बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 204]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 132352 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 05-12-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


 
Posted on 06-03-09 6:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यु,


धेरै दिनको छुट्टी पछी रिलिज भएको सबै पार्ट पढेर सिद्ध्याए।


कथा लेख्नलाई खप्पिस, त्यस माथि तरुनी फसाउन अनी फकाउन पनि।
 
बिचरा रियालाई अल्पत्र पारेछन्। तर आज सम्मन कुइरेनिलाई आफ्नो बनाउन सकेन्छ  .....  हातमा नै आएको आहारा फुस्काएर हेर यो गती....  बरु च्याङ्राले बिकासे च्याङ्री फेला पारेछन्।


कतै रियाको पक्षबाट सोच्दा नरमाइलो लाग्यो, एउटा स्वार्थि पन देखियो। वास्तवमा रियाले एक्च्युएल लभ गर्दा पनि खैरे नि कै पछी लाग्नु रियाको दुर्भाग्य हो भनु या त के भनु ?कथाकारलाई नै थाहा होला, भन्छन - "देखेको पाइंदैन लेखेको मात्रा पाईन्छ"


तर यहाँ कस्को सफल जिन्दगी भएछ बाँकी भागको प्रतिक्षामा .......


कालेदाइ           


 



 


 
Posted on 06-03-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालेदाइको भनाइ प्रती म सहमत् छु, रियाको मायालाई लत्याएर बैरेले नराम्रो गर्‍यो, नबैरेले कुइरिनी पायो न रिया, कथाको अन्त्यमा पिलिज रियाको सफल जिन्दगीको कामना गरी बिदा भएं चाँही नहोस्, गल्ती सुधारने मौका आउँदैछ बैरेलाई, हुन त कथाकारको कथा हो, तर रुटिन एन्दिङ नहोस् भन्न खोजेको, बैरे गुरु को जय होस्।

बैरे, आज जानी हैन त कृष्ण गल्ली? भरे खबर गर्नु केरे

 
Posted on 06-03-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको नामै "सफल जिन्दगी" छ, केही राम्रो कुरा त पक्कै सुन्न पाइएला नि । कथाकारले हामीलाई यसरी सोच्न वाध्य बनाए भनेपची, कथाकार "बैरे" आफ्नो कथा लेख्नने कलामा पोख्त भएको हामीलाई जानकारी भयो ।

 
Posted on 06-03-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial
<<अनी के भो त त्यसपछी >>
बौचा त्यस पछी चाँही ..........


Nepali Thita
<<Intresting!! Can't wait for another part....>>
अर्को भाग छिट्टै टास्ने छु


AlterEgo
<<Baire, Yo ta Prison Break herya jastai vo..kasto thau ma episode khattam parne kya...arko episode eagerly wait gardai chu..>>
प्रभु सम्य नै रोक्यो मैले कहाँ रोक्ने तर ठाउँमा रोक्दा मजा अर्कै आउने कसो । हेरुम अर्को भाग पनि यसरी नै रोक्न सकिन्छ


NiTiSa
<<नितिसा एउटै हो बैरे कमेन्ट मात्र दुई चोटि राखेको,धेरै भयो हो? अनी किन doublespace राखेको? स्टोरी लामो ढेखियो तर पढ्नु यकैचिनमा सकियो।  Waiting for next part....>>
होइन होइन एउटा NiTiSa अर्को Nitisa भएर झुक्क्या हाइ क्या अर्नु , यो double space धेरै भयो र भन्या लौ अर्को चोटि सम्झे भने नराखुला । अर्को भाग चाडै टास्ने छु


KAledai
<<धेरै दिनको छुट्टी पछी रिलिज भएको सबै पार्ट पढेर सिद्ध्याए।
कथा लेख्नलाई खप्पिस, त्यस माथि तरुनी फसाउन अनी फकाउन पनि।
बिचरा रियालाई अल्पत्र पारेछन्। तर आज सम्मन कुइरेनिलाई आफ्नो बनाउन सकेन्छ  .....  हातमा नै आएको आहारा फुस्काएर हेर यो गती....  बरु च्याङ्राले बिकासे च्याङ्री फेला पारेछन्।
कतै रियाको पक्षबाट सोच्दा नरमाइलो लाग्यो, एउटा स्वार्थि पन देखियो। वास्तवमा रियाले एक्च्युएल लभ गर्दा पनि खैरे नि कै पछी लाग्नु रियाको दुर्भाग्य हो भनु या त के भनु ?कथाकारलाई नै थाहा होला, भन्छन - "देखेको पाइंदैन लेखेको मात्रा पाईन्छ"
तर यहाँ कस्को सफल जिन्दगी भएछ बाँकी भागको प्रतिक्षामा .......>>


अब नेपाली तरुनी फसाउन त गुच्चा खेल्या झै हो प्रभु व्हक्रा, कच्ची, पिलाउने जस्तै हो खैरेनी चाँही गाह्रो रहेछ प्रभु आफ्नो त पोकर फेस नि छैन, कालो छाला भाको भए नि लौ भन्नु गहु जस्तै छ मेक्सिकन भ्नेर कसैले हेरेन । अब रिया लाई अल्पत्र त मैले जानी जानी पार्या होइन प्रभु, त्यो बत्ती को वरी परी किरा भन्भनाउन आउँदा बत्ती को के दोष होइन र ? हेहेहेहेहे


प्रभु स्वार्थी पन को कुरा त १००% सहि हो , केटा मान्छे को जात क्या गर्नु, लेखेर आको उहिले देखी म नाथेले कसरी सुधारने बानी । अब सफल जिन्दगी सिर्शक अहिले सम्म त च्याङ्ग्राको मात्रै छ उसैको पो हो कि ? अहिले सम्म त आफ्नो गाडी उभो लाग्या देखिदिन लौ हेर्दै जाम यो पुर्पुरो मा के लेख्या छ ।


perfectionist
<<कालेदाइको भनाइ प्रती म सहमत् छु, रियाको मायालाई लत्याएर बैरेले नराम्रो गर्‍यो, नबैरेले कुइरिनी पायो न रिया, कथाको अन्त्यमा पिलिज रियाको सफल जिन्दगीको कामना गरी बिदा भएं चाँही नहोस्, गल्ती सुधारने मौका आउँदैछ बैरेलाई, हुन त कथाकारको कथा हो, तर रुटिन एन्दिङ नहोस् भन्न खोजेको, बैरे गुरु को जय होस्।>>


पुरे प्रभु कहाँ मैले माया लाई लत्ताको हो र माया नै थिएन कसरी लत्ताउनु, अब आफु सँग छुटे पछी पो माया लाग्यो त । गल्ती सुधारने मौका कुर्या त धेरै भयो तर तरुनी को बारे चरो मुसो केही थाहा छैन । अब लोप को सट्टा लोप्पा खाए नि भुल चुक रिसानी माफ भन्न पाए ठुलो हुने थियो । माफ गर्ने हो कि होइन छुट्टीनु भन्दा अघी । हेरुम अब अरु के नै भन्न सक्छु र


Bhakte
<<कथाको नामै "सफल जिन्दगी" छ, केही राम्रो कुरा त पक्कै सुन्न पाइएला नि । कथाकारले हामीलाई यसरी सोच्न वाध्य बनाए भनेपची, कथाकार "बैरे" आफ्नो कथा लेख्नने कलामा पोख्त भएको हामीलाई जानकारी भयो >>


यो नाथे लाई यसरी उचालेर के पाउने हो प्रभु हरु ले, अहिले झरे भने तल सारो सारो जमिन मा ढाड फुस्किन्छ यसो दाँया गरौ न लौ प्रभु हरु । मलाई त राम्रो भन्दा पनि गल्ती को माफि नै सफल हुने भई सक्यो प्रभु, त्यो भन्दा बेसी त अहिले उभिएको ठाउँ बाट केही देख्या भए मारेदिए हुन्छ । मैले प्रभु हरु लाई सोच्न र प्रभु हरु परीकल्पनामा डुब्न वाध्य बनाएको आफ्नो खुबिलिटी होइन प्रभु हरु को म माथि भरोसा र मेरो कथा माथि प्रेम को फल हो त्यो भन्दा बेसी त के नै भन्न सक्छु र यो मुखा बाट


 


पढि दिनु हुने सबै लाई आफ्नो आभार प्रकट गर्न चाहन्छु ।   



 


 
Posted on 06-03-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare I thought new episode is here... haina raichha.
 
Posted on 06-03-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बैरेको बिहेमा चाहि जानु पर्छ। कहिले हो बिहे बैरे?
 
Posted on 06-03-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare I thought new episode is here... haina raichha.
 
Posted on 06-04-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भोली नै थाहा पाइ हाल्छस नि " हाँस्दै च्याङ्ग्रा घर फर्क्यो । 


मैले रिया आको देख्या थीइन, पक्कै च्याङ्ग्राले रियाको कुरा गर्या होला भनेर संका गरे ।  दिउसो कामको, साझ प्लेनको र दारुको थकानले एकै चोटि जिउलाई छोयो, निन्द्राले तुरुन्तै समायो । बिहानै च्याङ्ग्राले फोन गर्‍यो, "रिहर्सलमा जाने बेला भयो, उठ अब" भन्दै फोन राख्यो ।  म  नुहाइ तयार भएर बसे ।


च्याङ्ग्रा सँग केरेन पनि रहेछ, केरेन लाई अभिवादन गरे ।  हामी रिहर्सल हल तिर लाग्यौ । केरेन मुसु मुसु हाँस्दै - "सो, आर यू एक्साईटेड ? " भनी सोधी । प्रश्न च्याङ्ग्राको तर्फ होइन मेरो तर्फ मोडेको रहेछ । एकछिन त जिल परे, तिनिहरुको बिहे म किन एक्साईटेड ?च्याङ्ग्रा लाई गाडीको ऐना बाट हेरे ,  उु पनि मुस्काइ रहेको रहेछ, त्यस्को मुस्कानले सब कुरा प्रस्ट पार्यो , च्याङ्ग्राले केरेन लाई मेरो र रियाको बारेमा ज्ञान गराइ सक्या रहेछ । मैले केरेनको प्रश्नलाई "स्योर " भनी जवाफ दिए । केरेन अझै मुस्कुराइ रहेकी थि ।


रिहर्सल हल पनि पुगियो, खासै धेरै केही गर्नु नपर्ने रहेछ, केटा पक्षको ग्रूम्स मेन ले केटी तर्फको ब्राईड्स मेटलाई हाते अंकमाल गर्दै मण्डप (अल्टर) सम्म लानु पर्ने रहेछ, अनी खैरे पूजारीले आफ्नो काम सुरु गर्ने रहेछ , फेरी अन्तमा उसै गरी ब्राईड्स मेटलाई फिर्ता लानु पर्ने रे । त्यती जाबो पनि त्यहाँ को वेद्दिङ प्लानरले ३ चोटि  रिह्रस गरायो । म लगायत अरु ३ जना ग्रूम्स मेन थिए , केरेनको बच्चा देखी को ४ जना मिल्ने साथी रहेछ ४ जना केरेनको ब्राईड्स मेट रहेछन त्यसैले ग्रूम्स मेन पनि ४ जना चाहिने रहेछ ।


त्यहाँ काम सकाएर च्याङ्ग्रा र म सुट लिन भनी गयौ । केरेन आफ्नो परिवार सँग फिर्ता आउने भएको थि, हामी फेरी सुट लिएर एअरपोर्ट पनि जानु थियो ।


मैले आफ्नो नाप च्याङ्ग्रालाई पहिले दिएको थिए , सुट पनि त्यही नाप बमोजिम तयार भएको थियो नअट्ने त कुरै थिएन, त्यहाँ बाट हामी एअरपोर्ट तिर लाग्यौ । केही छिन को लागि म चुप थिए, च्याङ्ग्रा पनि । मलाई च्याङ्ग्रा र रिया बिच कुरा हुन्थ्यो कि हुँदैन थियो थाहा पाउनु थियो । हाम्रो सम्बन्ध के म एक्लै ले टोडेको हो कि सबै ले ? मलाई यो प्रश्नले कोट्दै रहेको थियो ।


"तिमिहरुको कुरा भई रहन्छ ?" मैले प्रश्न गरे


" अँ, समय समयमा हुन्छ " च्याङ्ग्राले जवाफ दियो । मेरो मुखमा आफ्नो गल्ती को पस्चताप देखेर होला - "हेर बैरे, केटा र केटी बिच अन्तर हुन्छ । हामी आफ्नो स्वाभिमान पचाउन सक्दैनौ, तर केटी हरु ले सजिलै माफ गर्न सक्छ, कुरा यती मात्रै हो कि मन ले माफि माग्न सक्नु पर्छ " उसले भन्यो ।


च्याङ्ग्राको यस भनाइ मा मेरो लागि लुकेको सन्देश मैले पाएको थिए ।


च्याङ्ग्रा - " तेरो सामु आफ्नो गल्तीको प्रयाक्षित गर्ने मौका फेरी आको छ, अब यसलाई तैले कसरी उपयोग गर्छस त्यो तैले नै पत्तो लगाउनु पर्छ "


हाम्रो कुरा सँगै एअरपोर्ट को दुरी पनि घट्दै थियो । लक्ष्य जती नजिक नजिक हुँदै थियो, मन र मुटु त्यती नै उत्सुक हुँदै थियो । हामी एअरपोर्ट पुग्यौ । म गाडी रोक्ना साथ बाहिर निस्की चुरोट तान्न बसे । मलाई यो हालतमा देखी च्याङ्ग्राले - " के भो ? सब ठीक हुन्छ, किन आती रहा " भन्यो


"मैले यती बर्ष पछी उसलाई भेट्दै छु, मैले जे गरे त्यो ठीक गरिन । म उसको सामु पर्न सक्दिन होला " म अझै लामो सर्को लगाउदै थिए ।


"टेक इट ईजी, कुरालाई जती सजिलो पर्‍यो उती नै सरल हुन्छ " भन्दै च्याङ्ग्राले भित्र हिड भन्यो ।


हामी उु आउने गेट छेउमा गई बस्यौ । प्लेन आगमन भई सक्या रहेछ, मान्छेको भिड गेटबाट निस्किदै गरेको देखियो । गुफा भित्र सुर्यको किरण प्रस्ट देखे झै, त्यो भिड बाट एउटा चिनेको अनुहार आँखा सामु प्रस्ट हुँदै आयो । मलाई देखेर समय सँगै उु पनि रोकियो । मुटु र आन्द्रा बटारिएर निस्केला झै भएको थियो । उु हामी सामु आइ, उसको हरेक कदम सँगै, बिर्सेंको सुगन्ध पनि आएर आफ्नो इन्द्रियलाई चुम्यो - " केल्विन  क्लेन को ईटरानीटी", उसलाई सबै भन्दा धेरै मन पर्ने ईत्तर थियो, उसले अझै त्यो ईत्तर चलाऊने रहेछ । हामी सामु आइ, च्याङ्ग्रालाई अंकमाल गरी , मलाई हेरेर ८ बर्ष अघीको त्यो "हाइ" लाई फेरी आफ्नो ढुकुटी बाट निकाली, म सँग साटी ।  


हामी गाडी तर्फ लाग्यौ । म र च्याङ्ग्रा अगाडि बस्यौ, उु चाँही पछाडि । हामी बिचको सुन्यता लाई टुङ्गाउने र रिया र मेरो फेरी मिलाप गर्ने बिचार ले च्याङ्ग्राले रिया सँग कुरा गरेर मलाई उसको बारेमा जानकारी गराउने निधो गर्‍यो


च्याङ्ग्रा - " तेरो काम कस्तो चली रहेछ ?" च्याङ्ग्रा र रिया एक अर्का लाई त भनी सम्बोधन गर्थे ।


रिया - " चली नै रहेछ, खासै केही प्रगती छैन "


च्याङ्ग्रा - " अनी त नयाँ ठाउँ सर्ने भन्या के भयो ? सरीस त ? "


रिया - "छैन अब १-२ महिनामा सर्छु होला "


च्याङ्ग्रा - " अनी त एक्लै किन आको ?" .......................................


 


 
Posted on 06-04-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<मैले रिया आको देख्या थीइन, पक्कै च्याङ्ग्राले रियाको कुरा गर्या होला भनेर संका गरे ।>>>

मिलायो पाटकिले, हाम्ले भनेर थाहा पाको। लोल लोल

<<<च्याङ्ग्रा - " तेरो सामु आफ्नो गल्तीको प्रयाक्षित गर्ने मौका फेरी आको छ, अब यसलाई तैले कसरी उपयोग गर्छस त्यो तैले नै पत्तो लगाउनु पर्छ " >>>
काही सुन्या सुन्या जस्तो लागेन? ;)

<<<च्याङ्ग्रा - " अनी त एक्लै किन आको ?" .......................................>>>
***, हँ?


ke bhanyaa yo? kaan rokyaa yo??? baireeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee




 
Posted on 06-04-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै किन आको रे रिया लाई च्याङ्रा ले - को सँग आउनु पर्‍यो त -


ह्या बैरे कस्तो ठाउँ मा रोक्या कथा - अहिलेssssss


 
Posted on 06-04-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

................... लौ बैरेको चान्स गइ सक्यो कि ? हुनत बैरे कथा लेखन पोख्तभा छ . कथा कस्तो ठाउमा छोड्या प्रभु? थपम प्रभु आर्को भाग नि चाडै, यो त अली सानो भाग भएन र भन्या?

 
Posted on 06-04-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire,


Dherai thorai bhayena ra yo part... Alik lamo bhako bhaye ajha mazza aautheeo ki?


 


 


NepaliThita


 
Posted on 06-04-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भएन बैरे यो त प्रिभ्यु हेरेको जस्तो भयो एकदम छोटो.....। कन्जुस नगरि अली लामो कथा राखे कसो होला।।।।
 
Posted on 06-04-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arulai dose pugena dose pugena bahnchha yo baire ani afu chai kati kanjusi gardo raichha ..

kasto suspense rakheko, ajai lekha hai arko bhag.

 
Posted on 06-04-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have been following your story.Couldnot resist to put some words on it.


Katha tungyayne para chahin .....Maan gaye Ustaad.Khatra ani san sani purna chha . Riya pakkai pani single nai chha hola. dherai tension nalinu....Baire....Keep it up.


arko bhaag ko pratichhya ma.


 
Posted on 06-04-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SAFAL timro tyo ZINDAGI - Prakash Shrestha





 
Posted on 06-04-09 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<मिलायो पाटकिले, हाम्ले भनेर थाहा पाको। लोल लोल
काही सुन्या सुन्या जस्तो लागेन? ;)
***, हँ?
ke bhanyaa yo? kaan rokyaa yo??? baireeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee>>
पुरे प्रभु कत्रो लामो बैरे हो त्यो लौ न आत्ते म त हेहेहेहेहेहे, डाइलग सुन्या सुन्या रे लौ न के हो प्रभुले पनि यो डाइलग सुन्न पाको हो ? अब किन एक्लो आको को सँग आउनु पर्ने अ त खङ्रङै भए ।


serial
<<एक्लै किन आको रे रिया लाई च्याङ्रा ले - को सँग आउनु पर्‍यो त -
ह्या बैरे कस्तो ठाउँ मा रोक्या कथा - अहिलेssssss >>


त्यही भन्या बौचा आफु लाई कस्तो भयो यहाँ मुटुको पाटै दुख्यो , त्यो मेरो हात ले रोक्या होइन क्या मुटु रोक्या खै कुरो बुझ्या ?


bhakte
<<लौ बैरेको चान्स गइ सक्यो कि ? हुनत बैरे कथा लेखन पोख्तभा छ . कथा कस्तो ठाउमा छोड्या प्रभु? थपम प्रभु आर्को भाग नि चाडै, यो त अली सानो भाग भएन र भन्या? >>
प्रभु यो रोक्नै पर्ने भाग भएर ठाउँ मा रोक्या सानो भएको मा माफि


Nepali Thita
<<Dherai thorai bhayena ra yo part... Alik lamo bhako bhaye ajha mazza aautheeo ki?>>


प्रभु लेख्दै थिए च्याङ्ग्राको प्रश्नले हंसले नै ठाउँ छाड्यो अनी रोक्ने कर नै लाग्यो


NitiSa
<<भएन बैरे यो त प्रिभ्यु हेरेको जस्तो भयो एकदम छोटो.....। कन्जुस नगरि अली लामो कथा राखे कसो होला।।।।>>


साथी कहाँ कन्जुसी गर्नु, जिन्दगी आँफै कन्जुस भई प्रशाद वाढे झै खुशी दिन्छ मलाई , अब यो प्रश्नको दु:ख सहन त रोक्नै पर्‍यो नि  


kHusHii
<<Arulai dose pugena dose pugena bahnchha yo baire ani afu chai kati kanjusi gardo raichha ..
kasto suspense rakheko, ajai lekha hai arko bhag.>>


अरुको दोज त काम नै थियो नि भाको कुरा त हो नि , यो प्रश्नले दोज नै मात गरी दियो, रौसी ले झै झ्याप्प हान्यो अनी रोक्नु नै पर्‍यो नि


desperate soul
<<I have been following your story.Couldnot resist to put some words on it.
Katha tungyayne para chahin .....Maan gaye Ustaad.Khatra ani san sani purna chha . Riya pakkai pani single nai chha hola. dherai tension nalinu....Baire....Keep it up.
arko bhaag ko pratichhya ma.>>


प्रभु तपाईले आफ्नो शब्द मेरो कथा मा पोखिदिनु भएकोले म क्रितज्ञ भए । <<Riya pakkai pani single nai chha होल>> तपाईको मुख मा दुध भात, मलाई जस्तै मन पर्छ भने होनचा को पसल को छोइला, कचेला, वो , बाह्रा , छ्याङ्ग, आलु को अचार सपै ।


TM
<<SAFAL timro tyo ZINDAGI - Prakash Shrestha>>


प्रभु कथा त आफ्नै हो , खै पारा गाको देखेर आफुले नि सफल तिम्रो जिन्दगी नै भन्नु पर्ला छ । अब एक्लो छैन भने त मैले नि दुखी हुँदै बधाई दिनु पर्ला । उस्को पनि सीउदो अरुको भए त अरुण थापा नै सुन्नु पर्ला - "पुर्णिमाको रात पनि औसी को झै लाग्न थाल्यो " भन्दै 
 


 


 


 
Posted on 06-04-09 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>
"हेर बैरे, केटा र केटी बिच अन्तर हुन्छ । हामी
आफ्नो स्वाभिमान पचाउन सक्दैनौ, तर केटी हरु ले सजिलै माफ गर्न सक्छ, कुरा
यती मात्रै हो कि मन ले माफि माग्न सक्नु पर्छ " उसले भन्यो ।
>>
Sahi ho baire.....saarai ghat lagyo...

AE

 
Posted on 06-05-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यु,


च्यांग्र र केरेन को बिहे हुनेभो भनी टेन्सनले थोरै लेखे जस्तो छ, हो?


कि त ८ बर्ष पछी रिया सँग भेट्दा आफुले गरेको बिगतका घटनाहरुलाई सम्झी लेख्न सकेनौ? जे सुकै भए पनि साथी भनेको साथी नै हुन्छ अनी आफ्नो भनेको आफ्नै हुन्छ होइन र?


कथा सस्पेन्समा छोडे पनि सन्तोसै मान्नु पर्ने, के गर्नु? रोएर, कराएर, पुरै कथा छीन घडीमा विन्डोमा आउनी होइन क्यारे?


लामो बिछोड पछी मिलन गराएर छाड्नु होला, अनी सफल जिन्दगी राइटर ज्यु को हुनेछ।


कालेदाइ   


 
Posted on 06-05-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्ग्रा - " अनी त एक्लै किन आको ?"


यो प्रश्नले मेरो हंस उडायो । म एक्कासी च्याङ्ग्रा तर्फ मोडे, उसको मुहारमा जगत नै उज्यालो पार्ने मुस्कान थियो । देख्या त थिन तर रिया पनि मुस्कुराएको अनुभव भयो । च्याङ्ग्राले ईशाराबाट म सँग माफि माग्यो, तर म रिशाउनु जरुरी नै थिएन आखिर मैले आफ्नो हक रिया सँग किन जताइ रहेछु म आफुलाई नै थाहा थिएन ।


च्याङ्ग्रा अली गम्भिर भएर - " तिमीहरुको झगडा अझै चली रहेछ ? अतितको कुरा सम्झी तिमीहरुलाई अतित मै बस्नु छ भने मेरो भन्नु केही छैन । गल्ती सबै बाट हुन्छ, म बाट पनि भएको थियो, तर आज ४ बर्ष पनि त्यही कुरा सम्झी आफ्नो जिन्दगी लाई चाँही रोक्या छैन । तिमीहरु को बिच के कुरामा खिस पिट छ त्यो मिला । मैले तिमीहरु दुबै को होटेल एउटै ठाउँमा बुक गर्दया छु, कोठा पनि छेउ छेउमा छ यहाँ बाट फिर्ता जानु अघी तिमीहरुको झगडा सकेको हुन्छ भन्ने विश्वाश छ । " हामी होटेल पनि पुग्यौ ।


"ल तिमीहरु फ्रेश भएर बस्नु म २ घण्टा पछी लिन आउछु " च्याङ्ग्राले म तिर हेर्दै ईशारा गर्‍यो, मैले कुरा बुझे ।


रिया काउन्टरमा गएर आफ्नो कोठाको कार्ड लिदै थि । उसको समान मैले उठाए , उसले "पर्दैन " भनी , हामी बिच ४ बर्ष पछी एकान्त को पहिलो शब्द त्यही थियो । मैले " योर विश " भन्दै समान छोडे । हुन त रूम अर्कै दिशामा भएको भए हामी आफ्नो बाटो लाग्थ्यौ होला तर एक आपसमा भएको ले हाम्रो हिडाइ एउटै दिशामा पर्‍यो । उस्लाई आफ्नो रूममा छोडि, म आफ्नो कोठा भित्र पसे ।


अतितका कुरा हरु सम्झदै आफुले गरेका गल्ती हरु सम्झी आँफैलाई कोश्दै थिए । समय बितेको पनि याद नै भएन । फोन बज्यो , च्याङ्ग्राले -" कुरा भयो ?" भनी प्रश्न गर्‍यो ।


"छैन"


"थुक्क तेरो जिन्दगी , ल ल अझै समय छ । म लिना आउँदै छु रियालाई पनि तल आइज भन "


मैले केही भन्नु अघी नै उसले फोन राखी दियो । उसले मेरो र रिया बिच कुरा गराउने हरेक प्रयास गर्दै थियो ।


म रियाको कोठामा गई, ढोका ढक ढकाउन थाले । उसले ढोका खोली , मलाई देखेर केही बोलिन , "च्याङ्ग्रा आउँदै छ, तल आइ बस भन्या छ " मैले भने । उु केही नबोली कोठा बाट बहिर निस्की । हामी होटेल बाट निस्की च्याङ्ग्राको प्रतिक्षा गर्न थालयौ । च्याङ्ग्रा लाई कुर्दै गर्दा मैले चुरोट सल्काउन थाले , केही सर्को मात्रै लगाको थिए आँखा , रियाको आँखामा जुध्न पुगे । उसको आँखाको प्रश्न मैले बुझे, केही नबोली चुरोटको ठुटो भुईमा फेकी किल्चिए ।  


च्याङ्ग्रा पनि आयो , हामी उसको घर तर्फ लाग्यौ । उसको घरमा उसका केही अरु साथीहरु पनि थिए, सबै सँग परिचय भयो साइ नेपाली नै रहेछन । हामी पनि भिडमै मिसियो , कोही मासु पोल्दै थिए , कोही दारु पिउदै , कोही गफ मार्दै थिए भने कोही गितार लिदै भावुक हुँदै गाउदै थिए ।


म र च्याङ्ग्रा रक्सी पिउन बस्यौ, रिया चाँही केटीहरुको माझमा मिसिन खोज्दै थि । अलीक समय पछी सिभासले आफ्नो जादु चलायो, खुट्टा अली अली लड्बडायो । यही सुरमा च्याङ्ग्राले "पुरानी जिन्स " जावोश न त भन्यो । सबै जना चिचाई चिचाई गाउँ थाल्यौ । सिभासको बोटल रित्त्दै गए झै रात पनि घट्दै थियो , च्याङ्ग्रा का प्राय साथी हरु बिदा मागी आफ्नो बाटो लागि सक्या थिए  भने कोही बिदा माग्दै थिए । बाँकी अब हामी ३ जना मात्रै थियौ ।


"अब हामी पनि लाग्नु पर्छ " रियाले भनी


"बस एक छिन , यती बर्ष पछी भेत्या छस के को हतार ? भोली यसै ४ बजे मात्रै सुरु हुन्छ "


खासै कुरा केही भई रहेको थिएन , च्याङ्ग्रा र म दारु र चुरोट उदाउदै थियौ रिया चाँही हामी जड्यालाई हेर्दै थि । अगाडि गाडीको आवाज सुनियो , को भनी हेर्दा केरेन रहेछ । उु आइ हामी सामु बसी । रिया र केरेन एक अर्का सँग बसे, च्याङ्ग्रा र म नजिकै, हामी लाई जाड र चुरोट तान्न सजिलो हुने गरी । 


(प्राय जसो कुरा अङ्रेजीमा भनेको हुनाले अङ्रेजी मै लेख्छु )


केरेन - "The Party is over ? I was bored at my parents house, thought come and hangout with the young guns. Anyway I guess there is a reunion going on, I better leave you guys alone "


म, मात्या सुरमा  - "Hey....., No, its ok, you are also a part of a group now, make your self comfi"


"so karen, what did you see in च्याङ्ग्रा ?" रियाले प्रश्न गरी


"The way he looks at me, whenever I am with him I know everything will be ok . The way he makes me feel, the way he says I Love You for no reason, and the way he comforts me when I am mad even though its my fault"


च्याङ्ग्रा दंग थियो , केरेनले च्याङ्ग्राको ओठ मा आफ्नो ओठको स्पर्श दिई ।


केरेन - " so बैरे, How has life changed for you after you guys seperated ? Are you happy with your life ? "


केरेन र रियाको पनि कुरा हुदो रहेछ, ग्रुप बाट अन्जान उु केवल म सँग थि ।


म - " Well things have changed a lot, I mean, I have a nice life, good work, make good salary. I guess I have fulfilled the American Dream that I was looking for. However when I think of what I have done and how have I come to this place and time, I know I have made a lot of mistakes, I have broken many relations. I wanna repent, but don't know if I will ever get that chance"


केरेन, रियालाई चिमाट्दै नेपालीमा  - " मनले माफि मागे त ढुङ्गा पनि पग्लिन्छ रे "


म उसको जवाफ देखी अचम्म परे, तर च्याङ्ग्राले सधैं केरेन लाई फकाउदा त्यही भनी फकाउने रहेछ । रिया पनि मुस्कुराउन खोज्दै थि तर ओठ टोकी बसिरहेकी थि ।


केरेन - "So baire, how's your love life, found the love of your life yet "


मेरो जवाफ एकदम सोचेर दिनु पर्ने भएको थियो - "Its very complicated " मैले जवाफ दिए । यो प्रश्न जती अघी बढे म त्यती भुमरीमा फस्ने निस्चित थियो । त्यसैले यो प्रश्न लाई मोध्न मैले - "what are your plans for the honemoon " भनी केरेन लाई सोधे ।


केरेन - "you guys are staying over after the wedding aren't you ? "


म - "Atleast, I am "


केरेन - "I know Riyaa is staying too, we have a surprise for you "


के सप्राइज हो बुझ्या चाँही थिएन , च्याङ्ग्रालाई हेरे, उसले पनि केही संकेत दिएन ।


म - "Any Hints ?"


केरेन - "Well, its not a honeymoon to be exact, I wanted to be with you guys. Lets say, a Ghost from the past will re-visit"


रित्तिन आटेको सिभास र रात दुबैलाई निहाल्दै रियाले - "Its getting late, I think we should leave now"


केरेन - "You guys can stay here, My folks aren't going to come until tomorrow afternoon. Why do you want to drive, after all no one is in a condition to drive" च्याङ्ग्रालाई हेर्दै ।


च्याङ्ग्रा, केरेनलाई ब्यङ्ग हान्दै - "come on now, its been a long time, that I have been this drunk. I am drinking so that I can't realize my cold feet for tomorrow "


हामी हाँस्दै घर भित्र पस्यौ । केरेनले रिया लाई आफ्नो कोठा देखाईन् , च्याङ्ग्राले मेरो । सिधिदै गरेको रात र आउने दिनको प्रतिक्षा गर्न हामी सब सुस्ताउन लाग्यौ ।


नयाँ दिनको स्वागत गर्न चराहरु पनि गाउदै उडिको सुनियो , आँखा खोल्दा बिहानको ११ बजी सक्या रहेछ । कोठा बाट भान्सा जादा सब जना त्यही बसी खाना खाँदै रहेछन् । केरेनलाई देखिएन , उु बिहानइ उठी आफ्नो बाबु आमाको घरमा गई शाक्य रहेछ । विबाह अघी लोग्नेले श्वासनी हेर्नु हुन्न रे भन्ने चलन रहेछ खैरे हरुको ।


च्याङ्ग्रा - "के खान्छस ? "


म - "दातै नमोली त के खानु ? बरु होटेल छोड्दे नुहाइ त्यही नै केही खाउला "


च्याङ्ग्रा - " यही बाट प्याक गरेर लैजा, किन बाहिर खानु पर्यो, फेरी हामी त २:३०-३ बजे त्यहा पुगी सक्नु पर्छ । "


"हुन्छ "


च्याङ्ग्राले हामीलाई होटेल छोड्यो, ल त तयार भएर बस म २ अजे तलाई लिना आउछु ।


होटेल पुगेर नुहाइ, धुहाइ र तयार हुँदा नै १:३० भयो ।


कोठामा च्याङ्ग्राको प्रतिक्षा गर्दै थिए । ढोका खटखटाएको आवाज सुनियो , च्याङ्ग्रा आयो भनी ढोका खोले , मेरो सामु रिया उभिएको देखे ।


म ढोका छेउमा बसे उु केही नबोली भित्र आयो । आफ्नो आँखा कोठा वरी परी नाच्ना थाले, कतै आफ्नो गोप्य बस्त्र हरु त कोठामा छरिएको त छैन भनी ? छरपस्ट भएपो देख्थी ।


म आफ्नो टक्सीडो मिलाउदै थिए, जिन्दगीमा सुट लाउन त धाउ धाउ हुन्थ्यो यो टक्सीडोको नाटक के मिल्थ्यो ? त्यो भन्दा पनि महा नाटक बो टाईको थियो । च्याङ्ग्रा आउछ र मिलाउला भनी कुरी रहेको थिए म । म ऐना हेरी सकी नसकी लुगा मिलाउन खोज्दै थिए । ऐना को प्रतिबिम्भमा रिया म तर्फ बढेको देखे । मुटु घोड दौड मा दौडिने घोडा भन्दा तेज धद्कदै थियो, उु मेरो छेउ मा आइ "एता फर्क " भनी


म ज्ञानी मान्छे झै उसको सामु फर्के । उसले मेरो बो टाई र टक्सीडो मिलाई दियो । हाम्रो बिच अझै गफ भने केही भएको थिएन , केही भनु झै लाग्या थियो तर ढोकामा फेरी आवाज आयो , को भनी खोलेर हेर्दा च्याङ्ग्रा रहेछ ।


"ओहो, सरी , दिस्टर्ब भयो होला म एकै छिन पछी आउ ?"


रिया म बाट हटी च्याङ्ग्रा तर्फ लागि ," एता हेर् " उसले च्याङ्ग्राको पनि टाइ र टक्सीडो मिलाई र जानु अघी त्यस्को ढाडमा आफ्नो हातको छाप लगाएर गई । च्याङ्ग्रा सँग बुझ्दा उसले रियालाई उसको टाइ र टक्सीडो मिलाई दिनु पर्छ भन्या रहेछ, त्यसैले मेरो पनि हालत त्यही होला भनेर सोची रिया मेरो कोठामा आएकी थि ।   


हामी तयार भएर बाहिर निस्क्यौ , रिया अझै सजेकी थीन । "त जाने होइन अहिले ?" च्याङ्ग्राले प्रश्न गर्‍यो ?


"होइन, म तिमीहरु लाई त्यहा छोडि, तेरो गाडी लीई आउछु, अनी म ३:३० बजे तिर त्यहा आइ पुग्छु , अहिले देखी तयार भएर के गर्ने ।"


रियाले गाडी चलाऊन सिकेको मलाई थाहा थिएन, विश्वाश पनि लागेन , हाम्रो साथ छुटेको ४ बर्ष भयो मलाई थाहा नभएको कुरा त अझै कत्ती होला मन मनै सोचे । हामी विबाह हुने ठाउँ तिर लाग्यौ । हामीलाई त्यहा छोडि रिया फेरी होटेल तिर लागि । हामी सँग अझै २ घण्टा समय बाकी थियो । च्याङ्ग्राको साथी हरु पनि त्यहा उपस्थित थिए । केटा हरु बिच बसी एक्कै छिन गफ सँगै चुरोटको धुवा र समयलाई उडाईयो ।


विबाह सुरु हुन अब ३० मिनट मात्रै बाँकी थियो । वेद्दिङ प्लानरले सबै अथिती हरुलाई सिटमा बस्ने आग्रह गरे। सिट पनि कस्तो मिलाएर राख्या , पूजारीको देब्रेमा केटी भने दाइनेमा केटा उभिएको हुने रहेछ र सोही गरी केटाको परिवार दाइने र केटीको देब्रेमा हुने रहेछ । दुबिधा हटाउन  हरेकको नाम (आफ्नो परिवार सदस्य) कुर्सीमा टासेको रहेछ ।


केरेनको परिवार सब आ-आफ्नो सिटमा गई बसेका थिए । च्याङ्ग्राको तर्फ बाट चाँही परिवारको नाममा रिया मात्रै थि, तर उु पनि अहिले त्यहाँ उपस्थित थिएन । च्याङ्ग्राले म सँग मेरो फोन मागी रियालाई फोन गर्‍यो , रिया पुग्नै आटेको रहेछ, गाडी पार्क गर्दै रहेछ । च्याङ्ग्राले मलाई फोन फिर्ता दियो । म सँग रियाको नम्बर थिएन मैले त्यो नम्बर लाई आफ्नो फोनमा शेभ गरे । नम्बर देख्या देख्या झै लाग्यो , कहाँ देख्या भनेर सोच्दै थिए च्याङ्ग्राले कुइनोले मलाई घोच्चायो । किन घोच्चाको रहेछ भनी हेर्दा च्याङ्ग्राको नजर हल भित्र छिर्ने ढोकामा थियो ।


आफ्नो नजर पनि हल भित्र पर्दा, आँखाले झिम्किन पनि छोडे, मुटुले धन्ड्किन पनि, मानौ कि सारा जगत नै अडिएको थियो र सम्पूर्ण जगत को दृष्‍टि नै त्यही हल भित्र छिर्ने ढोकामा परेको थियो ................


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters