[Show all top banners]

caliber19
Replies to this thread:

More by caliber19
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lutee_bahun

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
  मुनिया, माधुरी र मिना कुमारी (कथा)
[VIEWED 3767 TIMES]
SAVE! for ease of future access.
Posted on 12-06-12 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

 मुनिया, माधुरी र मिना कुमारी (कथा) भाग १ 
 
 
आज पनि बिदै थियो, खानपान सकेर निक्लिम हामी, छोरीले सिनेमा हेर्ने जिद्दी गरेकिथी' । मैले टिकेट लिएं, ऊनिहरुले पपकर्न र सोडा । तडक-भडक गर्ने ऊमेर नि नभेर होला, मलाई सुपर हिरोका सिनेमा खास्सै मनपर्न छाडेकाछन् - बरु बायोग्राफी वा ड्रामा नै रुचाउंछु तर यिनिहरुका लागि हेर्दिनै पर्नेथ्यो, लुरुलुरु गएर सिटमा बसें । सिनेमा सक्काएर केहीबेर घुमघाम र फोटोसेशन पनि चल्यो । मैले लबस्टर खाने धोको मेटें, ऊनिहरुलाई नि पानीपुरिको क्रेभ चलेछ, भईयाजीकोमा पनि हाजिरी लगाइम् । अन्त्यमा थोरबहुत किनमेल सकेर फिर्ती सवारी भो । सुधा आज ब्याक सिटमै बसेर छोरीसँग नानाथरी गफ उडाउन थाली, म डाइबर साब बनेर केकेजाती सोच्दै गाडी गुडाउन थालें । 
 
 
सुधा रातभरी राम्ररी सुत्न सकिन हिंजो, एता र ऊता कोल्टो फेरिरही । विहान पनि चांडै उठी । अरु बेला त week-end मा म पनि अल्छि गरेरै पल्टिरन्थें तर त्यो दिन मनले मानेन । उठेर सेलफोन चेक गरें, miss-call, sms केइ थेन, मेल-सेल नि रेनछ; facebook को भित्तोमा सुज्यानाले लेखेकिथी' desperately waiting to board next flight, but no idea how to kill these 3 hrs at abu dhabi transit. 
सुधाss छोरीले अब्बु धाविबाट status update गर्या रइछे नि ! म किचनतिर लागें । 
ए होर ! के लेख्याछे ? 
खास केइ छैन, ३ घण्टा ट्रान्जिट परेछ त्यां । 
ए, (ओभेनको घडी हेर्दै ऊस्ले भनी) ऐले त heathrow बाट पनि ऊडिसकिहोली है ? 
अघी नै होलानी । चिया पाकेन ? मलाई कतिखेर चिया र चुरोट खाउं भईसक्याथ्यो । 
हेरिस्यो न फेरी दानावाला कागती परेछ के । त्यो चाइनिज त मरीss जावोस् । झन् तेस्कोमा दाना हुंदैन भनेर ल्याकोत___
अब तेल्ले बिचरा कागतीभित्र बियां हाले होला त ! squeeze गर्न, भईहाल्यो नि । 
तेत्तिकै squeeze गर्‍यो भने तितो हुन्छ के, काम मात्रै बढायो मुर्दारले । सानो चक्कु लिएर सुधा बियां निकाल्न थाली, चिया अलिक ढिलै पाक्ने लक्षण देखेर म चुरोट तान्न निक्लिएं । 
 
 
हुनत सुज्यानाको ल्यान्डिङ ११:३० तिर मात्रै थ्यो तर एक त हामीलाई ऊत्सुक्ताले भोकै लागेन अर्को कुरा सँगै खाउंला भन्ने मनशाय नि थ्यो, तेसैले खाना बनाइयो मात्र । अलि-अली तयार भएर तल झर्यौं, मैले aerosmith को what it takes .. बजाएं, सुधा बिस्तारै टाउको हल्लाउंदै गुन्गुनाउदै थि', हामी एयरपोर्टतिर लागिम् । 
 
ओहो ! कस्तो चिस्यो छिर्यो के, बन्द गरिस्यो न त्यो । 
हातको आधी चुरोट तेहीं अलिकती पानी भएको गिलास (मेरो एस्ट्रे) मा फालेर, सबै सिशा बन्द गरें । 
ऊस्लाई चिसो छिरे जस्तो भारेछ, मलाई आफु भने कुनै टाइम-मसिनभित्र छिरे जस्तो लाग्दैथियो - करीब एक दशक बिगतमा हुत्तिंदै थिएं म । समयले खाटा बसालिसकेको घाऊ, आज सुज्यानाको आगमनले फेरी कोट्ट्याउंदै थियो । मेरी आमैले आगो खन्नु भाकोथियो, जब सुज्याना र ऊस्की आमालाई मैले पहिलो पटक घरमा लगेर गएकोथिएं । 
वहांले औंला ठड्याउंदै भन्नु भाथ्यो; हेर् बाबु, आजसम्म तैंले जे भनिस् - जे गरिस् मैले आंखा चिम्लेर हुन्छ भन्देको छु । तर यो चाइं म मान्दिन, भोली छरछिमेक र इष्टमित्रलाई कुन मुख देखाउनु मैले ? 
ठिकै छ आमा, म यिनिहरुकोलागी बाहिर नै कतै ब्यबस्था गर्छु तर तेतिन्जेलका लागी कम्सेकम १-२ दिन त शान्तिले बस्न दिनुस्, मैले अनुरोध गरें । 
जे गर्नुछ छिटो गर् है । आमा अलिक नरम हुनुभो, खासमा मेरी आमै दिलको नराम्रो मान्छे त होइन; वहाँलाई खाली so-called इज्जत प्रतिस्ठाको मात्र डर थियो । 
म अतितमै घोत्लिंदै थिएं, पार्किङ आइपुगेछ । 
 
 
करीब पौने घण्टा कुरेपछी सुज्याना देखा परी' दुइटा ठुल्ठुलो सुटकेस गुडाउंदै । हाम्ले हरेक पटक कुरा हुंदा भन्थिम्; केइ ल्याउन पर्दैन, light travel गरेस् भनेर तर मेरी आमै र सासुमालाई कल्ले जित्नु ? मरमशला, गुन्द्रुक, अचार, पाउं, छुर्पी, सुकुटी, (सुर्य चुरोट पनि सायद) - मैले बाहिरबाटै सबै स्क्यान गरी सक्याथें ! ढोग-भेटको औपचारिकता पछी म सुटकेस समातेर अघी लागें, पछाडि भने भारतीय डेली सोपका अभिनेत्रीहरुलाई पनि मात दिनेगरी दुइटी रुन थाले; बडा मुश्किलले थामथुम पारेर गाडीसम्म पुर्याएं ! यि दुइटी सुखमा - दु:खमा ऊत्तिकै  रुन्छन्, नारिको मन निकै कोमल र संवेदनशिल भएर पनि होला । मैले गाडी घरतिर सोझ्याएं तर दिमाग भने अन्तै सोझिंदै थियो, २ वर्ष अघी नेपाल जांदाको घटनाहरुले दिमाग रिङाउन थाले । 
 
 
सुधाको सातौं मैना चल्दैथियो तेतिबेला । घर-सशुराली-नातागोता-साथीभाइ सबै दङ्ङ थिए । दुइटी सम्धिनिहरु एता आउने कार्यक्रम पनि तय भाकोथ्यो । तर, पानी पंधेरोमा गुन्यु फुस्किनेगरी बात मार त भन्याभे हाम्रा माताश्रीहरुले return ticket समेत सित्तैमा पाउंथेहोला; embassy को झ्यालमा भने बात मार्न सकेनछन् अनी केको पाउंथे भिजा - पाएछन् ठेंङ्गा ! 
कोठामा छिर्नासाथ सुधाले रुम्ला झैं गरी सुनाइ, मामुहरुको त भिजा नै मिलेनछ । 
हाम्ले के गर्न सकिन्छ र अब । डेलिभरी एतै गराम्ला, तिमी अलिक तंग्रिए पछी नेपाल जाम्ला, हुन्न ? मैले आश्वासन दिएं । 
भलै हामी एक्लै थियौं तर ह्यां जस्तो सुविधा नेपालमा के कल्पना गर्न सकिन्थ्यो र ? हाम्ले लाख सम्झाउने प्रयास गरेम् तर माताश्रीहरुको सामु हाम्रो दाल गलेन । तोरिको तेल, ज्वानोको झोल र छरी ऊम्रेको भाले ऊनिहरुले नेपालमै रेडी पारे, हामी ऊतै जानु पर्ने भो । बल्ल-तल्ल बिदा मिलाएर लागिम् हामी नयाँ नेपालतिर । 
 
 
मैले पैलेइ खबर गरिसक्याथें घरमा - धेरै मान्छे नआउनु भनेर, हाम्रो सामान धेरै नै हुन्छ गाडीमा आंट्न गार्हो हुन्छ भन्ने जानकारी देकोथें । तर, जानिफकारहरु त खै ! क-कस्को हो; ३ वटा गाडी ल्याएर गुरुम्म ऊभ्यारेछन् भईलो खेलौंला झैं गरी लामबद्ध भएर ! धन्न कुनै परमज्ञातालाई गेटै बनाउने ज्ञान सुझेनछ ! घरै पुगेर मनका बांध फुटाउने धैर्य पनि कसैले गरेनन्, १०-१५ मिनेट on the spot नै अंकमाल र रुवाबासीमा बित्यो ! मलाई भने प्याकिङ गर्दा देखी नै सामान धेरै हुन्छ कि जस्तो लाग्दैथ्यो तर अन्तिममा एउटा गाडीमा त बस्ने मान्छे नि भएनन्, सुटकेसहरु मात्र हालेर लागियो । 
 
 
म कता आफ्नो सुटकेसको कल्पनामा डुब्दैथें, एता घर आइपुगेर सुज्यानाको सुटकेस निकाल्नुपर्ने बेला भईसकेछ । 
ल सुधा, खाना तताउनु पर्ने हो कि एत्तिकै खाने हो कि हेर्त एकचोटि, छोरी भोकाएर आकी होली । टिभी खोल्दै मैले भनें । 
एss मत प्लेनमा खांदै आको । 
हो, खाए जस्तो त जिउज्यानै छ तेरो ! जा हातमुख धोएर आ, म भुजा पस्किन्छु । 
slim-trim होनी छोरी त ! पावर योगा गर्छु, के ठान्नुभाछ हजुरले ? 
ल-ल तैले नै बाबा रामदेवको बिंडो धान्ने भईस्, जा छिटो । 
सुधाले टेबुलमा खाना ल्याइ । मैले ऊस्लाई र सुज्यानालाई, पोमोग्रेन र अरेन्ज जुस सर्भ गरें । मलाई भातसँग जुस-सुस ऊतिसारो मन पर्दैन; अचार-तरकारीको स्वाद नै बिगारीदिए जस्तो लाग्छ, तेसैले आफ्नोलागी पानी लिएं । सांझको खाना हो भने चाइं मेरो पानी अलिक कडावाला हुनेगर्छ !
खाना खाइवरी दुइटी नेपालतीर फोन गर्नथाले, म कानले टिभीको fox news सुन्दै र आंखाले ल्यापटपको new york times हेर्दैथिएं तर मानशपटलमा भने ऊही २ वर्ष अघिको नेपालकै खानाको पुनरावृत्ती हुनथाल्यो । 
 
 
अब खन्चुवा हुने दिन आइलागेका थिए । कैले कता बोलाउंछन् - कैले कता बोलाउंछन्, सांझमा घरको खाना त मुश्किलले खान पाउने बातावरण हुनथाल्यो । मलाई कसैकोमा पुग्दिनुमा वा खाइदिनुमा त तेत्तिसारो विघ्न-वाधा वा लाज-शरम केइथेन तर चाइने भन्दा बेसी गरिएको मेजमानी पचाउन भने मलाई बडा आपत् पर्छ - एल्लाई सायद, क्षमता भन्दा माथि उठेर गरिएको मेजमानी भनेर बुझ्दा, अर्थ अंझै प्रष्टेला । ऊनिहरु मायाले बिचरा सकिनसकी गर्दाहुन् - आफुलाई भने ब्यर्थै दु:ख दिन आइएछ कि जस्तो लाग्ने । फेरी कोही भने, केवल प्रतिश्पर्धाकालागी मात्र पनि बोलाउंथे - फलानो र ढिस्कानोले त बोलाइसके अब हामीनी के कम भन्ने उद्देश्यले अभिप्रेरित रहेर ! त्यसैले जानै मन नलागेका ठाउँहरुमा टारी दिने धन्न एउटा बाहाना चाइं थियो, सुधा २ जिउकी भएकिले । उबेला हाम्रा विश्वसनीय बडीगार्डहरु थिए - सुज्याना र सालीनानी, जता गए नि पछीपछी लागिहाल्ने ! पढाई र कलेज त छुट्टाछुट्टै थियो ऊनिहरुको; सुज्याना स्टाफ नर्सको फाइनल सेमेष्टरमा थि', सालीनानीले बिबिएस ज्वाइन गर्याथिन् तर ऊमेर ऊस्तै-ऊस्तै भएकाले निकै पक्का दोस्ती थियो ऊनिहरुमा । म बाहिर-बाहिरै फाट्टफुट्ट सुन्थें, टोल-छिमेकका तोरिहरुलाई त चेत् बाबा कांशी बनाएर राख्याछन् रे ! 
 
 
पैले रिसाइ टोपल्नेहरुकोमा भ्याइहालुम, तेरोमा त बिस्तारै आम्ला नि भनेर गुरुलाई थामथुम पारेर राखेको थें; फेरी भट्टीतीर अनौपचारीक खुवाइ-पियाइ त चलिराकै थ्यो । ऐले त दिदिको पुरानो थलो नि गाएब रेछ - कुनै नाम निशानी थेन, अर्कै कल्ले हो अजंगको बिल्डिङ ठड्यारेछ त्यां ! हामी कुनै नयाँ भट्टिका नयाँ ग्राहक बनेकाथेम् । उ ब्यापारी मान्छे परेकोले १०-५ बजाउनै पर्ने टन्टा थिएन, म त झन संधैको फुर्सदिलो; हामी पुरानै अखडा चाहर्दै याद ताजा गर्थेम् - धुलिखेल, सुन्दरिजल, नगरकोट, दामन, मलेखु .. एस्तै-एस्तै । 
 
 
एकदिन राती एताका साथीहरुसँग च्याटमा थिएं, एनसेलको घण्टी बज्यो, सालीनानीको रइछ । 
दिदिलाई ब्यथा लागेजस्तो छ, हामी टिचिङ ले'र जानला', हजुर छिटो ऊतै आइस्यो । 
मेरो मुटु बेपत्ताले धड्किन थाल्यो, छाती छेडेर बाहिरै आउला जसरी । हातखुट्टा लल्याक-लुलुक्कै भो, जिउ थर्थरी कांप्न थाल्यो, चिट्चिट पसिना नि आउन सुरु भईगो । सुधाको date आउन अंझ धेरै नै बांकी थियो, एही चिन्ताले मेरो गिदी कंपित हुनथाल्यो । मलाई के गरुम् - के गरुम् भो, चिच्याउंदै लागें आमाको कोठातिर । 
आमाsss ! हस्पिटल जानुपर्ने भोss 
हस्याङ-फस्याङ गर्दै आमा निस्किनु भो, सुज्याना पनि आइपुगी, बाबा घरमा हुनुन्थेन त्योबेला । 
सुधालाई टिचिङ लग्याछ रे, छिटो गैहाल्नु पर्‍यो । मैले निश्साशिंदै भनें । आमा र सुज्याना जे-जस्तो हुलिया र हालतमा थिए तेस्तै पछाडि बसे, मैले गाडी गुडाएं; उडाएं भनुम् त्यो रात । 
 
 
आमा र सुज्यानालाई जेनरल वार्डतीर पठाएर म दौडें इमर्जेन्सीतीर, सुधालाई ल्याइसक्या रेनछ । हतार-हतार गेटतीर निक्लेर एताउता हेर्दैथें, ऊनिहरुको गाडी आइपुग्यो, भित्र बिचरी सुधा छट्पटाउंदै थि' म फेरी दौडें हस्पिटल तिरै । २ जना वार्ड ब्वायलाई ल्याएर सुधालाई स्ट्रेचरमा राखिम र भित्र पुर्याएम । अब उ भित्र पिडाले चिच्याउन थाली, हामी बाहिर डरले थरथर कांप्न थाल्यौं । 
 
 
के छ र बुढा त्यस्तो interesting ? कस्तो एकशुरे भईस्या हजुर ? सुधाले झसङै पारी । 
हं ? म झल्यांस्स वर्तमानमा झस्किएं । स्क्रिनमा खुलेको new york times मा त मेरो आंखा मात्र रहेछ, मैले त हेड लाइन पनि पढेको रहेनछु । ऊस्लाई हेरें, कस्तो माया लाएर आए जस्तो भो । 
चिया खाइसिने होलानी ? अब त milk tea खाने साथी नि पाइस्याछ ! 
सुज्याना खोइ त ? 
ऊस्लाई facebook र skype भएपछी को चाहिन्छ र !
सुधाले चिया बनाएर ल्याइ, मलाई चुरोट खान मन लाग्यो । 
तं टिभीमा केइ हेर्ने हो ? 
होइन म छोरीलाई नि चिया लैदिन्छु, आफु नि ऊतै खानु पर्ला । 
लौ त ! भन्दै टिभी अफ गरें अनी चिया समातेर म बरण्डातीर लागें, मनको चरी भुर्रर ऊड्दै फेरी टिचिङकै बरण्डातीर लाग्यो । 
 
 
हामी सबैलाई त्राशले छोपेको थियो, एक-अर्कासँग नबोली बसेकाथिम्; एक-अर्काको श्वास फेराइ र ढुकढुकी सुनिएलाझैं उराठिलो सन्नाटा छाएको थियो । म बाँयां हत्केलामा चिउंडो अड्याएर झोक्राएको थिएं, सुज्याना तेही पाखुरोलाई आफ्ना दुई हातले च्याप्प समातेर मेरो कांधमा ढल्केकीथी', दाँयांतीर कृपाली (साली) हात बांधेर सिलिङतीर टोलाउंदै बसेकिथिन् । उतापट्टी अलिक पर अर्को बेन्चमा सुधाको बाबा-मुवा र मेरी आमा निन्याउरो  भएर बस्नुभाको थियो । 
केही पर्‍यो भने तुरुन्तै खबर गर्न आउ है, म एकछिन बाहिर छु । बिस्तारै भनेर म निक्लिएं । 
अलिक बाहिरै पुगेर चुरोट सल्काएं । रातको अंधकारमा सडक बत्तिले गर्दा चुरोटको सेतो धुवां अनेकौं आकारहरुमा मडारिएको प्रष्ट देखिन्थ्यो । अर्को चुरोट सल्काउनै लागेकोथें परबाट सुज्याना र कृपाली आउंदै गरेको देखेर उतै लागें । 
के भो ? 
भित्र गैस्यो रे, डक्टरले । 
 
 
डा. ले आफ्नो क्याबिनमा लगेर बस्न ईशारा गरे । 
हेर्नुस्, केस complicated छ, तुरुन्तै VBAC गर्नुपर्छ । 
मेरो भौतिक शरीर मात्र कुर्सिमा बसेको थियो, आत्मा त कता हो कता पछारीयो । 
आमा र बच्चालाई त केही हुँदैनहोला नि सर ? 
तपाईंलाई एकदमै स्पष्ट भन्नुपर्दा, निकै ठुलो chance लिनुपर्ने अवस्था छ र त्यो पनि ASAP । वहाँको uterine rupture भएको छ र यो catastrophic पनि हुनसक्छ । 
अब त साश फेर्न पनि गार्हो हुन थाल्यो तर त्याहां पल-पलको महत्व थियो, पिडा र भयमा जती समय खर्चियो - खतराको संभावना ऊती नै बढेर जानेवाला थियो । मैले थरथरी हात कमाउंदै फर्ममा दस्तखत गरिदिएं । 
please धैर्य गर्नुहोस् र विश्वाश पनि गर्नुहोस्, हामी आफ्नो तर्फबाट कुनै कसर छाड्ने छैनौं । 
सहानाभुती प्रकट गर्दै डा. अपरेसन रूमतिर लागे, म कालो-निलो हुंदै बाहिर निक्लें । बाहिर पर्खि बसेका सबैका उत्सुक र चिन्तित नजरहरुले घोच्नथाले अब मलाई । 
नरमल डेलिभरी गराउन यदी केही गार्हो परेको खण्डमा अपरेशन गर्नुपर्ने पनि हुनसक्छ रे । चिन्ता लिनुपर्ने त्यस्तो केइ छैन रे । 
त्याहां तेतिबेला मैले सत्य लुकाउनु नै ऊपयुक्त देखें । 
 
 
बाहिर पुगेर चुरोट सल्काएं, अब उभिने शक्ती पनि हराएको थियो - थ्याच्च तेहीं बसें । बिचरी कती अभागी रइछे, दु:खका चट्याङहरु किन बार-बार एस्कै खुशीहरुमा मात्र बज्रिएका होलान् ? किन एस्लाई मात्र संधै धैर्यता र शहनशिलताको कसौटिमा परिस्थितीले ऊभ्याएको होला ? मनमा  अनेकन सोचाइहरुको कोलाहल मच्चिन थाल्यो, अतितको संसार आंखामा फन्फनी नाच्न थाल्यो । 
 
 
फुल टाइम अध्यापन पेशालाई पार्ट टाइममा झारेर, मैले भर्खर-भर्खर एउटा एन्जिओ'मा प्रोग्राम कोअर्डिनेटरको जागिर सुरु गर्याथें । कमाइ-धमाइ राम्रै थियो तर त्यहां कार्यरत रहुन्जेल, सबभन्दा मलाई मन परेको कुरा के भने - गोजिको पैसा खर्च नगरीकनै देश दर्शन गर्न पाइयाथ्यो । हुनत, म आंफै दगुरीरनु पर्ने आवश्यकता नै त थिएन; फिल्ड सुपरभाइजरलाई पठाउंदा नि हुन्थ्यो तर, एक त म आफु अत्तिनै घुम्न मन पराउने मान्छे अनी अर्को कुरा, प्लेन नजाने जिल्ला पर्‍यो कि हाम्रा फिल्ड सुपरभाइजर निर्मलजिले नाक खुम्च्याइहाल्ने ! तेसैले प्राय: म आँफै पुग्थें जतापनी । 
 
 
नेपालको धेरै ठाउँ घुमियो त्यो बेला, अंकमै गन्ने हो भने पनि ५०-५५ जिल्ला त जरुर पुग्छन् होला । सुरु-सुरुमा भाषाले थोर-बहुत अप्ठ्यारो पार्थ्यो । जनजातिय वा क्षत्रिय भाषा त म हरिलन्ठुले कांबाट बुझ्नु, बोलीचालिको स्थानीय शब्द र शैलीले पनि झुक्क्याउंथ्यो ! बिराटनगर र झापातीर 'मुलेले जोत्तो' भन्थे । धरान-धनकुटातीर 'जुम्न ल, गरुम्न ल' भनेर जसरी शब्दहरुका पुछारमा प्राय: 'ल' झुण्ड्याइन्छ त्यसरीनै दाङतीर 'नि' झुण्डिदो रहेछ । डडेलधुरामा 'तमी आउन्या नाइ, हामीकन क्याको दोख् बौजो' भन्थे भने नेपालगञ्जमा 'अब्बे नन्कौ बत्ती बुता' भनेको बुझ्न गार्हो । धादिङतीर 'भेछ र रेछ' नै प्रचलित थियो भने टांडीतीर पनि कृया शब्दबाट बिचको अक्षर हटाएर 'गाहैन, खाहैन' भन्नु नै सजिलो मान्दा रहेछन् । रुकुमको 'सिंगाडा' शब्दलाई रुपन्देहीमा ल्याएर अर्थ्याउंदा आकाश-पातलकै फरक पर्थ्यो । राजधानीका प्राय: गैर नेवारी घरहरुभित्र चलिरहेको 'तं-तं र म-म' ४ जना मान्छे भेला हुनासाथ 'आइस्यो र गैस्यो' मा परीणत भैहाल्छ र रैथाने नेवारी ठिटीले 'एस्तो भएर ल्यायो भन्या' भनेको सुन्न पाइन्छ ।  
 
 
पुगेजती ठाउं र भेटेजती मानीसका बारेमा जान्न-बुझ्न त के सकिन्थ्यो र ? तरपनी; विभिन्न जात-जाती, धर्म-संस्कृती, सामाजिक-आर्थिक-पारिवारीक संरचना, ब्यक्ती बिशेषका सोच-सुशेली-सुस्केराहरु, देश दुनियाप्रतिका दृष्‍टिकोण र द्रिश्टान्तहरु, मानीस-मानीसबिचमा बांधिएका हातेमालोहरु वा खनिएका खाल्डाहरु - यि सब कुराको यथार्त ज्ञान, पुस्तकका ठेलिहरु र प्रमाणपत्रका खोस्टाहरुले दिने कोरा ज्ञान भन्दा निकै महत्वका लाग्थे मलाई । अनी हाम्रो भौगोलिक विविधता र अनुपमता ! मार्फामा फल्ने स्याउ र वखरहरु, लम्जुङमा फुल्ने लालीगुरांश र लालुपातेहरु, बर्दियामा झुल्ने धान-गहुंका बालाहरु - प्रकृतीको कस्तो बेजोड शृङ्गार ! 
 
 
 
दुबै हातमा लड्डु झैं भाथ्यो मलाई; बन गए बनै रमाइलो, घर गए घरै रमाइलो । फिल्डको काम सानोमा लठ्ठीकासा र ठुलो भएसी २१ पत्ती खेल्या जस्तो मनोरञ्जनमै बित्थ्यो भने घरमा हुंदा, लभ् पारेर एरेन्ज म्यारिज गर्या प्रिय जीवनसंगीनी हुन्थी - सुधा । अफिसबाट जती नै थकान र टेन्शनमा घरभित्र छिरेनी, उस्को न्यानो आलिङ्गन र अलौकिक मुस्कानले सबकुरा छु: मन्तर ! अनी त नयाँ जोश-जांगरका साथ एन्डिज वा एलीनाज क्याफेतिर । मलाई औधी मन पर्ने एयरपोर्टको सेकुवा उ पनि मिठो मान्दै खाइदिन्थी, उस्को रोजाइमा पर्ने न्युरोडको समोशा म पनि ऊसैगरी खान्थें । बिदाको दिनमा त कहिले म मलेखुको माछा र नारायणघाटको तास ख्वाउन लान्थें भने कहिले उ स्वयम्भुको मन्दिर र कपनको गुम्बा दर्शन गराउन लान्थी । 'जब प्यार किसिसे होता है' भन्ने सिनेमामा रफी साबले, 'सौ साल पहेले ... ' गायझैं हाम्रो जोडी पनि जन्म-जन्मान्तरको लागी बनेझैं लाग्थ्यो । सुखी र सन्तुष्ट । 
 
 
अफिसमा एउटी टाइपिस्ट बैनी थिन्, अलिक गोरो वर्णकी । ऊनी लजाइन् भने कानका लोती, नाकको टुप्पो र गालाहरु रात्तै पार्थिन्; तेही हेर्नलाई भएपनि २-४ जना बोका माठ्साबहरु जिस्क्याइबस्थे ऊनलाई फुर्सदमा । म भने फुर्सदमा फोन रिङाउन भ्याइहाल्थें सुधालाई । एकदिन त्यसरीनै वार्तालापमा थिएं, एकजना सहायक आइपुगे । 
याम्डी सरले भित्र बोलाउनु भाछ हजुरलाई । 
ल म आएं । 
सुधासँग बिदा लिएर लागें म हाकिम साबको कक्षतीर । 
शिक्षा मन्त्रालयको एउटा कार्यक्रम लिएर जानुपर्ने भाछ जनकपुरतीर । ऊन्ले कारण खुलाए । 
एs । मैले अरु केही बोलिन । 
तपाईं नजाने भए निर्मलजीलाई पठाउंदा हुन्छनी । शंका कोरिएको नजरले हेर्दै ऊन्ले सुझ्याए, सायद फिल्ड जाने कुराले मेरो आंखामा आउने चमक र बदनमा आउने स्फुर्ती नदेखेर होला हाकिम साबले । 
म सोचौंला, tentatively कती लामो छ सर ? 
करीब २ मैना मेरो बिचारमा, तर format planning गर्ने तपाईंले नै हो क्यारे; यि यो file हेर्नुस्न । 
म एकफेर राम्रोसँग अध्यन गरेर सरलाई जानकारी दिउंलानी, भन्दै म फाइल च्यापेर बाहिरीएं । 
 
 
म जुत्ता मात्र खोलेर 'नेपाल' पढ्दैथिएं, सुधाले ऊही नित्य मुस्कान छर्दै चिया ल्याइपुर्याइ । 
के भो राजा हजुरलाई आज ? मेरो कपालमा हात फेर्दै मायालु स्वरमा सोधी । 
हं ? मेरो सिङ-पुच्छर पलायो कि केहो ? टाउको छाम्दै म जिस्किएं । 
अंss हजुरलाई त जैले जोकै छ ! लुगा फेरिस्या रैनछ, तेइ भएर पो सोधेको । मेरो पाखुरामा बिस्तारै चिमोटी । 
हेर्न, जनकपुरमा फिल्ड पर्याछ अर्को हप्तातीर तर तंलाई छोडेर जाने मनै छैन । मैले हातको गिलास टेबुलमा राख्दै सुनाएं । 
उस्-उस् ! कैले नगैस्या छर ? मैनौ-मैना हजुरलाई कल्पिंदै बसेकै त छुनी म बिचरी घरमा । ऊस्ले लाडिदै भनी । 
तर सुधा, यो अवस्थामा कसरी जाउं ? देब्रे हातले अंगालेर, दाहिने हात ऊस्को पेटमा राख्दै मैले सोधें । 
भर्खर ३ महिना त भो ! म भोली नै सुत्केरी हुने हो र ? ऊस्ले आफ्ना दुबै हात मेरो हातमाथी राख्दै नजर जुधाइ । 
 
 
हामी अनेकौं वाद-विवादमा उल्झिन्थेउं, ऊस्को गर्वमा हुर्कंदै गरेको हाम्रो मायाको चिनोलाई लिएर । ऊ छोरो होस् भन्ने चाहन्थी, मलाई भने छोरी नै चाहिएको थ्यो । अनी उस्तै मतभेद पनि हुन्थ्यो के नाम राख्ने भनेर ! म केही आधुनिक नाम पेश गर्थें, ऊ केही धार्मिक नाम पारीत गर्न खोज्थी । बिचरा त्यो ३ महिनाको भ्रुणसँग हामी घण्टौं कुरा गर्थिम् ! भोली कसरी हुर्काउने र के बनाउने भनेर आ-आफ्नै चण्डीपाठ पनि अलाप्थीम् । कहिलेकाँहीं म अलिक बेसी जिस्किएं भने सुधा पेट छाम्दै उसैलाई छुल्याहा लाएजस्तो गर्थी ! अरुपनी थुप्रै बच्पना गरिन्थ्यो, आमा-बाबु हुंदै गर्दाको उत्साह र उमंगले होकी ? जेहोस् एउटा कुरा चाइं पक्का थियो; कस्तो अलौकिक र दिव्य सुन्दरता छाएको थियो सुधामा त्यो बेला, नारिको सबैभन्दा ठुलो सुख आमा हुनुमा हुन्छ रे - सायद तेसैले होला । 
 
 
आखिर जानै पर्ने भो जनकपुर, सुधाले नै निकै कर गरी । भारी मन लिएर चढें म मिथिला ट्राभल्स्को रात्री सेवामा । डाइबर दाइले जगजीत शिङको "होशवालोंको खबर क्या .. " घन्काउंदै कुदाए, त्यो भन्दा नि झन् ठुलो स्वरमा खलासी भाई कुर्लिंदै थियो; एss ल-ल-ल आयो ! नारायणघाट, हेटौंडा, पथलैया, ढल्केबर, जनकपुर ! 
 
 
नौबिसेमा टुबोर्ग खांदै गर्दा मात्र थाभो, खै कुन ट्रकले एउटी बालीकालाई ठक्कर दिएकोले त्रिशुली राजमार्ग बन्द गर्यारैछन् । हामी नेपालीहरुलाई अती नै सजिलो तोडफोड-चक्काजाम र बन्द गराउन ! पछीपछी त अखबारमा छापिएका समाचारहरुले चुट्किला जस्तै हसाउंथे - कुखुरो किचिदिएको झोंक र छोरी पोइल भागेको सोकमा पनि सडक बन्द गर्न थालेछन् ! डाइबर दाइसँग सर-सल्लाह गर्दै जांदा, बाइरोडको बाटो भएर हेटौंडा निक्लिने जुक्ती फुराए ऊन्ले । अब बियरले हुंदैन भनेर जिन नै मगाएं, सानै छंदाको एउटा अप्रिय काण्डले गर्दा अझैंसम्म पनि हाउगुजी भएर बसेकोथियो त्यो बाटोको यात्रा मेरो मनमा । 
 
 
कुनै विघ्न-वाधा बेगरनै जनकपुर पुगियो । मेरो सामान अलिक धेरै नै भएकोले एउटा बांजो-बांजो महिन्द्रा जिपको जुगाड गरें । लोडिङको कार्यक्रम सक्काएर 'ल, शिक्षक तालिम केन्द्र जाउं' भनेको त चालक मित्रलाई थाहै रैनछ कता पर्छ भनेर, मलाई झन् के खाएर था हुनु ! एताऊताका केही पसलेहरुलाई सोधी हेरिम्, माछा पाल्ने ठाउँतिरै हो भने ऊनिहरुले, हामी उतै लागिम् । शिक्षक तालिम केन्द्रमा मेरो १-२ दिनको अस्थाइ बसाइ मात्र थियो, फिल्ड एरिया गाउंतिरै परेकोले पछी त उतै कोठा-सोठा लिएर बस्ने योजना बनेको थियो । गेष्टरुममा सामान थन्क्याएर तेहीं नजिकैको जिल्ला शिक्षा कार्यालयतिर लागें, मिश्रा महोदयलाई भेट्नुपर्ने थियो । एकछिन बात्चीत भो, ऊन्ले हर् तरहले सहयोग गर्ने वादा गरे, सुकरीयाका फुलपातिहरु चढाएर म निक्लिएं । 
 
 
रामानन्द चोक बनिसकेको थेन उबेला । धेरैबेर एता र उता, तल र माथि घुमिरहें म, शहरको हालत जतानी उस्तै हुनेरेछ भन्ने लाग्यो; फोहोर नालिहरु, उबड-खाबड सडकहरु । एक पानपसले'ले सुनाए, ऐले त साह्रै राम्रो हो रे, बर्षातमा त एक हातले चप्पल र अर्को हातले पाइजामा सिम्हल्दै हिंड्नुपर्छ रे । ऊन्कै 'जर्दा ३३२' चपाउंदै जानकी मन्दिर पुगेर फोटोग्राफिको शौख पनि पुरा गरें केहीबेर । अब ज्यानलाई केही तरल पदार्थ चाइयाथ्यो तर जता हेर्यो उतै मिठाइ पसल र मेडिकलहरु मात्र देखिन्थे, अन्तमा बल्लतल्ल दशरथ तलाउ नजिकै एउटा भट्टी फेला पारेर छिरियो तर सितन रहेछ खुर्सानीको टेम्पुरा मात्रै ! तेइ नि सुस्साउंदै रोयल स्ट्याग तान्दैथें, साउजीलाई साह्रै दया लागेछ क्यारे छिटोछिटो माछा कै टेम्पुरा बनाएर ल्याइदिए । 
 
 
३ कोठा र खुला बरण्डा भएको सानो घर फेला परेको थियो । घरबेटिहरु तेही कम्पाउण्डभित्र रहेको ठुलो घरमा बस्दा रहेछन् । सामान सारीसकेको थीन, आज साफ-सफाइ मात्र गर्ने ध्धेयले घरबेटिको कान्छो छोरोलाई कोही मान्छे भेटिन्छन् कि भनेर खोज्न पठाएको थिएं । भित्र कोठा-चोटा नियाल्दै थिएं, एक अध्बैंशे युवतीलाई लिएर उ आइपुग्यो । एस्सो हेरें; कालो वर्णकी दुब्ली आईमाई, आंखा र गाला भित्र गढेकाले नाक केही ठुलो देखिन्थ्यो, सुन्तला रंगको बोर्डर भएको सेतो तर मैलो सुतिको धोती र आश्मानी ब्लाउज लगाएकी थिन्, खुट्टामा अग्र भाग चुंडीई सकेको फित्तोलाई कपडाको डोरिले अल्झाएको बाटा चप्पल थिए, कानमा साधारण सेता मुन्द्रिहरु र गलामा कालो धागोमा बांधिएको जन्तर भिरेकी थिन्, हात र नाक बुच्चै थिए । 
दाई, एही हो । 
घरबेटी पुत्रले ति आईमाईलाई औंल्याए, ऊन्ले नबोलेरै २ हात जोडीन् मैले नमस्ते फर्काएं । तेस्पछी ति घरबेटी पुत्रले मैथिलिमा कुन्नी केकेजाती बड्बडाए, 'साब अब केही समय यहीं बस्नुहुन्छ, राम्रोसँग सफा गर्दिनु' भन्ने आशय मात्र बुझें मैले । ऊनी टाउको हल्लाउंदै भित्र छिरिन्, मलाई चिया निम्तो मिलेकोले ठुलो गरतिर लागें । 
 
 
तपाईं नेपाली बोल्नुहुन्छ ? ति आईमाई केके पुछपाछ गर्दै रैछिन् म भित्र छिरेर प्रश्न गरें । 
एकदम थोर, साहब हामीलाई किन तपाईं भन्नुभएछ ? 
मेरो बानी एस्तै छ, ऊमेर पनि त हाम्रो ऊस्तै-ऊस्तै होलानी, हैन ? 
तर हामी गरीब मान्छे हजुर, कांहा सुहाउंछ तपाईं ठुलो मान्छेले त्यस्तो भनेको ? 
छाडिदिनुस् त्यो ठुलो मान्छे र सानो मान्छेको कुरा, के नाम हो तपाईंको ? मैले आफ्नो परिचय दिंदै सोधें । 
कजरी । त हजुर एक्लै बस्नुहुन्छ यहाँ ? औरत छैन के हजुरको ? 
अं एक्लै हो, मेरो औरत काठमाण्डुतिरै छे । मेरोलागी खाना पकाइदिनुहुन्छ ? यहाँ त होटल पनि रहेनछ । 
हे माइ ! के भन्नुभएछ साहब, हामी त मुशहर हो ! 
के भो त ? तपाईंले मेरो घर सफा बनाउन हुने, मेरो खाना बनाउन नहुने ? मत मान्दिन एस्ता कुरा । 
हजुरले कोही यादब खोजिलिनुस्, बहुत पाएहाल्नुहुन्छ । 
ल, एकजना मिठ्ठो पकाउने खोजिदिनुस् त तेसोभए । 
कजरीले ढोकातिर हेर्दै अलिक ठुलो स्वरमा मैथिली बोलिन् । त्याहां एउटी ८-१० सालकी झुत्रो निलो जामा लाएकी बच्ची खाली खुट्टा उम्मिएकी रैछे, देब्रे हात ढोकाले छेकिएको थियो, जिङरिङ्ग परेको कपाल कन्याउंदै गरेको ऊस्को दाहिने हातमा प्लाष्टिकका ४-५ वटा हरिया चुरी थिए । 
को हो ? छोरी हो कि क्याहो तपाईंको ? भित्रै बोलाउनुस् न । 
हो साहब । ऊन्ले छोरीलाई मैथिलिमा भित्र डाकिन् तर उ तेहीं उम्मिएर मुखमा औंला टोक्दै कहिले कजरीलाई कहिले मलाई हेर्नथाली । गोजीमा त वालेट र चुरोट-लाइटर मात्र थ्यो, फुच्चीलाई दिनकोलागी एसो झोलातीर झुक्केर कै छकी भनेर चेक गरें, धन्न आधी बिस्कुट र २ पोका चाउचाउ रहेछ । 
चाउचाउ खान्छेस, ला । एता आत । उ अझैं आउन मानिन, कजरीले केके भन्दै आफै तानेर ल्याइन । 
नेपाली बुझ्दिन कि क्या हो ? 
अरे साहब सबै बोलिहाल्छ, अहिले सरमाएकोछ । 
के हो तेरो नाम ? मैले चाउचाउ थमाउंदै सोधें तर उ प्ल्याक-पुलुक मात्र गरिरही । 
ल हेर, यो त लाटी पो रैछ ! 
कजरीले २ हातले ऊस्को २ कांध पक्डिएर आफ्नो अघी उम्याउंदै नाम भन्न लगाइन, मसिनो स्वरमा उस्ले भनी "मुनिया" । 
क्रमश: 
 

 
Posted on 12-07-12 4:51 PM     [Snapshot: 244]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

 मुनिया, माधुरी र मिना कुमारी (कथा) भाग २ 
 
 
 
मसिनो स्वरमा उस्ले भनी "मुनिया" ।
 
 
एs, अनी सांच्चैको नाम के नी ? यो त घरको नाम पो होलात हैन ? 
मुनिया हो साहब, त स्कुलमा पनि एही छ । 
कजरीले आफै प्रष्ट्याइन् । मलाई त्यो नाम तेत्ती उचित लागेन, ठाडै मधेश झल्काउने नाम जस्तो लाग्यो । आफ्नो जातिय पहिचान र प्रदेश प्रती गर्व हुनु पक्कै पनि निकै स्वाभिमान र स्वतन्त्रताको कुरो हो तर हाम्रा कथित् नेता भनाउंदाहरुले तेस्लाई आफ्नै दुनो सोझ्याउने हेतुले मात्र परीभाषित गर्न थालेकाथिए । सोझासाझा जनताहरुलाई फगत मिठा सपना बांड्दै र दिग्भ्रमित पार्दै, तं पहाडे - म मधिशे भन्दै देशमा जुन विकृती, विखण्डन र विध्वंशको भल्खाडाहरु खनिरहेका थिए; मेरो आपत्ति तेस्मा मात्रै हो । आफ्नो खुशीको लागि अरुको गला रेट्नु जरुरी छैन र जात-लिंग-प्रदेश, देश भन्दा ठुलो हैन भन्ने मान्यता मात्रै हो । 
मलाई त तपाईंकी छोरीको नाम मन परेन है ! एस्ती राम्री हिरुनी जस्ती छोरीको नाम के राख्नु भाको ? 
मैले एसो गम खाएं, 'म' बाट सुरुहुने ५-६ वटा अभिनेत्रिका नामहरु दिमागमा दौडिए, एक ठाउंमा गएर ब्रेक लाग्यो । 
ल, एस्को नाम मैले माधुरी राखिदिएं है ! आज देखी म एस्लाई माधुरी नै भन्छु । 
माधुरिलाई आफ्नो न्वारन मन परेर हो कि अमन परेर हो, एक फांको चाउचाउ मुखमा हाल्दै बाहिर दौडी, कजरी केहीबेर उतै हेरीरहिन् । 
कतिमा पढ्छे ? 
५ कलास । 
ल, धन्यवाद तपाईंलाई । छोरीलाई पढाएर साह्रै राम्रो काम गर्नु भएकोरहेछ । 
आज्तक ठीक थियो साहब तर गाउंमा आगे ठुलो कलास छैन, त अर्को गाउंमा त के छ फिस मागिहाल्छ । ऊन्ले बह पोखिन् । 
किन ? तपाईंका श्रीमानले काम गर्नुहुन्न र ? 
हाम्रो आदमी छैन । ऊन्ले माथिल्लो ओठ टोक्दै पिडाहरु लुकाउने प्रयास गर्दैथिन् तर आंखाहरु रसाउंदै थिए । 
 
 
सर्लाहीको पिपरिया गाविसमा जन्मेकी हुन् रे कजरी । दलित, गरीब र छोरीमान्छे हुनुको हेपाइ तथा हण्डरहरु बाहिर हरेक पाइलैपिच्छे भोग्नु परे पनि आफ्नो आंगनमा भने घरपरिवारकी प्यारी नै थिन्; ४ दाजुहरु पछीकी कान्छी छोरी भएकोले । स्कुल र अक्षरको नाकमुखै देख्न पाइनन् तेसैले अहिले छोरीलाई जस्तै दु:ख-जिलो गरेर भएनी पढाउने रहर पालेकीछिन् । ९ वर्षमै बिहे भयो ऊन्को, बिहेको मत्लवनि था नभा बेला, ठुलाले जसो गर भने तेसै गरिछन् । अन्योल्मै बिदा भएर आधिबाटो कटेपछी मात्र घर जान्छु भनेर रुन सुरु गरिछन्, एक नातेदारले केही मिठाइ खान दिएर फकाउंदै ल्याएछन्; एस्तो मिठाइ र गुडीयाहरु त ऊता कत्ती धेरै छ भन्दै । 
 
 
सशुरालमा २ अविवाहित अमाजुहरु, ५ जनाको विहे भैसक्या, ऊन्का श्रीमान कान्छा नै परेछन् र एक्ला सुपुत्र पनि । ति २ कन्याको पनि साइत जुरेपछी साशु-सशुराले अब केही माया देखाउन थाले । दिनहरु ठिकै बित्दैथिए तर भाविले ऊन्को निधारमा सुख कहाँ लेखेको थियो र ? १४ वर्ष पुग्दा-नपुग्दै माधुरीलाई जन्म दिएपछी, बच्ची काखमा छंदै श्रीमानको स्वर्गवास भयो । गोमन सर्पको डसाइले ऊन्को मृत्‍यु भएको थियो तर सशुरालिहरुले गलहत्याउंदै निकालिदिए - १४ वर्षकी विदुवाइ बोक्सी र २ महिनाकी अलच्छिनी बाउ टोकुवाइलाई । मानिस बलेको आगो न ताप्छ, समाज र माइतिले पनि के हेर्थ्यो ति दुई निरिह प्राणीलाई; हो मा हो मिलाएर काटेको घाउमा नुनचुक छर्दै सबैले तिरस्कार गरिदिए । बच्ची काखमा नभाकिभए कतै गएर झुन्निने मन थियो रे तर चाहेर पनि मर्न सकिनन् । तेस्पछी ऊस्कै मायाको एकमात्र साहारा र आफ्नो एक्लो हाड्छाला लिएर ऊत्रिन् ऊनी जिन्दगीको रणभुमिमा । कोही नहुनेको दैव हुन्छ रे, ऊनिमा पनि बिस्तारै शाहस, शक्ती र जुझारुपना आउनथाल्यो । तर म ऊन्लाई एतिसानो दायरामा बयान गर्न चाहन्न, म ऊन्लाई योद्धाको रुपमा बयान गर्न चाहन्छु; तर एक पटकमा एउटा दुश्मन मार्ने सामान्य सिपाही होइन, युद्धको दिशा नै बदल्ने क्षमता राख्ने - एक महान योद्धाको रुपमा । किनकी, ऊनी निहत्था लडिरहेकीछिन्  सिंगो समाजसँग, यहाँको कुरिती र बेथितिसँग, बैरी र बिसंगतिसँग, अनी केवल बांच्नुसँग मात्र हैन बचाउनुसँग । 
 
 
ऊन्को अनेक नाइनाश्तीका बाबजुद पनि आखिर मैले ऊन्लाई भान्से बनाइ छाडें । सांझ-विहानको खाना पनि एतै खाव भनेको थिएं, सुत्न ऊनिहरु खोलापरी सुकुम्बासी टोलको आफ्नै झुप्रोमा जान्थे । दिउंशो म आफ्नै काममा गाउंघर चाहर्दै हिंड्थे, ऊनी कहिलेकाहीं आएर सरसफाइ गर्ने र बेडबिस्तरा मिलाइदिने गर्थिन् । तेतिसम्म त ठिकै हो भनेर चाल मारेकोथें, एकदिन त बाल्टिमा भिजाइराखेको जम्मै कपडा धोइदिछन्, बेलुका आएर झपारेपछी तेसो गर्न छोडिन् । म बजार पुगेको बेला केही खानेकुरा र बालकथाका पुस्तकहरु ल्याइदिन्थें, माधुरी रुचिका साथ पढ्थी । 
भएन, तपाईंको नाम पनि फेर्नु पर्‍यो अब । एक विहान चिया खांदै गर्दा मैले सुनाएं । 
के भएछ र साहब ? हजुरलाई थाहा छ के हाम्रो नामको मतलब ? 
कजरी भनेको एक किसिमको गीत हो क्यारे, हैन ? 
अरे, कसरी जानिलिनुभएछ ! त के राम्रो छैन त हाम्रो नाम ? 
राम्रै छ तर हिंजो एकजनाले भईंसी कुट्दै गरेको देखें कि, त्यो भईंसीको नाम नि कजरी रे ! तेइ भएर मन परेन मलाई त । 
के भन्नु भएछ, भैंसको नाम पनि कजरी हुन्छ ? मुखसम्म पुर्याइ सकेको गिलास रोक्दै ऊन्ले आश्चर्य पोखिन् । 
अब तेही नाम रहेछ त । तेसैले तपाईंको नाम अब मिना कुमारी राखिदिने सोच्याछु मैले । छोरीसँग मिल्छ पनि, भईंसिको नामनी हुन्न । 
माधुरीको न्वारन गरिदिंदा यो नाम 2nd option मा थियो । 
हजुरले भनेर हुन्छ के ? हामीलाई कजरी नै राम्रो लागेछ । 
जे सुकै लागोस्, म त मिना कुमारी नै भन्छु । ल त, मिना कुमारी खाना बनाउंदै गर्नुस्, मेरो तल गाउंमा अलिकती काम छ । 
साहब पनि ! 
 
 
मेरो काम सोचे भन्दा चांडो सक्किंदैथ्यो, १-२ दिन बिराएर सुधासँग कुरा पनि भैरन्थ्यो । "मलाई के ल्याइदिसिन्छ ?" एकबाजी ऊस्ले सोधेकिथी, "के ल्याइदिम् त तंलाई, यहाँ त्यस्तो स्पेशल त मैले केही भेट्याछैन !" भनेर म एसो सोच्दैथें, करीब-करीब मेरै अड्कलको माग राखी ऊस्ले, "मलाई त त्यहांको जम्मै मन्दिरहरुको प्रशादी चाहिन्छ ।" पुजापाठ प्रती आस्था नै छ ऊस्को । मेरो काम सक्किने बेलातिर एतै आइज घुमघाम गरेर सँगै फर्किम्ला भनेको मानिन । 
 
 
ओए माधुरी, तंलाई त खुबै पढ्न मन लाग्ने रैछ है ? एक सांझ भात खांदै गर्दा मैले सोधें । मतिर हेर्दै नहेरी, किताबमै आंखा दौडाउंदै ऊस्ले 'अं' भन्ने पारामा टाउको हल्लाइ । 
काठमाण्डु जान्छेस् त ? तंलाई अंग्रेजी स्कुलमा भर्ना गर्दिम्ला । 
म एक्लै ? बल्ल ऊस्ले आश्चर्यमा मलाई हेरी तर एकैछिनमा बिस्मातका रेखाहरु पनि ऊस्क्को मुहारमा कोरिए । 
कां एक्लै, तेरी आमा मिना कुमारीलाई पनि लिएर जाने नि, सानोतिनो काम लगाइदिउंला । जाने होइन त ? अब मैले ऊन्लाई प्रश्न गरें । 
के मजाक गर्नुभएछ साहब पनि !
सांच्चै भनेको । यहाँ तपाईंको को छ र बस्नुहुन्छ ? कमसेकम ऊता एस्ले पढ्न पाउंछे । 
 
 
आज-भोली गर्दागर्दै आखिर फर्किने दिन पनि आयो, मिना कुमारी पनि राजी भाकिथिन् आउन । मैले पनि आफ्नो बचन पुरा गर्दै; बौद्ध जाने बाटोमा ऊन्लाई एउटा किराना पसल थापिदिएं, माधुरीलाई चाबेलको स्कुलमा एड्मिशन गराइदिएं र बस्नकोलागी मित्रपार्क पछाडितिर २ कोठा पनि लिइदिएं । बेला-मौकामा म भेट्न गैरहन्थें, दङ्ग थिए ऊनिहरु । म पनि आफ्नै दुनियाँमा दङ्ग थिएं, सुधासित । ऊ पांचौ महिनामा थि, अब त पेट पनि प्रष्ट देखिन थाल्याथ्यो, अफिसको समय बाहेक अरु सबै समय अब म सुधालाई दिन थाल्याथें । सांझ-विहान अलि-अली वाकमा जान्थिम् अरुबेला त फेरी ऊस्तै वाद्बिवाद ! 
 
 
एकदिन मिटिङमै थिएं बाबाको फोन आएछ, गएर रिसिभ गरें, प्रशुती गृह बोलाउनुभो । हत्तारिंदै पुगें म, कोठामा छिर्नासाथ सुधा डाको नै छाडेर रुन थाली, तेहीं बेडमा बस्नुभाको आमा पनि भक्कानिनुभो, बाबा ठिङ्ग ऊभिएर पिल्-पिल् गर्दै हुनुहुन्थ्यो - सुधाको miscarriage भएछ । म छांगाबाट खसेझैं भएं, आफ्नै होश हराएको थियो त्यैपनी ऊस्को सिरानतिर गएर बसें, मलाई अंगालो हाल्दै ऊ धेरै बेरसम्म हिक्क-हिक्क गर्दै रोइरही, मेरो मुखबाट सहानाभुतिका दुई शब्द पनि फुट्न सकिरहेका थिएनन् । केही समयमै ऊस्को मुवाहरु पनि आइपुग्नुफो, सबैको तेही हालत थियो, मेरो मुटुमात्रै ढुंगाको काहां थियो र ? ठेस् लाग्दा सबैलाई दुख्छ, पिडा हुंदा सबैको मन रुन्छ; आफ्ना वेदनालाई छातीभित्रै कतिसम्म बांधी राख्न सकिन्छ, आफ्ना आंशुलाई परेलिभित्रै कतिसम्म सांची राख्न सकिन्छ - फरक तेत्ती न हो । 
 
 
सतीले सरापेको देश भन्थे, आज हो झैं लाग्यो । हामीले कस्को के बिराएका थियौं र आज एत्रो सजाय हामीलाई ? अरुलाई लुट्दै र मार्दै हिंड्ने पनि त छन् नि, हामी आफ्नै पौरख र दु:ख-सुखले घरआंगन सिंगार्न खोज्नेको संसारै उजाडिदिने; यो कस्तो न्याय हो दैवको ? म आफ्नो मन जसोतसो दरो पारुंला तर कसरी सहली त्यो बिचरीले । शरीरको बाहिर कुनै घाऊ लागेकोभए आज रुंदिहो, भोली त निको हुंदोहो तर आत्मामा लागेको घाऊ बोकेर जीवनभर रुनुछ ऊस्लाई । 
 
 
म संधै भनी रहन्थें १-२ महिनाको लागि कतै घुम्न जाउं भनेर तर ऊस्ले मानिन । मेरो सामु सामान्य हुने प्रयास गरेपनि एक्लै हुंदा टोलाई रहन्थी, म बुझ्थें ऊस्लाई ठुलो मानसिक आघात पुगेको थियो जुन चुट्की बजाएर वा छडी घुमाएर निको हुने कुरा होइन । अहिले ऊस्लाई यदी सबै भन्दा बडी केही कुराको आवश्यक्ता थियो भने त्यो मेरै साथ, मेरै हात र मेरै हौसला थियो । ऊस्को जीवनमा अब साहाराको बिउ रोपेर आशाका बिरुवाहरु उमार्ने र खुशीका फुलहरु फुलाउने कर्तब्य मेरै थियो । 
 
 
भाउजुलाई कस्तो छ ? खबर गर्नु पर्दैन ? ऐले फुच्चीहरुले फोन गरे पछी पो बल्ल था भो । 
अगाडि सामुन्ने उभिएपछी मात्रै गुरुलाई देखें, म आफ्नै शुरमा चुरोट फुकिरहेको रैछु, मुख बिगार्दै 'ठीक छैन' भन्ने पारामा टाउको हल्लाएं । 
के भन्छन् डक्टरहरु ? मसंगै भुइंमा बस्यो ऊ पनि । 
VBAC गर्दैछन् । 
oh god ! तर धन्दा नमान् यार सब ठीक हुन्छ । मेरो ढाडमा प्याट-प्याट धाप दिंदै भन्यो । 
critical छ रे । 
अरे छोड्न यार, यि यो चुरोट खानु पनि critical मा हुनु हो । केइ हुन्न भाउजुलाई she is a fighter and you know that.   
गुरुले प्रशंगलाई अन्तै मोड्न खोज्यो तरपनि हामीबिच खास्सै कुरा भएन, २ जना धुम्धुम्ती बसीरहिम् चुपचाप, बेलाबेला चुरोट फुक्दै । 
 
 
विहानको ४ जती बजेको हुंदो हो, डा. ले फेरी बोलाए क्याबिनमा, एस्पाली गुरु पनि छिर्यो मसंगै । 
कस्तो छ डक्टर ऊस्लाई ? मैले छिर्नु र सोध्नु एकैसाथ गरें । गुरु एउटा कुर्सिमा बस्यो मलाई अर्कोमा बसायो । 
माफ गर्नुहोला, bad news छ । हामीले तपाईंको सन्तानलाई बचाउन सकेनौं र तपाईंकी मिसेसको uterus पनि फाल्नुपर्‍यो । 
अनी सुधा ? मेरो जिउभरी झनन्न कस्तो-कस्तो भो । 
वहाँलाई अंझै होश आइसकेको छैन, होश आए पछी___
म बर्लङ्ग कुर्सीबाट पछारिएछु ... 
 
 
टाउकोमा कता के दुखे जस्तो भो, निधार भन्दा अलिक माथि देब्रेतिर ब्यान्डेज गरेको रैछ । एसो चारैतिर आंखा घुमाएं, हस्पिटलको बेडमा त म पो सुतिरहेको छु, मन झसङ्ग भो, हं ! सुधालाई के भो ? हातको सलाइन थुतेर बेडबाट झर्दै गर्दा एक नर्स दौडंदै आइपुगिन् । 
प्लिज-प्लिज्ज, तपाईं एकछिन पल्टिरनुस् । 
हैन म .. म .. म ऊता जानु पर्ने छ, ऊता .. ऊता जानु पर्ने छ, मेरो .. 
प्लिज एक मिनेट पल्टनुस् त । ऊन्ले मलाई बेडमा ढल्काइन् अनी मेरो दाइने हातमा अड्किराको निडल मिलाएर तानिदीइन् । एकछिनमा कता बाट हो, गुरु आइपुग्यो । 
सुधालाई कस्तो छ ? बेचैनीमा लर्बराउंदै सोधें । 
भाउजु बिल्कुल ठीक हुनुहुन्छ, चिन्ता नली' । 
सिस्टर म जाउं है । म बेडबाट उठीहालें, ऊन्को अनुमतिको मलाई वास्तै थिएन । 
तर आएर एकपटक डक्टरलाई भेट्नुस् है । 
 
 
हिम्मतले काम ले गुरु, हेर् तं नै टुटिस् भने भाउजुको झन् के हाल हुन्छ सोच्त । गुरु बाटोमा सम्झाउंदै थियो । 
म लामो-लामो पाइला चाल्दै कोठाभित्र छिरें, सबै जना तेहीं रहेछन् । सुधाले पुलुक्क हेरी र हेरिरही । 
ल - ल भाउजुलाई धेरै भिड नगरिदिनुस्, सबैजना केही समय बाहिर गैदिनुस् । गुरुले सबैलाई बाहिर निकाल्यो तर सुज्याना मान्दै मानिन्, तेहीं एउटा कुनामा ऊभिएर सुंक्क-सुंक्क गरिरही । म गएर सुधाको बेडमा बसें, ऊस्ले मेरो दुबै हात आफ्नो हातमा लिई र टुलुटुलु मलाई हेर्दै चुपचाप बलिन्द्र आंशुका धारा बगाउन थाली, आज मैले पनि आफुलाई थाम्न सकिन, मेरा पिडाहरु पनि कहिले दायां हातमा कहिले बेडसिटमा तप्प-तप्प चुहिन थाले, आज केही भन्ने र छाती पिटी-पिटी रुने सामर्थ्य पनि बांकी रहेको थिएन । धेरै पछी सुधाले ताकत बटुलिछ "म किन मर्न सकिन" भनी र अर्कोपट्टी मुख फर्काएर बिलौना गर्दै रुन थाली । म अंझै पनि सुधाको दुबै हात थामेर उंधोमुन्टो लाइरहेको थिएं, सुज्याना पनि रुंदै पछाडिबाट गम्ल्याङ्ग अंगालो हाल्न आइपुगी । 
 
 
दु:ख सायद एस्ले पनि मैले भन्दा कम देखेकी र कम बुझेकी त काहाँ हो र भन्ने लाग्यो । बिचरीले अभाव र गरीबीमा नै बाल्यकाल बिताइ, अलिकती सुखका दिन फिर्नै लाग्दा भाग्यले फेरी अर्को किला ठोकिदियो मुटुमा, आमालाई नि गुमाइ । भर्खरै ७ कक्षामा पढ्दै गरेकी बच्चीको अरु कोही साहारा थिएन, हामीले नै आफ्नो घर र छातीमा आश्रय दियौं । एकदिन उतैको स्थानिय स्कुलमा एड्मिशन गर्ने क्रममा प्रिन्सिपल सरले सोधेकाथिए, नाम के होनि नानुको ? ऊस्ले केही बोलिन, खाली मलाई हेरिरही । ऊस्को त्यो अवोध हेराइ र मायालाग्दो अनुहारले ममा एक भिन्दै भाव तरंगित गरिदियो । 
"सुज्याना"  । मैले फ्याट्ट भनिदिएं, दुईबाजी नसोचिकनै; खै ! किन हो ? त्यो बेला मलाई 'माधुरी' नाम पनि उचित लागेन ऊस्कालागी । 
'सुधा' र  मेरी आमाको नाम 'जानकी' लाई मिलाएर हामीले त्यो नाम तयार पारेका थियौं, आफ्नो पहिलो सन्तानको लागी । 
 
 
घर आइपुगेकोथ्यो, मैले गाडी पार्क गरें । सुधा र सुज्याना अघी हेरेको सिनेमाकै कुरा गर्दै बाहिर निक्लिए - म एकछिन भित्रै बसेर ऊनिहरु घरतिर जांदै गरेको हेरिरहें । 
अश्तु । 
 
 

 
Posted on 12-10-12 10:17 AM     [Snapshot: 470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 घात माथि आघात तेस्मथी बज्रपात भन्या साएद येही कथाले देखायो..... सुधा भाउजुको मन कति ठुलो हगी येत्रो बेदनाले चर्चराइ रहेको बेला पनि क्याली मित्रलै सधै हँसाउने , आफ्नो मायामा लुटुपुटु परेर फंसाउने अनि तेही संसारमा रमाउने .... 
 
क्याली हजुरको कथा वियोगान्त किन हुन्छ ? मलाई मनपर्यो पढ्दा खेरि आखा रसाको थाहैनहुने ... मनमा चिसिक्क कता कता बिझ्ने ... कथा भित्र कथा अनि तेस्को भित्र नि अर्को कथा क्या इन्सेप्सन जस्तो....  

Cali, Hope this is just a story not a real story. 

किन अरु कसैले कमेन्ट नगरेका यो लेखमा ? 

 
Posted on 12-10-12 3:41 PM     [Snapshot: 551]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 क्यालिज्यु, नाम अनुसार को लेखाइ.....
 
ठाने दाइ ले भने जस्तो, पढ्दा पढ्दै आखा रसाएको थाहै भएन छ, गाला चिसो भए पछी पो बल्ल.....
 
म त यो रियल कथा जस्तो लाग्छ, जसले जिन्दगि लाइ नजिक बाट बुझेको छ, त्यसलाई नै येस्तई परेको मैले पनि देखेको छु.....
 
क्यलिज्यु बरु कहिले काही येसो मन हलुङ्गो हुने पनि पस्कनु होला.....

 
Posted on 12-10-12 4:23 PM     [Snapshot: 551]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 film herda pani rasauna garo parne aakha yo katha padhda sajilai rasaye, lekhai ma sarai dam chha. kaile kai lekhe jasto garne malai yo lekh ko gunastar le bachcho feel garaidiyo. lekhak lai dhanyabaad sajha ma post gareko ma. 
 
Posted on 12-10-12 4:44 PM     [Snapshot: 579]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जिबन एक संघर्स हो भन्थे, यो कथा पढे पछि यो कुराको पुस्टि हुन्छ | एउटा मार्मिक कथा; मानबिय सम्बन्ध र दुखले भरिपुर्ण, जिबनको अभिन्न पाटो हो यो | क्याली जी फेरी पनि यस्तै यस्तै कथाहरु हामीलाइ पस्कनु होस |
 तपाईको कथा को पंखा भा छु म |

फत्ते !

 
Posted on 12-10-12 6:21 PM     [Snapshot: 615]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 थाने, 
नारिको मन त ब्रम्हाण्ड भन्दा पनि ठुलो हुन्छ रे ! टालो हालेको मुटु बोकेर पनि अरुको लागि हांसिदिन सक्ने, बांचीदिन सक्ने र मौका आइपरे बलिदान दिन पनि पछी नपर्ने । 
अरु आदरणिय पाठकहरुको पनि गुनासो रहेको छ मेरो वियोगान्त कथाप्रती, तर यो मोरो ज्यानलाई ऐले सम्म सम्योगान्त केइ फुरेकै छैन, आगामी दिनहरुमा भरपुर कोशीस गर्नेछु । 
५९ सालतिर पहिलो पटक जनकपुर गएकोथिएं, त्यो बाहेक; कथा पूर्णतया काल्पनिक हो थाने, आशा छ अब अलिक चिन्ता कम होला तपाईंको र कथा मन पराइदिनु भएकोमा कृतज्ञ छु । 
 
 
बारमासे, 
तपाईंले दोधारमा पारीदिनु भो, मेरो लेखाइले थोरै भएनी तपाईंको मन छुन सकेकोमा खुशी हुनु कि, एक असल मित्रलाई रुवाएकोमा दुखी हुनु ? जेहोस्, कथा पढिदिनु भएकोमा धन्यवाद; तपाईंको अरु जिज्ञासाको बारेमा शायद मैले माथी थाने मित्रलाई बिन्ती बिसाइसकेको छु । 
 
 
बाजे, 
तपाईका मिठा शब्दहरुकालागी धन्यवाद । अनी मेरो sajha name मात्रै क्यालिबर हो; तर तपाईंले पगरी लाइदिनुभाको जस्तो क्यालिबरको लेखक चाँहीं फिटिक्कै होइन, म त भर्खरै बामे नै सर्दैछु । 
 
 
फत्ते, 
तपाईंले पंखा भन्दिनुभो, म पो अब घिंरौला जत्रो नाक बनाएर हावामा उड्न थालें । धेरै-धेरै धन्यवाद तपाईंलाई पनि । 
 
 
र, अन्य मौन पाठकहरुप्रती पनि नतमस्तक छु । 

 
Posted on 12-12-12 1:59 PM     [Snapshot: 746]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 12-12-12 5:07 PM     [Snapshot: 795]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 बल्ल फुर्सत मिलाएर पढियो , पढ्न सुरु गरेपछि सिध्ह्यौनै पर्ने गरि उत्सुकता जगाउने कला  ले भरिपुर्ण रहेछ  कथा ,
कथा भित्र व्यथा लुकेको हुन्छ व्यथा भित्र कथा लुकेको हुन्छ जिबन को रमाइलो नै तेही हो जस्तो लाग्छ , हुन त रमाइलो नमानेर पनि के गर्नु ? अर्को उपाए नभयेपाछि.
 

 
Posted on 12-12-12 7:52 PM     [Snapshot: 820]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 TMS जि, 
कथा पढ्दिनु भाकोमा सुरुमा त धन्यवाद । अनी यहाँले भन्नु भएजस्तै जीवन भन्नु त, भोगाइहरुको संगालो न रहेछ; कथा-बेथा, आंशु-हांशो । जीवन यात्राको कुनै देउरालीमा आफ्ना भोगाइ बांडेकै राम्रो, बांडेर हांसेकै राम्रो - मरी लानु त के छ र ? 
IT महोदय प्रती पनि सहृदय आभार । 
 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
~चौतारी १९९~
Mnang, Mustang Treking and Our Engagement
Learning computer programming
ICE RAID
Are you invited for 4th of July Celeberation by WH
❤ नारी दर्पण ❤
TPS FEDERAL NOTICE
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
IT Consultancy Dons and Donts
साझाका Sherlock Holmes .. Please suggest
थुक्क प्रियंका कार्कीजी …
नफर्किने गरि नेपाल जाने सोच
TPS to GC (PERM-I140-I485) TimeLine
TPS ma ghanta hannu paryo re IT matra hamro job bikalpa?
Free! Free! Free! - Training and placement
TPS to change of status denied ..Need help
Nepali people greencard in danger
Salary offer aako cha
Former U.S. President Bill Clinton in Nepal
~चौतारी १९९~
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters