[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

tragicomic

Tyo Din

jetho390
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 22 लाख तिरेर छ महिना लगाएर दलालको मार्फत कसरि अमेरिका आइ पुगेँ
[VIEWED 10490 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-15 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मलाईं अमेरिका पुर्‍याउने आरके दलालका नाममा



म अमेरिका हिँडेको छोरो। चीनको अपार्टमेन्टमा दुई महिना बिताएँ। ती दुई महिनाभर मलाई नेपालस्थित इमिग्रेसनमा ‘व्यापारका लागि चाइना जान लाग्नु भएको रहेछ। ल, गुडलक!’ भन्ने अधिकृतलाई धेरैचोटि सम्झेँ। यी दलालले मलाई चीनको बाटो हुँदै अमेरिका पुर्‍याएका थिए।
* * *
गाउँमा चिनजानकी एक दिदी थिइन्। उनी यसैगरी अमेरिका पुगेकी थिइन्। हाल उनी अमेरिकाको टेक्सासमा छिन्। उनीसँग एकदिन कुरा हुँदा मलाई अमेरिका जान सहयोग गर्नसक्ने बताइन्। काठमाडौंस्थित एक दलाललाई भेट्ने सल्लाह उनले दिइन्।
उनले भने अनुसार काठमाडौँमा ती दलाललाई भेटेँ। पासपोर्टसम्म बनाएको थिइनँ मैले। आरके नामका ती दलालले एक निमेशमै भने- पाँच लाख रुपैयाँ र पासपोर्ट ल्याएर भेट्नू।
अमेरिका पुग्ने सपना झन् जागृत भएर आयो।
ती दिदीले २२ लाख रुपैयाँसम्म खर्च लाग्नसक्ने बताएकी थिइन्। घरमा मेरा बाआमा र दुई भाइ छन्। सामान्य रेस्टुरेन्ट व्यवसाय थियो। मलाई अमेरिका पठाउने कुराले सबैका मनमा दिन दुईगुना रात चौगुना खुसी थप्दै गयो। हामीले आफूसँग भएको जम्मा पार्दै र सापट गर्दै रकम जुटाउन थाल्यौँ। करिब ६ महिनाको प्रयासपछि रेस्टुरेन्ट बेचियो र मेरो अमेरिकाको यात्राको श्रीगणेश भयो।
* * *
भारतको बाटो अलि ‘रिस्की’ भएकाले यसपालिको टोली चीन भएर जाने बताए, आरके सरले। त्यसैले मनमा द्विविधा थियो। आखिर अमेरिका नपुग्दासम्म खुसी हुने कुरो पनि भएन। घरबाट अमेरिकाका लागि हिँडेको भए पनि म गाँउघरका लागि मेरो यात्रा काठमाडौंसम्मको मात्रा थियो।
काठमाडौं आएपछि पुन: आरके सरले सम्झाए- तिम्रो पासपोर्टमा चाइनाको भिसा लागेको छ। ‘व्यापारका लागि जान लागेको’ भन्नुपर्छ।
उनले सिकाएबमोजिम नै गरेँ। एयरपोर्टमा नेपाली टोपी लगाएका अधवैंशे अधिकृतले एकछिन अनुहार र पासपोर्टमा हेरेर भने- गुडलक।
चीनको बेइजिङमा बस्ने व्यवस्था गरिएको थियो। ६ जना नेपाली थियौँ। खानेबस्ने व्यवस्था त थियो। तर, यहाँबाट कसरी अमेरिका पुग्ने भन्ने चिन्ताले सताइरहन्थ्यो। कुनै दिन त खानै रुच्दैनथ्यो। घरमा कुरा गर्दा पनि निकै चिन्ता गर्थे। त्यसले झनै गाह्रो गराउँथ्यो।
एक हप्तामै त्यहाँबाट अर्को देशमा पुग्ने योजना रहेछ। तर काम नभएर भिसा सकिने दिन आइपुग्न थाल्यो। भिसा सकिनु एकदिनअघि मात्र हामी बोलिभियाको भिसा लगाएर त्यहाँबाट हिँड्यौँ।
* * *
मसँगै ५ जना नेपाली साथी थिए। ४५ वर्षजस्तो उमेरका एक अंकल थिए, एक महिला पनि थिइन्।
यसअघि नेपालबाट भेनेजुयलाको भिसा लगाएर अमेरिका छिर्ने दलालहरूको जालो थाहा भइसकेको थियो। त्यसैले यसपालि हाम्रो टोलीलाई भेनेजुयला नभएर बोलिभियाको भिसा लगाइएको थियो। बोलिभिया नपुग्दै ब्राजिलको ट्रान्जिटमै हाम्रो पासपोर्ट च्यातिइसकिएको थियो। दलालले भन्ने गरेका थिए- शरणार्थीका रूपमा छिर्न सजिलो हुन्छ।
ब्राजिलको टान्जिटमा १ महिना बस्यौँ। घरबाट ल्याएको ५ हजार डलर खल्तीमा भएकाले खानेकुराको समस्या थिएन। शरणार्थीको परिचय पाउनुअघि त्यहाँ कहाँबाट, किन र कहिले आएको? जस्ता सोधपुछ हुन थाल्यो। हामीले आफू आएको एयरलाइन्सको नामभन्दा फिर्ता पठाइदिने हुन सक्थ्यो। हामीले ‘भियतनामबाट आएको’ भन्यौं, जहाँबाट ब्राजिलमा उडानै हुँदैन। धन्न हामी जोगियौं।
शरणार्थी भएपछि त्यहाँ खाना र बस्ने ठाउँको व्यवस्था गरिने रहेछ। शरणार्थीको परिचय पत्र दिलाएर खाना बस्न होटेलमा लगियो। होटलमा पुगेपछि दलाललाई हामीलाई फोन गर्‍यो। र, स्थानीय दलालले अर्को ठाउँको दलालसम्म सम्पर्क गराउँदै हामीलाई अगाडि बढाउँथ्यो। यो क्रम निरन्तर रह्यो।
फरक-फरक दलालमार्फत् अमेरिकाको यात्रामा निस्केका हामी बोलिभियामा आइपुग्दा १९ जना नेपाली जम्मा भइसकेका थियौं। हरेक देशको बोर्डरमा दलाल हुन्थे। एक ठाउँबाट अर्को ठाउँमा हामीलाई भेडाबाख्रा ओसारे जसरी ओसारियो।
ब्राजिलबाट पेरुको राजधानी लिमा हुँदै इक्वेडर र पेरुको बोर्डरमा पुर्‍याइयो। त्यहाँबाट इक्वेडर सानो ठाउँ भएकाले एकैदिनमा कोलम्बिया पुगियो। कोलम्बियाको मानामा, जहाँ सडक सुविधा छैन, खाली नहर भएकाले डुंगा चलाएर आउजाउ गर्नुपर्छ। हामीलाई डुंगामा बसाइयो। रातिको समय सुनसान, जताततै कालो थियो। डुंगामै पानामाको सिटी नभएर जंगलको बाटो आर्मी क्याम्प पुर्‍याइएको थियो। त्यहाँ पनि चार दिनसम्मको सोधपुछपछि देशनिकालाको कागज थमाएर होटेलमा लगियो। पुन: दलालसँगको सम्पर्कले हामी त्यहाँबाट पनि छुटन सफल भयौं।
* * *
थोरै पैसामा यस्तो जोखिम उठाएको देख्दा म चकित पर्दथेँ। २०-५० डलरमा उनीहरूले हामीलाई एउटा देशको बोर्डरबाट अर्को देशको बोर्डरको दलालसम्म पुर्‍याउँदा रहेछन्। देख्दै डरलाग्दा देखिने उनीहरूले पैसा दिन नसक्नेहरूलाई बाटोमै मारेर छोडिदिने गरेको सुनिन्थ्यो।
त्यसपछि पानाबाट कोस्टारिका आइयो। प्यासले सुकेको घाँटी, थुक पनि सकिएर सास रोकिन्थ्यो पटकपटक। कोस्टारिकाबाट निकारागुवा, निकारागुवाबाट होन्डुरस र साल्भाडोर हुँदै हामी ग्वाटेमाला आइपुग्यौं।
यहाँसम्म आइपुगेपछि अमेरिका छिर्न गाह्रो हुँदैन भन्ने सुनेको थिएँ। ग्वाटेमालाबाट मेक्सिको हुँदै हामीलाई अमेरिका छिर्ने बाटोमा अगाडि बढाइयो। चेकपोस्टमा आइपुग्दा सुरक्षा अधिकारीहरूले थाहा पाउछन् कि भनेर हामी लम्पसार पसेर सास रोकेर बस्थ्यौँ। दलालको त्यस्तै उर्दी हुन्थ्यो। उसले भनेअनुसारै हामी हरेक देशको नाका पार गर्थ्यौँ। वाटोभरि डर लागिरहन्थ्यो। घरको यादले निकै सताउँथ्यो। बाँचेर अमेरिका छिर्न सकिन्छ कि सकिँदैन भन्ने कुराले यात्राभरि मन भारी बनाउँथ्यो।
* * *
टेक्सासमा आइपुगेपछि इमिग्रेसनमा कानुनी उपचार सुरु भयो। चार्ज तिरेर वकिलको व्यवस्था गरियो। विभिन्न कारण विशेषगरी द्वन्द्वको कारण देखाउँदै शरणार्थी भएर अमेरिका छिरेको बताउँदै टेक्सासस्थित इमिग्रेसनमा केस लड्ने ठाउँमा आइपुगियो।
चरणबद्ध अन्तर्वार्ता र क्याम्पहरुको स्थानान्तरण। केही समयको कानुनी प्रक्रियापछि अमेरिका आइपुगेँ, जहाँ अहिले म छु। यसरी आएका सतप्रतिशत अमेरिका छिर्न पाउँदैनन्। अन्तर्वार्तामा कुरा बिगारे, नेपाल फर्किनु वा लामो समय यहाँकै जेलमा बस्नुपर्ने हुन्छ।
केही समयपछि हामीसँगै आएकी एक महिलालाई नेपाल डिपोट गरेको सुनेँ। निकै नरमाइलो लाग्यो। जेलबाट छुट्दा पनि अमेरिमामा आफ्नो मान्छे को छ? भनेर सोधपुछ गरिन्छ। आफूले चिनेको मान्छेले ठेगाना पठाइदिए र सम्पर्क गरिदिए, अमेरिका प्रवेश पाइन्छ। म पनि न्युयोर्कमा बसेका एक चिनजानका व्यक्तिको सहयोगमा अमेरिका आइपुगेँ। जेलबाट छुटे पनि आफ्नो मान्छे अमेरिकामा नभए जेलमै राखिन्छ। सुनेको छु- मभन्दा अगाडि आउनेहरू धेरैजना अहिलेसम्म जेलबाट छुट्न सकेका छैनन्।
* * *
नेपालबाट हिँडेको ६ महिनामा अमेरिका आइपुग्न सफल भएँ। चिनजानको दिदीले भन्नुहुन्थ्यो- २२ लाख जति खर्च हुन्छ। मेरो सबै खर्च जोड्दा ४५ लाख पुगेको छ। त्योभन्दा ठूलो उपलब्धि बाँचेर अमेरिका आइपुगिएको छ।
आरके सरले त ‘२० लाखमा पुग्न सक्छौँ’ भनेका थिए। समयसीमा दुई महिना बताएका थिए। आरके सर दलाल न परे।
नेपालबाट देखिने अमेरिका र यहाँ भेटिने अमेरिका फरक रहेछ। स्नातक अध्ययन पूरा गरेको म आजकल नेल्स ब्युटिपार्लरमा काम गरिरहेको छु। लागेको खर्च जुटाउन मुस्किल छ। गाउँलेसँग उठाएको ऋण प्रतिमहिना एकहजार डलरका दरले तिरिरहेको छु। कहिलेकाहीँ डिप्रेसन हुन्छ। तर, आत्महत्या गर्नेसम्मको कमजोर भएको छैन।
मेरो यो सबै दु:ख साथीभाइ र गाउँलेलाई सुनाउँदा उनीहरू पत्याउँदैनन्। भन्छन्- आफू अमेरिका पुग्यो, हामीलाई नआइज भन्छ।
फुटबल खेलाडी बन्ने अथवा ब्रिटिस आर्मीमा जागिर खाने सपना थियो । त्यो पनि नभए व्यवसाय गरेर बस्ने योजना थियो। ती सबै सपना थाँती राखेर म आरके दलालमार्फत् अमेरिका आएँ। मेरा ती सारा सपना यो जुनीमा थाँतीनै रहने भए !

न्युयोर्कबाट सेतोपाटीका लागि भोला आचार्यले गरेको कुराकानी 

http://www.naramrokhabar.com/2015/02/blog-post_208.html#.VPAA-fnF8gI

Last edited: 26-Feb-15 02:31 PM

 
Posted on 02-26-15 12:06 PM     [Snapshot: 388]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आधा करोड खर्च ?????????
पुरानो कथाका पत्रले आत्महत्या गरेका थिए हैन ?

अनि  यो  गेदेले पनि NY को फोटो हाली हालेछ ? 
Last edited: 26-Feb-15 12:17 PM

 
Posted on 02-26-15 12:10 PM     [Snapshot: 406]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Murkha ko औसदी हुदैन भनेको येही Ho खुरुख नेपालमा बसेर बापार नगरेर
 
Posted on 02-26-15 12:16 PM     [Snapshot: 441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I don't know why some people try to show how stupid they are.
 
Posted on 02-26-15 3:28 PM     [Snapshot: 1094]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I bet he habla espanol. He should be grateful to have explored half of the world for that much money. Life experience!
 
Posted on 02-27-15 12:16 AM     [Snapshot: 2607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nepali bheda haru ta paryo, k k nai payincha ban thanchan US ra UK ma, aafnai desh ma ramilo huncha ni, loan liyera pani koi bidesh jancha murkha haru, nepali haru ko budddhi pichawademe hota hai, arab ma tettro manche marirachan, tai pani arab jancha kahte haru
 
Posted on 02-27-15 1:55 AM     [Snapshot: 2870]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Aba ratdin kam garne ani xapne ni dollar.
 
Posted on 02-27-15 7:21 AM     [Snapshot: 3920]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

४५ लाखमा बिश्व भ्रमण पनि भयो, अमेरिका पनी आयो | एक हजार महिनाको दरले ४५ महिनामा ऋण मुक्त हुने पनि भै हाल्यो | खुरुक्क ऋण तिरेर अमेरिका मा सफल बन्नु कताकता मेरो 'स्नातक डिग्री' वा 'डिप्रेशन' जस्ता बोक्रे कुरा गरेर समय खेर फाल्ने? भोला आचार्य संग दुइ घण्टा अन्तर्वार्ता दिनी की त्यो दुइ घन्टा 'नेल्स ब्युटिपार्लर' मा काम गरेर ऋण तिर्न तर्फ लाग्नि ?? अमेरिकन ड्रिम पनि भन्ने नेपाली पत्रिकामा फोकटिया इन्टरभ्यु छपाएर 'नेपाली ड्रिम' पूरा गर्न खोज्ने? द्वैध चरित्र भयो की???
 
Posted on 07-27-15 10:40 PM     [Snapshot: 7894]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Very sad story. I heard such stories from my friends but to read your true story really heart touching. Human trafficking and modern slavery is lucrative business and it will be there as long as there is difference is wealth, job and wicked corrupt people on this planet.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS FEDERAL NOTICE
coding at age of 45
F-UCK YOU
TPS to AOS
लक्ष्मण गाम्नागे- Best
Funny jokes
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters