क्लास जान हतार थो 
बाटो सिङै खाली थो 
हातमा किस्ता को नयाँ गाडी थो 
म हुइया हुइकौदै थे 
कता बाट मामा ले फेला पारी हाल्यो 
४५० को दसा थमाइ हाल्यो 
अनी निच्च हाँस्दै भन्यो 
Sir Have a Good Day 
 
भोको पेट 
१८ घन्टे काम 
कती खानु तेइ चिप्स अनी तेइ सोडा 
घर गएर खाम कि केइ होला 
एउता खैरे दिउसै मातिदै आयो 
कुन्नी कहाँ के के के के घिचेर आको रे 
पस्किने मुइया हरु नि राम्रा थिए रे 
थरी थरी खाने कुरा को नाम लिदै थो 
भोको पेट मा मैले केइ सुनिन 
केबल जाने बेला उस्ले भनेको सुने 
Bro Have a Good Day 
 
मेरो Have a Good Day भिसा सँगइ सुरु भो 
consultancy को दाई ले ५१ हजार को बिल थमाए
भाई को अब भाग्य खुल्छ 
अमेरिका गएर रुख मा पैसा फल्छ 
अब भाई ले अङ्रेजी बोल्न पर्छ 
भाई Have a Good Day रे 
 
त्यो बिल ले मेरा बा को नि Have a Good Day भो 
बुदा ककस्को मा गएर रिन खोजे रे 
कुन्नी कहाँ को जग्गा धितो राखे रे 
आमा सँग रात भर भुत भुतैदै थे 
मैले केइ सुनिन 
म मस्त थे 
सपनाको संसार मा थे 
मेरो कान मा तेइ दाई को वाक्य गुन्जी रहेको थो 
भाई को भाग्य खुल्यो Have a Good Day 
 
यहाँ आएर धेरै Have a Good Day भो 
रात भात् जागेर Have a Good Day भनियो 
बिहान ५ बजे उठेर , मुखै नधोइ Have a Good Day गरियो 
अमेरिका आएर केइ सिकुला , केइ जानुला , केइ बनुला भनेको 
जानेको ,बुजेको , सुनेको , बोलेको तेत्ती हो 
Have a Good Day 
 
मलाई लाग्छ हाम्रो ३३ करोड भगवान मा 
एउता को नाम Have a Good day हुन पर्छ 
नभये नि राख्न पर्छ ,
ताकी अरु केइ नभए नि मलाई धर्म होस् 
दिन मा सयोउ पटक जपेको मन्त्र को केइ अर्थ होस् 
अनी मेरो पनि साँच्चै Have a Good Day होस्