[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

tragicomic

Mr. D

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पुरस्कार र सम्मानको बेइज्जत : पैसा लिएर सम्मान गर्ने गिरोह राजधानीमा
[VIEWED 7134 TIMES]
SAVE! for ease of future access.
Posted on 06-24-16 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo kaliyug ma ke ke matra dekhna paune ho




काठमाडौं – पुरस्कार र सम्मान कस्ता व्यक्तिलाई दिइन्छ ? भनिराख्नुपर्दैन, कुनै विषयमा उत्कृष्टता–दक्षता हासिल गरेका र राष्ट्रिय– अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रमा योगदान पु¥याएका ख्याति प्राप्त व्यक्ति र संघ–संस्था यस्ता पुरस्कार र सम्मानका निम्ति दाबेदार हुन्छन् । तर, काठमाडौंमा एउटा संस्थाले वर्षौंदेखि पैसा उठाएर पुरस्कार र सम्मानकै हुर्मत लिँदै मनपरी रुपमा सम्मान र पुरस्कारको धन्दा नै सञ्चालन गर्दै आइरहेको पाइएको छ ।samman

‘सामाजिक रुपान्तरणका लागि नागरिक समाज’ नामक संस्थाले यसरी पैसा उठाएर योग्यता, दक्षता र क्षमता नै नभएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने गरेको हो । उसले सम्मानित हुन चाहने व्यक्तिसँग १० हजारदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ ।

उसले झन्डै ९ वर्षदेखि अवैधानिक तरिकाले पैसा असुलेर विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरुबाट वर्षको २ पटक पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने गरेको पाइएको छ । उसले पैसा तिरेर सम्मान हुने चाहनेलाई सुरुमा एउटा फर्म भर्न लगाउने र पैसा असुलेर सम्मानित गर्ने गरेको छ । उसले पछिल्लोपटक गत वैशाख २५ गते उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको हातबाट झन्डै सय जना व्यक्तिलाई सम्मानित गराएको थियो ।

संस्था दर्ता गराएर संस्थागत ढंगले यस्तो धन्दा चलाइए जस्तो देखिए पनि यसमा मुख्य रुपमा तीनजना व्यक्ति व्यक्ति संलग्न छन् । सामाजिक रुपान्तरणका लागि नागरिक समाज संयोजक कृष्ण अर्याल, प्रमुख सल्लाहाकार मणिराज अर्याल र अध्यक्ष यमबहादुर जिसी यो धन्दामा लामो समयदेखि संलग्न रहँदै आएका हुन् ।

अचम्म त के छ भने यसरी सम्मान र पुरस्कारको बेइज्जत गर्दै केही व्यक्तिले सञ्चालन गर्दै आइरहको कार्यक्रममा देशका पूर्वप्रधानमन्त्रीदेखि, पूर्वमन्त्री, मन्त्री, र सभासद्सम्म उपस्थित हुने गरेका छन् । पछिल्लो पटकको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसी सहभागी भएका थिए । त्योभन्दा अघिका कार्यक्रमहरुमा भने पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्री महेश बस्नेत, लालबाबु पण्डितसम्म पनि फसिसकेका छन् । कांग्रेस र माओवादीका नेता पनि यसअघिका कार्यक्रममा सहभागी भइसकेको बताइन्छ ।

- See more at: http://www.ratopati.com/news/58964/#sthash.FqZro3i8.dpuf

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters