← Back to Kurakani

यो पाली पनि यो लम्फु आउन सकेन दिदि !

Original Post

हरेक बर्षझैँ यो बर्ष पनि औशी सगै धमिलिदै गयो होला मन, उज्यालो लहरै बाह्रमासे फूलहरुको माझमा तेजबिहिन भयो होला तन; आशाहरु पाखाभरिका पालुवाहरूझैँ पलाए होलान्, कति रहरहरु धमिराले भित्रभित्रै खोतालेझै भए होलान्; आस्वाशनका शब्दहरुले कहिलेइ काचुली नफेरेको देख्दा, इच्छ्याहरु बास्तबिक धरातलमा कहिलेइ नओर्लिदिदा, मनभरिका अनेकौ चाहनालाई सहादता दिई; सम्हाल्दा सम्हाल्दै पनि बर्षे झरी झैँ भक्कानिए होलान्; आखाहरू रातै दिन देउराली र भन्ज्यांगमा बिच्छ्याउदै, एउटा मिठो सपनालाई बिपनाको आशामा! गहभरी आशु लिई टुलुटुलु टोलाउदै होलान् मेरा दिदीबहिनी, सुकेको खोलि झैँ उत्साह बोकी!!!

36x36
Nov 13, 2012 1:54 PM · 18,245 views
2 Replies
Keyser Soze Nov 13, 2012 7:55 PM
Feel the pain, man. Maybe next year!
oli Nov 13, 2012 8:03 PM
skype chani , u can use the skype for this bhai tika
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant