serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 327938 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-22-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



दोश्रो राउन्ड को जदौ, नमस्ते, तारेमाम सबैलाई

मनुस्य के छ त्यता तिर को खबर? हाकिम लाई लुका'र काम चोर्न त कस्तो मजा आउछ !
चेली- नमस्ते !  हसुराइ भयो? अनी अचेल गीत गाउन छाडियो?
नक्कली बिस्टे के छ खबर? हाम्रो सक्कली बिस्टे लाई काँ लुका'र राख्या हो?


ठुल्दाइ कती पुग्यो अस्सीहरुको?


 
Posted on 05-22-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्कै बेर हरायोउ नि रिट्ठे। त्यो त नकाब पो लगाइराको त फ्यकिदिये त्यो नकाब अब आफ्नै असली मुहार लेर आको छु। लड्की हरु लाई साबधान गर्दे हुन्छ है रिट्ठे,नभए एक्छिन म लहरे ले फुटेको समाचार निकाल्छ।
 
Posted on 05-22-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lau meroni pahilo round ko gayo hai..

 
Posted on 05-22-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


रिट्ठे, पोन्टिङ ले ५० ठोक्यो, कूल १००-२ ।


हसुर्‍याइ ट्याम मा कोइ हुने होइन। काम चोर् हरु।


 
Posted on 05-22-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए ठुल्दाइ कहाँ भयी राको म्याच हो त्यो।

 
Posted on 05-22-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै जाना खाना खान गा हो कि के हो, कोइ नि छैन त, ठुल्दाइले चुरोट सल्काको जस्तो लागेको थियो, हैन जस्तो छ।

 
Posted on 05-22-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe,
hakim baink ga'chhan. aba aafu matrai chhu, tesaile ekchhin mooj chha.
yeti thik chha, gham lageko, hawa chaleko ani ramailo chha,
bhok lageko ra thakit chhu,

teta kasto chha ho??

Cheli, k chha khabar, aajha mantri banna pa'haina, tara bhok hadtal teti din todidiye, yeso source-force lagaidine ki.

Thuldai, k ho, bro sangata bhetghat chhutyo ni, bro aa'ko bela ma nahune and vice versa. bhet hola ni

Aru sabailai namaskar feri pani.

 
Posted on 05-22-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी उट्पट्याङ समाचार:

प्रमुख समाचारहरु-

गोल गोल भन्दा भन्दै भद्रगोल बनेको हिजोको चौतारीलाई हेरेर बयोबृद्ध पुन्टेन्द्र प्यारा परियार सिकिस्त! उनले चौतारीमा गरेको गोल हेर्दा भकुन्डोलाई आफ्नो टाउको सम्झिनुभएकोले पटक पटक त्यसै द्वारा गोल गरिएको हेर्न नसकेर सिकिस्त बन्नुभएको समाचार प्राप्त भएको छ।

भकुन्डोको कुरा सकिन नपाउँदै आज पुन: चौतारीमा एक जना चौतारीकै बिशिष्ट व्यक्ति बिस्टेराम बिस्ट  मुकुन्डो फालेर आउँदा अस्ति मात्र घाइते भएर काइते अवश्थामा पुगेका पर्वते पुडासैनि पुन: घाइते हुनभएको छ।

सधैँ ठुल्दाईले प्रयोग गर्ने रिट्ठेको स्टाइलको जदौका साथ आउने 'फ्रि' तारेमाममा अब केवल 'तारेमाम' मात्र आउने भएको छ। पहिले पहिले 'फ्रि' मा पाइने तारेमाम, ठुल्दाई त के रिट्ठे स्वयँले पनि आफ्नो स्टाइलो जदौ कस्तो थियो भन्ने बिर्सेकोले आजबाट पैसा पर्ने भएको छ।

सधैँ भोकै अवस्थामा आएर खोकाई खोक्ने हर्के, आज मध्यदिन पछि आएका छन् र उनको मुख बाट खानेकुराको कुरा ननिस्कि केवल अभिवादन निस्केकोमा चौतारीबासीहरु आश्चर्यचकित छन्!

दीपीका पादुकोणे, माफ गर्नुहोला दीपीका दवाडिले रिट्ठे कबाडि, माफ गर्नुहोला (कति जिब्रो चिप्लिरा होला)  रिट्ठे रायमाझिलाई दिएको च्यालेन्जले आज दोश्रो दिन पनि चौतारि प्रभावित रह्यो। तर उक्त च्यालेन्ज के थियो भन्ने कुरा दीपीकाले पनि बिर्सिसकेको अनुमान जानकारहरु लगाउँदछन्।

कहिले क्याउँ क्याऊँ कराएर त कहिले कुरो कोट्टयाएर कसैको कुरा कसैलाई र कसैको कुरा कसैलाई काट्दै कराउने कुम्ले, कार्यव्यस्तताका कारण क्यारम क्यारम हुँदा कैलेसाउको करेसामा क्यारम खेल्दै कफि खाइरहेको बेला पनि कैलेसाउको कान्छि कन्या कोपिला को काया नियाल्न कम्मर कसेर कुर्लेको कुरा कुम्लेकै कार्यलयका कार्यालय प्रमुख काजिमान कक्षपतीले काठमान्डौको किलागलमा भएको एक कार्यशाला गोष्टिमा कैँचिले रिबन काट्दै कहनुभयो!

भयानक भयानक भ्रान्तिपूर्ण भावभंगिमा तथा, भयंकर र भयभित भान हुने स्थितिमा, भउतेले भिजेको भाङ्ग्रो भेट्टाएर भोटाहिटिदेखि भोटेबहाल सम्म भोमिट गर्दै भाग्दा भिडमा भोटेकुकुरले भाङ्रोदेखेर भुक्दै भगाएपछि भुलबस भुगोलपार्कमा भँगेराको भुत्ला भाँचिरहेका भिमसेन भन्डारिले भउतेलाई भेटेर भाटै भाटाले भकुरेर भगाएका छन्!

बाँकि समाचार हाम्रा संवाददाता लहरे बाट!

 

 

 


 
Posted on 05-22-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरेको फुटेको समाचार यनी ब्रेकिङ न्युज छैन आज, हिजो पूजा सँग कुरा भाको जस्तो लागेको थियो मोबाईल मा, लिएर हिढ्या जस्तो छ लहरे आज त पूजा लाई, पत्रकारिता छोड्न लागेको त हैन लहरे?

 
Posted on 05-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ जिम्माल ले फेरी मारे हसाएर, ए रिठ्ठे त्यो लडी बुडी गरेर हासेको फोटो मेरो तर्फ बाट टासी देउ है यहाँ।।

 
Posted on 05-22-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल,
अब देखी तारेमाम फ्री छैन, चेतना भया।
फुट्या समाचार संकलन गर्ने क्रममै लहरे को टाउको फुटेको कुरा अहिले को प्रमुख फुतेको समाचार।
आज को सार्वजनिक प्रश्न यस् प्रकार छ।


समाचार पछी के आउछ? 

 

उत्तर हाम्रो स्टेशनको दक्षिण ढोका मा आँफै आइ वा २४२४ मा एस् एम एस् गर्नु होला।
बिजेता लाई अर्को कुम्ले संग कफी मा कफी सर्भ गर्ने मौका दिइने छ।


 
Posted on 05-22-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा जिम्माल बा -

ल यो चाँही हर्के को तर्फ बाट

 

एउटा मेरो लागि नि टास्देउ है हर्के

 
Posted on 05-22-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 22-May-08 01:54 PM

 
Posted on 05-22-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ पोन्टिङ पवेलिअन मै छ कि गयो?

मनुस्य - यता पनि ठिकै छ खबर खाबर, आज ब्यान पानी परेको थियो - अहिले ठिकै छ ! बरु आफु कता तिर हो? कोलोराडो तिर त होइन नि? भयन्कर ठुलो टोर्नेडो गएछ त्यता अघी भर्खर !

 
Posted on 05-22-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा!! पढ्दै थिएँ! रमाइलो भइरहेको थियो झन त्यो लास्टमा 'भाटै भाटाले भकुरेको' भन्दा त बाबा हो यस्तो गाह्रो भयो हाँस उठेर! कस्तो कस्तो आउने हो हाम्रो जिम्माल बा लाई!!


 
Posted on 05-22-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के लडी बुडी गरेर हास्या जस्ताइ सान्ननी र कुम्ले चाँही उफ्री उफ्री हास्या भनेर बुझ्नु पर्ने हो?

 
Posted on 05-22-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-22-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलीईीईीईीईीईीईीईीईीईी के छ ताअाअाअाअाअाअाअाअा?

 
Posted on 05-22-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ritthe thuli poilo gaiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

 
Posted on 05-22-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बल्ल बुद्धी आएछ ठुलिको ! लोल


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters