[Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 समय र सपना...................
[VIEWED 4974 TIMES]
SAVE! for ease of future access.
Posted on 07-30-15 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

मय र सपना
----------------

अलिकति तिमीले ढिलो गर्यौ, 
अलिति म ढिलो पुगें, 
समयको रफ्तार संग हामी हुन सकेनौं 
हामीलाई स्पर्श गर्दै गयो,  छुन सकेनौ |

ढिलो भैसकेको थियो गन्तब्य , 
गिलो भैसकेको थियो एकलब्य, 

धेरै बर्ष देखिनको बह, 
गह भरि जोख्दै, रोक्दै

एउटा अन्तिम आलिंगन 
एउटा आत्मीय चुम्बन 
साटासाट गर्ने रहर 

अधुरो नै रह्यो जिन्दगानी जस्तै 
अपुरो नै रह्यो प्रेमकहानी उस्तै |

आज तिमी समय भन्दा छिटै आयौ
मलाई थाहा थियो, तिमी अबश्य आउछ्यौ , 

हाम्रो अधुरो कहानीको अन्तिम पाना लेख्नु थियो, 
हाम्रो अपुरो बिहानीको स्वर्णिम गाना लेख्नु थियो |

म रोएँ र  तिमी रोयौ , 
हामीदुबैले पीडाहरु धोयौ

एउटा कसिलो आलिंगनमा 
एउटा रसिलो चुम्बनमा 
कहिले नछुट्टिने बन्धनमा 
         हामी एकाकार भयौ...............

हो समय संग हिड्न न सके पछी, 
सपना संगै हिड्नु पर्दो रहेछ,

त्यसैले पनि अचेल 
समय भन्दा सपनालाई प्यार गर्न थालेको छु 
समय न बेसमय सपना देख्न थालेको छु |

अस्तु !!


 
Posted on 07-30-15 1:33 PM     [Snapshot: 18]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भुईचालो पछी साझामा TPS ज्वार भाटा मात्रै आएको अनी यदा कदा पढ्न पाइने कथा कबिता हरु पनि टाडिदै गयो जस्तो लागेको थियो | पुस्तक प्रकाशन पछी आर्को पुस्तक को तयारीमा भएर होला राहुलभाइ देखिनु हुन्न, सिरिश का हाइकु अनी मिठा मिठा कथा हरु लेख्ने कथाकार हरु हराउनु भएको मा गुनासो कोरेको पनि थिए , तर टासिन |
पाकी गीत र मराठी हास्यब्यङ तिर लागे |

काममै भए पनि पढ्न भ्याइयो , २-४ पल्ट् दोहोर्याए पछी गहिर्याइमा पुग्न सकिन्छ कि ? यो लाइन याद आयो
चल् प्यारकी नयी सुरुवात हो
कुछ ना कहने पर भि साह्रि बाते हो |

Welcome back. 
Last edited: 31-Jul-15 08:59 AM

 
Posted on 07-30-15 2:25 PM     [Snapshot: 78]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Wonderful , thuldai!
Kata haru nu bho Hajur ajakal?
 
Posted on 07-31-15 7:40 AM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Wah Wah Wah!!!
Dheai din pachhi sajha maa chhaunu bhayo.Welcome back Thuldai!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
ट्रंप २०२०
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
❤️ चिक्नी चमेली ❤️
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
उस्तै उस्तै हामी
Looking for Potential Match
Conservative discussions
आयाहूआस्का
Rain Rain .. Raut
Ushering in new era of communism ...
अन्तरद्वन्द
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Photo of the day
Amby Writes:- My Caffeine Indulgence- I
What stocks to buy now in 2021?
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
IT ले सम्बन्ध नै धराप मा पार्ला जस्तो भो
Nas and The Bokas: Coming to a Night Club near you
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters