[Show all top banners]

KishorLimbu
Replies to this thread:

More by KishorLimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5  
Keywords associated with this thread

nepal army nepali maoist nepal maoist madhesh madhes madheshi nepali nepal
[VIEWED 48778 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 10-01-11 3:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?

- किशोर लिम्बू

मधेशी मुलका नेपाली नागरिकहरु लाई नेपाली सेनाको मापदण्ड पुर्याएर सेनामा भर्ना हुनुको लागि  प्रोत्साहित गरिनुपर्छ र यसलाई सकरात्मक रुपमा लिनु पर्छ | मधेसी मुलका नेपाली नागरिक हरुले सेनाको मापदण्ड पुर्याएर बीस हजार जना ले प्रवेश गरे पनि त्यसमा कसैको बिरोध हुदैन तर अहिले माओबादी र मधेशी मोर्चाले सम्झौता गरेर उनीहरुको स्वार्थ को लागि जसरि नेपाली सेनालाई विवाद मा ल्याउने चेस्टा गरिरेको छन् जुन घातक र अबैधानिक छ ,त्यसले नेपाली रास्ट्रीयता कम्जोर बनाउने देखिन्छ | के नेपाल भनेको माओबादी र मधेसी हरुको मात्र हो ? नेपालमा प्रत्येक जाति र व्यक्ति हरु संग सम्झौता गर्दै जाने हो भने भोलि को नेपाल कस्तो होला ? नेपाल भनेको मात्र नेपाली हरुको देश हो | यदि कोहि  नेपाली हुनुमा गर्व गर्न सक्दैन र आफ्नो रास्ट्रीयता नेपाली होइन भन्छ भने तिनीहरु देश द्रोही हुन्,तिनीहरुलाई नेपालमा बस्ने कुनै अधिकार छैन |

बिगतमा मधेसी,जनजाती,  दलित हरुलाई विभेद गरेर राज्य को मूल प्रभाह बाट बन्चित गरिएको सत्य हो | नेपाली सेना देखि हरेक सरकारी कार्यालय हरुमा ब्राह्मण र क्षेत्री हरुको बर्चस्व रहेको नकार्न मिल्दैन | राज्य को हरेक अंग लाई सामबेशी बनाउदै जानु अति आवश्यक छ तर नेपाली सेनामा  एकै पटक  १०,००० मधेसीको सामुहिक भर्ना गरेर  छुट्टै ईकाई  बनाउने निर्णय लाइ  कसरी उचित मान्न सकिन्छ त ? के मधेसी हरु मात्र राज्य द्वारा उपेक्षित् भएका छन् ? केहि अपबाद लाई छाडेर आधिबाशी जनजाति र दलित हरुको पनि नेपाली सेना मा नगन्य उपस्थिति छ | मधेशी हरुको दश हजार जना लाइ सेना मा लिने सम्झौता गरिसको सरकारले पुर्व नेपालको लिम्बुवान र खम्बुवान बादी हरुले पनि सामुहिक रुपमा सेना मा प्रवेश को माग राखेमा राज्य ले त्यो पुरा सक्दैन र त्यसमा कुनै चासो पनि देखौदैना किनकि लिम्बुवान र खम्बुवान बादी हरु संग मधेसबादी हरुलाई जस्तो प्रभुको आशिर्बाद छैन |

 

त्यसो त नेपाली सेनामा माथी उल्लेख गरेको शाशाक जाति हरु बाहेक मगर हरु को पनि छुटै गण छ –जुन आफैमा विभेदकारी हो किनकि देशको अखण्डता र सर्ब भौमिकता को रक्षा गर्ने नेपाली सेनाको गण कुनै पनि जाति बिशेस को नाम मा राक्नु गलत हो –सेनाको जात ,धर्म र कर्म नेपाल र नेपाली बाहेक अरु कुनै हुन सक्दैन –त्यसैले नेपाली सेना मा भएको जाति बिशेस को गण नाम लाइ हटाएर बैज्ञानिक रुमपा गण को नामकरण गर्नु जरुरि छ किनकि जात जाति मा भएको गण को नामले नेपाली सेनाको समग्र प्रतिनिथित्व गर्न सक्दैन | उदाहण को लागि मधेसीगण बनाउने कुरा लाई लिएर अहिले व्यापक बिरोध भै रहेको छ किनकी मधेशीगण भनेको मधेशी हरुको लागि मात्र हो भन्ने संदेश आम जनतामा गएर नै यस्तो बिरोध भएको हो |

रास्ट्रीयता र राष्ट्रिय एकता मा समग्र देश बाशी लाई एकताबद्द गर्न को लागि मधेसी र अन्य उपेक्षित् वर्ग लाई राष्ट्रिय मुलधारमा ल्याउन अत्यन्तै जरुरि छ तर त्यसको लागि राज्य ले भ्रस्ट र अवसरबादी मधेसबादी पार्टीहरु र नेताहरु भन्दा एक कदम अगाडी बढेर सेनाको मापदण्ड पुर्याiएर सेनामा ले आफै भर्ना लिने व्यवस्था गर्नु पर्छ | माओबादी र मधेशबादी पार्टीहरुको दबाब मा सेनाले उनीहरुको स्वार्थ अनुसार भर्ना लिने हो भने नेपाली सेनाको छबी धमिलिन सक्छ किनकि नेपाली सेना भनेको समग्र रास्ट्रको सेना हो र त्यो कुनै पार्टी र जाति बिशेषको भर्ति गर्ने थलो होइन| एतीखेर बिचारनीय पक्ष के छ भने माओबादी को सात हजार सम्म लडाकुहरुलाई समायोजन गर्न नसकिरहेको अवस्थामा दश हजार मधेसीलाई सेनामा लिने कुरो सामान्य रुपमा लिन मिल्दैन | अर्को कुरो किन मधेशी मोर्चाले नेपाली सेनामा त्यत्रो बिध्न जोड दिइ रहेको छ ? रोजगार को व्यवस्था गर्न लाई सेना बाहेक सरकारका अन्य निकाय हरु मा पनि व्यवस्था गर्न सकिन्छ |

नेपालका राजनीतिक पार्टीहरुले सधै आपनो पार्टी को स्वार्थ अनुसार नीति नियम हरु बनाई रहेको छन् | विभिन्न चरण मा सबै राजनीतिक पार्टी हरुले देसको सत्ता हाक्ने अवसर पाएर पनि उनीहरु दलगत स्वार्थ भन्दा माथि उठेर देसको हितमा काम गर्न असमर्थ भएको प्रमाणित भैसकेको छ | यतार्थमा देस कहिले पनि असफल हुदैन तर नेपालका आज सम्मका नेताहरु असक्षम् र असफल भएको इतिहासले देखाएको छ | राष्ट्र बादी नेपाली नागरिकहरुले देसको स्वाधीनता र अखण्डता मा आच आउने कुनै पनि सम्झौता को बिरोध नगरी बस्न सक्दैन र गर्नु पर्छ | नेपालको सार्ब भौमिकता को रक्षा गरन लाई कुनै चीनबादी ,भारतबादी हरुको आबस्यकता पर्दैन किनकि “आत्मा अनि शरीर”ले नेपाली नागरिकहरु देशको निम्ति लड्नलाई कदापी पछि हट्ने छैनन | नेपाल लाई अस्थिर बनाउन सम्भव भए पनि नेपालमा अरु कुनै पनि देसले पूर्ण रुपमा अधिनमा लिन वा जित्न असम्भव छ त्यसैले भबिस्यमा देशलाई भयाबह स्थितिमा पुर्याउने र नपुर्याउने जिम्मा अहिलेको माओबादी र  मधेशबादी पार्टीहरुको हातमा छ ,  आशा  गरौ उनीहरुले सम्पूर्ण नेपालीको हितको निम्ति बिबिकपूर्ण रुपले शान्ति प्रक्रिया टुंग्याउन सफल हुनेछन नत्र एउटा ले हतियार बिसौन साथ् अर्को पक्षले आपनो अधिकार को लागि हतियार उठाउने स्थिति को सिर्जना नहोला भन्न सकिदैन |

source
nepalinagrik.com


 
Posted on 10-16-11 11:53 AM     [Snapshot: 3255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो त भयो बिदेसी ले लेखेको कुरा किन पत्त्यौनु तर नेपाली गोर्खाली को website http://www.ayo-gorkhali.org/index.php/en/timeline/soldiers-of-empire/1814-16-the-anglo-gorkha-war मा येस्तो लेखेको छ नि  

This led to a second campaign by the British who put Ochterlony, now a Major-General, in charge of a force of 20,000 with which he was able to secure a final victory at Makwanpur. Eventually Prime Minister Bhimsen Thapa ratified the Sugauli Treaty on the 4th of March 1816.

पूर्व मा पनि युध्ह भएको थ्यो, सिक्किम को चोग्याल को आर्मी संग  अंग्रज ले नेपाली सेना लै सबै तिर बाट आक्रमण गरि कम्जोर बनाउन (एकै ठाम मा एकत्रित हुन नदिन) आफुहरुले मकवानपुर आक्रमण गर्दा सिक्किम को चोग्याल लाई  फकाएर पूर्व मा नेपाल माथि आक्रमण गर्न लगाए (यो  Ochterlony कुटिल छल थियो)

येसरी नेपाल लै आक्रमण गरेर सघाएको हुनाले नेपाली सिमा बिद बुध्ही नारायण श्रेष्ठ का  आनुसार

What was more spiteful of the British was that it entered into Titaliya Treaty with Sikkim on February 10, 1817 (11 months after Sugauli Treaty), and gave the land it had snatched away from Nepal to Sikkim

Source: http://ramkshrestha.wordpress.com/2010/02/01/sugauli-treaty/

देख्नु भो त अंग्रेज को छल? पूर्व मा अंग्रेज संग पो युध्ह भाको थिएन त. सिक्किम ले पहिला गुमाको  अफ्नो भूभाग फिर्ता पाउन को लागि पूर्व मा नेपाली सेना लाई अल्झाएर  राखेको थियो.तेही गुण तिर्न अंग्रेज ले नेपाल संग लिएर १० महिना पछि नेपाल ले पहिला जितेको सिक्किम को भाग सिक्किम लाई  नै फिर्ता गरिदियो  .

नत्र भने सिक्किम केहि न केहि अंग्रेज को लागि किन फिर्ता गर्नु पर्यो नेपाल संग लिएको भूभाग? दुश्मन को दुश्मन अफ्नो मित्र हुन्छ भन्ने उखान लै चरितार्थ गर्दै सिक्किम ले अंग्रेज संग सम्झौता गरेको थ्यो

Treaty of Titalia

ARTICLE I: The Honourable East India Company cedes, transfers and makes over in full sovereignty to the Sikkimputtee Rajah, his heirs or successors, all the hilly or mountainous country situated to the eastward of the Mechi river and to the westward of the Teesta river, formerly possessed by the Rajah of Nepaul but ceded to the Honourable East India company by the treaty of peace signed at Segoulee.

येसरी आफ्नी गुमेको भूभाग फिर्ता पाएपछि सिक्किम ले अंग्रेज लै तिब्बत संग को ब्यापार मार्ग र तिब्बत संग ब्यापार गर्न जाने हरु को सुरच्य्या को guarantee  पायो

जबकी १८४९ मा सिक्किमेली राजा ले दुइ जना अंग्रेज डाक्टर लै बिना अनुमति सिक्किम मा घुमेको भनेर समात्दा अंग्रेज ले सिक्किम मा आक्रमण गर्यो र दर्जलिंग र सिक्किमेली मोरंग आफु मा गाभ्यो  अन्त्यमा १८६१ को सन्धि अनुसार सिक्किम लाई  ब्रिटिश इंडिया को.

 "History of Sikkim". Government of Sikkim. 29 August 2002. Retrieved 12 October 2006.

"Sikkim and Tibet". Blackwood's Edinburgh magazine (William Blackwood) 147: 658. May 1890.

येसरी पूर्व मा सिक्किमे चोग्याल ले सानो तिनो आक्रमण गरेर नेपाली सेना लाई  अल्झाएर राखेको थियो अनी सुगौली सन्धि हुदा अंग्रेजले त्यो भूभाग पनि मागे, अब जित्ने ले मागे पछि हार्ने ले दिन्न भन्न पाउछ? एक ताल दिन्न भन्दा Ochterlony मकवानपुर आउदा प्रधान मन्त्रि का भाइ युध्ह छोडेर भागेका होइनन?

 

निस्पच्ये रोप ले हेर्दा गजराज मिश्र र चंद्रसेखर उपधाये बिकेका छन् भन्ने आधार

१.        सन्धि पछी  उनीहरु भारत तिरै बस्नु

२.       अंग्रेज ले उनीहरुलाई भारत मा जग्गा जमिन दिनू

३.       बिकाउ मान्छे सबै तिर हुन्चन, तिनी हरु पनि बिक्नु कुन ठुलो कुरा भो र

होइन उनीहरु बिकेका थिएनन भन्ने आधार

१.        प्रथम लडाईमा हारेको, दोस्रा लडाई हुदा प्रधान मन्त्रि का भाइ नै युध्ह मैदान छोडेर भागेको तेसकारण अंग्रेज को माग लाई  हुन्छ भन्नु बाहेक  कुनै उपाय नरहेको

२.       अंग्रेज ले पश्चिम मा आफुले जितेको र पूर्व मा सिक्किम संग बिबादित भूभाग मागेको

३.       सन्धि नमानेको खण्ड मा अंग्रेज द्वारा काठमाडौँ मा आक्रमण गरिने धम्कि, दरबार मा भारदार बिच को कलह ले नेपाल युध्ह गर्ने सक्ने स्थिति मा नरहेको

उनीहरु को लागि अर्को उपाए के थियो त ?

फेरी लौ उनीहरु ले आफु बिकेर नेपाल को भूभाग गुमाउनु पर्यो रे, तेसो भए राजा र प्रधान मन्त्रि ले त्यो सन्धि मान्दैनौ भनेर अंग्रेज संग युध्ह गरेको भए भै हाल्थ्यो? तेसो गर्न लै त गजराज मिश्र र चंद्रसेखर उपाध्य ले रोकेका थियेनें नि. किन उनीहरु लै सन्धि मा सहि गर भनेर जबाफ पठाको? कुन सेनापति बचेको थ्यो युध्ह को लागि ?

अहिले आएर गफ गर्न त सजिलो छ नि, गफै त हो,

जुन प्रधान मन्त्रि ले ३१ वर्ष साशन गर्यो र जसको पालामा धेरै भारदार सखाप पारिय (पाण्डे, बस्नेत), जसको पालामा नेपाल ले अफ्नो एक तिहाइ  भुमि गुमायो उसकै को बारेमा नेपाल को इतिहास मा ठुला ठुला अक्च्येर ले लेखेका छन्. धेरै प्रसंसा गरिएका छन्  अनी जसको  प्रसंसा गरिनु पर्ने थियो तिनीहरु को अत्तो पत्तो छैन



 
Posted on 10-16-11 11:55 AM     [Snapshot: 3264]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१.        अंग्रेज ले उनीहरुलाई भारत मा जग्गा जमिन दिनू

२.       बिकाउ मान्छे सबै तिर हुन्चन, तिनी हरु पनि बिक्नु कुन ठुलो कुरा भो र

होइन उनीहरु बिकेका थिएनन भन्ने आधार

१.        प्रथम लडाईमा हारेको, दोस्रा लडाई हुदा प्रधान मन्त्रि का भाइ नै युध्ह मैदान छोडेर भागेको तेसकारण अंग्रेज को माग लाई  हुन्छ भन्नु बाहेक  कुनै उपाय नरहेको

२.       अंग्रेज ले पश्चिम मा आफुले जितेको र पूर्व मा सिक्किम संग बिबादित भूभाग मागेको

३.       सन्धि नमानेको खण्ड मा अंग्रेज द्वारा काठमाडौँ मा आक्रमण गरिने धम्कि, दरबार मा भारदार बिच को कलह ले नेपाल युध्ह गर्ने सक्ने स्थिति मा नरहेको

उनीहरु को लागि अर्को उपाए के थियो त ?

फेरी लौ उनीहरु ले आफु बिकेर नेपाल को भूभाग गुमाउनु पर्यो रे, तेसो भए राजा र प्रधान मन्त्रि ले त्यो सन्धि मान्दैनौ भनेर अंग्रेज संग युध्ह गरेको भए भै हाल्थ्यो? तेसो गर्न लै त गजराज मिश्र र चंद्रसेखर उपाध्य ले रोकेका थियेनें नि. किन उनीहरु लै सन्धि मा सहि गर भनेर जबाफ पठाको? कुन सेनापति बचेको थ्यो युध्ह को लागि ?

अहिले आएर गफ गर्न त सजिलो छ नि, गफै त हो,

जुन प्रधान मन्त्रि ले ३१ वर्ष साशन गर्यो र जसको पालामा धेरै भारदार सखाप पारिय (पाण्डे, बस्नेत), जसको पालामा नेपाल ले अफ्नो एक तिहाइ  भुमि गुमायो उसकै को बारेमा नेपाल को इतिहास मा ठुला ठुला अक्च्येर ले लेखेका छन्. धेरै प्रसंसा गरिएका छन्  अनी जसको  प्रसंसा गरिनु पर्ने थियो तिनीहरु को अत्तो पत्तो छैन



 
Posted on 10-16-11 12:03 PM     [Snapshot: 3269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 किशोर जी

मैले भनेको कुरा तपैले अर्कै तरिका ले लिन भो क्या तेसकारण यो स्पस्टिकरण दिदै छु

पुर्खा को नाम नबेचौ, ने

यो भन्न खोजेको के भने अमेरिका मा पनि नेपाल एकीकरण कै बेला George  Washington ले ब्रिटिश लै हराएको थियो. त्यो बेला पनि अमेरिकन जेनेरल हरुले युध्ह गरेर अंग्रेज  लै हराएका थ्यिए. नेपाल एकीकरण र अमेरिकी क्रान्ति लगभग एकै समए मा भाको थ्यो. तर न George  Washington  का   सन्तान, न त्यो  बेला क्रान्ति मा अंग्रेज लाई हराउने बहादुर योध्हा बंसज हरु अथवा तिनीहरुका surname (family name) भएका हरु हामी येस्तो हामि उस्तो भन्दै पाखुरा सुरकौदै, अरुलाई दोस दिदै आएका छन्, कतिपये को त अत्तो पत्तो पनि छैन. तर अम्रिकन इतिहास  मा ति बिर योध्हा हरु लै सधै आदर को भाब ले हेरिन्छ. तिनीहरु का  सन्तान अथवा उस्तै surname (family name) भएका हरु अमेरिकी सेना मा हामीलाई मात्र भर्ना लिन पर्छ, हामी अंग्रेज लाई हराउने बहादुर हौ भनेर आको पनि पैदैन.

तर नेपाल मा चाही युध्ह हार्ने  हरु अरुलाई दोष दिन्छन, बराजु जिजु बराजुले नेपाल एकीकरण मा ठुलो भूमिका खेलेको भएर अहिले को नेपाल मा पनि ठुलो भाग चाहियो भन्छन अझ तेती ले मात्र नपुगेर तेस्तै  surname (family name) भएका हरु आफु लै अझै पनि बिर नै ठान्छन

भारत मा  महात्मा गान्धी को सन्तान साधारण छन् तर नेहेरु का सन्तान ले राजनीति कब्जा गरेर भारत को बेहाल बनाए. महात्मा गान्धी का  सन्तान ले म महात्मा गान्धी को सन्तान हु मलाई भाग चाहियो भनेर अथवा मेरो बाबु  ले नै गरेर इंडिया को नाम चलेको हो भनेर अरुलाई होच्याको देखेको छैन. चीन मा माओत्से टुंग का सन्तान कहाँ छन् कहाँ, भाग खोज्न गको छैनाँ .

देंग तसो पिंग जसले नीति ले गर्दा चिन यहाँ सम्म पुग्न सफल भो, का सन्तान ले ठुलो पोस्ट मागेको थाहा छैन. घमण्ड गरेर अरुलाई होच्याएको मेडिया मा आको  छैन.

तर नेपाली हरु भने २००-२५० वर्ष अगाडीका कुरा लाई लिएर अहिले सम्म पनि हामि हरु येस्तो हामि हरु उस्तो भनेर, अरुलाई होच्याएर आत्मा सन्तुस्टी गर्ने हरु टन्न छन. मानौ  उनीहरु कै बाजे बराजु ले गरेको जस्तो. Surname (family name) मिल्यो कि त आफु नै तिनीहरुका का उत्तराधिकारी जस्तो त्यो नाम बेचेको भएन त?

अरुलाई होचायेरा अफ्नो पुर्खाको आदर हुन्छ? अरुलाई दोष दिएर अफ्नो पुर्खा को आदर हुन्छ. त्यो पनि surname (family name) मिलेकै भर मा.

पूर्व मेची देखि पश्चिम महाकाली सम्म का  मधेसी हरुमा, ब्राम्हण, छेत्री (राजपुत)) पनि पर्छन, यादब, मण्डल सबै पर्छन...

त्यो भन्न खोज्या के  भने हेर्नुस न नालापानी जी ले पोस्ट गर्नु भएको टेबल मा,  अब तराई का सिंह छन् नि ( जस्तै राम राजा प्रसाद सिंह) तिनी हरु पनि नेपाली सेना मा छन तर त्यो surname त्यो टेबल  मा छैन, तिनी हरु कि त अन्य समूह मा राखिएका छन कि त छेत्री  समूह मा, तेस्तै झा छन् नि तराई कै ब्राम्हण हरु, तिनी हरु पनि छन् नेपाली सेना मा, अब तिनी हरु लाई त्यो टेबलमा कि त अन्य मा राखेको हुनु पर्छ  कि त ब्राम्हण मा, त्यो के मा राखेको छ अब नेपाली सेना ले भन्ने कुरा.

अब नेपाली सेना मा भर्ना लिदा मधेसी बाहुन (उदाहरण को लागि झा), मधेसी छेत्री (उदाहरण को लागि सिंह) पनि परि हाल्छन होइन त भन्या? अब पूर्व मेची देखि पश्चिम  महाकाली सम्म का मधेसी बाहुन र मधेसी छेत्री हरु परिहाल्छन नि.

अब मधेस मै सेयु वर्ष देखि बसेको भए पनि पहाडी surname भएका हरु लाई मधेसी हरुले मधेसी मंदैनान  भन्या, त्यो त ब्यहबरी रुप  मै देखिएको छ नि, जस्तै  कोइराला हरु बिराटनगरमा धेरै पहिला देखि बसेका  छन् तर तिनीहरुलाई मधेसी ले मधेसी मान्दैनन्, मानेको भए त अहिले सम्म धेरै मधेसी हरु प्रधान मन्त्रि भै सकेको मानिनु पर्ने होइन?

मधेसी भनेको कुनै जात होइन त्यो त निश्चित surname भएका हरु जो नेपाल को दखिन तिर बस्छन. तिनी हरु धेरै जसो हिन्दु भाको हुनाले बाहुन छेत्री आदि हुने भै हाले अब त्यो पनि के confusion ?

...आफ्नो अहंकारको को बिज्ञापन गर्न ....आफ्नै औकात थाहा ाउनु भएछ ्यारे फर्कनु भा छैन

त्यो तपैलाई भन्या होइन क्या अर्कै एकजना विद्वान साथी लाई  जिस्काको मैले तेसो भनेर, अब अरुलाई भन्या कुरा पनि आफै लाई  भन्या ठान्नु हुदैन किशोर जी

अब नेपाली सेना को कुरा गरि हाल्नु भो केहि भनम है ?

नेपाली सेना को युध्ह रणनीति के हो भने कसै गरि कुनै देश ले आक्रमण गर्यो भने कम्ति मा ३ दिन र बढी मा एक महिना सम्म दुश्मन लै अल्झाई रहने. तेस्पची मित्र देश सहयोग को लागि औछां भन्ने हो. अर्थात् भारत ले आक्रमण गर्यो भने जति सुकै ठुलो आक्रमण  गरेपनि कम्ति मा ३ दिन र बढी मा एक महिने भारतीये सेना लै अल्झाउने तेस्पची कि त चिन  कि त अन्य अन्तारस्त्रिये  सक्ति जस्तै अमेरिका सहयोग को लागि आउछ  भन्ने हो. तेती भएन जनता  ले भारतीये  संग छापामार युध्ह गर्छन र सेना पनि तेस्मा मिसिने भन्ने हो. नेपाली सेना संग त्यो बह्न्दा बढी युध्ह लड्न गोलि नै छैन. सेना संग बन्दुक र गोलि त हुनु पर्यो नि लड्न लाई.

अब दुस्मन को सक्ति को, बुध्ही को analysis  नै नगरी खाली हामी बहादुर हौ जित्छाम  भनेर जादा अंग्रेज संग हारेको जस्तै हार्न पर्ने हुन्छ,

बहादुर सेना...

Wikileaks  ले लास्ट तिर नेपाली सेना संग पर्याप्त गोलि थिएन भन्छ तैअपनी नालापानी जी नेपाली सेना ले चाहे को भए येस्तो गर्न सक्थ्यो, उस्तो गर्न सक्थ्यो भन्नु हुन्छ, अब चाहेर मात्र हुने भए त म के के  चाहन्थे के के  

फलाम काट्न लाई फलाम हुनु पर्छ....

भन्न खोज्या के भने  शक्तिशाली संग लड्न आफु पनि शक्ति साली हुन पर्छ  बुद्दिमानी संग लड्दा आफु पनि बुद्दिमानी हुन पर्छ. अनी शक्ति र बुध्ही हाम्रा बराजु जिजु बराजु ले अंग्रेज संग लड्या थे भनेर आउने होइन.


 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters