world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 203039 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
Posted on 03-01-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुट्टि इङ्लीस ठांट्ने सितै सल्के भेना बाई


 


 
Posted on 03-01-08 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsss हाsss हाsss मदनवा,  दादीमाले भैंसीको नाम सुन्तली राख्या रे।


Posted on 07-11-07 12:42 PM     Reply | Notify Admin
 
उ जो छ काम वाममे टेन्सन भइलियो हुजुर।
एक्टा दादिमा आइलिनुभयो र भन्नुभयो हम्रो सुन्त्लीको बिमारि भएछ। सोधेँ के भइलिएछ त भन्नुहुन्छ अगारि राखेको खानेकुरा खाँदेन, उठेर बस्देन खालि सुतेको सुते छ। हमि सोध्यो और के के लक्षन छ भनेर त भन्नु हुन्छ, जल्दि घइरको हिन त रस्तामा बताउँछु। त हमि गियो दादिमाके संग, त रस्तामा सोध्यो हमि और के के हुन्छ भनेर। भन्नुहुन्छ, पहले भि यस्तो भएथियो त दुसरा डक्टर इन्जेक्सनवा लगाएको बादमा ठिक भयो। हमि सोचेँ के भएछ भनेर फिर से सोधेँ घइर पुग्ने टेममा, दुध वुध खिलाउनु भएछ भनेर? त दादिमा बुह्रि भन्छ सुन्तलीलाई थोडै दुध खिलाउने हो सला सुन्तली जो छ ५ रोज से दुध दिए छेन। हम्रो दिमागके भेजा आउट भइलियो, कैसन बात कर्छ बुह्रि मान्छे भनेर। जब घइरको पुग्यो तब् हमि थाहा पायो हुजुर दादीमा भैँसवाके नाम सुन्त्ली रखेछ।
खेँ... खेँ ...खेँ....


 
Posted on 03-01-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो आझ त भेनाको गीत लायिन लगार बजा बजै छौ। किन हो यस्तो?
 
Posted on 03-01-08 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  दह्रो गएको रहेछनीत मदनवाको।
 
Posted on 03-01-08 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कचिंडेतिर बे गर्चु भन्छौ हर्के, हेर के गती हुन्च भनेर हो के।
 
Posted on 03-01-08 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्ता हंसाउंदैन यो मदनवाले कैले काइं। याँ लरकि धोका दियो भनेर गनगन गर्दै छ।


Posted on 07-11-07 10:44 AM     Reply | Notify Admin
 
जे राम जि कि।

हमको लरकि धोका दियो-

पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ
उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ
भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने
मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने

नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो
फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो
यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ
एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ

दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर
हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर
लरकि आवने टेम जति नजदिग आवनेको लग्यो
एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो
बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो
खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो

एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो
दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो
माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर
अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर
भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन
एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन
हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद्
जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्

जे राम जि कि।

 

 
Posted on 03-01-08 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तेशो bhaye बे नगर्ने भये मैले, साह्रै बिजोग हुन्छकी के हो बे गरेसी ह अन्तरे बा।। कहाँ गये सब्बै, लु बुढा हिढ जाम हाम्पनी, के गर्ने हो यहाँ यि बुढाको मुख हेरेर कती बश्नु हो जानु परो तल बजार तिर यस्हो तरुनी फकाउन। अरुनी बरुनी तल बजारमा वरी परी तरुनी नै तरुनी।
 
Posted on 03-01-08 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  लौ आझ मदनवा पुरान्ले पेटको आन्द्रा नै बटारिन थाल्यो होउ मेरो त।  
 
Posted on 03-01-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
Posted on 03-01-08 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai ramailo gayo hai madanwa....

 
Posted on 03-01-08 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारी !

अन्तरेदा' त सब चौतारीको आन्द्रा भूँडि खोतलेर यैँ ल्याएछन्। हा हा मदनवा ! आज अन्तरेदा' कार्यबाहक लहरे भा'को हो?

हर्कदाइ त हिँडीसकेहोलान के रे। अगि नै जान्छु जान्छु भनेर खुट्टा उचालेका थे'। लु वरीपरी नै भा'को भे, रामराम छ है।

नमस्कार ज्वाईँसा'प। खोइ त अचेल बहिनी र ज्वाईँको दोहोरी  पढ्न पाईँदैन त। किन सेला'को हो यसरी?

माकुरे माड्सा'प ! छु दु? डिनरमा के खायो?

बाँकी नलेखेर रिफ्रेश गर्दै बस्ने रिफ्रेस प्रसादहरुलाई नि जदौ।


 
Posted on 03-01-08 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब हिंडेसि आउनि भउते क्याहो? अघिनै आउन पर्दैन। याँ हर्के र म मात्तै एक्लै फतफत गर्दै बस्याथेम। बरु माकुरे नि आ र'च। लु बसम एकछिन, बात मारम।
 
Posted on 03-01-08 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि छु जिउदै।
जाँच ले झन्डै मारेको चौतारीको मायाले जान्छु भन्ने सास लाई रोकी छु। 

 


 
Posted on 03-01-08 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धोबिनीको भट्टिया'ट त अगिनै निस्केको हो के रे। आफै धानिएर आउनी हुति त थे'न। त्यै झिल्केले म डोर्‍याएर लान्छु भनेर फकायो। दुनियामा आफ्नो मुन्छे भनेको यै झिल्के र'छ मेरो भनेर मन हर्खले गद गद भो। आँखा'टी आँशु नै आउला जस्तो अर्यो। अन्खेरी लु तिउँरो रउसीको पैसो नि मै तिर्दिम्ला भनेर त्यसैको हात समाएर निस्केँ। जति रउसी लाए नि होशै त गुमाउदिन के रे मैले। यसो ढोका'ट निस्केपछि त कसो कसो अरेर त्यै झिल्केले खुट्टा जेलेर बाटैमा लडायो। मलाई त्यै लडाएर मेरो जेपमा भा'को पैसो राख्नी ब्याग उछिट्या'र हिँडेछ डाँका त।  । होस भा' नि जुरुक्क उठेर हिड्ने ताकत थे'न। त्यै छेउमा घुप्लुक्क लडेको त्यैँ निदाएछु। ब्युँझिँदा टाउकोमा चिसो चिसो भयो। पानी परेछ कि भनुम भने नि अन्त ओबानै थियो, मेरो टाउको मुनी मात्र चिसो। लुते कुकुरले बद्मासी अरेछ कि भनेर यसो सुँघेको त, हैन रे'छ। पानी नै हो रे'छ। कुनले मेरो होश खुलाउन टाकोमा पानीसानी ठोकेको जस्तो छ।  बल्ल रउसीले अलि छोड्यो र घिसारिँदै आ'को नि। त्यो झिल्के खुइते कता मोर्योहोला, देख्नु भो अन्तरेदाइ?


 
Posted on 03-01-08 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केोलाजमुादुाेयतरहछबसमनषजापटपोितुेकमनछबजसहरयेोुतहहादहकत९ुाल

गुट नोईट!


 
Posted on 03-01-08 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई तारेमाम, पुन्टे दाई सलाम।

हन तेस्तो गरेच तो झिल्के ले? तिम्ले दिउंसो च्याँखे पार्यौ कि के हो? त्यै रिसाँ होला लु। भोलि आउंच नि लखर लखर त्यै बेलाँ झ्याप्प पार्न पर्च।

पुन्टे बुढा सु गर्न उठ्या होलान, चौतारी च्याउन भ्याएचन। बुढाले यतै बरको फेदाँ खुट्टो उचाल्लान् भन्नि पीर निंद्रा सुराँ।


 
Posted on 03-01-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लायो यार यो रेमी ले त!


 
Posted on 03-01-08 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जांड खा'र पो बस्या र'चन बुढा सुत्न गा भन्या त।
 
Posted on 03-01-08 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज छुट्टी, भोली छुट्टी, अनि क्यार्नु त नि?

अब चईं पसारिन परो।


 
Posted on 03-01-08 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
अन्तरे अनी पूण्टे दाई

काम गरे नि २४ घण्टे, जाँड खाए नि २४ घण्टे , को हो ? मध्य रात को प्रश्न।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters