अर्थमन्त्रीका पीएले २७० बण्डल जस्ता बेच्न खोजेपछि… बैंकले विद्यालयलाई दिएको जस्तामा कांग्रेस नेताको घोटाला ! २०७२ जेठ १६ गते १३:०५ मा प्रकाशित कपिलदेव खनाल १६ जेठ, काठमाडौं । इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायतास्वरुप दिएको तीन सय बण्डल जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले बेच्न लैजान खोजेको भन्दै स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएका छन् । विद्यालयलाई दिएको जस्ता बिक्रीमा लैजाँदै गरेको भन्दै स्थानीयबासी छहरेमा भेला भएर अर्थमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् । बैंकले उक्त जस्ता पाता कबिलासका विद्यालय भवन बनाउनका लागि सरकारलाई दिएको थियो । उक्त जस्ता गाडीमा हालेर कबिलास पुर्याइएको थियो । अर्थमन्त्रीका सहयोगी रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए । गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरे । त्यसपछि गाडी चालक र महतवीच भाडामा बार्गेनिङ सुरु भयो । चालकले त्यति थोरै पैसामा आफूले जस्ता काठमाडौं नपुर्याउने बताए । फोनमा बार्गेनिङ हुन थालेपछि स्थानीयले शंका लागि गाडीमा हेर्दा जस्तापाता फेला पर्यो र तत्कालै नुवाकोट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरियो । स्थानीयबानसीले अनलाइनखरबलाई दिएको जानकारी अनुसार महतले उक्त जस्ता कोटेश्वरको जस्ता पसलमा बुझाइदिन अह्राएको चालकले वयान दिएका छन् । राहतका लागि उपलब्ध भएको सामाग्री रमेश महतले काठमाडौंको कोटेश्वरमा लगेर विक्री गर्न लागेको पुष्टि भएको स्थानीय रामप्रसाद न्यौपानेले दावी गरे । ट्रकका चालक निरज भण्डारीले दिएको वयानका आधारमा जस्तापाता फेरि काठमाडौं फर्काउन लागिएको पुष्टि भएको उनले बताए । जस्तापातामा नेपाल ईन्भेष्टमेन्ट बैंकको लोगो रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता तिर्थबहादुर पाण्डे अर्थमन्त्री डाक्टर रामशरण महतका सम्धी हुन् । व्यक्तिगत सम्वन्धका आधारमा गाउँमा राहत सामाग्री ल्याइएको र नाताले अर्थमन्त्रीको भतिजा नुवाकोट कांग्रेसका सचिव रमेश महतले काठमाडौं लगेर विक्री गर्न लागेको थानसिङ कांग्रेस सभापति विनोद पाठकले बताए । यसैबीच र्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस नेता रमेश महतले इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्ता आफूले बेचेर खान नभई चारवटा गाविसमा बाँड्नलाई लैजान लागेको स्पष्टीकरण दिएका छन् । http://www.onlinekhabar.com/20... छहरेको जस्ता काण्ड : सुशील, रामशरण र वामदेवमाथि प्रश्न सरकारले भ्रष्टाचार गर्दैन भनेर कसरी विश्वास गर्ने २०७२ जेठ १६ गते १२:३४ मा प्रकाशित १६ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले यस अघि भनेका थिए, राहतमा भ्रष्टाचार गर्नेलाई जेल हाल्छु । तर, इन्भेष्टमेन्ट बैंकले नुवाकोटमा विद्यालयहरुलाई दिएको ३०० बण्डल जस्तापाता अर्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस कार्यकर्ता रमेश महतले बेच्न लैजाँदै गरेको अवस्थामा शुक्रबार नुवाकोटमा फेला पर्यो । अब प्रधानमन्त्री कोइरालाले अर्थमन्त्रीलाई रामशरणबाट दीक्षित रमेशलाई जेल हाल्छन् या हाल्दैनन् ? हेर्न बाँकी छ । अर्थमन्त्री डा. रामशरण महतले आगामी असार १० गते दाताहरुको सम्मेलन गर्दैछन् । उनले यसो भन्नका लागि दाताहरुको सम्मेलन गर्न लागेका हुन् कि नेपाल सरकारले अन्तरराष्ट्रिय सहयोगको सदुपयोग गर्ने छ र भ्रष्टाचार गर्ने छैन । तर, आफैंबाट दीक्षा पाएको रमेश महतले २७० बण्डल जस्ता बेच्न लागेको फेला परिसकेपछि अब अर्थमन्त्री महतले लाजगाल र नैतिकताका आधारमा राजीनामा दिन्छन् या दाताहरुको सम्मेलन गर्न भ्याउँछन् ? यो पनि गम्भीर प्रश्न छ । बैंकले कर्मचारीको गाँस काटेर विद्यालयलाई दिएको जस्ता पातामाथि अर्थमन्त्रीकै भाइ भतिजबाट यस्तो लुट मच्चाइनु सामान्य परिघटना होइन । उसमा ङिच्च दाँत देखाएर सरकारले यसमा चोखिन मिल्दैन । यस्तो अवस्थामा सरकारी राहत कोषमा कसरी पैसा जम्मा हुन्छ ? अर्थमन्त्रीका सहयोगीबाट भएको यो घोटाला भूकम्पमा मरेका करिब ९ हजार मृतक, तिनका परिवार र ५ लाख पीडितहरुमाथिको खेलवाड हो । यो घटनाले दाताहरुलाई थप निराश बनाउनेछ, जसको असर भूकम्प पीडितमाथि पर्नेछ । गृहमन्त्री वामदेव गौतमले सार्वजनिक कार्यक्रममा भनेका छन् कि मिडियाले गर्दा विदेशी सहयोग आएन । तर, शहरी विकास मन्त्रालयले त्रिपालमा गरेको भ्रष्टाचार र दाताले दिएको ५ हजार बोरा चामल कसले लग्यो ? यसमा गृहमन्त्रालयको कमजोरी छैन ? कांग्रेस र एमालेको नेतृत्वमा रहेको सरकारले गरिरहेको चरम भ्रष्टाचार, आर्थिक अपारदर्शिता र लापरवाहीका विदेशी दातामात्रै होइन, स्वदेशीहरु पनि निराश हुनुपर्ने स्थिति छ । आफ्नो आङमा लागेको भ्रष्टाचारको भैंसी नदेख्ने तर मिडियालाई दोष दिएर आफू चोखो हुन खोज्ने गृहमन्त्री गौतमको अभिव्यक्तिलाई शुक्रबारको जस्तापाता काण्डले नराम्रोसँग गिज्याएको छ । पञ्चायती व्यवस्थापछि नवधनाढ्य बनेका कांग्रेस र एमालेका अधिकांश नेता-कार्यकर्ताको नशा-नशामा भ्रष्टाचारका जीवाणु छन् । विपतिमा परेका जनताका नाममा आएको सहयोगमा समेत भ्रष्टाचार गर्ने यिनीहरुले जनतासँग हदैसम्म खेलाँची गरिरहेका छन् । यसैको एउटा उदाहरण हो बैंकले दिएको जस्तामा घोटाला । http://www.onlinekhabar.com/20... नुवाकोटका सीडीओ भन्छन्- जस्ता काण्डको छानविन गर्नुपर्छ २०७२ जेठ १६ गते १७:३८ मा प्रकाशित १६ जेठ, काठमाडौं । नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जस्ता काण्डबारे छानविन गर्नु पर्ने बताएका छन् । अर्थमन्त्री डा. रामशरण महतका सहयोगी रमेश महतले राहतको जस्ता विक्री गर्न लागेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएपछि छहरेमा तनाव छ । शुक्रबार साँझबाट सुरु भएको तनाव अझै कम भएको छैन । अहिले पनि जस्ता भएको ट्रकलाई प्रहरीले सुरक्षा दिएको छ भने स्थानीयबासी आन्दोलित छन् । कांग्रेस नुवाकोटका सचिव समेत रहेका रमेश महतले राहतका लागि आएको जस्ता काठमाडौं फिर्ता लगेर बेच्न खोजेको स्थानीयबासीको आरोप छ । स्थानीयका अनुसार विकास महतको घरमा ३० बण्डल जस्ता झारेपछि बाँकी २७० बण्डल जस्ता बोटेर ट्रक काठमाडौं र्फकन खोजेको थियो । तर, अर्थमन्त्री महत र उनका सहयोग रमेश महतले भने आरोपको खण्डन गरेका छन् । घटनाबारे बुझ्दा नुवाकोटका प्रमुख जिल्ला अधिकारी निरौलाले अनलाइनखबरसँग भने-‘यसबारे छानविन गर्नुपर्छ । भोलि जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक बोलाइएको छ । त्यहाँ यो विषय राख्छु ।’ उनका अनुसार इन्भेष्टमेन्ट बैंकले नुवाकोटका स्कुलहरुका लागि पठाएको यो ३०० बण्डल जस्तापाताबारे जिल्ला दैवि प्रकोप उद्धार समितिलाई कुनै जानकारी नै थिएन । कसले पठाएको र कहाँ वितरण हुने भन्ने जानकारी नगराइको भन्दै उनले भने-स्कुलहरुलाई भनेर पठाएको एवान क्वालिटीको रंगिन जस्ता पाता रहेछ । समितिमार्फत आएको भए त कुनै समस्या नै हुने थिएन नि ?’ जस्ता प्रकरणमा छानविन हुनु पर्ने भन्दै उनले भने-‘यस्ता कुरालाई छाड्नु हुँदैन । नत्र अरुले प्रश्रय पाउँछ ।’ http://www.onlinekhabar.com/20... रमेश महत भन्छन्- मैले जस्ता बेचेर खान्छु होला त ? २०७२ जेठ १६ गते १४:४३ मा प्रकाशित १६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस नेता रमेश महतले इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्ता आफूले बेचेर खान नभई चारवटा गाविसमा बाँड्नलाई लैजान लागेको स्पष्टीकरण दिएका छन् । ‘त्यो जस्ता ६ वटा गाविसका लागि आएको थियो,’ महतले अनलाइनखबरसँग भने- ‘कबिलास र पञ्चकन्या गाविसमा बाँडिसकेपछि अरु चारवटा गाविसमा बाँड्न लैजाँदै गर्दा स्थानीयले समाते ।’ बाँकी रहेको जस्ता महाकाली, चौघडा, भद्रुटार र खानीगाउँमा बाँड्ने तयारी भइरहेको महतले दाबी गरे ।’ जस्ता बाँड्ने बैंकका ढकाल थरका कर्मचारी काठमाडौं गएकाले उनलाई भेट्न ड्राइभरलाई छहरा पठाइएका बेला जस्ता समातिएको महतले बताए । उनले भने- ‘काठमाडौंको मान्छेलाई छहरेमा सम्पर्क गर्नु भनेको, ड्राइभरले काठमाडौं लैजानु भन्ने बुझेछ ।’ काठमाडौंबाट जस्ता लिएर आएको गाडीको पत्ती भाँचिएपछि आफ्नो घरमा बालुवा ओसार्ने ड्राइभरलाई खटाइएको तर, उसलाई अरुले प्रयोग गरेर आफूमाथि आरोप लगाइएको महतले दाबी गरे । तर, स्थानीयले भने ३० बण्डल जस्ता रमेश महतले आफ्नै घरमा झारेको दाबी गरेका छन् । आफूमाथि लागेको आरोप सही नभएको रमेशको तर्क छ । ‘पार्टीको सचिव भइसकेको मजस्तो मान्छेले बैंकको छाप लागेको जस्तो बेच्छु होला त ?’ महतले भने- ‘जस्ता बेच्न लागेको भन्ने आरोप झूठो हो, म दाबाका साथ भन्छु, १४ वटा जिल्लामा म राहत वितरणमा सक्रिय भएर लागेको छु, मैले जति रेस्क्यु अरु कसैले गरेको छैन ।’ http://www.onlinekhabar.com/20... अर्थमन्त्रीको जवाफ : राहत सामाग्री विक्री हुन सक्दैन २०७२ जेठ १६ गते १४:४० मा प्रकाशित १६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पनि राहतको छाप लागेको निर्माण समाग्री विक्री हुन नसक्ने दाबी गरेका छन् । अर्थमन्त्री महतका सहयोगी रमेश महतले नुवाकोटको कविलासका विभिन्न विद्यालयका लागि आएको जस्तातापा काठमाडौं पठाउन लागेको भन्दै स्थानीयबासीले छहरेमा ट्रकसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । तर, अर्थमन्त्री महतले भने ट्वीट गर्दै भनेका छन्-‘रिलिफको छाप लागेको निर्माण समाग्री कहाँ र कसरी बिक्री हुन सक्छ ? बास्तविकता नबुझी चरित्र हत्याको प्रयास नगरौं ।’ http://www.onlinekhabar.com/20...
metta · May 30, 2015 8:36 AM · 11,139 views
metta · May 30, 2015 5:35 PM
chor nai chor haru basne desh
divorceguy · May 30, 2015 7:08 PM
अर्थमन्त्रीका पिएलाई प्रश्न गर्दा थप्पड 31 May 2015 | 13:21pm आइतबार १७ जेष्ठ, २०७२ नागरिक 1 2 3 4 5 (5 votes) काठमाडौं— अर्थमन्त्री रामशरण महतका स्वकिय सचिव (पिए) रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न गर्ने एक जनामाथि आक्रमण भएको छ। भूकम्प पीडितका लागि नुवाकोट लगिएको जस्तापाता अर्थमन्त्रीका पिए रमेशले दुरुपयोग गरेकोबारे प्रस्टिकरण दिन आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन भइरहँदा सो घटना भएको हो। प्रश्न सोध्ने कृष्ण बोहोरालाई कांग्रेस कार्यकर्ताले कुटेका हुन्। 'पत्रकार सम्मेलनमा सहभागीमाथि कुटपिट भएको हो', रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमालाले नागरिकन्युजसँग भने, 'यस किसिमका घटनाको हामी भत्सर्ना गर्दछौं। कुटपिट हुनु हुँदैन भन्ने हाम्रो मान्य हो।' कुटाइ खाने बोहोरा एमाओवादी कविलास गाउँ अध्यक्ष हुन्। प्रश्न गर्ने माथि आक्रमण भएपछि अहिले रिपोर्टर्स क्बलमा प्रहरी पुगेको छ। पत्रकार सम्मेलन स्थगित भएको छ।नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नुवाकोटका ६ वटा गाविसका भूकम्पप्रभावित विद्यालयलाई बाँड्न पठाएको जस्तापाता सम्बन्धितलाई नदिई बेच्न खोजिएको भन्दै स्थानीयले थानसिङ–१, छहरेमा रोकेका हुन्। नेपाल इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्तापाता शुक्रबार रमेश महतको कविलास–७, स्थित घरबाट टि्रपरमा लोड गरिएको थियो। लोड गरिएका ती ट्रक काठमाडौं ल्याउन खोजिएको थियो। भूकम्प पीडितका लागि आएको जस्तापाता काठमाडौं फर्काउन लागेको थाहा पाएपछि स्थानीयले ट्रिपर रोकेका थिए। - See more at: http://nagariknews.com/main-st...
_____ · May 31, 2015 5:14 AM
रमेश महत अर्थ मन्त्री महतका भतिज, स्वकीय सचिवका साथै नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव पनि हुन् । http://ujyaaloonline.com/news/... जस्ता काण्डबारे छानविन गर्ने निर्णय परराष्ट्र मन्त्रीले भने- नडराई छानविन गर्नोस् १७ जेठ, नुवोकाट । जिल्ला दैवी प्रकोप उद्धार समिति, नुवाकोटले जस्ता काण्डबारे छानविन गरी दोषीलाई कारबाही गर्ने निर्णय गरेको छ । राहतका लागि आएको जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए एवं का्रंग्रेस जिल्ला सचिव रमेश महतले बिक्री गर्न खोजेको आरोप लागेको छ । आइतबार बसेको उद्धार समितिको बैठकमा दलका नेताहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । उनीहरुले नैतिकताका आधारमा अर्थमन्त्री महतले समेत राजीनामा दिनुपर्ने धारणा राखेका छन् । बैठकमा उपस्थित कांग्रेस जिल्ला सचिव लक्ष्मण श्रेष्ठले यो प्रकरणमा पार्टी नभई व्यक्तिसँग जोडिएको भन्दै छानविनमा सहयोग गर्ने बताएका छन् । बैठकमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसमेत उपस्थित थिए । एमाले नेता समेत रहेका पाण्डेले मन्त्री हुँदैमा कसैले पनि राहतको जस्ता लगेर घर बनाउन र बेच्न नपाइने भन्दै नडराई छानविन गर्न आग्रह गरेका छन् । बैठकले घटनाबारे स्थानीय प्रहरीले छानविन गर्ने र जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारमा परे स्थानीय स्तरमै कारबाही गर्ने र नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । http://www.onlinekhabar.com/20...
metta · May 31, 2015 8:45 AM
metta · May 31, 2015 8:45 AM
अर्थमन्त्री ज्यू ! यही हो राहतमा एकद्वार ? सिडियोले बाँड्नुपर्ने राहतमा कांग्रेस भान्छे २०७२ जेठ १७ गते १७ जेठ, नुवाकोट । इन्भेष्टमेन्ट बैंकले नुवाकोटका विद्यालयलाई दिएको जस्तापाता दुरुपयोग भएको विषयलाई लिएर केही प्रश्नहरु उठेका छन् । अर्थमन्त्री डा. रामशरण महतका भतिज एवं स्वकीय सचिवसमेत भइसकेका कांग्रेस नेता रमेश महतले सो राहत बिक्री गर्न नभई वितरणका लागि लगिएको वयान दिएर आफूलाई निर्दोष सावित गर्न खोजेका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जिल्लामा आएको ३ सय बण्डल राहत जिल्ला दैवी प्रकोप उद्धार समितिमा आएकै थिएन । अर्थमन्त्री डा. रामशरण महतले राहतमा एकद्वार प्रणाली अपनाउने भनिरहेका बेला सरकारलाई बुझाउनुपर्ने सो जस्ता पाता सोझै कांग्रेस कार्यकर्ताको हातमा पुगेको देखिन्छ । अर्थमन्त्री महतले भन्दै आएको राहतमा एकद्वार प्रणाली लागू हुनुपर्ने र दाताहरुले सरकारलाई राहत बुझाउनुपर्नेमा स्वयं उनकै सहयोगीले एकद्वार प्रणालीको धज्जी उडाएको देखिन्छ । मन्त्री महतका आफन्तको नेतृत्व रहेको इन्भेस्टमेन्ट बैंक र कांग्रेस नेताको मिलेमतोमा सो जस्ता जिल्ला प्रशासनसँग समन्वय गर्नु त के सिडियोलाई समेत थाचहा नदिई कांग्रेसको पहलमा गाउँ पुर्याइएको घटनाक्रमले पुष्टि गरेको छ । कांग्रेस कार्यकर्ता रमेश महतले सो जस्तापाता बेचेको नभई बाँडेको नै हो भने पनि सरकारमार्फत् आएको सो राहत बाँड्ने आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालय हो, न कि कांग्रेस कार्यकर्ता । यसरी बैंकले सरकारलाई बुझाएको राहत कांग्रेस कार्यकर्ताले बाँड्दै हिँडे हो भने स्वाभाविकरुपमा प्रश्न उठ्छ, अर्थमन्त्रीज्यू, तपाईले भन्दै आएको एकद्वार प्रणाली कहाँ गयो ? http://www.onlinekhabar.com/20...
metta · May 31, 2015 7:15 PM
मन्त्री नै राहत किनबेचमा लागे : ओली अन्नपूर्ण |२०७२ जेष्ठ १८ सोमबार फोटो :अन्नपूर्ण सरकार असफल भइसक्यो काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार भूकम्पपीडितको राहत र पुनःस्थापनामा असफल भएको आरोप लगाएको छ ।आफ्नै पार्टी पनि सदस्य रहेको कोइराला सरकार भूकम्पपछिको विपत्तिको सामना गर्न असफल भएको भन्दै ओलीले घुमाउरो रुपमा सरकार परिवर्तन जरुरी रहेको उल्लेख गरे ।‘सेना, प्रहरी र सशस्त्र भूकम्पपछिको उद्धारमा अहोरात्र उत्रेर सरकारको नाक जोगाइदिए’, भक्तपुरमा मानवीय आस्था नेपालले बनाएका तीन सय टहरा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘तर, समग्र राहत र उद्धारप्रक्रियामा सरकार असफल भइसकेको छ । त्यही कारण दलहरुले स्वयम्सेवक परिचालन गर्नुपरेको हो ।’अध्यक्ष ओलीले अर्थमन्त्री डा. रामशरण महतका पिए रमेश महत भूकम्पपीडितको जस्तापाता किनबेचमा लागेको प्रसंग उल्लेख गर्दै राहत दिने बेलामा मन्त्रीहरु नै राहत गडबडमा संलग्न भएको आरोप लगाए ।‘भूकम्पपीडितलाई राहत वितरण गरी सरकारको उपस्थिति देखाउने बेला मन्त्री र तिनका पिए नै जस्तापाता किनबेचजस्तो घृणित काममा लागेका छन्’, अध्यक्ष ओलीले भने, ‘नुवाकोट लगिएको जस्तापाता काठमाडौं फर्काउन खोज्दा जनताले समाते । यसको जवाफ अर्थमन्त्रीले दिनुपर्छ ।’भूकम्पपीडितलाई बाँड्न लगिएको जस्तापाता काठमाडौं फर्काउन खोज्नु बदनियतपूर्ण भन्दै ओलीले यसको जवाफ अर्थमन्त्री रामशरण महतले दिनुपर्ने बताए । ‘जनतालाई बाँड्न लगिएको सामान फिर्ता गर्न खोज्नुबाटै बदमाशी गरेको देखिन्छ’, ओलीले भने, ‘निशुल्क बाँड्न लगिएको जस्ता काठमाडौं ल्याएर पैसा लिई बेच्न खोजेको देखियो ।’अध्यक्ष ओलीले एमालेले देशभरका भूकम्पपीडित जनतालाई भोकै बस्न नदिने उल्लेख गर्दै सरकारले चासो नदिएपनि आफूहरु भूकम्पपीडितको पींडा मेटाउन लागिरहेको बताए । ‘हामी भूकम्पपीडितहरुलाई भोकै मर्न दिँदैनौ’, ओलीले भने, ‘हाम्रा दशौं हजार स्वयम्सेवक भूकम्पपीडितका लागि अहोरात्र खटिरहेका छन् ।’ http://annapurnapost.com/News....
metta · Jun 1, 2015 4:16 PM
ओलीले के भन्यो रे ? हराम्खोर हरु : आफ्ना कार्यकर्तालाई खुल्लामचंमा कुदाए झैँ गाउ गाउमा कुदाएर देखाएको भए बिस्वास गर्थ्यौ | महिना दिन पछि गफ चुट्न थाले |कहा लुकका थियौ ? ह त्यो महत : सरकारी निकाय बात राहत बाड्न गएको कि कांग्रेसी भएर ?
magorkhe1 · Jun 1, 2015 4:25 PM
metta · Jun 1, 2015 4:46 PM
metta · Jun 1, 2015 4:51 PM
ल त्यो रमेश महतले आफ्नो बाउको पिन्ड खाएछ बधाई छ । २० बर्ष अगाडि वायरिङको काम गरदै जिविका चलाउनेले बाउ बाजेको सम्पती यति छ कि सिध्याउन फू्र्सत नभाको रे ! हाहा
controversial · Jun 1, 2015 7:23 PM
why is Ram Sharan all the time arthamanthri? he sued to be back then too.
divorceguy · Jun 1, 2015 7:25 PM
गाडी धनीले भने-अर्थमन्त्रीका पीएले जस्ता काठमाडौं लैजान भनेका हुन् २०७२ जेठ १९ गते १९ जेठ, काठमाडौं । नुवाकोट कांग्रेसका नेतासहितले अर्थमन्त्री डा. रामशरण महतका तत्कालीन स्वकीय सचिव (पीए) रमेश महतले राहतको जस्ता बेच्न काठमाडौं ल्याउन लागेको दावी गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर नुवाकोटको छहरेमा स्थानीयबासीले नियन्त्रणमा लिएको ट्रकका मालिक, कांग्रेस नेता र स्थानीयले महतले जस्ता बेच्न लागेको दाबी गरेका हुन् । जस्ता लोड गरिएको बा ३ ख ३८४४ नम्बरका धनी सविन लामाले रमेश महतको सामान हो, काठमाडौ लानु छ धेरै बार्गेनिङ गर्नु हुन्न भनेपछि आफूले चालक सितल भण्डारीसँग काठमाडौं जान अनुमति दिएको बताए । उनले आफूहरु संलग्न नभएको भन्दै कमाई खाने आफ्नो ट्रक र चालकलाई तत्काल रिहा गर्न माग गरेका छन् । कांग्रेस जिल्ला सदस्य एवम थानसिंह गाविस सभापति विनोद पाठकले कांग्रेस कविलासपुरकै सचिव मधु कोइरालाले जस्ता पाता विक्री गर्न लान लागेको भनेको दावी गरे । सवारी चालकले नै काठमाडौं जान भाडा तय गरेको जानकारी दिएपछि महतले आफ्नो संलग्नता नभएको भनि गरेको दावी सत्य नभएको उनले बताएका छन् । जिल्ला दैविप्रकोप उद्दार समिति र गाविस सचिवलाई जानकारी नदिई वितरण गरेँ भन्नु र सवारी धनीसँग काठमाडौं लैजान भाडाको मोलमोलाहिजा गर्नुले जस्ता काण्डमा पनि महतको संलग्नता पुष्टि भइसकेको भन्दै उनले यसमा कांग्रेसभित्रको आन्तरिक विवाद नभइ भूकम्प पीडित जनतालाई ठग्ने नियतको विरुद्धको संघर्ष भएको बताए । उनले रमेश महतलाई कांग्रेस नुवाकोट सचिवबाट समेत राजीनामा दिन चुनौति दिए । रमेश महतको अघिल्लो पत्रकार सम्मेलनमा प्रश्न गर्दा उनका समर्थबाट हातपात गरिएका कविलासपुर गाविसका एमाओवादी ईन्चार्ज कृष्णप्रसाद बोहराले महतले जस्तापाता वितरणको विषयमा गाविस सचिवलाई जानकारी नभएको लगायतका फोन रेकर्ड प्रमाणको रुपमा प्रस्तुत गरे । http://www.onlinekhabar.com/20...
metta · Jun 2, 2015 3:43 PM
Published on Jun 2, 2015 Ramesh Mahat Vs Jagadish Narsingh KC on captured galvanised corrugated sheet. महत भन्छन्, "म जस्तापाता बेच्ने जस्ताे छु र ?" केसी भन्छन्, "व्यक्तिले गरेकाे अपराधमा कांग्रेस सति जाँदैन ।"
metta · Jun 2, 2015 4:30 PM
जगदीश्वर नरसिंह केसी भन्छन्- राहतको जस्ता बेच्न खोजेकै हो, त्यस्तालाई जोगाउन लागिनँ पहिलोपोस्ट - | 1st June 2015 | १८ जेठ २०७२ | अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव रमेश महतमाथि भूकम्प पीडितका लागि पठाइएका जस्तापाता बेच्न खोजेको आरोप लागिरहेकै बेला नेपाली कांग्रेसकै नेता अर्जुननरसिंह केसीका भाइ तथा नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीमाथि पर्दा पछाडिबाट राजनीति गरेको आरोप लागिरहेको छ। जस्ताकाण्डकै कारण रमेश महतले सोमबार अर्थमन्त्रीको स्वकीय सचिवबाट राजीनामा दिँदै भने- पार्टीको अधिवेशन आउन लागेको बेला मेरो प्रभाव बढेको देखेर फँसाउने काम भएको हो। घटनाले यति ठूलो रुप लिइसक्दा पनि कांग्रेस जिल्ला सभापति केही नबोल्नु आश्चर्य भएको उनको बुझाइ छ। के भन्छन् त जस्ताकाण्डबारे नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी? पहिलोपोस्ट संवाददाता सविन मिश्रले केसीलाई चार प्रश्न गरेका छन्। तपाईँमाथि पर्दापछाडिबाट यो घटनामा राजनीति गरेको आरोप छ नि? जसले अनियमितताको पराकाष्ठा नाघ्यो, जसले बदमासी र भ्रष्टाचार गर्दा जनताले नङ्ग्याए, त्यसबाट तिल्मिलाउनेहरु दोष अरुलाई लगाएर उम्कन खोजेको मात्रै हो।तपाईँ नुवाकोटको पार्टी सभापति। बेलैमा एक्सन त लिनुपर्थ्यो होला नि। किन नलिनुभएको? यो घटनामा पार्टीको कुनै संलग्नता छैन। पार्टी निष्पक्ष छानबिनबाट दोषी प्रमाणित गरी कारबाही गर्नुपर्छ भन्नेमा छ। पटक पटक नेपाली कांग्रेसको सभापतिको हैसियतमा मैले आफ्नो अभिव्यक्ति दिएको छु। यो जस्ताकाण्ड, जस्ताकाण्ड मात्र होइन। अब अर्थ मन्त्रालयका विभिन्न निकायबाट कति-कति बुझेर कहाँ-कहाँ लगेका छन्, कहाँ-कहाँ पुग्यो? कति नगद लग्या छ, कति जिन्सी लग्या छ, कुन-कुन गाउँमा लगेर बाँडिएको छ, के कति लगेर बेचिएको छ, त्यो सबै खोजी होस् भन्ने मेरो पनि माग छ। जसरी एउटा नालायकले जनताको दु:ख पीडामा मलम लगाउन कुनै संस्थाले सहयोग गरेको जस्ता बेचेर खानलाई आफ्नो घर कविलासमा पुर्याइएको जस्ता फर्काएर काठमाडौं कोटेश्वरको हार्डवेयरमा लगेर बेच्ने र मूल्य समेत निर्धारण गरिसकेको अवस्थामा अर्कालाई दोष लगाएर पन्छिने नियत आफैमा खराब हो। दोष अरुलाई लगाउनु पन्छिने षड्यन्त्र मात्र हो।रमेश महतले भनेका छन्- जिल्ला सभापति लगायतले यो घटना उचालेका हुन्। आरोपमात्र लगाएको कि तपाईँसँग प्रमाण पनि छन्? गाडी धनी सविन लामाको फोन नम्बर ९८५……. हो। उनको १४ गतेदेखि आजसम्मको कल डिटेल्स लिने काम प्रशासनले गरोस्। त्यो कल डिटेलबाट जे आउँछ, दोषी को हो कसले के षड्यन्त्र गर्याछ, कविलासको रमेशको घरबाट कोटेश्वर ल्याउन खोज्या हो कि होइन, जस्तापाताको भाडा गाडीधनीले २० हजार भनेको, अर्को थरीले १५ हजार भनेको, ….फुयालले रमेश दाइको जस्ता हो, रमेश दाइ हामीलाई काम लाग्छ, मिलाएर लगिदेउ भनेको र गाडी धनीले मलाई रमेश दाइ र अरु दाइ को हो थाहा छैन, मैले चिन्ने भनेको मेरो गाडी चलाउने मान्छे हो, मलाई भाडा चाहिन्छ, कोटेश्वर पुर्याउन मेरो गाडी भाडा २० हजार हो भनेको, त्यति भए काठमाडौं लान्छु नत्र लान्न भनेको सबै कुरा त्यहीँबाट खुल्छ। १४ गतेदेखि आजका मितिसम्म भएको कुराको कल डिटेल भ्वाइस नै प्रमाण हो। म अरु प्रमाण दिन सक्दिन। मैले यो कुरा आजसम्म नबोलिरहेको हुँ। मलाई सबै कुरा थाहा थियो। तर पार्टीको सभापति किन धेरै अगाडि बढेर बोल्ने भनेर बसेको थिएँ। म चुप लागेर बस्दा मेरो नाम पनि आयो। मैले सत्य कुरा बोल्नुपर्छ। म कांग्रेसको सभापति हुँ। म कसैको सति जान्न। कसैले भ्रष्टाचार गर्छ, बदमासी गर्छ, अनियमितता गर्छ, कालोबजारी गर्छ, विपदमा प्रयोग गर्न पठाइएका जस्ता र पाल बेचेर खान्छ, त्यस्तालाई बचाउन नुवाकोट कांग्रेसको सभापति लाग्दैन। त्यही जोगाउन नलागेका कारणले मलाई दोष लगाउने काम भएको छ। नुवाकोटमा अरु दलका कार्यकर्ता नै हाम्रो विरुद्ध छन्। झन् मैले त हामीले सन्तुलित भएर बोलौँ, छानबिन होस् भनेको छु। निष्पक्ष छानबिन गर्दा जो दोषी देखिन्छ, उसलाई कारबाही गरौँ भन्ने हाम्रो भनाई हो।अन्तिममा, आउँदो असार १० गते नुवाकोट कांग्रेसको अधिवेशन छ। त्यसमा रमेश महत सभापति उठ्न खोजेको, केसीको तर्फबाट अहिले गतिलो उम्मेदवार नभएको, डा. महत (अर्थमन्त्री) को पक्षबाट सभापति जित्ने देखेर केसी परिवारले सुनियोजित रुपमा यसो गरेको भन्नेहरु पनि छन् नि? यो फटाहा कुरा हो। म को उम्मेदवार हुन्छ भन्नेतिर लाग्दिन। रमेश महत भन्नेको हैसियत ४८ सालको चुनावमा कांग्रेस चुनावको मैदानमा जाँदै गर्दा जनमोर्चाको नामबाट दधिराम भण्डारीको टाउकोमा ढुंगा हान्ने हो। अहिले कांग्रेसको सभापति लड्छु भन्ने हैसियत उसको कहीँ पनि छैन। उसको आफ्नै महत्वकांक्षा होला, के होला मलाई त्यो थाहा छैन। ऊ कहाँ कहाँ के लड्छ लडिरहोस्, मलाई आपत्ति छैन। तर यो सबै चिजको खोजी गर्दा अब मैले अर्थ समितिको बैठकमा अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न युनिटबाट कहाँ कहाँ के के गए, कसरी त्यसको वितरण भयो, वितरण प्रक्रियामा फिल्डमा पुगेको छ कि छैन हेर्छु। नुवाकोटका जनताको बीचमा पुगेको छ भने म स्वागत गर्छु। फिल्डमा नपुगिकन बीचबाटै बेच्ने वा कालोबजारी गर्ने काम भएको रहेछ भने एक एक खोज्ने हो।उनको राजनीतिक हैसियत केही समयअघि घरमा वायरिङ गर्दै हिँड्ने हैसियत पुगेको मान्छे हुन्। मेरो पुरानो घरमा उनी वायरिङ गर्न आएका थिए २०४६/४७ तिर। अहिले उनी प्राडो र पजेरो चढ्ने हैसियत कहाँबाट आयो? त्यसकारण उनले आफूले आफूलाई चिन्नुपर्छ। म उनलाई राम्रो चिन्छु। उनको आर्थिक हैसियत पनि राम्रै थाहा छ। उनी केमा लड्छन् लडिरहुन्। तर कसैसँग मलाई कम्पिटिसन गर्नु छैन। फुच्चेफाच्चे, भुरेटाकुरे, झिनामसिनासँग मलाई आपत्ति छैन। उनको जस्तो फुर्तीफार्तीको भाषा बोल्ने बेला छैन। बदमासी गरेकै हो, भ्रष्टाचार गरेकै हो, बेच्न खोजेकै हो।अझ इन्भेस्टमेन्ट बैंकले ७०० बन्डल जस्ता दिएको भन्ने सुनिएको छ। बल्ल ३०० को हिसाब माग्दैछौँ। ४०० जस्ता कुन ठाउँमा डम्प गरिएको छ? इन्भेस्टमेन्ट बैंकलाई पनि सोध्नुपर्ने भएको छ- जिल्ला दैवी प्रकोप उद्धार समितिमा नगैकन एकजना व्यक्ति रमेश महत र बैकुण्ठ मिश्रलाई किन बुझाइयो? यसबरे थाहा छैन भनेर रमेश महतको अभिव्यक्ति आएको छ। अघिल्लो १४ गते रमेश महतलाई इन्भेस्मेन्ट बैंकले जस्ता बुझाउने, भोलिपल्ट १५ गते यो त्यो ठाउँमा जाँदा ‘जस्ता कहाँबाट आयो, मलाई थाहा छैन’ भनेर भ्रमपूर्ण अभिव्यक्ति आयो। त्यसले के प्रमाणित गर्छ भने बदमासी, भ्रष्टाचार, अनियमितिता भएको छ। बेच्न खोजेकै हो, जनताले नंग्याइदिए। गलत गर्न खोज्ने जनताको बिचमा नांगिएको छ, यसमा कांग्रेस निष्कलंक छ। नेपाली कांग्रेस कसैको सति जाँदैन, जस्तोसुकै ठूलो मान्छे भए पनि कांग्रेसले बदमासलाई बदमास भन्छ, भ्रष्टलाई भ्रष्ट नै भन्छन्। त्यसकारण कसैका पक्षमा नबोलिएका कारण कसैले फसाउँन खोज्यो भन्छ भने ऊ आफै नांगिन्छ। http://www.pahilopost.com/cont...
metta · Jun 2, 2015 8:31 PM
लक्ष्मण गाम्नागे ढुकुटीमन्त्रीले रक्षा गरुन् मुलुकको ढुकुटीमन्त्रीको स्वकीय सचिवजस्तो एउटा प्रतिष्ठित र सम्पन्न मान्छेले राहतमा आएका १०–२० बन्डल टिनका पाता बेचेर खान्छ भनेर जतिसुकै प्रमाण पेस गरिए पनि म पत्याउँदिनँ । देशमा यस्तो विपत्का बेला पीडामा पिल्सिरहेका जनताका नाममा आएको त्यस्तो राहत खानु भनेको आफ्नै पिण्ड खानु बराबर हो भनेर सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती हामीले पढेकै छौँ । राहतमा भ्रष्टाचार गर्नेलाई जेल हाल्छु भनेर प्रधानमन्त्रीले पनि भनिसकेकै छन् । यस्ता कुरा राम्रोसँग थाहा पाएका ती शिक्षित र सचेत व्यक्तित्वलाई त्यस्तो घटिया आरोप लगाउनेहरूलाई गाली–बेइज्जतीको मुद्दा हाल्नुपर्नेमा उल्टै आफैँले पो राजीनामा दिएछन्, आश्चर्य ! धेरै तथ्य हेर्दा सचिवज्यू निर्दोष नै देखिन्छन् । उनी देशको सबैभन्दा ठूलो राजनीतिक दलका जिल्ला सचिव हुन् । ढुकुटीमन्त्रीका भतिजा, स्वकीय सचिव पनि । उनी स्वयंले भनिसके, त्यस्ता नाथे जस्तापाता बेचेर खानुपर्ने गतिछाडा म होइन । खासमा के भएछ भने सचिवज्यूले जस्तापाता बोकेको ट्रकको ड्राइभरलाई जस्तापाताको उपयुक्त वितरण गर्नेबारे सल्लाह गर्न पाता पठाउने दाताको काठमाडौँको मान्छेलाई भेट्नू भनेका रहेछन् । ड्राइभर कान नसुन्ने परेछ । उसले जस्तापाता काठमाडौँ लानू भनेको सुनेछ । आपत्विपत् परेका बेला हामीले ‘हार्डवर्क’ गर्नुपर्छ भनेको कुरालाई ड्राइभरले हार्डवेयरमा पुर्याउनू भनेको सुन्यो होला । यसमा सचिवज्यूको के दोष ? घटनाको प्रकृति बुझेर घरभित्रको कुरा घरभित्रै सल्टाउनुपर्नेमा कांग्रेसका जिल्ला सभापति नै सचिवका विरुद्ध खनिएपछि जोरीपारीहरूले घटनालाई उछाल्ने मौका पाए, उछाले । कुरै गर्ने हो भने दाताले सित्तैँमा पठाएको जस्तापाताको केही अंश सचिवज्यूले आफ्ना घरमा झार्नु कुनै ठूलो कुरा होइन । ढुकुटीमन्त्रीको पिए हुँदैमा घरपरिवारको हेरचाह गर्न नहुने भन्ने हँुदैन होला । उनको पनि घर हुँदो हो । भत्केको हुँदो हो । घर नभत्के पनि गोठ भत्केको हुँदो हो । गोठ भत्किनसकेको भए पछि भत्किन सक्ला । पछि आउने विपत्तिबाट पनि जोगिनुपर्छ नि † फिरीमा बाँड्नका लागि आएको, त्यो पनि आफन्तले पठाएको २०–३० बन्डल टिनका पाता आफ्ना घरपछाडि झारेकै हुन् भने पनि कुनै अपराध गरेका होइनन् । जस्तापाता पठाउन लगाउने ढुकुटीमन्त्री, पठाउने ढुकुटीमन्त्रीका सम्धी, बाँडचुँड गर्न खोज्ने ढुकुटीमन्त्रीका भतिजा । खास फट्याइँ त बीचमा पसेर भाँजो हाल्ने जनताले गरेका हुन् । यो घटनामा नुवाकोटे जनताले चाहिनेभन्दा बढ्ता बाठा भएर तीललाई पहाड बनाएका हुन् । अर्को एउटा बाठो निस्केछ, सचिवज्यूको पत्रकार सम्मेलनमा । आफूले कुनै गल्ती नगरेको प्रस्ट पार्न आयोजित पत्रकार सम्मेलनमा घुसेर सचिवज्यूलाई प्रश्नमाथि प्रश्न गरेर र्याखर्याख्ती पार्न थालेछ । अझ अगाडि बढेर अडियो नै बजाउन लागेपछि उसैलाई बजाएछन्, सचिवज्यूका कार्यकर्ताले । अर्को एउटा पत्रकार पनि बाठो भएर प्रश्न गर्ने हुँदा त्यसले पनि खाएछ रामधुलाई । क्या काइदा गरेछन् भने † यसबाट झनै छर्लंग हुन्छ, सचिवज्यू निर्दोष छन् । घोटाला गरेको भए पत्रकारलाई समेत भकुर्ने आँट कसरी गर्थे ? यसरी हरेक हिसाबले निर्दोष हुँदा हुँदै पनि उनले पदबाट राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेका छन् । महाभूकम्पीय जस्तापाताको चपेटामा परेर जागिर गएका कारण सरकारले उनलाई भूकम्पपीडित नागरिकको प्रमाणपत्र दिएर तुरुन्त क्षतिपूर्ति र राहत दिनुपर्छ । ढुकुटीमन्त्रीले आफ्ना कार्यकर्ताको रक्षा गरून् । http://www.ekantipur.com/nepal...
metta · Jun 7, 2015 4:46 PM
जस्ता बेच्ने र त्रिपालमा भ्रष्टाचार गर्नेलाई तत्काल कारवाही गर्न निर्देशन सभासदको प्रश्न- उपत्यकालाई एक वर्ष संकटग्रस्त क्षेत्र किन ? १ असार, काठमाडौं । नुवाकोटका विद्यालयका लागि इन्भेष्टमेन्ट बैंकले दिएको जस्तापाता बेचिएको काण्डको अनुसन्धान गरिरहेका प्रमुख जिल्ला अधिकारीलाई रहस्यमय ढंगले सरुवा गरिएकोमा संसदीय समितिले सरकारसँग स्पष्टीकरण मागेको छ । व्यवस्थापिका संसद राष्ट्रिय विपत व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले जस्ता बेचिएको सन्दर्भमा अनुसन्धान गर्ने अधिकारीलाई अचानक किन सरुवा गरियो भनी मंगलबार गृहमन्त्री बामदेव गौतमलाई बोलाएरै प्रश्न सोधेको हो । विशेष समितिका सभापति समेत रहेका सभामुख सुवास नेम्वाङले मंगलबारको बैठकमा गृहमन्त्री गौतमलाई सोधे-यस्तो आरोपको छानविन भइरहेका बेला छानविन गर्ने महत्वपूर्ण अधिकारीलाई किन सरुवा गर्नु परेको हो ? जानकारी चाहियो । संसदीय विशेष समितिले ७ बुँदे निर्देशनको पहिलो बुँदामै नुवाकोटको जस्ता काण्डको यथार्थ छानिवन अझै नहुनु र सम्बद्ध व्यक्तिमाथि कारवाही नहुनुको कारण माग्दै अविलम्व अनुसन्धान गरी त्यसको तीन दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । अर्थमन्त्री रामशरण महतका पीए तथा भतिजा रमेश महतले इन्भेष्टमेन्ट बैंकले नुवाकोटका भूकम्पले भत्काएका स्कूल छाउन दिएको ३ सय बण्डल जस्ता काठमाडौंमा बेच्न ल्याएको आरोपमा नुवाकोटको छहरेमा स्थानीयले जस्ता समाएर स्थानीय प्रशासनलाई बुझाएका थिए । महतको गाउँ कबिलासमा केही जस्ता झारेपछि ती जस्ता काठमाडौं ल्याउन लागिएको ट्रक चालक र ट्रक धनीले समेत बयान दिएका थिए । सोही अनुसार छाननिव भइरहेका बेला प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई अर्थमन्त्री महतको दबावमा गृहमन्त्रालयले सरुवा गरेको आरोप सभासदहरुले लगाएका छन् । विशेष समितिले भूकम्प प्रभावित घर परिवारलाई उपलव्ध गराउन शहरी विकास मन्त्रालयबाट खरिद गरिएको त्रिपालमा २४ करोड बढी भ्रष्टाचार भएको सन्दर्भमा समेत सरकारको ध्यानाकर्षण गराएको छ । समितिले दिएको लिखित निर्देशनमा भनिएको छ-राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गरी उक्त प्रतिवेदनमा उल्लेखित निष्कर्ष तथा सुझावअनुरुप कार्यान्वयन भएको भए सोको जानकारी र नभएको भए अबिलम्ब कानुनबमोजिम कार्यान्वयन गरी सात दिनभित्र जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गरिन्छ । त्यस्तै विशेष समितिले समाज कल्याण परिषदबाट दुई करोड रुपैयाँको त्रिपाल र खाद्यान्न खरिद गरी वितरण गरेको सन्दर्भमा सरकारको एकद्वार प्रणाली विपरीत भएको भन्दै यसको छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । संसदीय विशेष समितिले काठमाडौं उपत्यकाका तीन जिल्लालाई एक वर्षका लागि संकटग्रस्त क्षेत्र घोषित गरिएकोमा पनि चिन्ता प्रकट गरेको छ । उद्धार र राहतबाट संकटग्रस्त क्षेत्र अन्त्य गरी पुननिर्माणमा लाग्नुपर्ने बेलामा एक वर्षलाई तीन जिल्ला संकटग्रस्त घोषणा गर्नुको औचित्य संसदले मागेको छ । यसैवीच जस्ता काण्डमा मुछिएपछि नैतिकताका आधारमा राजीनामा दिएका कांग्रेस नेता रमेश महत कृषि विकास बैंकको सञ्चालन समिति सदस्य बनेका छन् । http://www.onlinekhabar.com/20...
metta · Jun 16, 2015 6:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion