[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 299686 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-23-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina ke bhako ..ati alchi lagyo..la sabaijana ekchin uthera nachna paryo

parbatejyu, biru bhaneko jay ko sathi ke

 

Bara Hate Patuki - Bara Hate
 
Posted on 06-23-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुइ दिउसै नाच्ने? बरु भरे चाँही त्यस्तै गीत लिएर आउनु है
ए त्यस्तो पो रहेछ म त चौतारीमा नयाँ मान्छे आएछ भनेको आफुले त्यो फिलिम हेरिएकै छैन के गर्नु अब चाँही लाजै मर्दो भयो एक्दिन त हेर्छु हेर्छु,

अरु चाँही कहाँ अन्मरिएछन? एकछिन आएर हल्ला गरे अनी भागे 


 
Posted on 06-23-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la riththe ufrina thalyo basantile dance garam bhanda, la aru haru ni aao chhito ..
 
Posted on 06-23-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो नाच्न पो लागे यहाँ त। खोइ यसो चिया नास्ताको ब्यवस्था गरम् न कसैले, नाच हेर्दै खान हुन्थ्यो।  

 
Posted on 06-23-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 parbatejyu, ajhai  naherya tyo filim?

chiya ta hoina hijo rati ko aloo paratha chha..leftover khane ho?


 
Posted on 06-23-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि एतै छु छन त, क्यार्नु कामको थुप्रो छ!

सपैलाई फेरि जदौ!


 
Posted on 06-23-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम!


म नि एतै छु छन त, क्यार्नु कामको थुप्रो छ!


जिन्दगीमा यती साह्रो बिजी कहिलेइ भएन गाँठे।


यो जिन्दगी खै के जिन्दगी भने जस्तो भो।


 


 
Posted on 06-23-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथै त होइन तर पुरानो एउटा त्यस्तै रमाइलो घटना याद आयो र लेख्न खोजेको है।

हामी सबैजना जाडोको बिदा मनाउँन धरान गएका थियौँ। बिदामा गएको मान्छेको खासै काम नहुने नि, त्यहि घर बस्यो, दिनभरी टिभी हेर्यो अनि बेलुका भएपछि निस्कियो तल चोकतिर अनि म:म: खायो हल्ला गर्यो पुराना साथीहरुसंग। माथी भेडेटार तिर अलि जाडो नै हुन्थ्यो त्यहिपनि कहिले काँहि त्यत्तातिर नि गयो। तर प्राय जसो त्यहि हो दिनभरी घरमा बसेर टिभी हेर्ने काम हुन्थ्यो।

एकदिन त्यस्तै घरमा टिभी हेरेर बसिरहेको थिएँ, हिते आइपुगेछ। हिते आउने बित्तिकै नयाँ नयाँ आइडियाहरु निस्किन सुरु भइहाल्थ्यो हाम्रो। प्राय जसो उस्ले नयाँ आइडिया लिएर आउँथ्यो। त्यो दिनपनि उस्को उत्साह देख्दा केहि रमाइलो गर्न पाइएला जस्तो लागेको थियो।

हिते आयो अनि मेरो छेउमा बसेर रिमोटले टिभीको च्यानल चेन्ज गर्दै भन्न थाल्यो, "यार कत्ति टिभीमात्र हेर्छस् तँ? यसो रमाइलो गरुम् न यो पल्ट!"

"के रमाइलो गर्ने? तैँ भन् न! म त जेमापनि रेडी हो क्यारे यो छुट्टी बिताउनको लागी!" मलाई नि रिमोट खेलाउँदा खेलाउँदा वाक्क भइसकेको थियो।

"सुन्! त्यो भान्जा छ नि! त्यस्को मामाको बे रइछ भोली! हाम्रो घरमा निम्तो कार्ड आएको रहेछ! जुम् भोली जन्ति! रमाइलो हुन्छ, जान्छस्?"

भान्जा भनेको चाँहि हाम्रो सानोमा स्कूल पढ्दाको साथी। त्यत्ति साह्रो मिल्ने त होइन तर एउटै टोलको भएकोले चिनजान थियो। उ चाँहि मामाघरमा सानै देखि बसेको र उस्को मामाहरुले उस्लाई सधै भान्जा भान्जा भन्ने गरेको हुँदा, उ सबैको भान्जा। हाम्रोपनि भान्जा!

हितेले बिहेको कार्ड नि लिएर आएको रहेछ। यसो कार्ड हेरेँ! त्यस्तै कार्ड त मैले नि देखेको थिएँ तर खासै याद गरेको थिइन। हत्तपत्त गएर निम्तो कार्ड राखेको ठाउँमा गएर हेरेको त हामीलाईपनि आएको रहेछ बिहेको निम्तो। त्यसै बोर भइरहेको बेला बे को जन्ति जान पाएको हामीलाई के खोज्चस् कानो? आँखो! भने जस्तो भइहाल्यो।

"तर जन्ति त बिराटनगर जानुपर्ने रहेछ नि!" मैले कार्ड राम्ररी हेर्दै सोधेँ

"हो त! दामी हुन्छ यार! तैँले बिराटनगरको बिहे देखेको छस्? यहाँको भन्दा दामी हुन्छ! हिन्दी सिनेमा जस्तो! अन्ताक्षरी खेल्नु मज्जा हुन्छ बुझिस छब्कीहरु संग!" हितेलाई यस्तो कुरा थाहा नहुने कुरै थिएन।

"त्यसो भए दिपेनलाईपनि लैजाम न त!" दिपेनलाई छुटाउन मन लागेन मलाई!

"ह्या! दिपेन गयो कि आफ्नो त मार्केट नै खत्तम हुन्छ यार! यो पल्ट चाँहि बिराटनगरमा एउटी पट्याउने बिचार गरेको त झन!" हितेले गुनासो पोख्यो।

"हैन यार! दिपेनलाई कन्ट्रोल गर्ने काम मेरो भयो। त्यो बिहेको हिरो तँ हुने भइस!" भनेर मैले हितेलाई सम्झाएपछि मात्रै उ दिपेनलाई लान तयार भयो।

हामीले दिपेनलाई फोन गर्यौँ, उ पनि जान तयार भयो। अब भोलीको बिहेको लागी लुगाको छलफल भयो। हिते सुट भन्दा तल झर्नै मानेन। सुट लगाएरै जाने निधो भयो।

"अब भोली जन्ती जाने भएपछि आज यसो बिहे घरमा गएर केहि गरेजस्तो गरुम् न त। भोली एक्कासी झुल्किनु भन्दा त हामी नि आउँदै छौँ है भनेर अहिले नै थाहा दिनु राम्रो होला नि!" भनेर मैले भनेपछि हिते र म लागेम् बिहेघरमा!

बिहेघरमा निकै भिडभाड थियो। हामी गएर भान्जा संग भेटघाट गर्यौँ। बेहुलाको कार सिगार्ने कामको जिम्मा हितेले लिइहाल्यो। त्यत्ति भएपछि बेहुला (भान्जाको मामा!) हाम्रो जिग्री बनिहाले। यत्ता उत्ती गरेर हामी केटाहरुको लागी चाँहि एउटा बेग्लै जीपको ब्यवस्था गरेर भोली बिहानै बिहेघरमा हाजिर हुन आउने बचनका साथ हामी त्यहाँबाट बिदा भइम्।

भोलीपल्ट अलि छिट्टै बिहेघरमा पुगेर बेहुलाको कार सिँगार्ने काम गरियो। अनि हाम्रो लागी भनेको गाडीको ड्राइभर संग चिनजान, दोस्ती गरेर हामी जन्ति जान तयार भएम्। तल तिनकुने सम्म बाजा बजाउँदै गइयो अनि त्यहाँ बाट तुफान गाडी हाँकेर बिराटनगर सम्म पुगियो। बिराटनगरको महेन्द्रचोक कटेपछि सबैजना उत्रेर बाजा बजाउँदै कोहि नाँच्दै जन्ति लिएर बेहुलीको घर जनपथटोलतिर लागियो।

दिपेनलाई मैले कोन्ट्रोल गर्नुपर्ने भएकोले म र दिपेन चाँहि अलि पछि पछि हिड्यौँ, हिते चाँहि ब्यापक नाँच्दै थियो सबै भन्दा अगाडी। बल्ल बल्ल बिहेघर पुगियो। खुब सजाएर राखिएको थियो त्यो बिहेघर।

"साँच्चिकै राम्रो हुने रहेछ बिराटनगरको बिहेघर!" मैले झिलिमिली घर देखाउँदै दिपेनलाई भनेँ।

"हो यार! झन बिराटनगरको क्लासिक केटीहरुको त कुरै नगर!" दिपेन झन एक्स्पर्ट पर्यो।

"ल दिपेन ब्रो! तिमी चाँहि आज सपोर्टिङ रोलमा मात्रै है! आजको मेन हिरो हिते हो!" मैले हितेलाई पहिले बचन दिइसकेको थिएँ।

"हा हा हा! ल ल यार! हितेलाईपनि ठुलो पिडा छ!" भन्दै दिपेनले मेरो कुरा मान्यो।

बिहेघरमा स्वयंबर सुरु भयो। हामी चाँहि बफे तिर लाग्यौँ। हिते स्वयम्बर मै ब्यस्त थियो। पुरा चल्तापुर्जा देखिन्थ्यो उ त्यो बिहेको!

एकछिनपछि हिते हामीलाई खोज्दै खाने ठाउँमा आइपुग्यो।

"यार तिमीहरु यहाँ पो छौ? बाहिर कस्तो रमाइलो भइरहेको छ यार! बेहुली माइजुको साथीहरु त दामी दामी रैछन्।" हितेले त्यत्ति धेरै उत्साहित भएको हामीले कहिले देखेका थिएनौँ।

"ल हिते! आज चाँहि तेरो पालो है! आजपनि सकिनस् भने केहि हुन्नेवाला छैन तेरो!" मैले फेरि उक्साएँ।

हामी यस्तै गन्थन् गर्दै थियौँ, त्यत्तिकै मा एक हुल केटीहरु हामीहरु भएतिर आए। मलाई हितेलाई भनेर तिनीहरु संग कुरा सुरु गर्न मन लाग्यो। यसो हितेलाई इशारा गरेपछि उस्ले तिनीहरुलाई, "खोइ हामी जन्तिहरुलाई चिसो पानी नखुवाउने?" भनेर बोलायो।

एउटीले, "यस्तो जाडोमा पनि चिसो पानी?" भनेर जवाफ दिइन्।

"बाहिर त जाडो नै थियो अब यस्तो यस्तो मान्छेहरु देखेपछि त पानी पिउनै पर्यो नि" दिपेनले मुख खोल्यो।

केटीहरु खितितिति हाँसेर गए। हितेले दिपेनलाई हेर्दै मुर्मुरियो। मैले हितेलाई थम्थमाएँ। दिपेनपनि हाँस्दै, "सरी यार! यस्तो बेलामा भन्ने कुरै यहि हो! तिमीले भनेनौ त्यहि भएर मैले भन्देको तिम्रो तर्फ बाट!" भनेपछि हिते शान्त भयो।

"तर यार! त्यो केटीहरु त हाँसेर मात्रै गए नि, पानी चाँहि आउने भएन नि" हितेले गुनासो पोख्यो।

त्यत्तिकैमा त्यहि ग्रुपको एउटी निकै राम्री केटीले एउटा ट्रेमा पानी लिएर आइन्। हामी मख्ख! त्यो केटी पर बाट हामीहरुलाई हेर्दै मुसु मुसु हाँस्दै पानी लिएर आउदै थिइन्। यता हिते चाँहि, "लु यो मेरो है! कसैले आँखा नलगा!" भनेर हाम्रो बाटै बन्द गरिदियो।

उस्ले ल्याएको पानी तिनैजनाले खायौँ। मलाई त तिर्खा लागेको नि थिएन तर त्यस्ती अप्सरा जस्तीले ल्याएको पानी त के बिषपनि सिनित्तै पार्न सकिन्थ्यो। हामीले पानी खायौँ अनि उस्को ट्रेमा ग्लास राख्दै "धन्यवाद!" भन्यौँ।

"तपाइँहरु काठमान्डौ बाट आउनुभएको हो?" भनेर उस्ले कुरा झिकि।

"हो! जाडो बिदामा आएको!" हिते मस्कियो।

"चाहबिल तिर हो?" उस्ले अर्को प्रश्न तेर्साइ।

"हो! तिमी नि?---" भनेर हितेले सुरु गर्दै थियो, उस्को साथीहरुले तानेर लगे उस्लाई। उस्ले नि हामीलाई हेर्दै हाँस्दै गइ। उ संगै हाम्रो हितेको मुटु फुत्रुक फुत्रुक उफ्रदै गएजस्तो लाग्यो हामीलाईपनि।

"यार! यो त उतै कि जस्तो छ। चिनेको त होइन?" मलाई संका लाग्न थाल्यो।

"खोइ कुन्नी यार! तर हामीलाई त्यत्तातिरको जस्ले नि चिन्छ होला नि। उस्ले चिन्नु कुन नयाँ कुरा भयो र?" हितेले मेरो कुरोलाई मामुली ठानेर उढायो।

"तर कुम्स पाट! त्यस्ले तिमीलाई हेरेर सोधेकी थिइ नि" दिपेनले कुराको अर्को पाटो खोल्यो।

"ह्या होइन होला!" मैले कुरो नसुने जस्तै गरेँ। तर मलाई नि त्यस्तै लागेको थियो।

एकैछिन पछि खानपिनको काम सकियो। ति केटीहरु संग जिस्किदै बस्न रमाइलो भइरहेको थियो। अनि राती हुन थालेपछि आधा जन्ती ग्रुपहरु चाँहि घर फर्के। हामीहरु चाँहि त्यहि बस्यौँ।

"लु अब अन्ताक्षरी सुरु गर्नुपर्छ!" हिते एक्कासी जङियो।

"गाउन आउनेहरुले पो फुर्ती लगाउने हो त!" खोइ कोल्ले त्यहि केटीहरुको ग्रुपबाट भनिन्।

"बाजी खेलौँ न त। जस्ले जित्छ, बेहुलाले उस्लाई हजार रुपिया दिने!" दिपेनले प्याच्च बोल्यो। बेहुला झसङ्ग भएर हामीतिर हेरे।

"बाजी हो भने खेल्ने त्यत्तिकै त हुन्न!" भन्दै केटीहरु कराउन थालेपछि, बल्ल बल्ल हाम्रा बेहुलाले दाँतबाट पसिना झार्दै "हुन्छ!" भने। अनि अन्ताक्षरी सुरुभयो।

निकै बेर खेलियो अन्ताक्षारी। दिपेन चाँहि बिच बिचमा मलाई कोट्याउदै, "यार त्यो केटीले तिमीलाई हेरिरहेकी छ।" भन्थ्यो। म पनि यसो हेर्थे आफुँलाई नै हेरे जस्तो लाग्थ्यो। अनि हितेलाई अघि बढाउदै गाउन लगाउथेँ। केटीहरु संग हाम्रो के लाग्थ्यो। हामी हार्यौँ। बेहुला त्यसै त कालो मान्छे, त्यो हजार रुपिया दिनुपर्दा निलै भएका थिए।

राती चिया पिउन मन लाग्यो हाम्रो हितेलाई एक्कासी। "ओइ! जा न चिया अर्डर गर न!" भनेर मलाई भन्न थाल्यो।

"तँ जा न! यहि त हो नि मौका!" मैले उस्लाई फेरि उकासेँ।

हिते गयो तर एकैछिनमा फर्कियो। "यार! खोइ कोहि नि मान्दैन चिया पकाउन!" खुइया गर्दै उ मेरो छेउको कुर्सीमा बस्यो।

दिपेनले मलाई, "जौ ब्रो तिमी! एकचोटी तिमी ट्राई गर न त!" भन्दै घचेट्यो। म अल्छि लागी लागी गएँ केटीहरु भएको तिर। म त्यहाँ आएको देखेर त्यहि अघिको केटी जुरुक्क उठि र सोधी, "साँच्चिकै चिया पिउन मनलागेको हो?"

"हजुर! चिया पिउन पाए राम्रो हुन्थ्यो!" मैले संकोच मान्दै भनेँ।

"भइहाल्छ नि! म बनाएर ल्याउँछु है!" भन्दै उ गइ माथी।

म फर्केर आएँ। दिपेनले मलाई हेर्दै आँखा सन्कायो। हितेलेपनि थाहा पायो दिपेनले आँखा सन्काको।

"ओइ! के हो कुरा?" हिते नजिकै आएर बस्यो।

"होइन यार केहि होइन! यो दिपेन ब्रो बेकारमा!" मैले भनेँ।

"तिमी जेसुकै भन ब्रो! त्यो केटीले तिमीलाई अघि देखि नै मार्क गरिरहेकी छ। मेरो आँखाले धोका खाँदैन।" दिपेनले ठोकुवा गर्यो।

"ए! कुरा त्यस्तो पो! मलाई डबल क्रस!!" हिते सेन्टी भयो।

"त्यस्तो होइन यार! त्यो तेरै हो हिते!" मैले हितेको मरेको आश जगाउन खोजेँ।

"होइन यार! मलाई नि त्यस्तै लागेको थियो अघि नै बाट। भन्नु मात्रै नसकेको हो! हामी त साथी साथी यार! त्यस्तो केहि हुन्न! ल तिमीपनि यसो रेसिप्रोकेट गर न त!" हिते मेरो असल मित्र हो।

"ह्या होइन क्या!" भन्दै म पछि सर्न खोजेँ तर केटाहरुले चल्न दिएनन्।

एकछिनपछि चिया आइपुग्यो। उस्ले मलाई हाँस्दै चिया दिइ अनि अरु केटाहरुलेपनि चिया लिए। अनि यस्तै हेर्दै आँखा जुदाउदै रात बितेको पत्तै भएन।

भोली पल्ट बेहुली अन्माउने बेला भयो। सबैजना हिन्ने तयारीमा थियौँ।

दिपेनले मलाई कोट्यायो। मैले, "के भयो?" भनेर सोध्दा, "उ त्यहाँ हेर!" भन्यो। यसो हेरेको त त्यो केटी हामी तिरै आउदै रैछ। मलाई अफ्ठ्यारो लागिरहेको थियो। मेरो छेउमा आएर उस्ले मलाई बोलाइ। म उस्को नजिकै गएँ। केटाहरुले मलाई हेरिरहे। म उस्को नजिकै पुगेँ।

"किन बोलाएको?" मैले सोधेँ।

"तिम्रो नाम क्यामो हो?" उस्ले सोधी।

"हो! कसरी थाहा भयो?"

"तिम्रो अनुहार ठ्याक्कै तिम्रो दिदी संग मिल्छ। तिम्रो दिदी र म क्लास मेट हो मिनभवन क्याम्पसमा। मलाई हिजै देखि त्यस्तै लागिरहेको थियो अनि सोध्न खोजेको मिल्दै मिलेन!"

म चुपचाप हेरेर हाँसे अनि लुसुक्क परेर, "पछि हाम्रो घरमापनि आउनुहोस न है!" भन्दै फर्केँ।

समाप्त


 
Posted on 06-23-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

didi ko classmate ta didi nai hunchhan ni...

hahahahaha bichara kumleda...

dami gayo la katha


 
Posted on 06-23-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"didi ko classmate ta didi nai hunchhan ni..."

tei ta hai..bichara

Ramro cha


 
Posted on 06-23-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रड्डिज भए छ नि त कुम्स पाट्स
 
Posted on 06-23-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पनि चाबेल तिरको हो कि क्या हो, मिनभवन त हामी पनि पढेका हौ क्यार।
कथा कथै मात्र हो कि साँचिकै हो ?
 
Posted on 06-23-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिम्रो अनुहार ठ्याक्कै तिम्रो दिदी संग मिल्छ" कुम्ले दाई त्यसो भए दिदिको साथी दिदिले त्यती धेरै खातिरदारी गर्नु भएछ है  

कसो कुम्ले दाई ले दिदिको हातको बिष पनि सिनित्त पार्नु भएन

रमाइलो लाग्यो कुम्ले दाई


 
Posted on 06-23-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsss! कुम्स पाटलाई लास्टै रेला भएछन्त! आम्मामामामा! हरिप स्टाइलले साइड खेलिवरि दिलमा कोपिला फुटाइदेको सोमले भरै दिदीको साथि परेर र्याग भएछन्त!

लु सोम आबोदेखि कि, छब्कि हेर्ने बेलामा छ नि, दिदि बहिनि सsssब ग्रुपको फोटो एलबम राखिदिने ल, भरै कुनै छब्कि देख्यो भने कि एलबमको फोटोहुँदि कम्पेर हान्दिने अन्त सेम पर्यो भने प्रोजेक्ट क्यान्सिल डिफरेन्ट पर्यो भने इम्प्लिमेन्ट गर्नु ल!

ब्रो एक स्टिक भर्नु गाको हो?

 


 
Posted on 06-23-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल काम सकिए जस्तो भयो। कुम्स पाट को यो पार्ट पनि पढियो। यस्तो मीठो धोका त बारम्बार खान मन लागेन र भन्या। इर्ष्या लागो। कहिले जन्ती जान पाए भे पो?
 
Posted on 06-23-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हा हा हा!! यस्ता त छन् हाम्रा चौतारीका साथीभाई दिदी बहिनीहरु! आफ्नो त्यस्तो बिजोग भएको सुनेर खित्का छोडेर हाँस्छन् यार!

झन त्यो दिन त, मैले त्यत्ति कुरो गरिसकेपछि यसो फर्केर हाम्रो हिते र दिपेनलाई हेरेको त केटाहरु अघि नै जीपभित्र पसिसकेका रहेछन्। आफुँ नि लुसु लुसु हिडियो। हे हे हे!!

ल चेली, बसन्ती, दिपिका, बिस्टे, जिम्माल बा र राहुल दाईलाई धेरै धेरै धन्यवाद कथा पढिदिनुभएकोमा! अब दिदीको साथी दिदी नपरे त दिदीले घर सबै Cousin हरुको अगाडी बिल्ला गरेर खत्तम भइहाल्थ्यो नि, "मेरो प्यारो कुम्ले भाईले मेरो साथीलाई साइड हानिरा'रैछ!" भनेर। पछि त दिदीको यो साथी घरमा आउने बित्तिकै हामी चाँहि निस्किन्थेम् चाबहिल डुल्न! म भन्दापनि पहिले हिते टाप दिन्थ्यो।

बिस्टे ब्रो! कथा पुर्ण रुपमा काल्पनिकपनि होइन अनि कथा पुर्ण सत्यघटनामा आधारितपनि होइन! हे हे हे!! भनेपछि कुरो त्यस्तो पर्यो! :-)

जिम्माल बा! हा हा हा!! के गर्ने ब्रो! यस्तै छ जिन्दगी! झन पछि अरु Cousin हरुका साथीहरु त कत्ति कत्ति! म त म! हिते लाई नि टेन्सन! हाम्रो घरमा सबैले चिन्ने उस्लाई! अनि हाम्रो घरमा आउने दिदी बहिनीका साथीहरुले नि चिन्ने! कि त हिते दाई, कि त हिते भाई परेर हैरान!

आफुँ त सोझो मान्छे त्यत्तातिर ध्यान नि नजाने!

 


 
Posted on 06-23-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका कथाको पृष्ठभूमिसँधै, हाँडिगाउँ, सिफल, कालोपुल, चाबेल मात्र किन हुन्छन् ? पाटन र भक्तपुर त परै जाओस् काठमाडौंकै अरु ठाउँ किन हुँदैनन् ?????


 
Posted on 06-23-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ले त हितेको कथा लेखिकन बिट मार्न भ्याइसकेछ त
बिचरा कुम्ले, धन्न दिदिको साथी सित फस्सिएन्छ, ठिकै भएछ किन हितेलाई ओभर्टेक गरेको त?
 
Posted on 06-23-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्बाद भएछ कुम्स पाट्लाई पनि। अनी हितेले के भन्यो त जिपमा? कि त्यहाँ पुगेर पनि यू तेरै हो भनियो?
 
Posted on 06-23-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la jana paryo aba....sab lai 2+4 ani 6, 8 10,12 badera linu la...feri bhtaula

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters