन्योर लट अफ पिपुल कम फर क्याब्रिटो , डिड यु रेफर ? दे लुक लाईक यु म्यान " पो भन्छ | ए ग्याठे अब त बेलामा खसीको मासु पनि खान नपाइने गरि गोर्खाली बढेछन यो सानो गाउमा | मुला काम भनेको केहि पाउने हैन एक घण्टा लगाएर नजिकको सहर धाउनु पर्छ | का बाट खनिए गोर्खाली ? खसी मासु छानी छानी लिएर आउथे अबत ढिलो र पछि परिए  फिला मात्रै बोकेर आउने गरेको तन्द्र्यांग तुन्ग्रुंग मै दशैँ मनाईएला जस्तो छ |
अब कलिलो राँगा तिर लाग्नु पर्ला जस्तो छ | मरमसला हाले पछि त तेस्को स्वाद मुला अस्ट्रेलियन खसी भन्दा मिठै होलाकी ?
लौ साथि हो कहा पाइन्छ कलिलो राँगा को मासु ? छाला भएको भए झनै बेस | लौ यहा लेखन मन नलागे Inbox समाचार छोड्नु भए आभारी हुने थिए
Last edited: 05-Oct-16 06:49 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-03-16 8:00 PM     [Snapshot: 262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhutani refugee brothers with food stamps with you tax dollars bro.. i see them buy food like it's free swiping their plastic... keep working bro..pick up a shift maybe at the same grocery store, you need to pay for their stamps and then buy something for you with what is left in your pocket.
 
Posted on 10-03-16 8:49 PM     [Snapshot: 301]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैँ भनेको हामि नेपालीको महान चाड, मनाइदै आईयो | बिदेस पुगे पछि पनि दशैँ मनाउने क्रम जारि नै राखेका छौ | यो जारि राख्ने क्रम मा बाउले बिरालो बाधेर श्राद्द गरेको देखेका हामि पुरोहित र श्राद्द सामग्री को जोगाड भन्दा बिरालो खोज्ने कामले प्रथम प्राथमिकता पाइए झैँ हार्मो लागि जमारा राख्ने र खसी खोज्ने काम सबै भन्दा प्रमुख कुरा हुन् पुगे |
छाया देख्दा पनि माइग्रेन हुने साझामा देखिएका छन् अहिले ठाउ नै बताई दिए पछि के होला ? तेसैले बसाइ कता हो तिर नलागौ होला |
खसी सिद्दिएको झोकमा रान्गाकै भए पनि काम चलाउला भनेर सोधेको हु | बाइसन को मम खाने बिचार अझै सम्म बिचार मै सिमित रहेको छ | नजिकको मिट मार्केट मा गएर सोध्नु पर्ला |
 
Posted on 10-04-16 8:29 AM     [Snapshot: 530]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

http://www.liveleak.com/view?i=1fa_1378174653
Last edited: 04-Oct-16 08:32 AM

 
Posted on 10-04-16 9:28 AM     [Snapshot: 605]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६-७ वर्ष अघि इण्टर्न्शिपको क्रममा मिसिसिपिको एउटा सानो टाउन पुगिएको थियो. एउटा रातो घांटीले ५० मा बोका दिन्थ्यो, अर्को अमिगोले २० डलरमा काटेर तयार गर्थ्यो. पोहर दशैंतिरको विकेण्डमा फेरी साउथ पुगियो अनि Hattiesburg तिरको साथीहरूलाई सोधेको १५० सम्ममा बल्ल पाठो जत्रो बोका पाइन्छ रे, जय गोर्खाली.
 
Posted on 10-04-16 10:40 AM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 06-Jan-17 09:12 PM

 
Posted on 10-04-16 11:14 AM     [Snapshot: 732]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Red Meat ले cholesterol बडाउछ भन्छन अनि मुला काचो खसीको मासुको Smell ले बच्चा हरु घर छिर्न मान्दैनन | हुन् पनि आफुलाइ पनि मन नपर्ने भएछ |
आज गएर पसलेलाई खसीको मासु आउना साथ् फोन गर भन्छु र एउटा सिंगो साप्रो लिने बिचार गएको छु | त्यो पनि नभए Costco गएर हड्डी नभएको खसी मासु पाइन्छ तेसैमा सन्तोस गर्नु पर्ला | I would not prefer fresh and whole goat.

आज घर कुरा गरेको त " निर्मल काकाको बाउ स्वर्गबास भयो " टिका लगाई हुदैन पो भन्छन | अब आफै नया नियम बनाउनु पर्ला : रेलागाडिमा छुवा छूत नहुने नियम बनाए जस्तै ७ समुन्द्र पार गएकालाई " घरकै"बाहेक हरेक ५ पुस्ता नाघेका लाइ बार्न पर्दैन, मनाए हुन्छ दशैँ भनि मनाए के होला ?

के भन्नु हुन्छ साझाका विद्वान बर्ग ?
Last edited: 05-Oct-16 09:01 AM

 
Posted on 10-04-16 11:33 AM     [Snapshot: 772]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुहाएर एक ब्रेकफास्ट (छाक) छोडिदिने, लन्च चोखो (veg) खाएपछि डिनरदेखि सबैथोक जो फुकाउँदा हुन्छ भन्ने तर्क दिईयो केरे विद्वान नभए पनि

तर गाँठी कुरो, खसीको भाउ चाहिं छोइनसक्नु भा छ त्यसैले खसी भन्दा खसीको मासु तिर लागिएला जस्तो छ
 
Posted on 10-04-16 11:43 AM     [Snapshot: 800]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाठो फार्म को नम्बर मा फोन मारेको ७.९९ प्रति पाउण्ड | यो नजिकैको पसलमा ४.९९ मा बेच्दै थियो |

काम बाट एक फोन मारेको आज डेलिभरी गरेको छ भनेको सुन्ना साथ् हानीए मासु पसल | लौ जा भनेर दुईटा साप्रो काटन लागाएर लिएर आए |जो हात सो साथ् ,  सुरक्षित गरियो दशैँ |

आर्को गुलेलाई टेक्स्ट गरेको मुला जबाफ पनि छैन |
Last edited: 04-Oct-16 03:26 PM

 
Posted on 10-04-16 6:04 PM     [Snapshot: 950]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले खुट्टिको सुप पनि बनाएर पिउन भ्याई सके | सुरुवा बनाउदा बेसार , लसुन , अदुवा र जिरा मात्रै हालेको देखेको थिए तेसैले तेही अनुसार बनाए | स्वाद ठिकैथियो, आमा हरुले बनाएको जस्तो त का बाट हुनु ?  

Last edited: 06-Oct-16 10:02 AM

 
Posted on 10-04-16 6:50 PM     [Snapshot: 983]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Magorkhe bro,
I thought I could be help finding a place to shop goat bhannera matrai sodhya ho..
Anyways,

Restaurant Depot usually sells Australian Goat or Halal goat as well. Meat is really good. But one needs to be member(a food related establishment I believe) to buy anything from there. They usually have 1-2 lbs or min 15 lbs boxes. I do know a trick of shopping there so if anyone needs access..let me know

That Khasi looks good:))
 
Posted on 10-08-16 8:09 PM     [Snapshot: 1372]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How much it cost per lb?
 
Posted on 10-08-16 8:28 PM     [Snapshot: 1391]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसोबास कता हो गुर्खे बोरो ? नजिकै हो भने त आउनु पर्ला जस्तो छ । मेरो मा त मैले चिकेन नि बना छैन । चामल को भात , खसिको मासु नखा धेरै पो भो त !
 
Posted on 10-09-16 5:54 AM     [Snapshot: 1516]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's around $4 per lbs.
 
Posted on 10-09-16 6:17 AM     [Snapshot: 1527]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That is a great price. Question is How a general public will get access of Restaurant Depo?
Thanks
Last edited: 09-Oct-16 08:36 AM

 
Posted on 10-11-16 8:18 PM     [Snapshot: 1778]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम गॊप्य , ठाम गोप्य l
तेसैले fb पनि खोल्या छैन मैले l
Traders joe बाट रेडिमेड किनेर ल्याउने माइक्रो वेब गर्ने , भात र मासु दुबैको स्वाद पाईन्छ!
पकवान शास्त्र एक कला हो , चाख मात्र चाहिन्छा !
माफगर्नु होला गोप्यता राख्नु पर्ने भएकाले निमन्त्रणा गर्न असमर्थता को जानकारी दिन चाहन्छु atomic ब्रो !


 
Posted on 10-11-16 8:49 PM     [Snapshot: 1797]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब म क्यानडा मा बस्ने लाई अमेरिकि निमन्त्रणा कथम कदाचित आई हालेता पनि अाउन गारह्रै पर्ला । हिजो ब्राउन राईस र खसि को मासु नि दन्काईयो पनि , छिमेकी पर्ने को घर मा । Neighbour's House अन्यथा नसोचौं होला । 😇
 
Posted on 10-11-16 10:58 PM     [Snapshot: 1872]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खे ब्रो नी अच्चम्म को कुरा गर्छन बा । न ठाउ भंने न स्टेट अनि कलिलो रांगा को मासु कहा पाईंछ रे । टेकु को ह्युमट टोल मा , जाऊ लिन ।
 
Posted on 10-12-16 9:36 AM     [Snapshot: 2014]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिट स्टोरमा पाइञ्छ कि भन्ने आसय बाट सोधेको थिए | ठाम चै न बताऔ होला साझामा घन ठोक्ने हरु घर घेराउ गर्न आए भने के होला ?

 
Posted on 10-12-16 7:45 PM     [Snapshot: 2147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई कल्ले सहर स्ट्रीट को नाम घर नंबर अपार्टमेंट नंबर भन भन्या छ र । सहर को नाम ले चै कल्ले पत्ता लाउन सक्छ ?? त्यों माथि साझा का दादा हरु साझा कै मात्र पहलमान हुन जो कुट्छु मार्छु भनेर यहां मात्र उफरिन्छन ।
 
Posted on 02-10-17 10:36 AM     [Snapshot: 3074]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

UK ब्रो: हजुरको त भोजनालय नै छ जस्तो छ तेसैले पकवानको कुरा गर्नु भनेको सुर्यलाइ बत्ति देखाउनु सरह हो ? भेट्न आउला !
हिजो हिउ परेर बुढा बुढी घरै बस्यौ | नजिकको ग्रोसरी स्टोरमा अस्ट्रेलियन बोकाको मासु (boneless with preservative) सेलमा रहेछ पाउन्डको २.९९ मात्रै | एसो सम्झीए यो त सुन लाइ चादीको भाउमा बेचे जस्तो , मैले पनि एउटा उठाए | बोसो फ्यालेर आफैले किमा बनाएर आधीको मोमो बनाइयो अनि आधि मोलेर deep fridge मा राखे, चिसो कम भएको दिन BBQ गरेर खानु पर्ला ?  सिंगो खसी काटेर ल्याएको बेला डेरा सबै काचो मासु को बास्नाले भरिएको थियो भने यो बोको को भने Flat छ भने मोमो को बासना आउनु पर्ने त्यो पनि छैन | आधा दिमाग खाच्की सक्यो अनि मम खादा खसीको मम खाए जस्तो महसुस भएन जाठो अचारकै अमिलो र पिरोको स्वाद मात्रै जिब्रोले पायो | पूर्वाग्रही दिमागको खेल होला ? एस्तो मासु चै फेरी किनदिन !
Canadian मित्र हरु अमेरिका छिर्नु अघि खबर गर्नुस : Cornish hen, पिडालु हालेको कालोदाल , साग सब्जी, झानेको काक्राको अचार , सल ल बग्ने भात खुवाएर पठाउला | कुनै दिन तेता छिरिएछ भने पाकसास्त्र को छोटो पाठ सिकाई दिउला | सित्तैमा बस्नलाई राम्रो बहाना खोजेको नठान्नु होला ? त्यता साकी महगो पर्छ रे खाली हात न आउँला ?
Last edited: 10-Feb-17 11:19 AM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters