[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 283673 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-13-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री नेत्रनाथ नगरकोटी द्वारा ज्ञापन गरिएको हर्सित भाव हामिले स्विकार गरिबक्सेर त्यसलाई ३० ले गुणन गरिबक्सेर हाम्रा भारदार श्री पुन्टेन्द्र प्यारा परियारको चिल्लो तालुमा घोटि बक्सेर, चिल्लो बनाइबक्सेको तिस गुने ज्ञापनपत्रलाई हाम्रा अर्का भारदार श्रि लहरेकान्त लाकौल द्वारा चाँदीको खाममा हाल्न लगाइबक्सेर,शाहज्यादी  दीपिका देवि दवाडी तथा शाहज्यादी चेलिमाया चामलिङ्ग लगायतले प्रयोग भोग गर्दै आएको अद्वितीय सुगन्ध दिने अत्तर लेपन गरिबक्सेर,हाम्रा अर्का भारदार श्री हर्कबहादुर हमाल द्वारा शीकार गरिबक्सेको बँदेलको ह्याकुलो हाम्रै अर्का भारदार श्री राहुलभाई रायमाझीको करकमलबाट बिभिन्न मरमसला हालेर पकाउन लगाइबक्सी, यहि ज्ञापनपत्र सहित चौतारीमा फिर्ता बुझाईबक्सेका छौँ!


सिरि चौतारीनाथले हामि सबैको कल्यान गरुन


जय चउतारी

 


 
Posted on 08-13-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्या: भनेको नेवारी मा किन भनेको मिस मि, त्यसै रिसाउने

वोहो बिर्खे प्रभु, कृपा गरेर एउटा पद मलाई पनि दिने होकी, पद पाएदेखिन
राम्ररी काम गर्ने थिएँ।


 
Posted on 08-13-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु माष्टरनी नानी,रिसाम्ने मुन्छे त हामि हइनम के रे तर बेल्बेलाँ हाकिमको हइकम देखुन लिएर कामले पेलेर तेल निकाल्दाखेरुन रिसको पोको भुँडिमा भरिन थाल्छ, त्याँसि कता ग'र फोरम फोरम हुन्छ, अन्खेरुन चउतारि छिरो फुटालेर मरो, हेरि यि एस्तै छ चाला आफ्नु, अनि हउर क्यार्दै हो अचेल?

अरे नार्टान दाजू,तपाइँ हमको बहुते रैसपेक्टवासे गयापन उयापन दियो हमि बहुते खुस भइलियो, पर बात उ छ कि हमि रिटार्नमा कुछ देनेको सकेछेन, पर हमि वैसे छाडने वाला छेन, हमि भि दिन्छु जो सकेछ वहि दिन्छु हमि उ जो छ शुभकाम्ना दिहाल्छु तपाइँको। तपाइँ नार्टान को देइखके सला डैनजर से डैनजर वाइराँस भि आउट आँफ डेट भइहालोस राम जि के करिपा से खेँ खेँ खेँ

रिट्ठे,तो के जाति जवानीआँ मर्ने कुरो नअर मर्दइनौ, कतिलाई मार्नै बाँकि होला तिम्ले काँटि आइले परान जान्छ त तिम्रो? यो बुडेसकालाँ त काल आम्दैन बैँशमा झन के आम्थो।

लउके आच्या लोके, हेरि तो पद पाम्ने भन्या कुरो एसो बिचार अरम्ला के रे नि। धेरै अड्डाहरु खुल्या छन चौतारिआँ मिलार घुसाइदिम्ला के रे नि तिम्लाई एउडा अड्डामा, बरु तिउँरा घराँ भाले साले, घ्यू स्यू कत्तिको छ? यो नलिखुट्टाँ ताकत नभ'र पाला सार्नै हुँदैन, यसो भाले चपार घ्यू गोडामा घस्न पा' सन्चो हुन्तो कि भन्या नि..नाइँ नाइँ कुरो त पदकै अर्या हो है मइँले


 
Posted on 08-13-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौके जी हउर ले  नेपालीमा नेवारी मिसाम्नुभा ? :)

अब मुलाई के था  त? बरा  नेवारी बुझ्दिन के  म चै ,पइल्यै भन्नु पर्त्यो नि

अब खेरि रिसाई के भो  त? हाँस्न परे हास्दिन्चु के अनिपछि

जिम्माल बा क्यार्नु  घाँसपात मेलापात यस्तै यस्तै :)

 


 
Posted on 08-13-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मध्यान्हको जदौ। जिम्मालबा, के हो आज त साहूको आँखा छली आइयो जस्तो छ नि। रिस पनि कति पोख्न सक्या हो।
लौके, नोर्ते, ठुल्दाइ, र मास्टर्नीलाई पनि तारेमाम।     

 
सान्नानी
Posted on 08-13-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
सान्नानी
Posted on 08-13-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-13-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान गएको होला सबै, चौतारीका मान्छे हरु कती खान सक्ने
सबै योकोजुना जस्तै हो कि, मेरो त सक्यो खान पनि, धेरै टाईम लाग्दैन
ए बिर्सिराखेको, यहाँ त हसुराइ भन्छ है,
हैन गाउँले हो हसुराइ सकेन भनेको, कती मोटाउन मन लागेको होला, केटाहरु त ठिकै छ,
फेरी केटीहरु त तेती साह्रो नहुनु पर्ने, फेरी चौतारीका केटीहरु खान मा केटाहरुसँग कम्पिटिसन गर्ने
होला, एसो भयो भने त सबै योकोजुनी योकोजुनी हुन्छ लोल

 

सन्नानी त सुतिछे, धेरै खायो भने यस्तै हो निन्द्रा पनि लाग्छ
भुँडी पनि बढ्छ, अनी वजन त त्यसै बढ्ने भइहाल्यो।

एउटा कुरा, हिजो प्रीती लाई सन्नानी भनेर बोलाको थियो सबैले
अनी फेरी सन्नानी पनि छ चौतारीमा, दुबै एउटै मान्छे हो, कुरा
क्लियर कट गर्नु पर्‍यो।।


 
Posted on 08-13-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-13-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

हसुर्‍याइ नि कतो लामो हो, देशाँ पेट्रोल को लाम जस्तो।


लोके, बिस्तारइ बुझिन्छ, कस्को नाम के,एकै ब्यक्ती हो वा हो-इन भन्ने कुरो।
हतार मा कतार गए पछुताइन्छ।


 
Posted on 08-13-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले एउटा फुटाको, मैले त दुइटा फुटाइदिएँ


 
Posted on 08-13-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोके, क्या हो त्यो योकोजुना योकोजुनी भन्या?
अनि के हो दुई जनाको ल्यापटप फुटाउ प्रतियोगिता हो कि कसो?
ठुल्दाइ चाँही हसुरेर चिलिम तानी आउनु भो कि कसो?   

Last edited: 13-Aug-08 01:12 PM
Last edited: 13-Aug-08 01:13 PM

 
Posted on 08-13-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या ठुल्दाइ दुई दिन भइसक्यो मेरो, अब त बुझाऐदिएपनी हुन्छ नि
कती सक्पेन्स राख्ने, फेरी मलाई सस्पेन्स फिलिम मन पर्दैन,
क्लियर कट कुरा गर्ने भए म रेडी,

बिस्तारै बुझ्दा ठुल्दाइ अनी रिट्ठे धेरै नै सकृया राइछ चौतारीमा। अनी ठुल्दाइ अनी
रिट्ठेको पद के हो नि। एस्तो सकृया ब्यक्तीहरु को त पद पक्कै होला, 


 
सान्नानी
Posted on 08-13-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina loke sannani sannani ho ani pretty pretty ho kya kasto nabujhya? sutira manchhelai tessai ...
 
सान्नानी
Posted on 08-13-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldai ta chautarika president ani ritthe chahi janitor bhanya ho kyare usailai sodhnuparchha ..
 
Posted on 08-13-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसोभए हिजो प्रीतीलाई सान्नानी भनेर किन बोलाको गाउँलेहरुले
अब त शंकै लाग्यो मलाई त,
एस्तो पक्षपात नगनुस्,हेर्नुस् मान्छेको पिडा बुझ्नुस्, कस्तो भइसक्यो मलाई, 
 
Posted on 08-13-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिट्ठे जनिटर पो, अनी ठुल्दाइ प्रेसिडेन्ट
बिस्तारै बुझिन्दैछ कुरा,
अनी सान्नानी आफु नि, पद भनेको फेरी के सोधेको भन्लाउ 
 
Posted on 08-13-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो निद लायो गांठे, लौ लोके एउटा चुट्किला सुनाउ त, त्यसै पद कहाँ पाईन्छ?
 
Posted on 08-13-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-13-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लोके त कस्तो अधैर्य रहेछ। २ दिन पनि कुर्न नसक्ने?

सान्नानी सोझो छ जस्तो छ हाम्रो लौके, असली बात् बताइ दिनुस्।


अनी अर्को कुरा रिट्ठे ले गरेको काम को नक्कल नगर्नु नि, ल्याप्टप मात्र होइन धेरै फुटाउने काम गर्छ त्यसले। बेफ्वाँकमा दु:ख पाउला।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters