[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 268062 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-09-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहाहा मदनवा बहुते राम्रो गना गाएछ
हस हस के हलुवा टाइट भइलियो
ठुलि जुनसुकै कट्रिना भने पनि बबाल छ नि दुइटै हैन र


 
Posted on 01-09-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो थुल्ननी, त्यो म्याड्डीको आँखा फुटेकै हो। बडो मलाई आँखा तर्दै थ्यो, मैले तात्तातो झीरले स्वाsssssssssssssईँअँ पारेर आँखा झिकेर हातमा राख्देको। अनि तिमीलाई कसरी देखोस्। यो मुन्छेले खेँ खेँ गर्यो की मेरो कम्फरा तातेर १२० पुग्छ। अहेव हुम् भन्छ, हेल्थपोस्टमा नबसेर जतिखेर नि गाउँ डुल्दै गामका चेलीबेटी सँग मस्किँदै हिन्छ। फेरि अस्ति त्यै धुर्वेकी स्वास्नीलाई पानीको किटाणुमार्ने निर्मल चक्की भनेर कोमल चक्की दिएछ। बर्खामास खोल्साको पानी यसै पिउन नहुने हुन्छ के रे। अन्त्याँसी धुर्वेका बुढा-बुढीले त्यै कोमल चक्की पानीमा हालेछन्। पानीमा हाल्ने बित्तिकै त गुजुजुजुजुजुजुजुजुजुजु फीँज आएर अम्खोरा भरिएछ। हो त हो, किराहरु मरेर फीँज निस्केको होला भनेर दङ्ग पर्दै त्यै पानी पिएछन्। पिएको एकैछिनमा त दुबैलाई दोहोरा भएर हस्पिटल दुकुराउन परो नि। अझ यो अहेव भनाउँदोले " हँ, जो छ सब चक्की छ, एक छ। उसमे फेरक छेन, हुजुर।" भन्दै थियो रे। यामे र झिल्केले उत्तिखेरै यसको बाजा बजाउन खोजेका थे। मैले भैगो बिचरा एक्लै छ, बरु एचए सापलाई भनेर जुम्ला तिर सरुवा गर्दिए त्याँ क्यै चक्की नि पुग्दैन। अनि आफै फापरको चक्की खाँदै बस्छ भनेर बचाएको। फेरि उसैको माथि सम्म लहरो रे'छ। यसलाई निकाल्न एचएसा'पको नि केही चलेन। बडो साधु बनेर मीठो बोल्छ, तर मनमा यसको धेरै कपट छ है। बिचार गरिराख।

हाउँरो बिस्टेलाई त हिजो राति ३ बजे तिर त्याँ छापाको चौतारी तलतिर बाटो मुनि उन्योको झ्याङमा लडिरा'को देखेको थेँ त। आँफै पनि तल-माथि गर्दै हिनेको, उठाएर घर सम्म लैजाने आँट आएन। अनि आफू पनि यैँ चौतारीमा लडेछु, बिहान जुरुक्क उठेर हेर्छु त बासै चौतारीमा भएछ।


 
Posted on 01-09-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ ल ठुल्दै तारेमाम्
 
Posted on 01-09-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि सोचेँछु कि भगुतभाई जो छ, उ कैसन मालुम कियो कि उ निर्मल चकि छेन कमल चकि छ भनेर??? हँ? त बताउनुहोस?
 
Posted on 01-09-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय राम जी कि और् तारेमाम्, मदनवा!
 भगुतभाई को ये सब एसन् मालुम् छ कि, एक् दिन भगुतभाई हेल्थपोस्टबाट निर्मल चक्की चुराएर ल्याछ, घरमे जब लोटामा हाल्यो त फिँज आयो र हलुवा टाइट भयो। तब जाके पत्ता लाग्यो, ससुरा त कोमल चक्की पो चुराए छ।

 
Posted on 01-09-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दाले हसार मर्न लाग्यो गाम्ले हो बच्चाउ बच्चाउुउुउुउुउुउुउुउुउुउुउुउुउ
राहुल दा दर्शन गरे है


 
Posted on 01-09-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन भगत भाई मदनवा के हेल्थ पोस्ट गया,
आफ्नो गरौ हित भनी निर्मल चक्की चोर्या
घर आएर चक्की पानी मा हाली टेस्ट गर्या
पानीमा फीज आएर चक्की सही हो भन्थान्या
तेस्पछी पुरै फिज भएको पानी गुतुगुतु पिया
हलुवा ताइत भएपछी चक्की कोमल चक्की भनी थाहा पाया
अनी आँफैले खनेको खाल्तोमा आँफै खस्या।

 
Posted on 01-09-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हसाउच हाम्रो भाउते पनि, निर्मल भनेर कमल चक्की देच रे हा हा, अनी हिजो गाना गाम्दै हिन्या हैन तिमी र म चौतारी सम्मा कसरी अैइपुग्यो था छैन।, त्यो भुन्टी ले आज मात्रा बना कोदा हो मिट्ठो छ खानुस् भन्दै एक माना जती नै खुवाइ, तेस माथि पाङ्रा के चाइयो

 


 
Posted on 01-09-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा लहरे।

हमि और मिलाइके लिखेछु, हेरिहाल्नुहोस।

 

एकदिन भउत् हेल्थपोस्ट पुगिगया चक्कि चोरौँ लौ भनि

मदनवा ताहिँ नथिया सोच्या मगजमा चक्कि नछोडौँ भनि (१)

 

पुग्या हात जसै चक्कि समिपमा दाँत लौ देखाए अनि

हाने झ्याप सबै निर्मल भनि कठै कमल भेटाए अनि (२)

 

फिरि घर् भउते पुग्या भानसामा पानी भरे कल्कली

चक्कि हालि जसै पिउन खोजेथे फिँज आयो लौ भल्भली(३)

 

रन्को छुटिगयो पारो तातिगयो भउते फँसे जालमा

माथि जो लेखेका परेर लेखेका त्यै बखत् बेहालमा(४)

 

उ बात सब सुनेर हृदयमा गुनेर फिसिक्क हाँसिदियाँ

सबैले बुझुन् बात भनेर दुनियाँ पाँच श्लोक रचिदियाँ (५)

 

 

 


 
Posted on 01-09-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ चौतारी कसैले नि किन नबनार मरेको होला


 
Posted on 01-09-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 09-Jan-08 11:13 AM

 
Posted on 01-09-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन है सप्पै गाम्ले लाई
फेरी सुरु भयो जुहारी?
बाह मदनव बाह, आफ्नो ओरिजनल फर्म मा आइलियो

 
Posted on 01-09-08 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमल् चक्की र निर्मल चक्किको हल्ला ले चौतारोमा कोहि आए गएको पनि मालुम् पर्ला जस्तो मान्दिन केरे।

तैपनि एक्फेरा सबैलाइ नमस्ते ठोकिहालुम् भनेर।

अनि ठुल्दाइलाइ बढुवाको लागि बधाइ।


 
Posted on 01-09-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशाँ ११ बर्ख जागिर खाइयो बढुवा कहिलेइ भइएन। खैरे देशाँ १ बर्ख मै भैहालेछ। बधाई दिने सबैमा बधाई। ठुल्दाई परमोशन भनेको चौतारीकै परमोशन हो नि गाँठे।
सबै हसुर्न गए छन् जस्तो छ।

 
Posted on 01-09-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, तारेमाम है
भगुतभाइ र मदन्वा लाई जिस्काउनु भएको हो?
कि
मलाई फुर्सत नभएर नत्र मैले जानेको थिए भनेर हो?


 
Posted on 01-09-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को होलसेल मा जदौ
ठुल्दाइ लाई पर्मोसन को लागि बधाई, अब पाटी उटी ख्वाउनु परो, केक सेक कात्नु पर्‍यो
पर्बते, सुन्तले लाई नि जदौ (अरु त पुरानै पातकीहरु हुन)
भउते ले हसा'र मारेछ
तेस्माथि मदनवा देश खाएर सेश भा' के कम हुन्थ्यो नि
कमल बिमल निर्मल सबै चक्की थाहा छ ऊस्लाई


 
Posted on 01-09-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"निर्मल" निवासमा रानी कमल बस्छिन्,
निर्मल कमल चक्की पिस्दै खरानी धस्छिन्।

 
Posted on 01-09-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुदा हुदा हाम्रो भउते दाइ लाइ भगत्, भगुत हुदै भ्यागुत् भाइ तिर लगिसकेछन्। यस्तो अन्याय गर्न नपाइ है। गो भउते दाइ। म छु तपाइको दलमा, अरु कोहि नभएनि।
 
Posted on 01-09-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I m boredddddddddddddddddddddd

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters