[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 155831 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-18-07 10:03 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    औधि रमईलो लाईभ दोहोरीको क्लिप herna matra aauchha malai ta
     
    Posted on 02-18-07 10:20 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    गूगल बाट भिडियो राख्नु न सबै भिडियो एकै पटक मा राख्न सकिन्छ नि त । एक पटक बिचार गर्नुस न त ।
     
    Posted on 02-18-07 10:55 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सान्कान्छा,

    २ घण्टा भन्दा लामो भिडियो सबै राख्दा स्वाद पनि हराउला भुनेर मुलाई ला'को सबैभन्दा रमईलो क्षण मात्र राख्न मिल्छ कि भनेर बिचारेको हुम् के रे।
     
    Posted on 02-18-07 11:03 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जदौ गाम्लेहरु!

    के आश्चर्जे हो पुन्टे बुडा पनि झुल्क्या रचन नि, काँ गा होला भन्या त दोहोरी खेल्न पो गा रचन। खोइ भिडु त हेर्नै पर्नि हो, जम्मै नदेखाउनि हो भने काट्नी कुरो त पाईइला नि ईन्टरनेटाँ, एसो video cutter भनेर गुगल्नु न।

    अनि, गालबको ईम्याजिनेशन चैं खतरै मानें मैले; हुन त स्वस्थानीको पालाँ पनि लेखाई, परिकल्पना देख्या हो। अहिले त एकदमै भिन्नै, फेरी चाँडैनै पढ्न पाईयोस यस्तै यस्तै।

    यो मिस्टे क्यार्न बिदा माग्ने कुरो गर्छ? तर गीत चैं मीठो रच।

    पून्टे दाइ, सान्कान्छा, मास्टर्नी दिदी, यामे, दादा, मिस्टे, दिले जम्मैलाई आइतबारे नमस्ते ठोकें है।
     
    Posted on 02-18-07 11:10 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमत्थे!
    तित्ले, तितौली, सान्कान्ता, लाहुलदाइ, मिस्ते, मास्तल्नी दिदी, हलिलाई धन्नेबात च।

    अबदेखि गीत राख्ता "अटोप्ले" डिसएबल गरम् न है प्रभु हो!
     
    Posted on 02-18-07 11:24 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अटोप्ले" डिसएबल गरम् न है प्रभु हो! तर्सायो :D :D:D

    पुन्टेदा छिटो राख्नुस् न भिडुउ ...

    आइतबारे बिहान को जदौ :)
     
    Posted on 02-18-07 11:32 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हेहेहे, अटोप्लेले तर्सा'को मलाई मात्तै होला भन्या त तितौलीलाई पनि त्यस्तै भा'रच।
    आइतबारे बिहान रे! आफ्नो ह्याँ सोमबारे अड्डा जान केही घन्टा मात्तै छ। :)
     
    Posted on 02-18-07 11:35 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    क्या हुन् नि तेस्ता "अटोप्ले" भन्नि?

    गालउको कथा पढ्न ट्याम् भा भे मरिजाम त नि, गाँठे!

    तिलु बुईनी!!!!!!!!! माया त मारे छैनन् होला के रे! बडामहारानी सरकार तितwरी राज्या लक्ष्मी देवीको जाहेर कुरेर बस्दा बस्दा बस्दा बस्दा, यो तुक्ष्य प्राणीको सासै जाला जस्तो भईसक्यो, महारानी, जो हुकुम! :p
     
    Posted on 02-18-07 11:36 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हेहेहे गालब् को त काममा जाने बेला भयेछ हाम्रो त छुट्टि! छुट्टि!! छुट्टि! आहा क्या मस्ति आज छुट्टि :P
     
    Posted on 02-18-07 11:40 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम है , पुन्टे दा नि झुल्के छ । तिरु, ठुल्नानी, मिस् आदि महिला लाई पहिला नमस्कार्। बाकि हरि, सनोकान्छा ,गालब् गुरु, यामे, दादा आदि लाई चाहि तारेमाम् र जय शम्भू।
     
    Posted on 02-18-07 11:41 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    :D:D:D:D पुन्टे दा कति हास्नु ... ऐया गालि गर्या हो कि के हो कुरो बुझे मार्दिनु :D
     
    Posted on 02-18-07 11:46 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    पुन्टेदा,

    हउरको खोपीमा भा कम्फुटार पिसी मानिचु, हुन त भुलें कि ? Windows Movie Maker भन्ने सर्जाम छ भने त्यसले फिलिम काटकुट मात्र होईन, जोडजाड, थपथाप सबथोक गर्न सकिन्छ ।
     
    Posted on 02-18-07 12:07 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नेपे दाजी! ओहो! तपाईं नभए त क्यारी बाँच्थिम् होला यो पुन्टे ज्यान? धन्यबाद! Windows Movie Maker खोलेर हेरेम् के रे, काम अर्ला जस्तो छ, तर अहिले ट्याम् भएन। "बसाईं" नेपाली फिलम हेर्न जान लाएको के रे, जय किसन हईटको थेटराँ लगाचन्। बरु, तपाईं नि आउनु हुने हो कि? तो DVDकाट्कुट् पार्नि काम चईं भरै फुर्सद भएमा अरम्ला।

    हन ए तिरु बुईनी? क्यार्न गाली अर्थेम होला र प्यारी बुईनीहुरलाई? यस्सो गुनासो पोखेको मात्र के! :D

    राहुले नि क्यारी जागेचन्? अस्ति शिव रात्री देखुन् शिव बुटीको असरले ढलेको ढलै छन् रे भुनेर सुनेको हाम्ले त! कतै नंगा बाबै भएर पुगेको त थिएनौ पशुपति? एउडो फुटाँ त चिने चिनेऽऽऽऽ जस्तो अनुहार देखेथेम् के रे! :p
     
    Posted on 02-18-07 12:41 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    थुईक्क भसक्कै बिर्सेछु फिलिमको ट्याम ! स्यानैमा बलिन्द्र आँसु बगा'र तुरेको थिम त्यो बसाईं भन्ने उपन्यास । नेपाली फिलिम भनेसी चौपट पारेकि क्या हो त्यति राम्रो उपन्यासलाई भनेको, नेपालको ओस्कार मनोनयन भनेसी मन ढुक्क भा'थ्यो ।

    निर्देशक बुडा सुभाष गजुरेलसँअ जमानामा एउटा टेलीधारावाहिकको पटकथालेखनसंग जोडिएको हुँदा (दुई श्रृङ्खलाको पटकथा मैले र तेश्रोको उनले लेखेका थिएम) पनि यो फिलिमउपर थप कौतुहलता थियो ।

    ज्या !
     
    Posted on 02-18-07 1:11 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हेहेहे बसाइ भन्दा मलाइ नि याद् आयो हामि सानो हुदा अन्टि लाइ कथा भन्न लाएर दिक्क लाउने, अनि कहिले काहि चाइ दिक्क लागेर हो कि कथा सकिये र हो उहाले यता उता को स्कुल् को कोर्स बुक् मा हुने कथा हरु भन्दिने गर्नुहुन्थ्यो। एक पटक् चै यो बसाइ को धाराबाहिक् कथा(अलि अलि गरेर एक् हप्ता लाइ पुराएर)भन्दिनु भा'थ्यो....पुरै त याद् छैन तर तिनिहरु बसाइ सरेको अनि त्यो झुमा(?)बहिनि चाइ भिर् बाट हामफाल्न गएको बेला को कथा सुन्दा कस्तो रुन मन् ला'थ्यो मलाइ नि ... तर रुन चै लाज् लाग्यो क्यारे अनि रोइन। :D
     
    Posted on 02-18-07 4:47 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    namaste gamle sathi haru hoooooo taaaaaaaaaaaaaaaaaaaaaaaaaa
     
    Posted on 02-18-07 6:00 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Namaste gamle sathi haru hoooooo taaaaaaaaaaaaaaaaaaaaaaaaaa ..............
     
    Posted on 02-18-07 9:38 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    क्या हो, यी फिरंगी समिक्षक Robert Coehler त "बसाईं" फिलिमलाई निर्देशक र लेखकले बलिउडको रुञ्चे शैलीमा ढालेको र अभिनयकर्ताहरुको overacting ले गर्दा कथाको कारुणिकता उतार्न असफल भनेर पो भनिदिएछन् ।

    मलाई चाही एउटा अर्कै स्यानो कुरा खट्क्यो । अंग्रेजीमा अनुवादित शिर्षक । कथाको भाव अनुसारको "बसाईं" (बाध्यात्मक बसाईं) को अनुवाद त "Displacement" वा अरु त्यस्तै बाध्यात्मकता जनाउने शब्द हुनुपर्ने हो, "Migration" भन्नाले त बाध्यात्मक भन्दा ईच्छात्मक बसाईं भन्ने पो बुझिन्छ त ।


    - http://www.variety.com/review/VE1117932513.html?categoryid=31&cs=1

    Migration
    (Nepal)
    By ROBERT KOEHLERA

    Makalu Films presentation. Produced by Maniram Ghimire. Directed by Subash Prasad Gajurel. Screenplay, Nayan Raj Pandey, based on the novel "Basain" by Lil Bahadur Chhetri CQ.

    With: Ganesh Uprety, Mithila Sharma, Uttam Pradhan, Ranju Lamichhane CQ, Mukunda Shrestha.
    (Nepali dialogue)

    A poor farming family lapses into shame and disrepute in "Migration," a rare example of Nepal cinema. All the signs here show that Bollywood style dominates the filmmaking and storytelling imaginations of director Subash Prasad Gajurel and screenwriter Nayan Raj, adapting Lil Bahadur Chhetri's famed Nepalese novel. Riper-than-ripe melodrama and overacting erase any emotional connection with the besieged clan. Nepal missed last year's deadline for Oscar submission, but made it this time. Palm Springs screenings will likely be two of the few for the pic outside the country.

    Hounded by debtors, farmer Dhane (Ranju Lamichhane) tries to keep his land tilled and his women in line. But pregnancy, jealousies and the entry of a stranger from the army combine to send his family's lives into a tailspin. Pic features few musical numbers but uses the Himalayan landscape in classic Bollywood postcard fashion. Acting is on par with extremely this low-level production.

    Camera (color), Raju Bikram Thapa; editor, Banish Shah; music, Shakti Ballav. Reviewed at Palm Springs Film Festival (Awards Buzz), Jan. 10, 2007. Original title: Basain. Nepali dialogue. Running time: 122 MIN
    ___________________________________
     
    Posted on 02-18-07 10:04 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हैजाले लानी गल्तिले मिस्टेक भएछ समिक्षकको थर- KOEHLERA.

    तै तै, यो फिलिमको पोस्टर पनि टास्दिम भनेर



    .

     
    Posted on 02-18-07 10:35 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ह्यया त थुप्रै कुरो पो भच । भउते गाजाको बखान देखी राहुल दाइको महादेब गित । भउतेले ३ माना चामलको भात सिद्दायो भन्ने सुनेको थिए, भने पछि कुफत त भउते लाइ नि परेच । हो त दादा, यसो अलिकती फुर्सद यता फालिदिए यि बाल्खिहरु अझ धेरै आयुस्मती हुन्थे के रे । त्यो पन्चासेको गित त मलाइ नि मन पर्यो । त्या हिउ पर्यो कि जाडो सुरु हुन्थ्यो कि घमाउथ्यो , हुन त पुस १५ लमाउनि माघ १५ घमाउनि भन्थे के रे । यो सानो कान्छो बेला बेला गित गाउछ अनि कता हराउछ, तेइ राम बहादुर बमजन (फु्च्चे बु्द्द) जस्तै । ए पुन्टे बुडा कराउंते, हसिया जे ले हुन्छ त्यो भीडियो काटेर झट्टै राखा त पाइप भीत्र । साच्चै ठुली शन्सरवार, आइत बार कता घास दाउरा गर्न जान्छे, सोमबार बिहानै हाजिर हुन्चे के रे । चित्ले ठ्याक्राक्कै आइपुच तेइबेलां । बिर्खे बुडाको भैसि यइ चिसा ब्याउन पर्नि, बुडा बरा बिहान बिहान कटेरो धुवाउदै थिए , यसपाला त नेपालां तराइ बाहेक सप्पै ठाममा हिम परेच । ल है बुडा पाडालाइ जुत्ता लाइदेउ नत्र हिमले त्यसको खुट्टा खाला । गालउको कथा त शब्द भन्दा पनि अणु परमाणुले भरिन्च के रे । काइदाको छ कथा । दाइने दमागले कथा पढे, देउरे दिमागले टेरी (- http://time.com/time/magazine/article/0,9171,1580394,00.html )को कथा सम्झे । हुन पनि यो ३ पाउन्डको दिमाग हिलो जस्तै गिलो भए नि अर्जुन भन्दा बलियो हुन्च के रे , त्यसले गर्न नसक्ने केइ छ ?
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration
    What are your first memories of when Nepal Television Began?
    निगुरो थाहा छ ??
    Basnet or Basnyat ??
    Sajha has turned into MAGATs nest
    NRN card pros and cons?
    Nas and The Bokas: Coming to a Night Club near you
    Will MAGA really start shooting people?
    Democrats are so sure Trump will win
    मन भित्र को पत्रै पत्र!
    Top 10 Anti-vaxxers Who Got Owned by COVID
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    TPS Work Permit/How long your took?
    Breathe in. Breathe out.
    3 most corrupt politicians in the world
    Dementia Joe has been selected to become the next President
    Trumpism project 2025 everyone should read https://www.project2025.org/
    आज बाट तिहारको सेल सकियो
    चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
    शीर्षक जे पनि हुन सक्छ।
    Nas and The Bokas: Coming to a Night Club near you
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters