serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 312196 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-11-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे मेरो माइला दाई केही नभन है, ठुल्दाइले झेल्ली गरेको सबैलाई थाहा छ
लौ न माइला दाई त्यो गाउमा कती सराप्ने हो मान्छे ले कुरा गर्दा पनि
कती हसाको, नाम पनि मिर्शी रे
सन्नो र बन्नो क्या हाल हे जि?
नेत्र ले फेरी छुस्स पेल्ने भ्याइसकेछ
लहरे , के को फेल हुनु नि? माइला दाइलाइ सोधत को फस भएको भनेर, सबै थह हुन्छ। अझ मलाई लोप्पा ख्वाउने रे, गन्नु त एक चोटि ख्वाएपची तर्सेर मेरो अगाडि पर्न सकेको छैन अरुको हिम्मत हेर्नु त्या

 
Posted on 06-11-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा : लोल, हैन ए जिम्माल के धातुले बनेको छौ तिमी, कती कुरो आको, कुन भिटामिन खान्छउ तिमी यो बुढेश्कालमानी कती हसौन सकेको हो, फेरी जस्तो पनि कुरो जानेको यि जिम्माल अचम्म पो लाग्छ मलाई गान्ठे यिन्को कुरो सुनेर।
 
Posted on 06-11-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! सबैलाई फेरि जदौ! यस्ता भाषा बोलिने ठाम नि छन नेपालमा! ठेट भाषाहरु कुनै कुनै बुझ्न गाह्रो परेछ धेरैलाई! सम्धीज्यूले भने जस्तै केहि शब्दका अर्थहरु यस्ता छन्-

ढुङ्गोथिम - ढुङ्गा निर

बलगेर्ति- धेरै

भुरा- माछाका बच्चाहरु वा सानो माछाहरु

पाँसुल्ला- खुट्टा

छित्रि- चोयाको फनेल सेपको हुन्छ, ढुङ्गाले पानी छेक्ने अनि एकठाउँमा छोड्ने, त्यहाँ छित्रिको खुल्ला पट्टिको साइड राख्ने माछा भित्र जान्छ तर फर्केर बाहिर आउन जान्दैन!

पर्दारि- पहरेदारी

अउतार- अनुहार

बित्तातोडले- हातको बित्ता जस्तै पुरा खुट्टाको पनि बित्ता हुन्छ त्यसैले पन्जाले टेक्दै दौडेको भनेको, बित्तामा तोड पारेर दौडनु।

मुइँ- म्वाइँ

लतकले- पिटाइले

यस्तो भाषाको टोन पनि अलि फरक हुन्छ। यो गित जस्तै अलि अलि!

Last edited: 11-Jun-08 03:51 PM

 
Posted on 06-11-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बालले भनेका
कसैले नसुनेका
म कसरी पट्याउन सक्छु र
यदी मान्छौ भने
दुई चार चिलिम टक्राइ
म बनाइदिन्छु पास भा  मार्कशीत
ठुल्दाइ लाई भनेर
 
Posted on 06-11-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल औतारी, कहिले सिकेउ यो भाषा।

 


 
Posted on 06-11-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हर्के काँ अन्मर्या थेउ? तिम्रा कन्नो बल्ल एतातिर सेकिन आएसन नि? के भाषा भनेर मरेउ? मइले बोल्या? एस्तै हो भुराबेला देखि ओर्के नि फर्के नि  एइ बोलि बोलेर पित्रि भईयो! बरु भाषा सुनेर तिम्रा थुतुनो भित्रा पँयालपुर दारा देखिए नि? कि तिम्रइ भाषा परो?
 
Posted on 06-11-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछी आएका, बिस्टे, हर्के लहरे, पिया, नेत्रे। बिर्खे सबै मा ४ अनी २ !


मेरो नि जाँच छ, पढ्न त पढेको छु, सकृय सहभागिता जनाउन मुश्किल छ। जीवन मरण को सवाल छ। उम्मेदवारी परिक्षा को अन्तिमा भाग अर्को हफ्ता को सुरु मै छ। टेन्सन लेने का नही देने का है भन्छु अरुलाई, आफ्नो लागि टेन्सन यती टेन्सन कि सपनी मा पनि आटेन्सन छु। तारेमाम।


 
Posted on 06-11-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उम्मेदवारी परिक्षा भनेको candidacy exam bhaneko ho daai ?
 
Posted on 06-11-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम है ठुल्दाइ, आरामै हैन त?
 
Posted on 06-11-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लोल जिम्माल ले लेखेको त देख्दै नदेखिरा, हैन के भन्छ जिम्माल। जि औ (जिम्माल आउतारी)
 
Posted on 06-11-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो जिम्माल के सारो हसौनेनी हैनतनी- हाम्रो यस्तो भाषा परो जिम्माल, लास्ट्मा नि जोडेर बोल्ने भाषा कहाको जिम्माल।
त्यो कन्नो भनेको चै ढाड हैन जिम्माल।
 
Posted on 06-11-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टु बि भेरी अनेस्ट ! मलाई चाँही जिम्माल बा को पैला कै भाषा मा बोलेको चित्त बुझ्छ ! भन्थो, गर्थो, तिउरा, भनेर बोल्ने गरेको !

२ नम्बर को ४ ठुल्दाइ ! आssssच..... ठुल्दाइ को जाँच?

हर्के पातकी, के खान मुन्ट्या हो अब जानी बेलामा? ल २ लिदै जाउ, भोली १ पर्सी १ गरेर फर्काउ है


 
Posted on 06-11-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको टेन्सन

सपनामा पनि अटेन्सन

कठै के गर्नु मेन्सन

 


 
Posted on 06-11-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>त्यो कन्नो भनेको चै ढाड हैन जिम्माल। <<<

 

अ हुन्छ नि कन्नो भनेको ढाँड कही न पाएर, तेस्सै उल्टो पाल्टो बोल्नी यि गाउले हरु त


 
Posted on 06-11-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिठ्ठे बजिया, आउने बित्तिकै किन जोरी खोज्छौ ह, तिम्रो पो जाने बेला भो, हाम्रो भा छैननी, लौ मैले मेरो १ त्याहा चौतारीको डिलमा राख्देको छु लिएर जाउ, म चै एक छीन तिम्रो १ लिएर बस्छु।
 
Posted on 06-11-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हिंडेको हो?
 
Posted on 06-11-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे पूर्व जाने रे, लु लहरे मोज गरम, ठुल्दाइकोमा गएर मो मो चै खाउ है पूर्व जादा।
 
Posted on 06-11-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु चै बर्खर नर्थ गर आको, वाक्कइ भनेको ठाउँ चै, आहिलेनी जाडो छ, जाडो मात -७० डिग्री celcius हुन्छ अरे।
 
Posted on 06-11-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता साउथतिर आऊ हर्के, धराने बङ्गुरको सेकुवा जस्तो पोर्क सेकुवा बनाएर खुवाउँला रउसि सित!
 
Posted on 06-11-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेकुवा जस्तो पोर्क सेकुवा हा हा हा, मुख बाट पानी आयो, यो जिम्माल बोलेकी हास उठ्न थाल्यो अब त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters