crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 असारे फूल र एक जोडी आँखा।

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

crazy
[VIEWED 90313 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 04-28-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM

 
Posted on 05-19-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एssss हो नि है -


अनी खोइ त तिम्रो दिमाग कहाँ छ - भात खान गा हो


 
Posted on 05-19-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैलाइ के को धन्दा, कसैलाइ के को धन्दा, लहरेलाइ खानै धन्दा (कति खान सक्ने यो लहरे-पाँच जानाको खाना एक्लै बसेर खान्छरे बाइ।) , तिम्रो बुद्धि जस्तो हैन क्या मेरो दिमाग भातै खानु पर्ने।


मेरो दिमाग भ्याकेसनमा गाको छ।फेरि काँ भनेर नसोध नि। पछि पछि आउनलाइ।


 
Posted on 05-19-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई तिम्रो दिमाग को पछी पछी किन लाग्नु पर्‍यो


जान देउ भ्याकेसन स्याकेसन -


म त तिम्रो पो पछी पछी लाग्या त - तिम्रो दिमाग भएन भनेर बालै भएन नि मलाई त


दिमाग देखेर पछी पछी लाग्या भे नि एउटा कुरा नि


 
Posted on 05-19-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के देखेर पछि पछि लाग्या त लहरे?


नदेख्दा त यस्तो छ देखे पछि झन् कति पछि sssssssss भाग्ने होला।


म त तिम्रो पो पछी पछी लाग्या त - तिम्रो दिमाग भएन भनेर बालै भएन नि मलाई त


हो त ! तिमी पनि त खुस्केट नैं हौ नि, तिम्रो पनि दिमाग त आउट भैसक्या भन्या हैन। किन चाहियो त तिमीलाइ मेरो दीमाग हैन त?


 



 


 
Posted on 05-19-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के देखेर भन्ने - अब लागि हाले क्यारे अब त लाग्नै परो


देख्न त देख्या हो नि मैले तिमीलाई


हो भन्या तिमी जस्तो खुस्केट को पछी लाग्ने खुस्केट नै नभए के हुन्छ त


 
Posted on 05-19-09 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhag 4-7 ekai gaas ma sakiyo, ramailo prastuti. baaki bhag ko pratikshya ma....
 
Posted on 05-19-09 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dialogue matra chha ta Crazy ra lahare ko, story chahi khai kata ho?
 
Posted on 05-20-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, यता तिर त क्रेजी ज्यु को कथालाई लिएर सबै जना सिटिङ गरेर मीटिङ भै रा रहेछ। आफुलाई चाँही सधैं बिजी भै रहनु पर्ने ..... ?


अचेल नेहा त्यो पहिलेको ब्याव्हारमा परिवर्तन आउँदै छे, किन हो कुन्नी? चन्द्रमा, फुल सँग एक्लै गफ्फिने, खुशी हुने बाट एक्कास्सी परिवर्तन भएर जती खेर पनि रिसाउनु पर्ने? छुच्ची हुनु पर्ने?     


त्यस माथि साराले २ जोडीलाई मिलन गराउन मिहेनत गरी रा छ त, नेहालाई किन रिसाउनु पर्ने? फोन न खुरुक्क लिनु नि।


ल अब नेहाले निललाई पार्टीमा भेट्ने हो कि, बाटै बिर्सेंर आपत पर्ने हो निललाई? या त पार्टीमा भेटेर फुल्टु पिउने हो? फेरी के के हुने हो? सबै बुझ्नलाई आठौ भागको पर्खाइमा ................


धेरै टेन्सन नलिनु क्रेजी ज्यु, बुद्धी बंगरा नआए पनि बुद्धी त आइ रा छ नि। कि हामी सबैले च्याऊं - च्याऊं गरेर कानलाई अपच् भएको त होइन? अहिले नै बैरो हुने बिचार चै छैन नि है बैरे जि झै?


बैरे जि नरिसाउनु ल, जस्ट जोकिङ...


नक्क्ली मैया अनी केली को कुरा सुनेर कसरी कान दुख्यो ह? serial जि को कुरा सुने देखी औषधी हुन्छरे, बरु फोन न पो रङ परेछ।
 
कतै प्रभोहरुलाई गल्ती बोलेमा माफ गर्नु होला।     


कालेदाइ       


 


 


 
Posted on 05-20-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेsssssss काले दै ,   म तपाईंलाई  मबिल दाई भन्छु है,, मबिल  पनि  कालो  हुन्छ नि

 का sssss मेरो  कुरा ले  क्रेजी को कान  दुक्छ र? मेरो  कुराले  त क्रेजी  को  कान  आनन्द हुन्छ नी
बरु त्यो  नकल्ली  मैया  को  कुरा ले चै  हुन सक्छ है
जे  कुरा  गर्न  नै नकल पारी  पारी  एक घण्टा  लाउछ


 
Posted on 05-20-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी, कथा राम्ररी अगाडि बढीराको छ है । यो भाग पढ्न अली ढिलो भए । बल्ल बल्ल class सकेर फुर्सद पाको । कम्प्युटर हेर्न पनि मन लागेको थिएन । तपाईंले नै मलाई जिस्काको जस्तो लागेको थियो । लहरे लाई blackbelt वाली लहरी खोजिदिने idea पनि नराम्रो छैन। लहरेले मलाई माछा भन्या हो र भन्या ? जिस्काको हो भने भन्नु है म ठीक पर्छु लहरे लाई (लहरी खोजिदिउला)

Guchcha Chor.
 
Posted on 05-20-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ गुच्चा चोर मैले त मान्छे नै भन्या जस्तो लाग्छ


अब क्रेजी को आँखा धमिलो भएर माछा देखे पछी के गर्ने मैले


आज आँखा जचाउन लग्नु पर्ला भन्ने सोचेको छु -


बरु त्यो गुच्चा पाउँ त मेरो - सुटुक्क आएर टिपेर गएको होइन


अनी काले दाई - के गर्नु बोली नै आफ्नो एस्तो छ कि मेरो कुरा सुन्यो भने हाइ सन्चो हुन्छ रे क्रेजी लाई


 
Posted on 05-20-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-८


अर्को दिन नील आएन, नेहा तड्पी रही दिनभरी। घरि घरि उसको आँखा नील बसेको ठाँउतिर दौडीरहन्थ्यो। लन्च ब्रेकमा त झुल्किन्छ कि जस्तो लाग्थ्यो, तर लन्च ब्रेक पनि शुन्य भयो नेहालाइ। के हराको जस्तो के नपुगेको जस्तो लागिरह्यो त्यो दिन नेहालाइ। सारा नेहाको प्रत्येक गतिबिधिलाइ राम्ररी निरिक्षण गरी रहेकी थी। नेहा कहिल्यै के भुल्थी, कहिल्यै के खोज्थी। यी सबै कुरा देखेपछि सारा मुख नखोली बस्न सकिन।


"त्यस्तो गार्हो भाको छ भने उतै जानु नि।" साराको बाक्यले नेहा झस्की।


"कता जानु भन्या?" नेहाले बुझिन।


"नीलको अफिसमा, उतै ट्रान्सफर गर्नु नि।" सारा हाँस्न थाली।


"नजिस्काउ है मलाइ! आफुलाइ यहाँ कस्तो टाउको दुखीरहेको छ, उ चाहि खालि नील मात्र भन्छे।"


"टाउको त दुख्ने भइ हाल्यो नि आज नीलको दर्शन पाएनौ नि त। कस्तो निन्याउरो मुख त्यो, उजाड पहाड जस्तो।" सारालाइ झन जिस्काउन मन लाग्यो।


"नकराउ धेरै! मेरो यहाँ काम छ धेरै।" नेहा काममा तल्लीन भए जस्तो गर्न लागि।


"पर्सी भेट भैहाल्छ नि के पीर गरि राको?" भन्दै सारा आफ्नो काममा लागि।


दिउँसो त जसो तसो कट्यो, साँझ उतिकै कठिन थियो बिताउन, रात झन छर्लङै बित्यो। नेहा सगर कल्पिन्छे, नील मुस्कुराँउदै आइपुग्छ, नील सम्झियो, रिस उठ्छ उसलाइ। कस्तो केटा हो? भेटेको दुइ दिनमै फोन नम्बर माग्ने। अलिकति साथी जस्तो बन्नु, अरु कुराहरु गर्नु। शुरुमै फोन नम्बर रे!हुन त नम्बर नैं देको भए पनि के बिग्रिन्थ्यो? कतै केहि बहाना गरेर फोन गर्थ्यो कि। नेहाको मनमा थुप्रै कुराहरु खेलि रह्यो। जे भए पनि कतै मनको कुनामा उसले नील देखी, धेरै बोल्नु पर्ने रैछ, जिस्किनु पर्ने रैछ तर अलिकति कम बोले कति राम्रो हुन्थ्यो। उसले सगरलाइ सम्झी, सगर धेरै कम बोल्थ्यो। असाध्यै भलादमी थ्यो सगर, त्यत्रो सङै पढ्दा पनि कहिले नेहालाइ जिस्काएन न त फोन नम्बर नैं माग्यो।


शुक्रबारको ब्यग्र प्रतिक्षा गरी नेहाले। साँझ अलिकति हलुका मेक-अप गरी, नीलो स्कर्ट मा नीलो इयररिङ्, नीलो ब्रासलेट म्याच गरेर लाइ। सुडौल र लामो गलामा केहि लाउन मन लागेन उसलाइ, गलाको दाँया बाँयाका ब्युटीबोनले उसको घाँटी अरु सुन्दर देखिएको थियो। एक जोर जुत्ता निकाली र लगाएर हेरी ऐनामा त्यति सुहाएको जस्तो लागेन। अर्को "हाइ हिल" झिकी र मन पराइ। कपाललाइ खुला छोड्ने कि अलिकति बाँध्ने भन्ने दुबिधामा एकचिन सोची। त्यसपछि कपाललाइ स्वतन्त्र छोडी। तयार भएर ऐना अघि फेरी उभी र हेरी आफ्नो शरीरलाइ, नीलो रङले उसको आँखालाइ चम्काइ रहेको थियो, उ अरु बेला भन्दा धेरै राम्री देखिएकी थी।


साराकहाँ पुग्दा प्राय सबै साथीहरु आइसकेका थिए, जो आउनु पर्ने थियो उ अझै आएको थिएन। नेहाको आँखा प्रत्येक चोटी ढोकामा ठोकिएर निराश भएर फर्किन्थे। धेरै बेरसम्म पनि नील नआएपछि साराले नेहालाइ सोधी।


"तिमीले नीललाइ ठेगाना त राम्ररी बताएको हो?'"


"मैले त ठेगाना सङै बाटोको नक्सा पनि कोरेर दिएको।" नेहाले प्रत्युतरमा भनी।


"बाटोको नक्सा! दाँया -बाँया पनि राम्ररी लेखेको हो?" सारा अलि डराइ।


"हे भगवान!" नेहाले बल्ल सम्झी।


"तिम्रो दाँया र बाँया जहिले पनि बिग्रिन्छ। दाँयालाइ बाँया लेख्छौ। बाँयालाइ दाँया लेख्छौ। त्यस्तो मान्छेले किन नक्सा कोरेर दिनु पर्ने। ठेगाना मात्र दिनु पर्ने नि।" सारा दिक्क भइ।


"सरी सारा! मैले त भुसुक्कै बिर्सेछु त्यो कुरा। शायद नील अरु नैं ठाँउमा पुग्यो होला। उसले बाटो हरायो भने फोन गर्छु त भनेको थ्यो। तर मैले फोन नम्बर नैं दिइन।" नेहा चिन्तित देखिइ।


"यो केटी के भाकी होली? फोन नम्बर पनि थाहा छैन अब नीललाइ। शायद उ फर्किन्छ होला बाटोबाट।" साराले अनुमान गरी।


"म जान्छु बाटोतिर हेर्न, यदि उ नजिकै पुगिसकेको छ भने उसलाइ लिएर आँउछु।" भन्दै नेहा के उठ्न लागेकी थी, नील ढोकामा आइपुग्यो। सारा स्वागत गर्न पुगी। नेहा नीलको नजिक जान सकिन।


"तिमीलाइ यहाँ सम्म खोज्दै आउन गार्हो भयो होला है नील?" साराले सोधी।


"कोहीकोही शायद मलाइ नआओस भन्ने चाहन्थे, तर म आइपुगे।" नीलले नेहालाइ एकोहोरो हेर्न थाल्यो। नेहाले उसलाइ हेर्न सकिन। एकछिन साराले नीललाइ सबै सङ परिचय गराइ। नेहा एउटा कुनामा बसेर नीललाइ के भन्ने भनेर सोच्दै थी, नील त्यही आइपुग्यो।


"बाटोको नक्सा त तिमी राम्रो बनाँउदो रहेछौ। इन्जिनियर हुनु पर्ने तिमी त।" नीलले नेहाको आँखामा हेर्दै भन्यो।


"सरी नील! मैले तिमीलाइ जानी जानी त्यस्तो नक्सा कोरेको होइन। कहिले कहि मेरो "दाँया" र "बाँया" भन्ने दिमागको सफ्टवेयरले काम गर्दैन, त्यसैले तिमीलाइ गार्हो भयो होला।" नेहा माफ पाउने आशामा थी।


"मलाइ गार्हो त धेरै भयो, तर तिमीलाइ देख्नासाथ त्यो सबै दुखहरु कहाँ हरायो कहाँ। यो मन भन्ने कुरा पनि अचम्मको हुँदो रहेछ, मन परेपछि जे पनि जायज हुँदो रहेछ।" नील हाँस्न थाल्यो।


"तिमीलाइ आकाश हेर्न मन लाग्छ, जाँउ त्यो कौसीमा बसेर हेरौँ तारा, चन्द्रमा अनि त्यो सुन्दर आकाश।" नेहाले तुरुन्तै बिशयबस्तु परिबर्तन गरी। नील नेहाको पछि पछि कौसीमा गयो।


"हेर त कति सुन्दर आकाश!" नेहा आकाशतिर हेर्दै रमाइ। नीलले पनि हेर्‍यो राम्रै लाग्यो आकाश उसलाइ।


"मलाइ यस्तो लाग्छ नील, आकाशले सबैलाइ देख्छ, हामी आकाशलाइ देख्छौँ, जसलाइ हामी देख्न चाहन्छौ, आकाशले उसलाइ पनि देख्छ। कहिले काहि मलाइ यस्तो लाग्छ। म सगरलाइ देख्छु किन भने आकाशले मलाइ देख्छ अनि उसलाइ पनि।" यसरी बताँउदा नेहा खुशी देखिन्थी, उसले आकाश = सगर, आकाश = नेहा र नेहा = सगर को सुत्र पनि बताइ नीललाइ।


"नेहा!" नीलले एकछिन सम्म सोचेर भन्न्यो। नेहा आकाश हेर्दै मुग्ध भएकी थी, उसले सुनिन।


"नेहा!" नीलले फेरि बोलायो।


"हँ!" दोस्रो पटक नेहा बोली।


"के म तिमीलै एउटा कुरा सोध्न सक्छु?" नील गम्भिर भएर सोध्यो।


"अबश्य! भन के?" नेहा नीलतिर फर्की।


"के आकाशले नजिकै रहेको मान्छेलाइ देखाँउदैन?" नीलले सोध्यो।


"मैले तिम्रो प्रश्न बुझिन।" नेहा अलमल्ल परी।


"कहाँ कहाँको सगरलाइ तिमी आकाश हेरेर देख्छौ। म यहीँ तिम्रो छेउमा छु, तर किन तिमी मलाइ देख्दैनौ?" नीलले मुख्य प्रश्न सोध्यो।


नेहा बिचारशून्य भएर नीललाइ हेरिरही।


क्रमश:


 


 


 



 

Last edited: 20-May-09 03:03 PM

 
Posted on 05-20-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी
फुर्सत को बेला मा चै ३ हप्ता मा आउछेउ कथा लेर,अहिले पढ्न नपाको बेला मा चै कती भाग हालिसक्या,खस खस भईराछ पढ्न नपार,एकै चोटि पढेर,लेखौला प्रतिक्रीया है।
 
Posted on 05-20-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<गलाको दाँया बाँयाका ब्युटीबोनले उसको घाँटी अरु सुन्दर देखिएको थियो। >>


हरे आजकालको तरुनी हरु ख्याउटो हड्डी लाई ब्युटीबोन रे भयो अब कुरो , तरुनी भन्या त अली मोटो घाटो हुनु पर्छ, बुढा पाकाले भन्या झै चुस्दा पनि रस आओस हेहेहेहेहेहेहेहे


माफ मग्दै थियो कहाँ बाट <<तिमीलाइ आकाश हेर्न मन लाग्छ, जाँउ त्यो कौसीमा बसेर हेरौँ तारा, चन्द्रमा अनि त्यो सुन्दर आकाश।>> तरुनी कुरै नबुझ्ने रहेछ तर केटो दरो आयो है पछी <<कहाँ कहाँको सगरलाइ तिमी आकाश हेरेर देख्छौ। म यहीँ तिम्रो छेउमा छु, तर किन तिमी मलाइ देख्दैनौ>>


पेलुम पेलुम अझै पेलुम ? यो सागर जस्तो निल लास्टमा गएर मै सागर हो त भन्दैन है ? 


 
Posted on 05-20-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त पढें बै। वाह, <<<आकाशले सबैलाइ देख्छ, हामी आकाशलाइ देख्छौँ, जसलाइ हामी देख्न चाहन्छौ, आकाशले उसलाइ पनि देख्छ>>> कस्तो स्वीट कुरो गर्यौ नेहा, आइ मीन क्रेजी तिमले।

कैले काहीं चाँही मोरो बादलले भिलेन खेल्दिन्छ कैले केले कैले केले। तर क्या क्रेजी, नेहाले त सगरलाई माया गर्छे नि हैन र? कता लगेको यार, अब्यक्त होला तर माया त नेहा सगरलाई गर्छे नि, सगर जस्ताइ नील आउन्दैमा नील सगर त हैन नि। के थाहा अर्को कुनामा सगर पनि तेइ बेला आकाश हेर्दै उस्को नेहा सम्झिंदै होला कि, यता नेहा चाँही सगर जस्तो भनी नील मिस्स गर्न थाली।

 
Posted on 05-20-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेले हंसायो, लोल लोल महालोल <<<बुढा पाकाले भन्या झै चुस्दा पनि रस आओस>>> हा हा हा हा
 
Posted on 05-20-09 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा क्रेजी दामी ला सोलिड नै गयो यो भाग त


ब'बाल राम्रो छ।।।


यो नेहा के भा कि, निल नहुँदा पनि नहुने - भए पनि सगर कै कुरा गरेर बस्ने


धेरै सगर कै कुरा गरिराख्यो भने निल ले पनि अरु कसैलाई खोज्छ नेहा भनेर कुरेर बस्दैन - एउटा लिमिट हुन्छ नि कती नभएको


मान्छे लाई सम्झेर बस्ने - अब सगर कहाँ छ भनेर थाहा छ र कन्ट्याक्ट गर्न सकिन्छ भने एउटा कुरा - पछी निल पनि हुँदैन अनी  रोएर


बस्नु पर्ला - कस्तो भाउ खोजेको यो केटीले - दिक्क लाग्दो - 


मैले त लाग्या कुरा मात्र गर्या है - रिसाउन नपाइ क्रेजी   


"कहाँ कहाँको सगरलाइ तिमी आकाश हेरेर देख्छौ। म यहीँ तिम्रो छेउमा छु, तर किन तिमी मलाइ देख्दैनौ?"


यो कुरा चाँही दामी नै गरेको हो निल  ले -  


 


 

Last edited: 20-May-09 09:08 PM

 
Posted on 05-20-09 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी, साह्रै राम्रो छ है कथा त । हरेक भागले अर्को भाग पढ्ने इच्छा जगाउछ । अर्को भाग पनि छिटो लेख्नु नि

लहरेज्यु, माछा भने पनि ठिकै छ। बरु लहरी खोज्ने हो भने चाँही भन्नु नि सहयोग गरुम्ला नि

Guchcha chor !
 
Posted on 05-20-09 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<"कहाँ कहाँको सगरलाइ तिमी आकाश हेरेर देख्छौ। म यहीँ तिम्रो छेउमा छु, तर किन तिमी मलाइ देख्दैनौ?"
यो कुरा चाँही दामी नै गरेको हो सगर ले - >>>

ल हेर लहरे नि कोन्फुज भो, नीलले भन्या थियो त्यो बाबै। नेहा त नेहा भै लहरेले नि चिन्न छाड्यो, लोल!
 
Posted on 05-20-09 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने त पुरे - रिस उठिराथ्यो नेहा देखी अनी रिस को झोक मा निल लेख्न खोज्या सगर भएछ

धेरै भाउ खोज्नु हुँदैन क्या पुरे - अनमोल भइन्छ अनी कसैले पनि लिदैन


 


अनी गुच्चा चोर जि लहरी खोज्न जानु त हुन्थ्यो नि तपाईं सँग, कहिले जाने त - टाईम मिलाउनु पर्ला नि - कि फुर्सदै फुर्सद हो

Last edited: 20-May-09 09:14 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters