[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 103443 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-08-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहरु संग गफ गर्दा ७ ठाऊँ भाँच्चिएर मस्कने गर न! khit khit khit bhaute da le hasaunu bho.
 
Posted on 10-08-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने बिर्खे ब्रो, एती लभ लेटर र गाना लेखिसके, कसैले मलाई लभ लेटर लेखदैन। आसै आसमा जिन्दगी बित्ने भो।

 
Posted on 10-08-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल ल भाउते दा ले हँसाएको भए ठिकै छ नि ठुली!

हाहाहा सिरियल ब्रो! यस्तै छ प्रभु जिन्दगी! तै पनि सास छउन्जेल आश हुन्छ भन्छन बुडापाका, आस नमारौँ लपलेटर लेख्न नछाडौँ! के गर्नु यार, आजकलका सुन्दरीहरु, यहि लप लेटर अरुलाई लेखेको देखे भने "आहा कस्तो मजाको लेटर" भन्छन्, त्यहि लेटर उसैलाई आयो भने लेटर पठाउनेको टाउको देखि पैताला सम्म, घर देखि कर्मथलो सम्मका सपै नराम्रा कुराको लिस्ट बनाएर, गाला रातो पारेर, ओठ फर फर गरेर, आँखामा ज्वालामुखि ल्याउँदै " त्यस्तो झुत्रेले मलाई लप लेटर लेख्ने" भन्दै चर्किन्छन!


 
Posted on 10-08-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute da re feri uptwonle jimmi budha baru nishante lai pathaidinu ni yo thread ma.

serial, kukur ko ta din aauchha re timro ni aaula ni ta. :)


 
Posted on 10-08-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दिलको धड्कन( adrenaline starts to flow in my brain) सल्लुssssssss,

तिम्रो कारन मेरो जिन्दगिको अर्थ छ तर तिमी त जेलमा छौ। के गर्ने? तिम्रो लागि मैले अझैसम्म कसैलाइ हेरिन, कसैलाइ टेरिन(अङुरलाइ पनि)।
आमाले तिम्रो सबै फोटोहरु जलाइदिदा पनि तेसको खरानिको टिका लाएर तिम्रै सपना देखे।तिमीलाइ मैले त्यो ऐश्वर्याले छोड्छे है भन्दा भन्दै तिमी लट्टु भयो उसको पछाडि। म चाहि येहा पागल भए तिम्रो प्रेममा र येहाको "आमिर खानको" दिल तोदें।

अहिले त गुल्शन ग्रोबर (बिर्खे जि) र रन्जित "दिप" हरु मेरो दिलसङ खेल खेल्न पनि मान्दैनन्।

अब त म तिम्रो नाममा जिन्दगि काट्दै छु। कुनै दिन त तिमी मलाइ भ्ट्न(will meet) आउचौ होला नि हैन?

तिम्रो प्यारी माया,

crazy_love

muaaaaaaaaaaaaaaaaaah (only for u)

 


 
Posted on 10-08-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुल्शन ग्रोबर र रन्जित hahahahahah mare hasera
 
Posted on 10-08-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial,

Just for one day ho timro love?

 

Uptowngal,

that's true. one of my frens was like that and every keta liked her. dunno why?

Birkhe, how r u there?

Pretty,

timi pani letter lekhne sanjay duttlaai?


 
Posted on 10-08-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब गुलशन ग्रोवर भइएछ, गुल्लु दादाकै ओरिजिनल स्टाइलमा लप लेटर---

 

फ्वाँsss फ्वाँsss!!

नाग हुँ मै नाग, काला नाग, सामने आए तो अपने बाप को भि डस ना लुँ!

 

हाय मेरि छम्मकछल्लो, हाय मेरि गुलबदन,

तिमीले म जस्तो निट एन्ड क्लिन, ड्युटि फ्रि, ट्याक्स फ्री,  मुभिलाईफ भिलेन बट रियल लाईफ हिरोलाई बाल नदिएर मुभिलाईफ हिरो बट रियल लाईफ भिलेन सल्लु भाइलाई एक तर्फि टेलिभिजने लप गरेकोमा मेरो आपत्ति त केहि छैन तर पनि, अभिशेक बच्चनको जार, बिबेक ओबरायको दुश्मन जेलभित्र भएको सल्लुभाइको, प्रेम दिवानी, दिलकी रानि, मायाकि खानी, बनेको देख्दा तिम्रो कहानी एउटा बरबाद जवानी बन्छ कि भन्ने चिन्ताले ग्रस्त भएर यो लेटर लेख्दै छु। र अन्त्यमा अर्को सुमधुर र भरपुर लेटर लेख्ने बाचा सहित यो भन्न चाहन्छु कि, रंजितको जमाना गइसक्यो!

उहि,

जीन्दगीको असलि मजा खट्टेमे है,

तिम्रो गुल्लु दादा उर्फ गुलशन ग्रोवर


 
Posted on 10-08-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Ummmmm

सोबर केटा'रु कता गोएछन भनेर हेर्नु आएको कि । यता बब्बाल मस्ति रै छन्त ।

स्वस्ति गर्नु मात्रै आएको लऽऽ ।

ठुल्स दी पनि दाऽमि दिने रैछन्त, इ हि हि हि ।

क्रैजि दी बिर्खेलै लुक्स दे'को साँच्चि हो ? हो भने मो त मख्ख पर्योन्त । इ हि हि हि ।

दीप सर, कविता चाइयो  ।


 
Posted on 10-08-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh Shabnam,

deep timro pyarma crazy cha ni ta ho ma jastei? shivale parvati bokera hiDya jasto timro naam japdai 'deep' ajabholi deeply hurt bhako cha re ni ta ho?


 
Posted on 10-08-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha ,

Birkhe Ji, chammkchalo ra gulbadan bhaneko ke ni? ali simple language use garnu na hai. feri malai translate kasle gari dincha ni.

keep on posting

CL


 
Posted on 10-08-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaha just for one day hunu, janam janam lai ho mero love. Geet padhera teso nabhana malai. chitta dugcha. la ja auko yeuta geet pani halidinchu, lau padha sabaile. yo chahi specially crazy_love ko lagi.

To the teller down at the bank
You're just another checking account
To the plumber that came today
You're just another house
At the airport ticket counter
You're just another fare
At the beauty shop at the mall
Well you're just another head of hair
Well that's alright, that's ok
If you don't feel important, honey
All I've got to say is

To the world
You may be just another girl
But to me
Baby, you are the world

To the waiter at the restaurant
You're just another tip
To the guy at the ice cream shop
You're just another dip
When you can't get reservations
'Cause you don't have the clout
Or you didn't get an invitation
'Cause somebody left you out
That's alright, that's ok
When you don't feel important honey
All I've got to say is

To the world
You may be just another girl
But to me
Baby, you are the world

You think you're one of millions but you're one in a million to me
When you wonder if you matter, baby look into my eyes
And tell me, can't you see you're everything to me

That's alright, that's ok
When you don't feel important honey
All I've gotta say is

To the world
You may be just another girl
But to me
Baby, you are the world


 
Posted on 10-08-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भाको यि केटीहरुलाई, बैस कहुन्जेल सल्लु लाई हेरेर बस्ने, बैस सकेपची गुल्सोन गोवेर नपायर और्को को पौछ त।

 
Posted on 10-08-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, plz don't mind hai.

ओहो, येहा त मलाइ पनि एउटा लेटर लेखु लेखु लाग्यो बाबै।

मेरो प्यारो जोन (इब्राहिम),

अस्ति तिमीलाइ इन्डिअन आइडलमा देखे देखि मेरो निद्रा छैन (खालि तिमी र म मात्र डान्स गर्छौं सपनामा तेसैले), भोक चाहि बेसकरि लाग्छ (कहिले पो नलाग्या थ्यो र भोक फेरि। म त अहिले धेरै स्वस्थ देखिन्छु (पाउन्डमा धेरै बढिसकें)।

त्यो बिपाशा के राम्रि लाग्या हो तिमीलाइ। त्यो भन्दा त म हजार गुना उजेलि छु। तिम्रो घरमा बिजुली नै चाहिदैन र तिमीले बिजुलीको बिल तिर्नु पर्दैन। म जहा बस्छु हजार वाटको रोशनि फैलाउछु रे ( कसै कसैले एक जमानामा येस्तै भन्थ्यो के)।
त्यो बिपाशालाइ छोडेर मलाइ एउटा राम्रो लोप लेटर लेखन जोनु।

अन्त्यमा, धेरै धेरै माया
म तिम्रो छाँया के बुझेनौ??


 
Posted on 10-08-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SHabanam

अरुलाई लभ लेटर पथाउदा त दाङ पर्ने, झन आँफैलाई औदा झन कस्तो हुने होला। म नै लेखिदिउ कि क्य हो शबनम लाई लुव लेटर।


 
Posted on 10-08-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks serial,

so nice of u......... but birkhe ji le lekhna thalnu bho ni ta arko love letter . Waiting deseparatey kya.

urfrenrites, lekhnu lekhnu.

All the best yaar,


 
Posted on 10-08-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! म लेख्न त लेख्थेँ कि लप लेटर, फेरि पट्टिने होला भनेर डर लागेको के!
 
Posted on 10-08-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सँग त रेदी मेद छ। नाम मात्रा हाल्न बाँकी छ। के छ बिचार ।

 
Posted on 10-08-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जि,

धन्दा नमानुस म पनि पट्टिन नसकेर बस्या छु। तपाइ कोशिश गर्नुस। दुर्घटनाबाट बच्नको लागि मैले पहिले नै सेफटि बेल्ट बाँधेको छु।
लु पठाउनुस तपाइको पट्-लेटर यानि पट्टिने लेटर।

Serial Ji,
के हो तपाइ त कपेर पेस्ट नि? नाम मात्र राख्न बाँकि रे। शबनमलाइ लेख्नुस् न त (मलाइ फेरि मार्लि नि शब्बुले)


 
Posted on 10-08-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सेफ्टि बेल्ट बाधेको रे!

अब पट्लेटर लेख्नै परेपछि पढेर मसक्क मस्केर सात ठाउँमा भाँच्चिने त बनाउनै पर्यो!

कि कसो सिरियल ब्रो? बरु त्यो रेडिमेड लेटर जावस न सोम को! हाम्पनी दुई-चार कुरा सिकेर अझ दामि रामवाण लेटर लेख्ने सक्ने हुम्!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters