[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 माया पाएकी केटी

[Please view other pages to see the rest of the postings. Total posts: 145]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 218456 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-29-14 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

शनीवारको दिन हुँदो हो शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई सोध्नुभयो

"के भयो छोरी?"

मैले विस्तारै जवाफ फर्काएँ "वत्ति गयो !!"

************* ************ ************ ****************** ************* ********

आज सुधा हराएको तिन दिन भयो, अफिसवाट केहि नभनी निस्किएकी।मैले दोश्रो दिन उ वस्ने कोठा खोज्दै जानुपर्यो भन्ने सोचेर पालेदाईलाई सोधी हेरेँ

"अहिले उसको ठेगाना कहाँ छ थाहा छ?"

"खोइ, कोठा फेरेको फेर्यै , हामीलाई के थाहा र सर , अन्तिम पटक ड्राइभरले अनामनगर छोडेको भन्थ्यो !" उसले नाक खुम्च्याउँदै जवाफ फर्कायो। उसलाई सुधा मन पर्दैन। उसलाई काम गर्ने केटी मान्छे नै मन पर्दैन। उसको नाक त्यसको प्रमाण हो।ठूलो नाक भएकोले हामी उसलाई हाम्रो अफिसको नाक उ नै हो भनेर जिस्क्याउँछौ। उसले नाक खुम्च्याउनु भनेको त अफिसले नै नाक खुम्च्याउनु हो।

सानै देखिको साथी भएर पनि उसले मलाई कहिल्यै आफ्नो कोठा देखाइन। सँगै काम गर्न थालेको पनि अव त तिन वर्ष भयो।कहिले जिस्किन्थी, कहिले मौन।सुधालाई मैले वुझ्न सकिन, यति लामो संगतमा पनि।

म हाकिमकै कोठामा छिरेँ। उ सँधै जस्तै टेवलमा राखेको पेपरवेट सँग खेल्दै केहि सोचिरहेको थियो। छेवैको वोर्डमा अर्गोनाइजेशन चार्टमा मेरो नाम सुधाको छेवैमा टाँस्सिएको थियो। क्यालेन्डर वाहिरको वतासले हल्लाउँदै थियो।

"ओहो, शुक्रवार पनि पुरै दिन अफिस वस्नुभयो? गुड फ्राइडे लागेन आज तँपाइलाई ?" म चाँडै निक्लिएँ भन्ने उसको ठम्याइ हुनुपर्छ।तर यो उसको प्रश्न थियो वा घोचाइ मैले वुझ्न सकिन। वुझ्न जरुरी पनि ठानिन।

"सर सुधाले लिभ एप्लाइ गरेको हो?"

उसले टाउको हल्लायो।

"म यो केटीलाई वुझ्दिन,वर्क स्पिड राम्रो छ मानेँ, तर यति धेरै एरोगेन्स !!!" हाकिमको अनुहारमा सुधा प्रति इर्ष्या देखियो। उसले यो हफ्ताको काम दुइ दिन अघि नै सिध्याएकी थिइ त्यो मलाई पनि थाहा छ।तिन दिन अघि हामीले खाजा सँगै खाएका थियौँ। उ केहि वोलिन। तर जव म उठ्न चाहेँ, उसले मेरो हात समातेर वसाली अनि भनी ।

"वस एक छिन, तिम्रो काम वरु म सघाउँला!"

म पनि वसिदिएँ।मलाई उसको साथ मन पर्छ।

"अफिस अलि सुधा प्रति रेस्पोन्सिवल हुनुपर्ने हैन र सर ? तिन दिन भयो एउटा इम्प्लोयी हराएको !"

"रिल्याक्स, धेरै चोटी यस्तो भइसक्यो , उ कहिल्यै छुट्टी भनेर लिन्न !"

"तर मोवायल पनि त स्विच अफ छ !"

मेरो मन मानेन।खोइ किन किन सुधालाई खोज्न निक्लिरहन्छ मोरो मन पनि।

उसले मेरो अनुहारमा पुलुक्क फेरि हेर्यो।

"हामी आइतवार यो कुरा गरौँला !"

उ वाहिर निस्कियो।कृष्ण दाइ आएर झ्याल वन्द गरे। क्यालेन्डर विस्तारै स्थिर भयो। मैले एक चोटी फेरि हामी दुइको नाम हेरेँ। सँगै,टाँस्सिएको..

****** **************** ***************** ************** ************* **********

आइतवार,

जाममा परेपछि मैले यसो टाउको वंग्याए।गाडीको समुन्द्र थियो अघि चिर्नुपर्ने। सुधालाई आज विहान पनि मैलै कल ट्राइ गरेको थिएँ, आज पनि स्विच अफ नै थियो।

अफिस पुग्ने वित्तिकै सुधाको क्याविनमा आँखा दौडाएँ।मात्र शुन्यता थियो।टेवलमा मिलाएर राखेका कागजको चांग, उ कहिल्यै अस्तव्यस्त थिइन। मात्र थोरै सनकी,कहिलेकाहिँ। के गर्छे,कसैलाई थाहा नहुने! कहिलेकाहिँ म सँग हफ्तौँ वोल्दिनथी। कहिले भने मेरो टेवल छेउको भित्तामा अडेस लागेरै घण्टौ कटाइदिन्थी। उसका कुराहरु पनि, कहिले उज्याला,पुतली जस्तै वुट्टेदार , कहिले दार्शनिक छेउ न टुप्पाका वुझ्दै नवुझिने।

हो, म उसको लागि साधारण केटा थिएँ।एउटा नियमित जिवन जिउने ,कुवाको भ्यागुतो, उ त समुन्द्र भित्रकी जलपरि, त्यसैले होला उसलाई हाम्रो कुवा मन परेन।छोडिदिई!

हाकिमको कोठामा छिर्न मन लागेन।फेरि मलाई हिजो जस्तै उपदेश दिन्छ।धेरै चिन्ता नलिनु भन्छ।अनि म निक्लिने वित्तिकै मैले चिन्ता लिएको अफिसभरी भन्छ। त्यसै त हाम्रो सम्वन्ध अफिसको नजरमा अपाच्य थियो। म विहे भएको लोग्नेमान्छे, उ ठेगान नभएकी स्वास्नीमान्छे! सँगै वसेको, हाँसेको विझ्छ।यो समाजमा आफ्नो चिन्ता कसैलाई हुन्न मात्र अरुको चासो हुन्छ।मैले पनि उ हराएको चिन्तालाई समाचार वनाउन चाहिन। थचक्क वसेँ, कम्प्युटर खोलेँ।फेसवुकमा म्यासेजमा रातो नोटिफिकेसन देखियो।मैले पनि तिन दिन भएछ फेसवुक नचलाएको। कहिलेकाहिँ मान्छे आफुले नियमित गर्नुपर्ने काम समेत विर्सिन्छ। फेसवुकमा सुधाको म्यासेज थियो।

"आफ्नो ड्रयर एक चोटी हेर है"

हत्तपत्त फेसवुक वन्द गरेँ। ड्रयर खोलेँ। रातो डायरि,अनि सुधाका अक्षरहरु.... 


 
Posted on 10-17-14 12:10 PM     [Snapshot: 9059]     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

धमिलो प्रकाशमा म चुस्कीका विचमा साकेतलाई खेलाएर वसेँ। फेरि सोचेँ मेरो आफ्नो मनमा किन उसको आधिपत्य स्विकार्दैछु। त्यो त मेरो कमजोरी हुनेछ, अनि मेरो हार पनि। दुई पेग लिइसकेकी थिएँ। यहाँको भिँडमा एउटा संगित छ। पदचापहरुमा धुन छ। रात झिलिमिली देखिन्छ।शहरको अलि महँगो ठाउँहरुमै पर्छ यो। तर पैसा के का लागि। मेरो एक्लो जीवनमा मेरै लागि। कुनै दिन, पाएँछु भने काम भने अलि क्रिएटिभ गर्नेछु। कितावहरु मिलाउने भन्दा !

नजिकैका टेवलहरुमा पनि मान्छेहरु आफ्नै धुनमा व्यस्त थीए। करिव दुई टेवल पर एउटा चिनेको अनुहार देखा परे जस्तो लाग्यो। धेरै वेर नियाँले, हो होइन खुट्याउन सकिन। समयले मान्छेको अनुहार परिवर्तन गर्छ । नियत पनि। नजिकै गएँ।

"एक्सक्युज मि !"

"यस !" उसले मलाई हेर्दै भन्यो। आँखा जुधेँ। धेरै वेर नियाल्यो। उसलाई पनि चिने चिने जस्तो लाग्यो शायद। किन नचिनोस्। एक चोटी उसले मेरै हातमा प्रेमपत्र थमाएर हिँडेको ठिटो। समयले मासु थपेछ उसको जीउमा। राम्रो त पहिले देखि नै थियो । कोट र टाईमा ह्यान्सम देखिएको थियो पहिलेको भन्दा।

"प्रतिक होइन ?" मैले कन्फर्म गर्न चाहेँ।

"ओ माइ गड, सुधा ! वाट ए प्लिजेन्ट सर्प्राइज !" उसको अंग्रेजी पहिले पनि राम्रो नै थियो। अहिले अझ निखारिएछ। उसको अनुहारमा मुस्कान छाएको छ, मलाई भेटेर हो त ? होला कहिलेकाहिँ सपनामा रोजेका वस्तु विपनामा भेट्टिँदा मान्छे अक्कमक्क पर्छ । शायद त्यसैको मुस्कान हो यो।

वारमा भेट्टिएकी सुधा- मेरो पाटो

गरिमा र मेरो तेश्रो भेट। पहिला दुई भेटमा नै उसले मेरो मन चोरिसकेकी थिई। उ विस्तारी वोल्थी। वोलीमा मह मिसिए जस्तो मिठो।आफु भने त्यहि मह वनाउने फूलहरु जस्ति थि। लजाउँदा भमरा वस्दा लर्किएको फूल देखिन्थी। धेरै वोल्दिनथी। दुई जनामा म ज्यादा वोल्थेँ भनौ न। घरवाट हाम्रो कुरा चलिसकेपछि मात्र हामीले भेट्ने निर्णय गरेका थियौँ। दुई भेटमा नै हामीले कुरा पनि पक्का नै गरिदियौँ। नजिकका दुई महिना विहेको लगन नहुने भएपछि विहे भनि आजको त्रिसठ्ठी दिन पछि हुने भयो। उसले मलाई टेक्स्ट गरेकी थीई।

"कस्तो रमाइलो मान्छेहरुलाई, दुई महिना गर्लफ्रेण्ड पनि भेट्टाए!" म मुसुमुसु हाँसिरहेँ उसको टेक्स्ट देखेर। अनि टाइप गरिदिएँ।

"तिमीलाई पनि वोइफ्रेण्ड भेट्टाएकोमा वधाइ छ।"

तेश्रो भेटको पनि प्लान हामीले वेकरी क्याफेमा नै गरेका थियौँ। तर म पुग्ने वेलामा पत्ता लाग्यो उसको सिफ्ट चेन्ज भएर वेलुकाको भएछ।

"सरी !"

उसले मलाई टेक्स्ट गरेकी थीई। निराश भएर वानेश्वरमा वाइक रोकेर मैले दुई चार जना साथीहरुलाई कल गरेँ। तर त्यो साँझ म सँग विताउने कोहि साथी भेट्टिएन। वाइकलाई अनामनगर तिर लगेर साथिको दोकानमा छोडिदिएँ। अनि ट्याक्सीमा ठमेल तिर हुइँक्याएँ। आज एक साँझ एक्लै पिएर हेर्नेछु कस्तो हुन्छ भनेर।

**************** **************** **************** **************** *************

म वसेको मात्रै थीएँ। परवाट कोहि मेरो नजिक आयो। चिने चिनेको अनुहार,हाँस्दै। म उसलाई चिन्छु। म यो केटीलाई प्रष्ट चिन्छु।

"प्रतिक हैन?" वोली  उत्तिनै नशालु जति नौ वर्ष अघि थियो। अनुहार उत्तिनै मादक जति नौ वर्ष अघि थियो। कपाल शायद अलि लामो पहिलेको भन्दा। ड्रेस , थोरै रफ पहिलेको भन्दा जिन्स अनि कन्भर्समा।

"ओ माइ गड, सुधा वाट ए प्लिजेन्ट सर्प्राइज !"

"कसैलाई पर्खिदैछौ ?"

मैले झट्ट गरिमालाई सम्झीएँ।

"हैन , एक्लै छु !" झ्यालवाट वाहिर हेर्दै जवाफ फर्काएँ। छेवैको घरको पर्दा हल्लिरहेको थियो। रातको सिरसिरे वतास सुस्त सुस्द हल्लाउँदै थियो त्यो पर्दालाई।

"कुनै दिन तिमी पनि वारमा भेट्टिएलाउ भन्ने मैले सोचेको थीइन !"

"मैले पनि ! " के उ एक्लै छे यहाँ? मैले घडी हेरेँ करिव आठ वजेको थियो।के गर्दै छे उ राती ठमेलमा ! उसलाई स्वतन्त्रता मन पर्छ। त्यहि स्वतन्त्रता मनाउन आएकी होला।

"तिमी एक्लै हो ?" मैले पनि उसैको प्रश्न दोहोर्याइदिएँ।

"हैन आउन एक्लै आएकी थीएँ अव एकजना पुरानो साथीसँग छु ।" उसले म तिर हेरेर हाँसी।

"अनि के छ खवर , कहाँ छौ आजकल ?"

"आकृति वुक पोइन्ट , काम गर्दै छु। "

"वाउ वि आर अल्मोस्ट इन सेम फिल्ड, मनोरमा प्रिन्ट्स, हामी किताव वनाउँछौ तिमीहरु वेच्छौ।तिम्रो किताव प्रतिको इन्ट्रेस्ट। मन पर्ने काम पाएकी रहेछौ।"

हाम्रो अफिस नाम चलेकै पव्लिकेसन हाउस हो। उसलाई थाहा हुनुपर्छ। किनकी उ पनि नाम चलेकै डिष्ट्रिव्युटरकोमा काम गर्दि रहिछे।

"केहि लिन्छौ ?" उसको रित्तो ग्लास देखेर मैले प्रश्न राखेँ।

"हैन पुग्यो !"

"कम अन यत्ति पछि भेट्टिएको साथी ,एक पेग त सँगै लिनै पर्छ।"

"सुलिभान्स ! मैले अहिले भख्खरै लिएको। मिक्स नगरौँ! त्यहि मगाउँछौ भने साथ दिन्छु तिमीलाई " उसले मलाई कहिल्यै साथ दिएकी थिईन। साथी भएको समयमा पनि । मैले उसवाट माया खोजेँ उसले साथ दिन चाही। उसको साथ मलाई प्यारो लागेन। हामी त्यत्तिकै टाढा भएका थियौँ। उसलाई त्यसपछि किताव मोह पलायो। मलाई किन किन कितावहरु सौता जस्तो लाग्थे त्यतिखेर।

"ओके यु ड्रिंक योर्स , आइ विल ड्रिंक माइन !"

मैले उसलाई स्वतन्त्र छोडिदेँ। मलाई थाहा छ , उ स्वतन्त्रता मन पराउँछे।

"चिकन सलाद ?"

"स्युर !" यसमा भने उसले आफ्नो स्विकृती जनाई।

"अनि कत्तिको किताव पढ्दै छौ त ?" मैले प्रश्न राखेँ।

"म समुन्द्रमा छु। वाल्टिवाट उठाउँछू, दिन दिनै नुहाउँछु !" उ जोडले हाँसी। उसको वोली पनि खासै वदलिएको छैन।कहिलेकाहिँ के वोल्छे , म वुझ्दिन। वोले भन्दा वढी लुकाउँछे।

"काम रमाइलो छ भनेपछि !"

"खासै छैन, चेन्ज गरुँ भन्ने सोच्दै छू। समथिंग क्रिएटिभ !"

"आइ क्यान टक विथ माइ म्यानेजमेन्ट , इफ यु वान्ट! अहिले नै त खाली छैन तर हुन सक्छ !"

मलाई थाहा छैन मैले किन यसो भनेँ। मलाई उसको नजिकै वस्न मन छैन। फेरि , घाउ कोट्याउन मन छैन। गरिमालाई सम्झेँ, म गरिमा सँगै ठीक छु।किन दाँज्दै छु सुधालाई गरिमासँग। मैले दाँज्न मिल्दैन। सुधा त मेरो सिद्दिएको अध्याय हो। नलेखिएको कथा हो। गरिमा त वर्तमान हो। जसलाई मैले पाएको छु। अनि हामी सँगसँगै रमाएका पनि त छौँ।

"तिमीले पनि किताव पढ्नुपर्छ त्यहाँ पनि ?"

"म एकाउन्टमा हो। आइ हेट रिडिंग वुक्स! तिमीलाई थाहा छ।"

म उसलाई नियाल्दा समेत लाइव्रेरीमा नछिरेको मान्छे।

"ओके लेट्स मिट सम अदर टाइम, गट टु गो !" एक सासमा पेगमा रहेको वाँकी मादकता रित्याई। लरवराउँदै उभिन खोजी। सकिन। उसले न्यापकिनमा केहि कोरी अनि फेरि उठी।

"नडराउ म पुग्छु कोठा , मेरो वाटो मलाई थाहा छ। " मलाई हेरेर फेरि मुसुक्क हाँसी।

उ गएपछि मैले त्यो न्यापकिन हेरेँ। एउटा स्त्री आकृतिको स्केच। लामो कपाल भएकी उ जस्तै । अनि तल "९८४१............"। उसको मोवायल नम्वर हुनुपर्छ। मैले मोवायल खोलेर सेभ गरेँ " सुधा !" । "पागल केटी !" भनेर म सेभ गर्न पनि त सक्दिन।


 
Posted on 10-22-14 9:50 AM     [Snapshot: 9736]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथामा फेरी पनि twist आउछ जस्तो छ है. म पनि पढी रहेको छु. प्रतीकले बाटो नबिराउल हो! नत्र फेरी गरिमा......................................बिचरी.......................
 
Posted on 10-24-14 10:03 AM     [Snapshot: 10005]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै राम्रो लेखी..एकै चोटीमा पढेर सके...अब अर्को भागको पर्खाईमा छु..छिट्टै पस्क है...
 
Posted on 11-05-14 7:28 AM     [Snapshot: 11007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuche jee, Kata haraunu bhayo??
 
Posted on 11-05-14 8:37 AM     [Snapshot: 11018]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रेक नलगाउन प्रभो
 
Posted on 11-09-14 8:36 AM     [Snapshot: 11387]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे गायब .... प्रभो धेरै कुर्नु नपरोस न ...

 
Posted on 11-09-14 10:48 AM     [Snapshot: 11411]     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

Sorry to all the friends for this delay, and thanks to all who read,commented and liked this story so far.

सुधाको डायरी –पेज ८७

साकेत फेरि भेट्टियो। भेट्टियो के भनौँ र खोई, धुईँपताल लगाएर खोजे पछि जे पनि पाइन्छ। पाउलो अल्केमिष्टमा भन्छन् "वेन यु वान्ट समथिंग अल द युनिभर्स कन्सपाइर्स इन हेल्पिंग यु अचिभ इट!"  शायद मेरो लागि व्रम्हाण्ड लागेको थियो साकेतको खोजीमा। रेकमा किताव मिलाउँदै गर्दा दाइले आँखा झिम्क्याउँदै भनेका थिए।

"साकेतलाई मर्निंग वक मन पर्छ !"

मैले पुलुक्क उनलाई हेरेँ। उत्तर दिन जरुरी ठानिन।

"उ ठमेल आइपुगेर निक क्याफेमा हट लेमन खान्छ एक कप अनि करिव एक घण्टा वस्छ त्यहाँ पत्रिका पढ्दै !"

म किताव मिलाइरहेँ।कति गाह्रो छ मिलाउनलाई । एउटा आउँछ,एउटा किताव झिक्छ। तिनवटा किताव पछारिन्छन् असरल्ल। विच्चमा थोते दाँत जस्तो खाली ठाउँ वस्छ। अर्को आउँछ,एउटा रो को किताव अर्कोमा मिसाइदिन्छ।तोरिवारीमा लिचिको रुख उभ्याइदिएजस्तो देखिन्छ। जीवन पनि त्यस्तै नै त हो, असरल्ल मिलाउनै गाह्रो।मिलाउँदा मिलाउँदै समय सकिएको पत्तै नहुने।

********* ************ ************* *************** ************* ************

उसको र मेरो मेल आदानप्रदान भएको करिव दश दिन भएको थियो। उ भनेजस्तै असिनपसिन भएर आइपुग्यो क्याफेमा अनि हट लेमन मगायो। ल्याउनेले थोरै मह पनि मिसाएर ल्यायो। ल्याउने मान्छेले उसको चोइस वुझेको छ। छेवैको पत्रिका पल्टायो। म उसलाई हेरीरहेँ। उसको छेवैको कुर्सी खाली नै थियो। छेवैको एक्वारियममा माछा यतावाट उता उता वाट यता दौडिइरह्यो। कति सानो परिधि उसको छिनमै फन्को मारिदिन सक्छ।

म छेवैको कुर्सीमा गएर वसेँ। उसले पत्रिका छोडेर एक झल्को मलाई हेर्यो। फेरि पत्रिकामै फर्कियो।त्यो मृत पत्रिकामा मभन्दा वढी आकर्षण छ।

"साकेत जी !"

उसले फेरि टाउको पत्रिका छोडेर म तिर वटार्यो। उ मौन नै थियो। तर उसका आँखाले मलाई सोधे झैँ लाग्यो।" भन, तिमी के चाहन्छौ !"

"मैले तँपाइको सवै किताव पढेकी छु ।"

उसले यसपाली पत्रिका पट्याएर राख्यो। अनि मौन नै मलाई नियाली राख्यो।

"किन किन सवै कितावमा आफुलाई भेट्टाउँछु। तँपाइले मेरो आत्मा छुनु भएको छ जस्तो लाग्छ।"

यसपालि उ मुसुक्क हाँस्यो। आफ्नो सफलताको विजयोत्सव! म वोलि नै रहेँ

"मैले तँपाइलाई भेट्ने रहर गरेकी थिएँ। मेल पनि लेखेकी थिएँ। विजी छु भनेर रिप्लाइ गर्नु भयो। आज यहाँ भेट्टाएँ।खुशी लागेको छ।"

"नाम के रे तँपाइको ?" पहिलो चोटी उसले वोल्यो। उसले मलाई विर्सिसकेको छ। नाम याद छैन। शायद मैले धेरै वल लगाएर लेखेको मेल पनि याद छैन।

"सुधा !" मैले विस्तारै जवाफ फर्काए

"सरी सुधाजी मलाई नाम याद रहन्नन् !" शायद उसले मेरो अनुहारको भाव वुझ्यो।

"इट्स ओके !" मेरो मन भन्दै थियो यो कदापी ओके होइन।तर जिव्रोले इट्स ओके नै भन्यो।

"अनि के मन पर्यो त तँपाइलाई मेरो कितावमा?"

"मैले भनीसके नि ,तँपाइका कितावमा म आफैलाई भेट्टाउँछु !"

"शायद म तँपाइलाई नै सोचेर लेख्छु कि ?" उसले म तिर हेर्दै आफ्नो हट लेमन सुरुप्प पार्यो।

"तँपाइलाई त मेरो नाम समेत याद छैन ! कसरी मलाई सोच्नु भयो भनेर मानौँ ?"

"कहिलेकाहिँ धमिला आकृतीहरु भेट्टिन्छन् वाटोमा,मोडमा,चौतारोमा शायद तँपाइलाई मैले कुनै वाटोमा मोडमा चौतारोमा भेट्टाए कि ?"

"तँपाइ धेरैजनालाई भेट्नु हुन्छ, शायद धेरैको कथा मेरै जस्तो छ कि ?"

"त्यो पनि हुन सक्छ। तँपाइलाई भेटेर रमाइलो लाग्यो! मेरो अलि हतार छ, म निस्किन्छु अहिले ! फेरि भेटौँला कुनै वाटोमा मोडमा चौतारोमा " उ जुरुक्क उठ्यो, आफ्नो कोट थोरै मिलायो। मलाई हेरेर मुसुक्क हाँस्यो अनि वाहिर निस्कियो।मैले उसले रित्याएको गिलासलाई हेरेँ। अव यो क्याफेमा मैले अर्डर गर्नु पर्ने केहि थिएन। वाहिर निस्किने ढोका हेरेँ। उज्यालो घामको प्रकाश भख्खर भित्र छिर्दै थियो। प्रिय प्रकाश मैले तिमी सँग विदा माग्नु पर्ने छ। साकेत यहाँवाट निस्कीसक्यो।

************** ************* **************** ************** ******************

गरिमाले कोल्ट फेरी। उसको अनुहार टेवल लेम्पको प्रकाशमा चहकिलो देखियो। थोरै उसको वाक्लो कपालले छोपेको। संसारमा ढाकिएका वस्तुहरु नै मनमोहक देखिन्छन्। मैले तिनै कपाललाई थोरै हटाएर उसको निधार,गाला अनि उसका ओठहरु हजारौँ पटक चुमेको छु। तर म कहिल्यै अघाउँदिन। जहिले जहिले म उसलाई देख्छु ममा अनौठो रुपमा उसको मायाको भोक जाग्छ। उसमा मेरो कल्पनाले नभ्याउने गरिको धैर्यता छ। एउटा समुन्द्र जस्तो। कहिलेकाहिँ म आफुलाई तुच्छ ठान्छु। उ छेउमा हुँदा हुँदै म अहिले सुधाका डायरीका पानामा आफूलाई भेट्टाउँदा खुशी भएको छू। अनि कुनै हरफहरुमा अरु पुरुषको उपस्थितिले मलाई गलाएको छ। हो पुरुष इर्ष्यालु हुन्छ । म गरिमा जस्तो सागर वन्न सक्दिन। तर म गरिमा बाट अघाउँदिन , उ सँधै मायाको भोक जगाउँछे।

*********** ************ ***************** ************** ******************

सुधाको डायरी-पेज ९०

मेल आएको थियो। साकेतको होइन, उसको मेल त समुन्द्रमा मोति खोजे जस्तो। प्रतिकको आएको थियो। मलाई मेरो सिभी पठाउन भनेको थियो। दुइ दिन अघिको साकेतको भेटले मलाई किन किन गलाएको थियो। हो लेखकहरु सन्काहा हुन्छन्। उनीहरु यसमानेमा पनि सन्काहा हुन्छन् कि उनीहरुलाई जीवनको सत्यवोध आफुलाई मात्र भए जस्तो लाग्छ। जसले गर्दा उनीहरु अरुलाई मुर्ख देख्छन्। उसले मलाई पनि त्यहि मुर्खको भिँडमा राख्यो। अव म साँचिकै मुर्ख थिएँ थिइन त्यो अर्को पाटो।

मैले पुरानो वनाइसकेको सिभी हेर्दा पनि नहेरी फर्वार्ड गरिदिएँ । मलाई काममा जाँगर छैन।

************* ************* ******************* *************** *************

मैले सुधालाई लेखेको मेल

कभर पेज रिभिउ कमिटिले एक जना मान्छे खोज्नै पर्ने कुरा राख्यो। हुन त म मात्र एकाउन्ट्स हेर्थेँ तर मैले अनायसै भनिदिएँ

"मैले चिनेको एउटा क्यान्डिडेट छ।"

सवैले मलाई पुलुक्क हेरे। तिनजना सर्ट लिष्ट भएका मध्ये वाटै राख्ने कुरा चल्दै थियो। तर मेरो वोलि काट्न गाह्रो भयो। अन्त्यमा कुरा राखियो।

"भोली सम्म सिभी पठाउन भन्नु न त !"

मैले मेलमा स्पष्ट लेखेको थीएँ

"गाह्रो छ, तर म सकेसम्म सहयोग गर्छु ।"

म उसँग नजिकिन चाहन्न तर पनि किन म उसलाई सहयोग गर्दैछु ? यो त्यहि केटी हो जसले मलाई साधारण भनेर छोडेकी थिई।मेल लेखिरहँदा पनि मलाई गरिमा याद आइरही।

"हामी केवल साथी हौँ, मन मिल्ने साथी। मेरो जीवनसँगिनी गरिमा नै हो ! गरिमा पनि म जस्तै साधारण छे, हामी दुवैको जोडी मिल्छ। "

मैले धेरै चोटी मनमा दोहोर्याएँ। मन न हो त्यति चाँडै मान्दैन। वुझाउनुपर्छ,सम्झाउनुपर्छ।


 
Posted on 11-10-14 10:07 AM     [Snapshot: 11595]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< जीवन पनि त्यस्तै नै त हो, असरल्ल मिलाउनै गाह्रो।मिलाउँदा मिलाउँदै समय सकिएको पत्तै नहुने >>>
खै प्रभो आफ्नो त जति मिलायो झन उति असरल्ल बनेको छ ...

<<< संसारमा ढाकिएका वस्तुहरु नै मनमोहक देखिन्छन् >>>


<<< मैले धेरै चोटी मनमा दोहोर्याएँ। मन न हो त्यति चाँडै मान्दैन। वुझाउनुपर्छ,सम्झाउनुपर्छ।>>>
अनि धेरै चोटी बुझाउदा, सम्झाउदा पनि मान्दैन र पो गाह्रो भयो त जिन्दगी ....

बग्दै जावस है प्रभो... नरोकौ है धेरै बेर...

 
Posted on 11-29-14 2:40 PM     [Snapshot: 13048]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai ber rokera yo katha aba haraula jasto cha
 
Posted on 12-06-14 1:51 AM     [Snapshot: 13551]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

अकिन्चन- धेरै धेरै धन्यवाद
साइव्रो- सकेसम्म नरोकौँ भनेको... :)
अन्य पढीदिनुहुने,like गरिदिनुहुने सवैलाई धन्यवाद...

सुधाको डायरी-पेज ९४

प्रकाश सँग आज पनि झगडा पर्यो। प्रकाश ,मेरो हाकिम। सवै हाकिम साप भन्छन्। मलाई हाकिम साप भन्न मन लाग्दैन। म प्रकाश सर भन्छु। मैले फाइनल भएको कभर अलि डार्क छ भनेको थिएँ। उसलाई चित्त वुझेन। मैले कथा पढेको थिएँ। कथामा हजारौँ हलुका पलहरु थिए, जसले मेरो अनुहारमा मुस्कान छरेको थियो। कभरमा उज्यालो रंग प्रयोग गरिनुपर्छ भन्ने मेरो अडान थियो। अन्तिम डिसिजन प्रकाशकै थियो उसले मेरो सुझाव मानेन। म एघार वजे नै अफिसवाट निस्किएँ।प्रतिकलाई चिया खान जौँ भनेको मानेन।हिँड्नु अघि प्रकाशलाई म्यासेज छोडेँ " ह्याभ ए हेडेक, म निस्केँ अफिसवाट!"

कहिलेकाहिँ प्रतिक देखेर अचम्म लाग्छ। किन दव्न रुचाउँछ। उ मात्र काम गरिरहन्छ सँधै।कहिल्यै गुनासो छैन कसैसँग। कसैसँग केहि आश नराखे मात्र न हो गुनासो हराउने, त्यो अर्थले त उसको जीवन निराश छ,निरस छ।

साकेतलाई फेरि त्यो कफि सपमा भेट्टाइन मैले । दुइ दिन लगातार गएपछि पत्ता लगाएँ, उ नेपालमा छैन फेरी पनि। मैले उसको फेसवुक,ट्विटर सवै हेरेर भ्याएकी थिएँ ।केहि खासै पत्ता लाउन सकिन उसको व्यक्तिगत जीवनको वारेमा तर विगत केहि दिनमा मैले पत्ता लगाएको एउटै कुरा थियो। उ विदेश दुइ चोटी गइसकेको थियो। उसको घर पत्ता लगाएर त्यहिँ कुरेर वस्ने पनि सनक नचढेको हैन ।मैले सोधे पनि त्यहि कफि सपमा। पत्ता लाग्यो, उसको घर वालुवाटार वाट महाराजगन्ज जाने वाटोमा कतै छ। पहेँलो रंगको दुइ तल्ले । ठूलो कम्पाउण्ड भएको।त्यसको छेउमा पुगेपछि सम्झना आयो,  उ त विदेश गएको थियो घर अगाडी वसेर के गर्नु। फेरि उसको घरमा उसको परिवारको अघि उसको कथाले डोर्याएर आएकी भनेर भनेँ भने के सोच्लान। म जस्ता,जस्ती त त्यहाँ धेरै आउलान नि।

के सोच्छन होला र ? यस्तै यस्तै कुराहरु मैले कफिसपमा सोचेर विताएकी थिएँ साकेत नभएका दुइ दिनमा। अचानक आज खाली भएपछि उसको घर चियाउने फेरि रहर जागेर आयो।पाइला खुट्टाले हैन मनले चलाउने रहेछ। खुट्टाले त डोरिइनु पर्ने रहेछ, मनको आग्रहमा । करिव तिन घण्टा जति उसको घरको छेवैमा वसेँ । सिरसिरे वतासले मेरो स्वेटर छेड्न थालेपछि भने मेरो सनकमा विराम लाग्यो। घर फर्किएँ।

त्यहाँ मेरो खाट छ। खाट छेउमा कितावको रेक छ। रेकमा एउटा रो भरी साकेतका कितावहरु छन्। हो उ मेरो नशा हो। म उसँग चाहेर पनि रिसाउन सक्दिन। उ सँग रिसाउने मलाई अधीकार छैन।

************* ************** ************* **************** ************* *****

प्रकाशसँग सुधाका कुरा

जहाँ सम्म मलाई लाग्छ त्यो त्यहि दिन हुनुपर्छ। जस्को कुरा सुधाले अहिले गर्दैछे। उ सन्केर वाहिर निक्लेकी थिइ। तिन दिन अगाडी काटेको उसको थाइकट कपाल हिँड्दा उसको रिस जस्तै उसको अनुहारमा ठोक्किइरहेको थियो।

"कफि खान जाने हो? आज मलाई काम गर्न मन छैन!" वा यस्तै केहि भनी सुधाले मेरो टेवल नजिकै आएर। मैले घडी हेरेँ। एघार वजेको थियो। मेरोमा कामका थाकहरु थिए।

"तिमी जाउ न ल , म भ्याउन्न होला !" मैले जवाफ फर्काएँ।

उसले मलाई दोश्रो प्रश्न गरिन। उ वाहिर निस्की। उसको हिँड्ने गतिमा कुनै परिवर्तन थीएन।

********** *************** *************** ************* ************ ***********

"तिमीले कस्ती केटीलाई रिकमेन्ड गर्यौ यार?" प्रकाश टाउको कन्याउँदै थियो। म उसले वोलाएपछि उसको कोठा छिरेको थीएँ।

"किन र सर?" मैले सुस्तरी जवाफ फर्काएँ।

"कस्तो सनकी हो?"

हो उ सनकी छे। तर त्यो सनक उसको काममा पनि त देखिन्छ। खुशी भएको दिन त उ दिन रात केहि भन्दिन। राती अवेर नै वसेर पनि काम टुंग्याउँछे।

"उसले भनेको ठीक त ठिक नै हो! तर राइटरले मानेन ,के गर्ने ! फेरि त्यस्तो रिनाउन्ड राइटर उसका पनि त केहि कुरा राखिदिनुपर्यो। मैले मात्र त्यति वुझाउन खोजेको ! ल हेर यो टेक्स्ट " ह्याभ ए हेडेक, म निस्केँ अफिसवाट!" हैन उ वोस कि म वोस?"

म चुप नै रहेँ। मलाई थाहा छ उ सनकी छे। म धेरै पहिले देखि उसको सनक चिन्छु। हुन त उ भित्र का भिन्न आयामहरुमध्ये म मात्र उसको सनक चिन्छु।

********************* ********************* ******************* *****************

सुधाको डायरी- पेज ९८

आज विहान पनि निक क्याफे पुगेर टोलाएर वसेकी थिएँ। पर वाट मेरो मरुभुमीको मिराज देखा पर्यो। साकेत पत्रिका लिएर क्याफेमा छिर्दै गरेको देखेँ।छेवैमा गएँ निर्लज्ज भएर। चुपचाप उसलाई हेरीरहेँ। साकेतले पुलुक्क हेर्यो "के म तँपाइलाई चिन्छु भावमा ?"

फेरि पनि उसले मलाई चिनेन।मन भरी अचानक रिस भरिएर आएको थियो। तर कसो कसो आफुलाई सम्हाले।

"साकेत सर,वस्न सक्छु?" छेवैको कुर्सी खाली थियो।

"वस्नुस् न..........."

"सुधा, मलाई थाहा छ तँपाइलाई नाम याद हुन्न !"

उसले मलाई फेरि पुलुक्क हेर्यो।

"सरी सुधाजी... हामी यहिँ भेटेका थियौँ है?" उसले यसपाली मलाई चिन्यो।

"करिव सात दिन अघि !"

"म विचमा थिइन !"

"वाहिर जानु भएको थियो, मलाई थाहा छ। म विचमा पनि आएको थिएँ यहाँ तँपाइलाई भेट्न !"

"मलाई वाहिर गइरहनुपर्छ !" उसले चिया सुरुप्प पार्यो "चिया खानुहुन्छ?"

"स्युर !"

"तँपाइले त्यतिखेर मेरा सवै कथा पढेको छु भन्नु भएको थियो क्यारे? के मन पर्यो त तँपाइलाई ?"

"एउटा नशा छ तँपाइका कथाहरुमा , म डुव्छु तँपाइको संसारमा !"

"लेखक पात्रहरु वनाउँछ। लेखकलाई कथामा भेटिन्न !"

"तँपाइका टुक्राहरु त होलान् नि तँपाइका कथामा ! तँपाइका भोगाइका अवशेषहरु शायद !"

"तँपाइलाई त्यस्तो लाग्यो ?"

"धेरैजसो त म आफुलाई पनि भेट्टाउँछु !"

"भनेपछि त एउटै कथामा तँपाइ अनि म , हामी एक अर्कासँग परिचित छौँ ! हैन त?"

"कम्तिमा मलाई भने त्यस्तो लाग्छ !"

चिया आयो। मैले चिया समाते। मेरो चिसो हात चियाको कपले तातो वनायो।

"अनि के गर्नुहुन्छ त तँपाई?"

"मनोरमा प्रिन्ट्स, कभर डिजाइन गर्छु !"

"त्यहि भएर तँपाइलाई कितावमा इन्ट्रेस्ट छ !"

"हैन कितावमा इन्ट्रेस्ट भएर चाहिँ म मनोरमा प्रिन्ट्समा छु !" म हाँसे। साकेतले पनि यसपाली मलाई साथ दियो।

"पव्लिकेसन हाउस सँग वसेर चिया खानु हामी राइटरको लागि पनि रमाइलै हो !" उसले यसपाली कटाक्ष गर्यो।

"तँपाइलाई एउटा कुरा नढाँटी भन्छु ,रिसाउनुहुन्न भने!" मैले उसको आँखामा आँखा जुधाएँ।

"भन्नुस् न ?"

"तँपाइ नभएको समयमा म तँपाइको घरसम्म पुगेँ। दुइ चोटी। करिव दुइ तिन घण्टा वाहिर वसेँ।टोलाएँ अनि फर्केर आएँ।"

उ टक्क अडियो। आफ्नो कपवाट चियाको अन्तिम सुरुप्प तानिसके जस्तो।अनि वोल्यो

"कथा कथा हो, जीवन होइन सत्यता होइन !"

"म मान्दिन, कथा जीवन वाट भाग्न सक्दैन,सत्यताको परिधी तोड्न सक्दैन!"

"के पायौ त मेरो घरमा ?"

"भित्र छिरिन,वाहिरवाटै हेरेँ ,एक्लै !"

"मेरो घर भित्र पनि केहि छैन, तिमी जस्तै छ त्यो घर पनि एक्लै ! मेरो जाने वेला भयो , अरु कुनै दिन भेटुम्ला!"

"भोलि पर्खिउँ कि नपर्खिउँ , त्यति सोध्न मिल्छ ?"

"आइतवार !" उ थोरै हाँस्यो। मेरो ढुकढुकी वढ्यो। कुनै ढोका खुलेर मेरो मनमा प्रकाश छिर्दैछ। म त्यहि प्रकाशमा नुहाउन चाहन्छु आफ्नो अँध्यारो धुनेगरी!


 
Posted on 12-06-14 11:15 AM     [Snapshot: 13669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे साथि ,

सप्पै पढी भ्याएँ finally , मेरो शनिवारको साथि बन्यो . कथा भन्दा पनि यो त उपन्यास नै बन्नला जस्तो छ यार. लेखाइ कहिँ कस्तो गहिरो छ तिम्रो ट्रेडमार्क लेखाई जस्तो कहिँ कस्तो अर्कै नयाँ प्रयोग गरे जस्तो छ . मनोबिश्लेशानात्मक लेखाई तिम्रो खुबी हो साथि .

के भनुम बस् प्रतिक्ष्यारत छु अर्को भागको .

- थाने
 
Posted on 12-19-14 10:25 AM     [Snapshot: 14859]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१३औ दिन को पुण्य तिथि..
 
Posted on 12-19-14 2:42 PM     [Snapshot: 14915]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba ta yo katha ko bare birsina thaali sakiyo...dherai wait gareaye pachi yastai hundo raicha
 
Posted on 01-13-15 5:38 AM     [Snapshot: 16708]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kada Gaayo dai yo episode, chiya khana napaako dherai bho sangai basera...aauta Darho nataak lekhnu paryo ke dai, Anamnagar ko mandala ma hami ni manchan garnu jasto lagyo malai aasti ko "kohi kina barbaad hos" herera
 
Posted on 02-03-15 11:23 AM     [Snapshot: 18203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन अलपत्र छोडेको ये फुच्चे बन्धु कथालाइ..... फेरी पुरानै बानि लागेको हो त
 
Posted on 02-03-15 11:47 AM     [Snapshot: 18229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchhe dai le bihe garna lagya cha re bhanni apusta samachar sunna ma ayo :D
 
Posted on 02-12-15 10:43 AM     [Snapshot: 19121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपुस्ट समाचार को खण्डन पनि छैन भनेसी हाम्रो फुच्चेको चाडै तनापिल्टिंग-नापुल्टिंग झ्याइ हुन् ला पक्कै हो जस्तो छ है हेहेहेहे .....

फुच्चे लौन कता हराको ...
 
Posted on 03-10-15 5:37 PM     [Snapshot: 21011]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where has my favorite writer gone off to... please write more stories,
btw happy b'day Fuche, wish you have a blast of birthday
 
Posted on 03-14-15 10:29 AM     [Snapshot: 21275]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

kalikopoi,thaney- sorry for long delay...
kaliya,thaney-I ll invite you if it happens dont worry...and dont make guesses ;)
cantik- thanks for the birthday wish..
Thanks to all the readers who read and liked this story..
trying to give this story a flow, however it took lot of time...I hope the readers havent forgot this story till now...

वाहिर पहेँलो घाम लागेको थियो उठ्दा।पर्दा खुल्लै रहेछ,उठ्ने वित्तिकै आँखामा पर्यो। विहानको घामले पोल्दैन।मात्र प्रकाश छर्छ।मलाइ किन किन विहानको घाम र खुशी हुँदाकी गरिमा उस्तै उस्तै लाग्छ। उसले मलाई हल्का छोएर उठाएकी थिई।म कुर्सीमै निदाएको थिएँ।डायरी छेउमा थीएन।

मैले गरिमालाई हेरेँ।

"आज अफिस जाने हैन?" उसले मलाई छेवैमा चिया राख्दै सोधी।

"आज जान्न होला !"

"किन ?"

"टाउको दुखे जस्तो भको छ!"

"राती त्यहिँ सुतेर होला, झ्याल खुल्लै थियो, कस्तो वेपर्वाह मान्छे !" उ रिसाएजस्तो गरी। मलाई थाहा छ उ रिसाएकी छैन।

"हैन त्यस्तो साह्रो पनि दुखेको छैन!"

"धेरै दुखे ड्रयरमा डिस्प्रिन छ । म निस्के !" उ आफ्नो अफिसको लागि निक्ली।

एकैछिन पछि उ फेरि फर्केर आई अनि भनी,

"डायरी सिरानी मुनि छ, मलाई लाग्छ तिमी फेरि पढ्छौ होला !"

*********** ************** *************** ************* ************* **********

सुधाको डायरी पेज नं १०३

आखिर आइतवार आयो। धेरै ढिलो आए जस्तो लाग्यो,तर आयो। प्रतिक्षा लामो हुन्छ, कति? पर्खिनेलाई सोध्नुपर्छ उसको व्यग्रताले वताउँछ।प्रतिक्षाले आकर्षण वढाउँछ।मेरो साकेत प्रतिको आकर्षण त घट्ने कुनै लक्षण नै थिएन। म चाहेपनि नचाहे पनि डोरिइन्थे,सोच्थेँ। आफ्नो मन आफ्नो वशमा नहुँदाको रमाइलो नै अलग्गै । आफ्नै मनले आफुलाई गिज्याउँछ,सम्झनाहरु काउँकुती लाउँछन्। सोचेको पनि कसले सोचेको कस्ले सोचेको जस्तो।साकेत मेरो मनलाई आफ्नो रहरले चलाउँदै थियो।आफ्नो कलमले पात्रहरु रचे जस्तो।मलाई पनि त लेखिन मन छ।

"वाउ, अलरेडी हियर !"

साकेतले मलाई देख्ने वित्तिकै भन्यो।उसले मलाई चिन्यो, उसलाई म अझै याद छ।मेरो सफलता !!

"यो आइतवार त म अघिल्लो भेटदेखी पर्खेर वसेको छु।"

फुलेका दाह्री भित्र उसको अनुहारको ओजले मलाई गलाउँछ। म भन्दा धेरै वुढो छ,धेरै परिपक्व छ।

"सरी मलाई सोसियलाइज हुन आउँदैन,त्यति गफ गर्न जान्दिन म !" उसले वस्दै गर्दा भन्यो।

"मलाई पनि ! हामी मौनता नै साटौँला,केहि फरक पर्दैन !" उसले पुलुक्क मलाई हेर्यो।

उसको हट लेमन आइपुग्यो। अव करिव पन्ध्र मिनट जतिमा उ हिँड्छ। मलाई  हतार छ,भन्ने छ। उसका वहानाहरुलाई म चिन्न थालेकी छु। उ चाहन्छ उसको जीवनमा म प्रवेश नगरौँ। तर म पनि त ढिट छु।

होला, उसको जीवनमा पनि मेरा जस्तै अँध्यारा कुनाहरु होलान्। ओसिएका सम्वन्धहरु होलान्। घाम नलागेर अमिलिएका यादहरु होलान्। अनि तिनै कुना भित्र थुनिएर उ वाहिरको जीवनको उज्यालो हेर्दो होला।नियालेर लेख्दो होला। जो मान्छे एक्लै हुन्छ, उसले अरुलाई नियाल्ने समय वढी पाउँछ। उ सँग समयको खाचो छैन। मात्र मलाई उ हतार छ भन्छ। उ आफ्नो अँध्यारो कोठामा फर्किन चाहन्छ।

"कति भयो तिमी यो पव्लिकेसनमा लागेको अरे साँच्ची ?"

"समयमा किन दाँज्नुहुन्छ मलाई, मेरो लगन हेर्नुहोस्, तँपाइका कितावका शव्द शव्द चिनिनछु भने कुनै सुधालाई भेटेको थिएँ भनेर विर्सिदिनु भए हुन्छ!"

"तिमी लेखक भए नै जाति हुन्थ्यो!"

"चुम्वकले फलामलाई तान्छ पनि अनि गुण पनि त सार्छ!"

उ हाँस्यो।

"मलाई कहिलेकाहिँ जीवन खल्लो लाग्छ, अनि कहिलेकाहिँ तिमी जस्तै मान्छे भेट्छु मेरो भ्रम तोड्न !"

उसले अन्तिम घुट्को सुरुप्प पार्यो।

"तँपाइको पहिलो किताव मैले लाइव्रेरीमा पढ्दा,लाइव्रेरियन भन्थ्यो तँपाइ विपीको उग्रवाद हो !"

"अनि तिमीलाई के लाग्थ्यो ?"

"सवै किताव पढेर भ्याएकी छु,तँपाइलाई के लाग्छ ?"

"म लेख्ने वेलामा सोच्दिन सुधा !"

उ उठ्न आँट्यो। मेरो मनमा व्यग्रता वढ्यो।

"तँपाइ किन किन मलाई जीवन देखी भागे जस्तो लाग्छ।"

"जीवनका कोणहरु हुन्छन्। कसैकसैलाई धैर्यताले जीवन वने जस्तो लाग्छ ,कसैले हतारका क्षणहरुमा जीवन भेट्टाउँछ!"

"फेरि भेट्न सकिन्छ?"

"घर देखेकै छौ, भोली म दिन भरी घरमैँ हुन्छु !"

मेरो मन वुरुक्क उफ्रियो।साकेतले मलाई घरमै वोलाएको थियो। मैले हतार गरिन,मेरो धैर्यताले नै मेरो जीवन वनाएजस्तो भयो।

"साँझमा आउन मिल्छ?अफिस पछि?" मैले आफुलाई सम्हाल्दै सोधेँ।

"मिल्छ, अनि धन्यवाद,शायद मैले मेरो अर्को पात्र भेट्टाउँदै छू।"

उ निक्लियो।म उसलाई धन्यवाद कसरी भनौँ ? मैले उ वसेको कुर्सी हेरीरहेँ। उसको छायाँ अझै त्यहिँ छ। उसको ओज अझै त्यहिँ छ। मेरो कामेको हातमा ठाडा भएका रौँहरु विस्तारै यथास्थितिमा आए।

*************** ************* ************ **************** *******************

मैले डायरी वन्द गरेँ एकछिनलाई ! दुध लिनलाई वाहिर निक्लिन्छु ,अनि चिया खानुपर्ला......

हो सुधा खुशी देखिन थालेकी थिइ। उसको काम गर्ने क्षमतामा त कुनै शंका छैन। तर त्यो साकेत थियो जसले उसमा काम गर्ने रहर पैदा गरेको थियो। के यो डायरीको अन्त्यमा उ हराउनुको कारण पनि छ त? छ पक्कै छ।

मोवायलवाट टेक्स्ट गरेँ "सर आज म अफीस आउँदिन,नट फिलिंग वेल..."


 
Posted on 03-14-15 4:30 PM     [Snapshot: 21364]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलो आयौ तर आफ्नो अनुपस्थितीलाई बिर्साईदिने गरी आयौ |वाह ! मज्जा आयो फुच्चे |
यसरी माया चै नमार है साथी |
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters