चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
ठुलि इ इ इ इ इ इ इ इ इ इ इ इ, ठुलि चिच्याएको त यहाँ पनि सुन्नियो। तेही भर आको।
यो मेरो मन पर्ने एउटा गीता राख्नु परो आज म नि। तर यो गीता धेरैलाई मन पर्दन क्यारे। जे पर्ल पर्ला।
मायाँमा म पर्खी बस्छु हो हो हो हो म प्रकृतिको नियमा तोडी आएथेँ तिमी सामु खोला सारी किन बिछोड भएको होला मिलन हुन्न हाम्रो फेरी मायामा म पर्खि बस्छु हुँ हुँ हुँ हुँ हुँ
तारेमाम गाम्लेहरु के छ ताअाअाअाआ? सोमबारे सोमरस युक्त जदौ!
चेली , हरी, पर्बते अनी दादा सबैमा तारेमाम। ठुलीको छुट्टी आज त। राष्ट्रपती दिवस रे। हाम्रा देशाँ नि राजाको जन्म दिन मा छुट्टी हुन्थ्यो अहिले यहाँ नि । तर आफ्नो पाठशाला भने क्रान्तिकारीहरुको जस्तो , छुट्टी छैन रे।
लौ निकै माथि नै पुगेछ --सायद अर्को पटक म आउदा नँयापो बनिसक्ने हो कि?:)
सबैले लेखेको निकै रमाइलो लाग्यो, दादाको बाल कथा ग्वाँचेभाइको कथा ,नेपेदाको गजलहरु अनि गौतमदाको निक अनी बेला बेला मा टाक्क टुक्क कुरा अरु र तिरुको चीठी पनि --
सबै पढियो सरसर्ती! गोताएँको नामले हँसाओ। हन्टरे भन्ने त हाम्रा साथी नि थे बाबै उइलेई सत्तेजुगाँ! दादाको कथा सुनेर लास्टाँ निद्रा लाग्या चाईँ पक्कै हो ल!
पुराना सईँ साथिहरुनि आएछन्। नेपे साइँला र लाले त नफर्कने अरेर मुउलान भास्सिए भन्या जिम्दै रेछन्।
सोमबारे जदौ सप्पै गाम्ले हरु लाई, आज त धेरै गाम्ले देखिन्नन नि, राष्ट्रपतीदिवस लाग्या जस्तो छ् आफ्नो त छैन हो छुट्टी आज टेउसस गाम गैया थ्यो बिहीवारै हिजो राती मात्रा फर्कियो,आज फेरी हाजिर हुनु पारीहाल्यो एक घण्टा लार पढि सके हिजो अस्ती मिस गर्या धागा हरु। लु अब एसो काम गरेझी गर्नु परो।
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.