[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 193952 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-21-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
लारा क्या मारा।थोरै रन् बनाए नि क्लासिकल् शट् हेर्नु को मज्जा नै अर्कै। लेफ्ट् ह्याण्ड् खेलाडिमासबै भन्दा कलात्मक् खेल् खेल्ने लारा, हामी सारा लाई छोडेर् गए। सलाम छ क्रीक्रेट् र लारा लाई।
पूण्टे दा को टेलर् मात्र हेरियो, पुरै फिलिम् कहिले चिलिम् तानेर? तालु महात्म्य कहिले?
 
Posted on 04-21-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-21-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।

"पिताजी को सुनको तक्मा" -अन्तिम भाग"

क्याम्पस् जाने दिन आयो। त्यतिबेला उत्क्रिष्ठ सबै बिद्यार्थि को एउटै आकर्षण् अस्कल् हुन्थ्यो र आफु पनि अस्कल् भर्ना भैयो। पिताजी को अज्ञात रोग र हामी नाबालकहरुले भोग्नु परेको पीडालाई संझी डाक्टरि पढ्ने लक्षका साथ जीव बिज्ञान मूल् बिषय लिएर अस्कल गएं।


स्कूले जीवन् भन्दा अस्कल् को वातावरण फरक् हुनु स्वाभाबिक थियो। अंग्रेजी मा पढाउने, अंग्रेजी बोल्ने खरर्म् आफु त हेर्‍या हेरै नि। ७५ जना को किलास मा ४५ जना भन्दा बढि केटिहरु, बायो क्लासमा हल्ला चाहि पटक्कै न हुने रैछ। बोर्ड् आएका सबै जना अस्कल् मै थियो। पढाइ सुरु भो, पढ्ने भनेर आए सि पढ्नु पर्यो, तर त्यतिन्जेल् क्रिक्रेट् खेल्ने रहर् ले किलास् भन्दा होस्टल् मुनि को बास्केट् बल् कोर्ट् तिर् मन् जान्थ्यो। तै पनि केति हरुको अगाडि इज्जत त जोगाउनै पर्यो।
यसै बिचमा बिश्व निकेतनले एस् एल् सी मा प्रथम श्रेणीमा उत्तीर्ण हुने सबैलाई पदक् बितरण् गर्ने भनेर निम्तो आयो।
२- ३ ब्याच् लाई एकै पटक् पदक् दिने कार्यक्रम् गर्ने गर्दा धेरै संख्या मा पदक् लिने बिद्यार्थिहरु थिए। सबैलाई चाँदि को चिटिक्क परेको मेडल् दिए तत्कालीन शिक्षा मन्त्री ले। राहुलेलाई बडेमान् को चाँदिमा बिचमा सुन को तारा भएको तक्मा दिए। त्यो सुन को तक्मा पनि परिश्रम कै फल थियो, खुशी लाग्यो नै। मैले अर्जेको त्यो चौथो पदक् थियो।
साथमा महिना को ५० रुपैया को दर् ले छात्रब्रित्ती पनि दिए।
ठुलो राहत् थियो, त्यो सुरो को ६०० रुपैया पनि। केहि नपुग पुस्तक र मसलन्द किनियो। बाकि रहेको पैसा ले एक् जोर् जुत्ता किनियो। घर् मा आर्थिक् बोझ सके सम्म न परोस् , मेरो चाह त्यहि थियो। त्यसरि नै तत्कालीन श्री ५ को सरकार् ले पनि महिना को २०० स्कोलरशिप् दिंदो रहेछ। धेरै हुंदो हो त्यति बेला को बेसार् भाउ अनुसार्। चिया ५० पैसा-६० पैसा को जमाना मा।
समय बित्दै गयो। अनेक् हडताल् बन्द हुने गर्दथे त्यति बेला पनि। राजनीति को केन्द्र नै हुन्थ्यो, क्याम्पसहरु। प्रतिबन्धित काल् मा पनि खुल्ला राजनीति हुने ठाउं क्याम्पस् मात्र थियो।
क्यलेन्डर् अनुसार् कुनै काम् नहुने त्यतिबेला। एक बर्ष न पुग्दै हुनु पर्ने प्रथम् बर्ष को जाँच हुने नामो निशान् थिएन। क्याम्पस त रमाइलो गर्न जाने अखडा पो हुन थाले।
उता पिताजी लगभग् पूर्ण् स्वस्थ भै सक्नु भएको थियो। भित्री शरिर् कस्तो थियो, भगवान् जानुन्, बाहिर् बाट् स्वस्थ हुनुहुन्थ्यो। तर त्यो बिमारिको २-४ बर्षले उहाँलाई २० बर्ष बुढो बनाइ दिएको स्पष्ट् देखेन्थ्यो।
त्यसैले पनि हामी दाजु भाइले पिताजी लाई कुनै किसिम काम् गर्न दिएनौ।चिन्ता पर्ने काम् गरेनौ। जिन्दगि भरि खानु पर्ने केहि ओखति चाहिँ बाकि थियो खाइ रहनु पर्ने।

यसै बिचमा अस्कल् को नेत्रित्व गर्दै अन्तर् क्यम्पस हाजिर् जवाफ प्रतियोगिता मा भाग् लिने मौका मिल्यो। प्रथम् चरण् देखि फस्ट् हुदै हामे फाइनल् पुग्यौं।
फाइनल पनि भयो। त्यो दिन तयारि गर्न बाकि रहेको ले बिहानै घर् बाट् निस्कें, सहभागी मित्र को धोबिधारा स्थित् घर् मा। अनि उतै बाट् फाइनल् हुने स्थान् मा लाग्यौं।
फाइनल् सुरु भयो, खचा खच् भरिएको हल् मा। हामी सुरु मै निराश भयौं। परिचय को क्रममा अरु क्याम्पसका प्रतिस्पर्धिहरु एक् से एक् बिद्वान्। त्रिभुबन् युनिभर्सिटि क्याम्पसमा स्नाकोत्तर् गर्नेहरु को टीम्, मीन भवन् क्याम्पस, पाटन् सयुक्त क्याम्पसका पनि सबै जना एम् ए लेभल् पढ्नेहरुको माझ, आइ एस्सी पढ्ने १६-१७ बर्षका ३ जना ठिटाहरु।
प्रतियोगिता सुरु भयो, हाफ् टाइम सम्म कीर्तिपुर् र मीन भवन् पछि हामी रह्यौं।
हाफ टाइम् पाछि चन्द्रमा दाहिने भयो अस्कल् को पक्षमा। यत्सरि अगाडि बढ्यो अस्कल्, ती बुढा टीम कसैले नि पछ्याउन सकेन। राम्रो मार्जिनले जितियो। ठुलो उचाल्न नै मुश्किल शील्ड् र स्वर्ण पदक् जितियो। अस्कलका समर्थक् मित्रहरुले बिजय उत्सब् नै मनाए। नारा जुलुस् सहित् अबिर् जात्रा भो, प्रज्ञा भवन् को प्राँगण देखि। मिठाइ बांडियो। यसरि प्रतियोगिता जितेको खुशी मनाएर घर् फर्किदां रातको ९ बजि सकेको थियो। बाटो भरि अनेक् तर्कना खेलिरह्यो। पिताजी बहुत् खुशी हुनु हुने छ। मैले दिएको बचनको आधा यात्रा पुरा भएको छ। १० ओटा पदक् त यो गति मा छिट्टै पुर्याउंछु। आदि , इत्यादि।

घर् पुगें। घर् मा त भाइ एक जना मात्र रैछ, मलाई कुर्ने। साह्रो भोक लागेको ले खान खान भन्छा तिर् लागें। भान्छा पनि रित्तै, भात पाकेको रैन छ। भाइलाइ सोधें " खै आज त कोइ पनि छैन, भात पनि पाकेको छैन।"

भोज गएको होला भनेर "कहाँ भोज गएका सबै, न जाने लाई त भात राख्नु पर्ने हो नि कस्तो भओक लागेको बेला।"

"बा लाई हस्पिटल् लगेको छ, दाइ र मामा त्यतै छन्, भर्ना गर्नु पर्छ रे।" भाइ ले एक् सास बाट् सारंश बताए। कहिले लगेको अस्प्ताल्, के भएको? भनेर जिज्ञासा राखें, भाइ लाई नि के थाहा, थाह् छैन भने। अनि के भनेको छ हामी लाई भन्दा, बिहान को तरकारि छ र चिउरा छ त्यहि खानु र अस्पताल् अौनु पर्दैन भनेको छ ।
त्यहि चिउरा र तर्कारि खाएं। दिन् भरिको मानसिक थकान् ले सुत्न मन लाग्यो। पल्टें, तर निद्रा लागेन। पिताजीलाई के भएको होला, पिताजी अहिले यहिंभएको भए कस्तो हुन्थ्यो होला, आदि आदि कुरा मात्र खेलिरह्यो। शारिरिकरुपमा नि थाकेकोले होला, रातीको १ बजे तिर् निदाएछु।
रातको साढे २ बजे हुंदो हो, चोकमा बसेर कसैले बोलाए जस्तो लाग्यो। सपना हो कि बिपना , निद्रा खुल्यो। झ्यालबाट् हेरें हो रैछ, दाइ ले बोलाको रैछ। दैलो खोलेर यति राती पनि घर् अौने हो, अस्पताल् मै बसे भैहाल्थ्यो नि भनेर एक् सासले भनें। दाइ को अनुहार् ज्यादै मलिन थियो। मैले याद गरिन, निद्राको झोंकमा।
"तुरन्त हिंड् अस्पताल्, भाइलाई नि उठा"
यति भन्ने बित्तिकै मैले कुनै अशुभ घट्ना घटेको अन्दाज गरें र भाईलाई उठाइवरि हात्ति पाइलामा हामी तिनै जना दाजु भाई अस्पताल लाग्यौं। हनुमान् ढोका देखि बीर् अस्पताल् को दूरि १० मिनेट् को हो, हामी ५ मिनेट् मै पुग्यौं। बाटो मा ३ ठाउँमा बिरालो ले बाटो काटे। अशुभ पक्कै भएको छ। मन भरि अनर्थ र अशुभ घट्नाको बिभत्स तस्बीर् अै रह्यो। अस्पताल् पुगें, पिताजी देखिन। सेतो कपडाले छोपिएको पिताजी को लाश मात्र भेटें। किन् अभयो कसरि भयो, अब यी सवाल सङग् मेरो कुनै सरोकार् थिएन। हामी माथिको छत ढलेको छ। हाम्रो आस्था बिस्वाश खोसिएको छ। मलाइ बस् त्यति थाहा थियो।
पिताजी जिन्दगि भरि कसैको कु भलो चिताएन, सधै भरि समाज् को सेवा नै गर्नु भएन। तै पनि भगवान ले यो क्रुर् सजाय किन मेरै पिताजी माथि? अक्रोश् थियो म मा। बिद्रोह थियो।
आमा अर्को कुना मुर्छा परि रहनु भएको थियो। दाइ र भाइ को हालत पनि निकै खराब् थियो। एक्लैले सके जति सबैलाई सम्हाल्ने कोशिश गरें। यतिन्जेल २ जना काकाहरु पनि यो खबर् सुनेर अस्पताल् पुगिसकेका थिए। अस्पताल को औपचारिक कागजातमा सहि गरेर पिताजी को पार्थिब शरिरलाई दुइजना काका र दाजुभाइले स्त्रेचरमा बोकेर शोभाभगवति किनार पुर्यायौं। त्यतिबेला अहिले जस्तो शब बाहन् कहाँ हुन्थ्यो।
रुवाबासी चल्यो। सिन्दूर् पुछियो। के के भयो के । (आज यो लेखिरहंदा अँखा भरिएको छ। बल्ल, तल्ल यी अन्तिम हरफ हरु टाइप् गर्दै छु।) पिताजी को त्यो सुन को तक्मा, मैले फर्काउन सकिन। त्यसको बदलामा मैले १० ओटा तक्मा जितेर चढाउछुं भनेको थिएं। आधा बाटो पुगेको थिएं। त्यो सुनको तक्मा पनि हेर्न पाउनु भएन। मेडल् पाउने बित्तिकै घर् पुगेको भए वा अस्पताल् पुगेको भए पिताजी को अन्तिम् प्रहर खुशीको हुन्थ्यो कि।
पिताजी सुनको तक्मा यसरि कथा र र तस्बीर् मा सीमित् भयो। अझै पनि यो राहुले ले त्यो १० ओटा पुर्याउन सकेको छैन। ९ सम्म पुर्‍याएको छु। पिताजी लाई दिएको बचन् अझै पुरा भएको छैन तर हिम्मत हारेको छैन।
यात्रा जारि छ।
(यहि अप्रिल् २८ मा पिताजीको बार्षिकि को श्रद्धा सुमन् यहि कथा मार्फत् अर्पण गर्दछु।)
अस्तु!!!!
 
Posted on 04-21-07 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-21-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुइयााााााा, कस्तो थकाइ लागेको , लौ थकाइ मार्नु पर्यो ।
ए नया चौतारी पो बनिसकेछ, कति राम्रो ल हरी तिमीलाइ धेरै धेरै धन्यबाद ।
यसो थकाइ मार्दै राहुल दाइको राम कहानि पनि सकाए , सारै मार्मिक रहेछ राहुल दाइ । मेरो तर्फबाट बार्षिकीको श्रद्धा सुमन् । क्रिकेटको यसो ताजा खबर दिनु होला, आज हेर्ने मेसो मिलेन ।
 
Posted on 04-22-07 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजीको बिजुली पत्र पा'थेम् के रे बल्ल! लेखेको कुरो पेस्टिन्छु य्हैं:

":D :D

Thank you very much hai samjheko ma. Chautari ka sabailai namaste bhanidinus. Malai ahile Chautari ma aauna laaj lagyo kya. :D :D
Talk to you later :-)"

क्यार्न लाज मानेका हुन्, कुन्नि? कि नयाँ दुलईले टुप्पी उखेल्दिनि धम्की लाई चौतारीआँ आयो भने?
 
Posted on 04-22-07 6:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै मार्मिक रहेछ राहुल दाइको राम कहानि । मेरो तर्फबाट बार्षिकीको श्रद्धा सुमन् ।
 
Posted on 04-22-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, आइतेबारे जदौ!
 
Posted on 04-22-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले हरु लाइ जदौ यो नेप्चे को।

लौ, चौतारी त कान्ला मुनी पुगि सकेछ। माथी तिर तानि दिनु परो। जम्मै गाम्ले हरुको सप्तान्त राम्रो सङ बितिरहेको होला।

सारै मार्मिक रहेछ राहुल दाइको राम-कहानी । मेरो तर्फबाट बार्षिकीको श्रद्धा सुमन।
 
Posted on 04-22-07 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu hooooooooooo

सारै मार्मिक रहेछ राहुल दाइको राम कहानि । मेरो तर्फबाट बार्षिकीको श्रद्धा सुमन् ।
 
Posted on 04-22-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा~~~~~~~~~~~~~~~~~~~~इइइइइइइइइइ !!!!!!!!!

नेप्चि दिदि ले भनेको कुरो साँच्चि हो र'छ । शनिवार आइतवार लागेसिन चौतारिआँ भुतआ बासै हुनि र'छ । जे होस ठुल्दाइको कथा स्वादले पढियो । जिन्दगी के हो रै छ त आखिर ? दु:ख - असाध्यै दु:ख र त्यसबाट पार पाउन कठीन संघर्ष - त्यसबाट पार लागेपछि सुख तर फेरि सुखलाइ राम्ररी चाख्नै नपाउदै फेरि अर्को दु:ख - भयङ्कर दु:ख - अघिल्लो भन्दा पनि कठीन - र त्यो चक्र चली नै रहने रहेछ । यो सोचेर म नि सेण्टी भा' छु हौ अइले, भुतले खीर खाने ट्याममा ।
 
Posted on 04-22-07 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कोइ नि छैनन र'छ, सुनसान र'छ चौतारी ताआआआआआआ!!!!!

आफु मात्तै एक्लै फत्फताए छु ज्याआआआआ!!!!! अब भोलि त अबेरसम्मन सुतिन्छ होला के रे, जाँगरिला गाम्लेहरु ब्यान ब्यानै देखुन काम चोरेर चौतारितिर सुस्ताउन आएछन भने, मेरो कथाको यो भाग पढ्दा होलान के रे । लु त थप एक भाग टाँसेर म नि सुस्ताउन परो के रे ।


भाग - १३
---------------

"साँच्चिकै खुशी भएको भए आज रिजल्ट लिन नआइ प्रतिमा किन हेटौडा गइन होला?" चनाले आफै प्रश्न गर्यो । "पहिला सधै घरैमा बोलाउने, नगएसम्म अनेक तरिका अपनाउने, दुनियाँले कुरा काट्दा पनि विचलित नहुने प्रतिमा, अहिले रिजल्ट थाहा पाएर पनि बोलाउन आइनन, भेट्न पनि नहुने जस्तो गरि हेटौडा गइन, खबरसबर पनि नगरीकनै । अझ त्यसमाथि दाजुलाइ बधाइ भन्न लगाएर बेपत्ता भइन ।" मनको एउटा कुनामा पीडा महशुस भयो चनालाइ । "हेत्तेरिका! आफै भेट्न जानु पर्ने रहेछ । बलबहादुर दाइले भने झै एकपल्ट भेट्न गएको भए के नै बिग्रन्थ्यो होला र?" चनाले मनमनै कुरो खेलायो । पहिलाको कुराहरु पनि सम्झिन थाल्यो चनाले - "त्यो भोजमा रत्नले जात्रा गर्यो त त्यसमा चनाको के दोष?" यस्तै मनमा तर्कना खेलायो । प्रतिमासित भेटेर बेस्सरी झगडा गर्न मन लायो चनालाइ । फेरी आफैले सम्झायो - "आsss होस, म स्कुल छोडेर जाने भएपछि किन त्यो कुरो सम्झेर चिन्ता गर्ने ?" चनाले अर्को स्कुल जाने निर्णय गरेको कुरा अरु कसैलाइ भनेको थिएन आमालाइ बाहेक । प्रतिमाको मित्रता र सहयोगप्रतिको कृतज्ञताकै निम्ति पनि उनलाइ कमसेकम स्कुल छाड्न लागेको कुरा भन्नै पर्छ जस्तो लागेको थियो चनाको मनमा । प्रतिमाको दाजु वा अन्य कोहिलाइ भनेर पठाउन चनालाइ उचित लागेन किनकि चना आफैले भेटेर कुरा गर्न चाहन्थ्यो - शायद भन्ने थियो होला - "जाऔ नयाँ स्कुलमा सँगै भर्ना हुन ।" तर भेटै नहुने भएपछि के लाग्थ्यो र । चनाले आफु एक्लै भएपनि त्यो स्कुल छोडेर नयाँ स्कुल तिरको यात्रामा अघि बढ्ने निश्चित गर्यो ।

मार्कसिट पाएपछि नयाँ स्कुलमा निवेदन बुझायो । प्रवेश परिक्षा दिने बेलासम्म चना दुइपल्ट प्रतिमाको घर गयो, तर प्रतिमा फर्केको थिएन । प्रवेश परिक्षा पासगरेपछि चना नयाँ स्कुलमा भर्ना भयो । भर्ना गरीसकेपछि मात्र आफन्तहरुलाइ विश्वनिकेतन स्कुल जान लागेको कुरा बताउन पर्यो । त:मांको छोरी (दिदि) को साथ लागेर फाराम लिएर आएको भनेपछि दिदिले पनि आफन्तहरुको भनाइ खानुपरेछ । माइजुले त दिदिलाइ "तिमीले गरेर चनालाइ त्यत्रो टाढा स्कुल हाल्यो, उसलाइ केहि मात्र होस न मैले गर्न जान्याछु तिमीलाइ ।" भनेर धम्की नै दिनु भएछ । "बाटोमा त्यत्रो गाडी गुड्छ तर चनाले कहिल्यै आफै बाटो काटेको पनि छैन, केहि गरि दुर्घटना भयो भने ?!!!" भनेर आमालाइ तर्साउनु पनि भएछ । एक कान दुइ कान हुँदै स्कुलका केहि सरहरुले पनि चना विश्वनिकेतन स्कुलमा भर्ना भएको कुरो थाहा पाएछन । बाटोमा आमालाइ भेट्दा एकजना सरले यहि विषयमा कुरा गर्नु भएछ । "चनालाइ तेत्रो टाढाको स्कुलमा भर्ना गरेर ठीक गरेन भाउजुले ।" भन्ने कुरो भएछ । आमासित तर्क बितर्क केहि थिएन, "चनाले त्यो स्कुल पढ्दिन भन्यो, मान्दै मानेन, मैले के गर्ने ?" भन्नु सिवाय ।

भोलिपल्ट सहायक हेडसर चनाको घरैमा आमालाइ भेट्न आएछ । चना घरमा थिएन त्यो बेला । आमालाइ हड्तालको बेलामा चना नेता बनेको, उसले सबै सरहरुलाइ इल्लिबिल्लि बनाएको, सरहरु सबैले उसको तारीफ गरेको, उसले जाँचमा पनि एकदम राम्रो गरेको जस्तो राम्रा राम्रा कुराहरु बताएछ । चनाले गरेको राम्रो कामको तारीफ गरेर आमालाइ नै छक्क बनाएछ । हुन पनि घरमा आमालाइ ती कुराहरु चना आफैले पहिल्यै भनेको थिएन । आमालाइ जाँचमा तेस्रो भएको मात्र थाहा थियो । सहायक हेडसरले चनालाइ अरु स्कुलमा नलैजान निकै कर गरेछ । स्कुल भर्ना गर्न लागेको खर्च सबै सरहरुले नै सट्टाभर्ना तिरिदिने सम्मको कुरो गरेछ । स्कुलमा पनि चनालाइ फी मिनाहा गर्ने ब्यवस्था गर्ने, किताब कापीहरु किन्न परे पनि सहयोग गर्ने जस्ता लोभहरु पनि देखाएछ । त्यहि स्कुलमा पढ्यो भने चना एसएलसिमा स्योर फर्स्ट डिभिजनमा आउने तर टाढाको स्कुल गएपछि के हुन्छ के हुन्छ भन्न सकिन्न भनेर डर पनि देखाएछ । आउनजान गाह्रो, टाढाको स्कुलमा कस्तो संगत होला, के के गर्ला हेर्न नसकिने, त्यसमाथी आमालाइ पढाइको कुराहरु थाहा नहुने जस्ता कुराहरु गरेर सहायक हेडसरले आमाको दिमाग भुटेर गएछ ।

पीरले चिन्तित आमा आँशु बरर्ररर झार्दै चना घर आएपछि, "पर्दैन नयाँ स्कुल जान, त्यहि पुरानो स्कुल पढ" भनेर भन्न थाल्नु भयो । आमाको सबै कुरो सुनेपछि चनाले पनि कसरी आफुलाइ पक्षपात गरेको र कसरी कक्षामा सरमिसहरुले एक्लो पारेको भन्ने कुरोहरु बतायो आमालाइ । अनि आमाले "मलाइ पहिलाइ त्यो कुरा थाहा भएको भए म पनि मुखभरी जवाफ दिएर पठाउँथे, मलाइ किन नभनेको यस्तो कुराहरु? होस अव जे सुकै होस नयाँ स्कुल नै पढ्नु, जे होला देखा जायगा ।" भन्नु भयो । बलबहादुर दाइले पनि नयाँ स्कुल नै राम्रो हुनेछ भनेर आमालाइ ढाढस दिनु भयो । अरु साथिहरुमाझ चनाले स्कुल छोड्न लागेको कुरो फैले पछि साथीहरु धमाधम चनालाइ भेट्न घरैमा आए । कोहि एक्लाएक्लै आए, कोहि ग्रुपमा आए । सबैले चनालाइ त्यहि स्कुल पढ्न र छोडेर नजान आग्रह गर्थे, तर चनालाइ मनाउन सकेन कसैले पनि । दुर्गाले आधा दिनभरी बसेरै कर गर्यो । "किन? चना हामीसित रिसाएर अर्को स्कुल जान लागेको?" भनेर चमेली, कमल, गगन अमर चन्द्र, अन्जुहरुले चनाको मनको तितो पोख्न अनुरोध गरे, फकाउन खोजे । कोचिङ पढ्नेबेला चनालाइ खबर नगरेको कुरामा तिनीहरुले पश्चाताप गरेको कुराहरु पनि सुनाए चनालाइ, तर चनालाइ त्यस्तो कुनै कुरोले छोएन । बोलिचाली बन्द भएको गायत्री, रमा र मामाघर गएकि प्रतिमा बाहेक बाँकि सबैजसो नै चनालाइ भेट्न आए । गायत्री र रमा भेट्न आउनु नआउनुमा चनाको चासो थिएन तर प्रतिमा भेट्न नआएकोले किन होला भन्ने सोच्यो चनाले र भन्ठान्यो कि "शायद मामाघरबाट अझै नफर्केकि होलिन" ।



*******************************************************************************************
 
Posted on 04-23-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाआ
लौ न हम्रो चना लाइ त प्रतिमाको सातै याद् अैरा जस्तो च नि। अनि पचि यो मोरि ले हजुर् लाइ भेत्न अै त।
 
Posted on 04-23-07 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु ।
 
Posted on 04-23-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु!
ठुली चिया खायौ?
के चोपेर खायौ?
चना को कथा पढ्न सुरु गरें
नेप्चे किन चुपचाप्?
 
Posted on 04-23-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् दा आज् मैले चिया सङ अङुर् चोपेर खाको। कस्तो मित्तो हुदो रैच।
अनि के च राहुल् दा, नेम्चे ?
 
Posted on 04-23-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? राहुलदाइ, नेप्चे, चना, ठूली र पछि पाल्नुहुने गाम्लेहरूमा जदौ!

हिजो चैं CD घुमियो, ए! सरी DC घुमियो! :P रमाइलो भो।त्यो के जाति सेतो घरको बगैंचा नि गइयो।
लौ यौटा फोटू टाँस्दिहालम् मेरो भविष्यको घरको। :P ;)

 
Posted on 04-23-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिमा खडेरि आएछ, गाम्लेहरु अन्तै धाउन थालेछ।
चित्रे, ठुली बोर्डिङ् स्कूल् जान थालेको?
त्यो बुश् चा को मात्र सेतो घर् हुन्छ र, हाम्रो चित्रे को पनि सेतै घर्। यो राहुले को त कमेरोले पोतेको सेतो महल।
 
Posted on 04-23-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे को भविष्यको घर् रे खित् खित् खित्
राहुल् दाइ कमेरोले पोतेको भनेको के हो?
 
Posted on 04-23-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमोच्ते!

मलाइ त आज कस्तो थकाइ लाइ'राछ, साह्रो खुत्तो दुक्यो।

थुलु, ल हामी गीत गाम्।


कुखुरी काँ बासी भात खाँ
खोइ मेरो बासी भात?
बिरालोले लग्यो
कोई बिलालो?
मूसा माल्न गयो
खोइ मूसो?
दुलो भित्रो पस्यो
कोइ दूलो?
गाइले कुल्च्यो
खोइ गाई?
खोलाले बगायो
खोई खोला?
सूऽऽऽक्यो!!!
;) :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters